
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमार्डौँ, २३ असोज । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मालपोत र नापी कार्यालयका कर्मचारी अनियमिताको आरोपमा दिन प्रतिदिन पक्राउ पर्दा आफ्नो शिर झुकेको बताउनुभएको छ । ललितपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयमा सरलीकृत फारामको शुभारम्भ गर्दै मन्त्री अर्यालले राष्ट्रसेवक कर्मचारीले सर्वसाधारणमा धुमलिएको छवि राम्रो बनाउनुपर्ने बताउनुभयो । उहाँले मन्त्रालयअन्तर्गतका कार्यालयलाई व्यवस्थित गरी समयसापेक्ष अत्याधुनिक सेवा पारदर्शीरुपमा सञ्चालन गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । सरकारी कार्यालयबाट प्राप्त हुने सेवा सहजै पाउने जनताको अधिकार भएको बताउँदै मन्त्री अर्यालले लोकतन्त्रमा जनताले दुःख पाए भने परिवर्तन संस्थागत हुन सक्दैन भन्नुभयो ।
सेल्फी लिने होड पछिल्लो समय निकै खतरनाक बन्दै गइरहेको छ । यस्तो हुँदाहुँदै पनि आजका युवक सेल्फी लिन छोड्ने पक्षमा भने छैनन् । यस्तै होडले ३ किशोरीको दर्दनाक अन्त्य भएको छ । यी तीन साथीहरुले यस्तो सेल्फी लिन्छन् जुन उनीहरुको जीवनको अन्तिम सेल्फी बनिदिन्छ । फोटोमा देखिएको खुसी र रोमाञ्च केही पलमै समाप्त हुन्छ । उनीहरुले लिइरहेको सेल्फीमै उनीहरुको मृत्यु कैद हुन्छ । दुई दिदीबहिनी केलेसा, सवाना र उनीहरुकी साथी एरिकालाई नयाँ नयाँ ठाउँमा घुम्दै सेल्फी खिचेर सामाजिक संजालमा राख्ने सोख थियो । यो सोख सनकमा बदलिइसकेको थियो । उनीहरु जहाँ जान्थे थुप्रै सेल्फी लिन्थे । तर त्यो साँझ उनीहरुको…
केही समयअघि सार्वजनिक खबरहरुमा भारतीय कमेडियन कपिल शर्मा छिट्टै नै उनको पुरानो चर्चित शो ‘द कपिल शर्मा शो’ लिएर टेलिभिजमा फर्किने बताइएको थियो ।उनको कार्यक्रमको लोकप्रियता खस्कँदै गएकोले च्यानलले कार्यक्रम बन्द गर्पछि डिप्रेशन र अत्याधिक रक्सीका कारण चिन्नै नसकिने गरि मोटाएका कपिलले अहिले आफूलाई फिट बनाइसकेका छन् । टेलिभिजनको पर्दाबाट एकाएक गायब भएका कपिल शर्मा फेरि पुरानै शो मार्फत फर्कने खबरले उत्साहित भएका उनका प्रशंसकहरुका लागि एउटा अर्को खुशीको खबर सार्वजनिक भएको छ ।मुम्बई मिररका अनुसार कपिल शर्मा उनकी प्रेमिका गिन्नी चतराथका साथ यही डिसेम्बर महिनामा विवाह गर्दैछन् । पञ्जाबी रीतिरिवाज अनुसार हुने विवाहको कार्यक्रम चार दिनसम्म चल्नेछ । विवाहमा…
सुमन घिमिरे उर्लाबारी, २३ असोज । मोरङ, उर्लाबारी नगरपालिका – ७ निवासी ८२ वर्षीया भगवती अधिकारीलाई बिहानको ११ बज्ने वित्तिकै परिवारका सदस्यले भन्छन्, “आमै, ११ बज्यो बेला भइसक्यो जाने होइन” । अधिकारी विगत ६ महिनायता नियमित रुपमा सोही वडामा रहेको उर्लाबारी परोपकार सेवा केन्द्र जानुहुने भएकीले बिहानको ११ बज्ने वित्तिकै उहाँका छोराबुहारी र नातीनातिनाले त्यहाँ जान सम्झाउँछन् । “अरु कता जान्छन् कता, दिनभर घरमा एक्लै बस्न मनै लाग्दैन,” जेठा छोरा खगेन्द्रसँगै बस्दै आउनुभएकी अधिकारीले भन्नुभयो, “परोपकार केन्द्रमा गएपछि आफूजस्तै साथीसँग भेट हुन्छ, दिनभर त्यहाँ बस्दा संसारै बेग्लै भएको महशुस हुन्छ ।” बिहान ११ बजे हामी परोपकार केन्द्रमा भेला हुन्छौँ, उहाँले…
बिर्तामोड, २३ असोज । बिर्तामोड–२ स्थित चारपाने चोक दक्षिणबाट लागुऔषध ब्राउन सुगर तौल गरी स–सानो प्लाष्टिकमा पोको पार्दै गरेको अवस्थामा तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुको साथबाट १८ ग्राम ब्राउन सुगर र तौल गर्ने तराजुसमेत बरामद गरेको छ । पक्राउपर्नेमा बाह्रदशी–६ का २५ वर्षीय ध्रुव प्रधान, २५ वर्षीय भीमबहादुर चेम्जोङ र २५ वर्षीय भानुभक्त ढकाल रहेका प्रहरीले जनाएको छ । उनीहरुलाई झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको इप्रका अनारमनीले जनाएको छ ।
भद्रपुर, २३ असोज । मेचीनगर–१० स्थित धुलाबारीमा आज बिहान प्रहरीले ७० लिटर घरेलु मदिरा बरामद गरेको छ । जाँचका क्रममा प्रहरीले गाडीमा लादेर बिक्रीका लागि विर्तामोड तर्फ लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय धुलाबारीले सो मदिरा बरामद गरेको हो । बरामद मदिरा आज बिहानै स्थानीय जनप्रतिनिधि र सङ्घसंस्थाका प्रतिनिधिलगायतको उपस्थितिमा नष्ट गरिएको छ । घरेलु मदिरा उत्पादन गरेर बिक्री वितरण गर्न सरकारले रोक लगाए पनि अवैधरुपमा यसको बिक्री वितरण भइरहेकाले प्रहरीले कडा निगरानी गरिरहेको इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक खगेन्द्र रिजालले बताउनुभयो । एक साता अघि मात्र भद्रपुर, गौरीगञ्जलगायतका स्थानमा पनि घरेलु मदिरा बरामद गरी प्रहरीले नष्ट गरेका थियो…
काठमाडौँ, २३ असोज । मलेसियामा जारी आइसिसी विश्व टी ट्वान्टी एशिया छनोट समूह ‘बी’अन्तर्गतको खेलमा नेपाल आज भुटानलाई पराजित गर्दै विजयी भएको छ । मलेसियाको युकेएम वाइएसडी ओभल मैदानमा भएको खेलमा नेपालले भुटानलाई ११७ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा लगातार चौथो जीत दर्ता गराएको छ । यसअघि नेपालले म्यानमा र मलेसियालाई आठ आठ विकेट तथा थाइल्याण्डलाई १४० रनले पराजित गरेको थियो । जीतसँगै अङ्कतालिकाको शीर्ष स्थानमा रहेको नेपालले एशिया छनोटको दोस्रो चरण पक्का गरेको छ । नेपालले चार खेलबाट आठ अङ्क जोडेको छ । छनोटबाट शीर्ष तीन टोलीले एशिया छनोटको दोस्रो चरणमा स्थान बनाउने छन् । त्यस्तै एशिया छनोटबाट…
डा. लेखनाथ न्यौपाने मानव शरीरको महत्वपूर्ण अंग कलेजो (लिभर)मा हुने विभिन्न खाले विषाणु (भाइरस) को संक्रमण र त्यसले उत्पन्न गर्ने रोगजस्तै शरीर पहेँलो हँुदै जानु, पिसाब पहेँलो हुँदै जानु, आँखा पहेला हुँदै जानु, वान्ता हुनु, खाना अरुची हुनु, जिउ चिलाउनु वा रगतमा भाइरसको उपस्थिति रहिरहनु नै हेपाटाइटिस अथवा जण्डिस हो । हेपाटाइटिसलाई पनि दुई भागमा विभाजन गरिएको छ । एउटा कलेजोलाई मात्र असर गर्ने भाइरस जस्तै हेपाटाइटिस ए, बी, सी, डी र ई । यी भाइरसले कलेजो बाहेक शरीरका अन्य अंगलाई दीर्घकालीन असर पुर्याउँदैनन् । अर्को एक प्रकारको भाइरस हुन्छ जसले जण्डिस मात्र गराउँदैन शरीरका अन्य अंगलाई पनि असर गर्छ…
बुधबारे, २३ असोज । आदर्श नमुना सामुदायिक वन उपभोक्ता समितिले एक सय १५ जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी ७५ वर्ष माथिका उपभोक्ता परिवारका जेष्ठ नागरिकलाई सम्मान गरेको हो । संस्थाका अध्यक्ष तिलनारायण रिजालको सभापतित्वमा भएको कार्यक्रममा विशिष्ठ अतिथि इलाका वन कार्यालयका अधिकृत दिनेश यादव रहेका थिए । उनले शुभकामना मन्तव्य राख्दै उत्कृष्ठ कार्य गरिएको बताए । संस्थाका उपाध्यक्ष खगेन्द्र आचार्यले स्वागत मन्तव्य राखेको कार्यक्रममा संस्थापक अध्यक्ष चन्द्रप्रसाद अधिकारी, पूर्व अध्यक्ष यानु न्यौपाने, सामुदायिक वन बुद्धशान्ति महासंघका अध्यक्ष खिमप्रसाद आङ्वो, सम्मानित व्यक्तित्व कुलप्रसाद न्यौपाने, लक्ष्मीमाया पाण्डे लगायतले बोलेका थिए । अध्यक्ष रिजालले कार्यक्रमको औचित्य…
काठमाडौँ, २२ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी प्रभाग, काँडाघारीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोपालप्रसाद श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । बालुवा बेचबिखन गर्ने व्यवसायीसँग विभिन्न बहानामा रु ३० हजार घुस मागेको अभियोग उहाँमाथि लागेको छ । यस्तै आयोगले महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत प्रहरी जवान मुकेशप्रसाद पटेलविरुद्ध पनि रु पाँच हजार घुस लिएको अभियोगमा आजै मुद्दा दायर गरेको छ । त्यस्तै आयोगले वीरगञ्ज महानगरपालिका शिक्षा शाखामा कार्यरत शाखा अधिकृत मन्जुर आलम र प्राविधिक सहायक शशीभूषणप्रसाद साहले रु एक लाख घुस लिएको अभियोगमा मुद्दा दायर गरेको छ । एक निजी विद्यालयलाई अनुमति दिने क्रममा उहाँहरुले घुस…