
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
नायक अनमोल केसी फुटबल खेलाडीको रुपमा देखिन लागेको चलचित्र ‘क्याप्टेन’को रिलिज मिति फाइनल गरिएको छ । भदौ, असोज, कात्तिकमा रिलिज हुने भनेर चर्चा गरिएतापनि अब चलचित्र फागूणमा आउने पक्का भएको छ । चलचित्रका निर्माता भूवन केसीले फागूणको १७ गतेलाई रिलिज मिति तय गरिएको बताए । केही बिदा पर्ने भएपछि भूवन र वितरक मनोज राठीले यो मितिमा चलचित्र रिलिज गर्ने बताएका हुन् । दिवाकर भट्टराइको निर्देशनमा तयार भएको यो चलचित्रको भीएफएक्सको काम पनि सकिएको छैन । भूवनले अनलाइनखबरसँग भने(‘हामीलाई भीएफएक्सका लागि अझै २ महिना समय लाग्ने भयो । पुष र माघमा सिनेमा रिलिज गर्दा खासै फाइदा हुँदैन । यसैले, फागूणमा पुगेका…
आजभोली धेरै नेपालीलाई उच्च रक्तचापको समस्या देखिन्छ । उच्च रक्तचाप मात्रै होइन धेरै मानिसहरु मुटुरोग र कार्डियो भास्कुलर रोगबाट पिडित छन् । रक्तचाप नियन्त्रण गर्न र मुटुरोगको जोखिम घटाउनको लागि मुख्य त हाम्रो खानपानको शैली र आहारलाई व्यवस्थित गर्नुपर्छ । हुन त औषधिहरुले पनि रक्तचापलाई कम गर्न सहयोग गर्छ तर हामीले आफ्नो खानपानमा थोरै ध्यान दिने हो भने पनि उच्च रक्तचापको समस्याबाट बच्न सकिन्छ । उच्च रक्तचाप रोगीलाई दिइने सबैभन्दा आम सल्लाहमा हो नुन, चिल्लो र धेरै क्यालोरी हुने खानेकुराको कम खाने । उच्च रक्तचापको समस्या भएका बिरामीले आफ्नो आहारमा नियमित रुपमा सागसब्जी, फलफूलको सेवन गर्नुपर्छ । त्यस्तै यदि स्वास्थ्य…
काठमाडौँ, २० असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले पार्टीभित्रका समस्या निराकरणमा केन्द्रित भएको बताउनुभएको छ । आफ्नै निवासमा रासससँग कुराकानी गर्दै उहाँले पार्टीभित्रका समस्यालाई चाँडै समाधान गरी पार्टी एकतालाई टुङ्ग्याउने बताउनुभयो । उहाँले दुई पार्टीबीचको एकता ठूलो काम भएकाले केही समय लाग्ने गरेको भन्दै अहिले पार्टी एकतालाई प्राथमिकतामा राखेर काम भइरहेको जानकारी गराउनुभयो । पार्टीभित्र देखिएको विवाद बाहिर सञ्चारमाध्यममा आएजस्तो नभएको उल्लेख गर्दैै पार्टीभित्र कुनै समस्या नभएको उहाँको भनाइ थियो । महासचिव पौडेलले सरकारको कामको परिमाण आउन केही समय लाग्ने भन्दै जनतालाई निराशा नहुन आग्रह गर्नुभयो । उहाँले चाँडै विकास खोज्दा सरकारको स्वाभाविक आलोचना भएको बताउनुभयो ।…
इनरुवा, २० असोज । सुनसरी सदरमुकाम इनरुवामा आजबाट शुरु हुने रात्रिकालीन क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । मुलुकमै पहिलो पटक इनरुवामा रात्रिकालीन क्रिकेट प्रतियोगिता हुनलागेको हो । फूलबारी क्रिकेट क्लब इनरुवाको आयोजनामा हुन लागेको रात्रिकालीन क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको आयोजक संस्थाका अध्यक्ष शिवु यादवले बताउनुभयो । सुनसरी सदरमुकाम इनरुवामा पत्रकार सम्मेलनको आयोजना गरेर खेलको तयारी पूरा भएको आयोजकले जानकारी दिनुभयो । प्रतियोगितालाई इनरुवा नगरपालिकाले प्रायोजन गरेको छ । मेयर कप टी ट्वान्टी ९२०० प्रतियोगिता इनरुवास्थित खेल मैदानमा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा आयोजकसहित १० टिमको सहभागिता रहने जनाइएको छ । उद्घाटन खेल आयोजक फूलबारी क्रिकेट क्लब र…
काठमाडौँ, २० असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र जिल्लाको पार्टी एकतालाई छिट्टै टुङ्ग्याइने बताउनुभएको छ । वडादशैँको अवसरमा नेकपा प्यूठान–काठमाडौँ सम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदनप्रदान’ कार्यक्रममा उहाँले भन्नुभयो, “पार्टी एकतालाई सुदृढ गरिन्छ, हिजो मात्रै प्रधानमन्त्रीसँग छलफल भएको छ, भोलि आइतबार पार्टी सचिवालयको बैठक बसेर प्रदेश जिल्लाको पार्टी एकता र जन सङ्गठनको एकतालाई छिट्टै टुङ्याउने गरी जाँदैछौ, यसमा कुनै समस्या छैन ।” पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले सरकारको काम कारवाहीबारे पार्टी र विभिन्न पक्षसँग अन्तरक्रिया गरेर अझ त्यसलाई गति दिने कुरामा आफूहरू प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो । “सरकारको कामलाई प्रभावकारी बनाउन हामी…
भद्रपुर, २० असोज । वडा प्रहरी कार्यालय भद्रपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुरले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । वडा दशैं, दिपावली तथा छठ पर्वको अवसर पारेर सम्युक्त रूपमा नगरबासीका प्रतिनिधिहरूसित शुभकामना आदान प्रदान गरेको हो । सामुदायिक प्रहरी सेवा केन्द्रकी अध्यक्ष शिला खड्काको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जनप्रतिनिधिहरू, उद्योगी व्यापारी, सामाजिक अगुवा, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
नेपालगञ्ज, बाँके, २० असोज । बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित शम्शेरगञ्जमा यात्रुबाहक हायस (माइक्रोबस) र ट्रक आज बिहान एकापसमा ठोक्किँदा छ जनाको मृत्यु भएको छ । दाङको तुलसीपुरबाट अमिलिया हुँदै नेपालगञ्ज आउँदै गरेको रा१ख १६६२ नम्बरको हायस र नेपालगञ्जबाट दाङतर्फ जाँदै गरेको लु१ख ७७२९ नम्बरको ट्रक आज बिहान करीब ९ः१५ बजेतिर राप्ती सोनारी गाउँपालिका–९ मुगुवा खोला नजिक ठोक्किएका थिए । दुर्घटनामा चारको घटनास्थलमै मृत्यु भएको र दुईको शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका इन्चार्ज प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिनुभयो । दुर्घटनामा घाइते १७ को शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ…
चोरले के–के चोर्लान् ? जवाफ हुन्छ– नगद, गरगहनालगायत बहुमुल्य सामग्री । तर, झापामा एक व्यक्ति अनौठो प्रकारको चोरीमा पक्राउ परेका छन् । सदरमुकाम भद्रपुरमा महिला तथा युवतीका ब्रा र पेन्टी अत्याधिक चोरी हुन थालेको गुनासो आएपछि वडा प्रहरी कार्यालय, भद्रपुरले अनुसन्धान थाल्यो । त्यस क्रममा प्रहरीले भद्रपुर–४, मन्त्रीचोकका २५ वर्षीय युवकलाई पक्राउ गर्यो । ब्रा र पेन्टी चोरेरे भाग्दाभाग्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो । ‘रंगेहात पक्राउ गरेको भए पनि सुरुमा पत्याउन गाह्रो भइरहेको थियो’, प्रहरी निरीक्षक प्रकाश जबेगुले भने, ‘त्यसपछि हामीले उनलाई कार्यालयमा ल्याएर केरकार गर्यौं ।’ उनको बयान सुनेर सबै आश्चर्य चकित भएका थिए । विवाहित ती युवकले…
काठमाडौं, २० असोज । सन्दीप लामिछाने र कप्तान पारस खड्काको उत्कृष्ट प्रदर्शनसँगै नेपालले टी २० विश्वकप एसिया छनोट बीमा मलेसियामाथि ८ विकेटको जित हात पारेको छ । प्रतियोगितामा नेपालको यो दोस्रो जित हो । क्वालालम्पुरमा घरेलु टोलीले दिएको १०१ रनको लक्ष्य नेपालले १२–४ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो । कप्तान पारस खड्का ५२ रनमा अविजित रहे भने उपकप्तान ज्ञानेन्द्र मल्लले नटआउट २७ रन बनाए । नेपालले पहिलो विकेट भने सस्तैमा गुमाएको थियो । ओपनर अनिलकुमार साह एक रनमा आउट भए, जतिबेला टिमको स्कोर मात्र २ रन थियो । विनोद भण्डारीले १२ रन बनाए । यसअघि पहिले ब्याटिङ गरेको मलेसियाले…
भद्रपुर, २० अशोज । चन्द्रगढी वन उपभोक्ता समितिले वन डिभिजन प्रमुख वोधराज सुवेदीलाई एक कार्यक्रम गरी विदाई गरेको छ । २ वर्ष अगाडि झापा वन कार्यालयको नेतृत्व गर्न आएका प्रमुख सुवेदीको ७ नम्बर प्रदेश अनर्तगत कञ्चनपुर सरुवा भएपछि समितिले सम्मान सहित विदाई गरेको हो । समितिका अध्यक्ष हिराप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समितिका पूर्व सचिव सन्तोष पोखरेल, डिभिजन वन झापाका सहायक वन अधिकृत राजन राई, विष्णु शिवाकोटी लगायतले विदाई मन्तव्य राख्दै सुवेदीको नेतृत्वले झापाको वन रक्षामा असल अभिभावकत्व प्रदान गरेको धारणा राखेका थिए भने डिभिजन प्रमुख सुवेदीले झापामा वैज्ञानिक वन व्यवस्थापनमा समूहको सहयोगको प्रशंसा गरेका थिए ।