
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
इलाम, २२ असोज । जबर्जस्ती करणी र यौनजन्य हिंसाविरुद्धको एक महिने अभियानअन्तर्गत जिल्लाका ३५५३ जनालाई महिला तथा बालिका हिंसा र यसबाट पर्ने असरबारेमा जानकारी गराइएको छ । जिल्लाका स्थानीय तहका २१ विद्यालयमा विविध कार्यक्रमसहित यसबाट पर्ने असरबारेमा जानकारी गराइएको हो । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयसहित जिल्लामा क्रियाशील २० सङ्घसंस्थाको आयोजनामा गत भदौ २१ गतेबाट इलाममा जबर्जस्ती करणी र यौनजन्य हिंसाविरुद्धको एक महिने अभियान सञ्चालन गरिएको थियो । उक्त अभियानको आइतबार एक समापन कार्यक्रमका अवसरमा जिल्लाका विभिन्न स्थानमा भएको कार्यक्रममा ३५५३ जनालाई यौनजन्य हिंसासम्बन्धी जानकारी गराइएको थियो । बालिकालाई सुरक्षित राख्न सबैभन्दा बढी, अभिभावक र समाज शिक्षित हुनुपर्ने र…
लहान, २२ असोज । सिरहाको छुट्टाछुटै स्थानबाट प्रतिबन्धित लागूऔषधसहित पाँच युवकलाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको गस्ती टोलीले बरियारपट्टी गाउँपालिका–३ मा चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा गए राति लागूऔषधसहित उदयपुरको त्रियुगा नगरपालिका–३ निवासी २८ वर्षीय देवकुमार तामाङ, सोही ठाउँका २६ वर्षीय नागेश्वर चौधरी र ३१ वर्षीय रोहितकुमार चौधरीलाई पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनाको साथबाट लागूऔषध फेनारगन ३७ ट्याब्लेट, डिअलेजप ३६ ट्याब्लेट र लुपिजेसिक ३७ ट्याब्लेट बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो । यस्तै सिराहा नगरपालिका–७ स्थित ट्राफिक चोकबाट लागूऔषधसहित सिरहा…
उर्लाबारी, २२ असोज । मोरङको पथरीशनिश्चरे नगरपालिका–२ स्थित छत्रपाल राईको घरमा गए राति भएको आगलागीमा रु छ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । राति करीब १० बजेको समयमा खोले पकाउने चुल्होबाट आगो सल्किँदा घर पूर्ण रूपमा नलेर नष्ट भएको हो । आगलागीबाट टिनको छानो भएको काठको घर, ४० मन धान, चार मन चामल, चार मन तोरीसहितका खाद्यान्न जलेर नष्ट भएको घरधनी राईले बताउनुभयो । स्थानीयवासीले आगो नियन्त्रणमा लिइसकेपछि दमक र इटहरीको दमकल आइपुगेको थियो । आगलागीबाट एउटा बाच्छी मरेको तथा एउटा गाई र एउटा खसी घाइते भएको छ । नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट (बाँस्तोला), वडाध्यक्ष…
काठमाडौँ, २१ असोज । साफ अठार वर्षमुनि महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि बङ्गलादेशले हात पारेको छ । भुटानको थिम्पुस्थित चाङलिमिथाङ रङ्गशालामा आज सम्पन्न फाइनल खेलमा नेपाल बङ्गलादेशसँग १–० गोलअन्तरले पराजित भएपछि बङ्गलादेशले उपाधि माथि कब्जा जमाएको हो । बङ्गलादेशका लागि मसुरा पर्विनले गोल गरिन् । उनले खेलको ४९औँ मिनेटमा गरेको एक गोल नै बङ्गलादेशको लागि निर्णायक सावित भयो । समूह ‘बी’ मा रहेको नेपाल बङ्गलादेशसँग समूह चरणको खेलमा २–१ गोलअन्तरले पराजित भएको थियो । त्यस्तै सेमिफाइनलमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा ३–१ गोलन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।
काठमाडौँ २१ असोज । सरकारले आन्दोलनरत राहत शिक्षकलाई आन्दोलन स्थगन गरी वार्ताका लागि आह्वान गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सहसचिव तथा वार्ता टोलीका संयोजक सूर्यप्रसाद गौतमले आज विज्ञप्ति जारी गरी राहत शिक्षकलाई आन्दोलन स्थगन गरी वार्तामा आउन आह्वान गर्नुभयो । उहाँ अनुसार आन्दोलन पक्षलाई सोमबार बिहान ८ बजे भक्तपुरको सानोथिमिस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा वार्ताका लागि बोलाइएको छ । उहाँले आन्दोलन पक्षलाई नेपाल शिक्षक महासङ्घ, शैक्षिक संवाद तथा समन्वय समितिसहित तीन जनाको वार्ता टाली गठन गरी वार्तामा आउन भनिएको छ । राहत शिक्षक सङ्घर्ष समितिले राहत शिक्षकलाई प्रक्रिया पु¥याई स्थायी गर्नुपर्ने माग राखी आन्दोलन गर्दै…
काठमाडौँ, २१ असोज । नवगायक मुस्कान मुकारुङको पहिलो गीतिएल्बम ‘प्रारम्भ’ सार्वजनिक भएको छ । नेपाली वाङ्मय परिषद् र सेवा इन्टरटेग्मेन्टले आज आयोजना गरेको म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा मुकारुङको सो गीतिएल्बम सार्वजनिक गरियो । “यो मेरो पहिलो एल्बम मात्र होइन, पहिलोपटक गाएको गीत पनि यसमा समावेश छ”, गायक मुकारुङले भन्नुभयो । आफूले तीन÷चार वर्षको अन्तरमा गीतिएल्बम सार्वजनिक गरेको उहाँ बताउनुहुन्छ । सो अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति तथा वरिष्ठ साहित्यकार बैरागी काइँलाले सङ्गीतमा गीतकार स्वयंलाई मात्र नभई अरुलाई पनि आनन्दित तुल्याउने क्षमता हुनुपर्ने बताउनुभयो । वरिष्ठ गायिका कुन्ती मोक्तानले गायकमा गीत रेकर्ड गर्ने र स्टेजमा गएर गाउने समयमा बाहेक अन्य समयमा आफूमा…
काठमाडौँ, २१ असोज । राष्ट्रिय मानव अधिकार आयोगले निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने वास्तविक दोषी पत्ता लगाई कानूनबमोजिम कारवाही गरी पीडितलाई न्याय दिन सरकारलाई आठ बँुदे निर्देशनपत्र पठाएको छ । आयोगका प्रवक्ता मोहना अन्सारीले आज जारी गरेको प्रेस विज्ञप्तिमा गत साउन १० गते कञ्चनपुर जिल्लाको उल्टाखाममा १३ वर्षीया बालिकाको बलात्कारपश्चात् हत्यामा संलग्न वास्तविक दोषी पत्ता लगाई कारवाही गर्न र पीडितलाई न्याय दिन आजै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आठ बुँदे निर्देशनपत्र पठाएको उल्लेख छ । घटनाका सम्बन्धमा आयोगको प्रदेश कार्यालय धनगढी र केन्द्रीय कार्यालयको टोलीसमेतले अनुगमन÷अनुसन्धान गरिरहेको र अनुगमनबाट प्राप्त प्रारम्भिक प्रतिवेदन उपर आयोगमा छलफल हुँदा उक्त घटनाको सम्बन्धमा वैज्ञानिक तथा…
काठमाडौँ, २१ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास र सुशासनको मुख्य लक्ष्य पूरा गरिछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पत्रकार शुभशङ्कर कँडेलद्वारा लिखित पुस्तक ‘अवतरण’को विमोचनपछि प्रधानमन्त्री ओलीले जनताको विश्वास पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले देशका जनताले बहुमतसहित स्थिर सरकार बनाउन जनमत दिएकाले विश्वासघात नगर्ने प्रण गर्नुभयो । “समाजमा जादु देखाउन खोजेको होइन, विकास गर्न खोजेको हो परिणाम निकाल्नुपर्छ”, उहाँले थप्नुभयो, “लडाईं र लडाईंको अन्त्य पनि हामीले गरेको हो, समाज परिवर्तन पनि गरेकै हो, अब विकास पनि हामी नै गर्छौं ।” शान्ति प्रक्रिया सकिएर नयाँ युगमा नेपाल प्रवेश गरिसकेकाले कुनै शङ्का नगर्न विपक्षी दललाई आग्रह…
बुधबारे, २१ असोज । संघीय लिम्बुवान मञ्च नेपाल बुद्धशान्तिको प्रथम अधिवेशनले पूर्ण तवेगुङको अध्यक्षतामा २४ सदस्यीय कार्यसमिति चयन भएको छ । आइतबार बुधबारेमा भएको अधिवेशनले उपाध्यक्षमा डिल्लीनारायण श्रेष्ठ, सुजन बेघा, ज्ञानमाया लिम्बु, प्रदिप राई, मीरा योञ्जन र सन्तोष कुमार लिम्बुलाई चयन गरेका हुन् । त्यस्तै सचिवमा नन्दु राई, सहसचिवमा गजुहाङ योङहाङ, अर्थ सचिवमा देवेन्द्र लिम्बु चयन भएका छन् । सिनियर फिल्ड कमाण्डरमा पूर्ण सुहाङ चयन भएका छन् । बुद्धविर गुरुङको सभापतित्व तथा सांसद विष्णु तुम्बाहाम्फेको प्रमुख आतिथ्यमा भएको प्रथम अधिवेशनमा पहिचान सहितको १० प्रान्त र १ विशेष प्रान्त सहित ११ प्रान्तलाई संविधानले नै सुरक्षित गरिनुपर्ने जोडदार माग गरिएको छ ।…
गौर, २१ असोज । मधेशलाई छुटै राज्य बनाउने अभिव्यक्ति दिँदै आएका डा सिके राउत आज अपराह्न गौरमा पक्राउ परेका छन् । स्वतन्त्र मधेशको वकालत गर्दै आएका डा राउतलाई जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ गरेको हो । जिल्ला अदालत, रौतहटमा नियमित पेशीमा उपस्थित भएर फर्किदै गर्दा उनलाई प्रहरीले पक्राउ गरेको थियोे । राज्यविरुद्ध अभिव्यक्ति दिएकाले उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक केदार ढकालले जानकारी दिनुभएको छ । अदालतमा डा राउत करीब १०० समर्थकसहित उपस्थित भएका थिए । राउतलाई राज्यविरूद्घको अपराधमा मुद्दा चलाइने बताइएको छ ।