झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, १३ असोज । चार वर्षपछि हुन लागेको शहीद स्मारक ए डिभिजन लिग आजदेखि शुरु हुँदैछ । घरेलु फुटबल आन्तरिक किचलोमा फसेपछि चार वर्षदेखि स्थगित हुँदै आएको ए डिभिजन लिग आजदेखि शुरु हुन लागेको हो । रेलिगेशन नहुने प्रावधानसहित शुरु हुन लागेको लिगमा ए डिभिजनका १४ क्लबले करीब तीन महीना प्रतिस्पर्धा गर्नेछन् । सो प्रतियोगिता आगामी माघ १६ गतेसम्म चल्नेछ । प्रतियोगिताको उद्घाटन खेलमा आज दिउँसो त्रिभुवन आर्मी क्लब र न्यूरो टिम (एनआरटी)बीच प्रतिस्पर्धा हुनेछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो ३ बजे शुरु हुने लिगका निर्देशक सञ्जीव मिश्रले जानकारी दिनुभयो ।

Read More

रवीन्द्र काफ्ले फिदिम, १३ असोज । मातृ भाषामा पठन–पाठन गराउने विद्यालयको सङ्ख्या कमि आएको छ । नेपालमै पहिलो पटक कक्षा ७ सम्म लिम्बू (याक्थुङ) भाषामा पठन–पाठन शुरु गरेको पाँचथरमा अहिले मातृ भाषामा पठन–पाठन गराउने विद्यालयको सङ्ख्यामा कमि आएको हो । पाँच वर्ष अघिसम्म कक्षा ५ सम्म १३१ वटा विद्यालयमा लिम्बू भाषामा पठन–पाठन हुने गरेको थियो । यो सङ्ख्या घटेर अहिले ११४ मा आइपुगेको छ । मातृ भाषा पठन–पाठनका लागि पाँचथरलाई ‘नमूना’ जिल्लाका रुपमा मान्दै आएको छ । जिल्लाका चारवटा विद्यालयमा राई वान्तवा भाषामा पठन–पाठन हुने गरेकामा त्यो सङ्ख्या आधाले घटेर दुईमा झरेको छ । जिल्लामा तामाङ भाषामा दुई र भोटिया…

Read More

बिर्तामोड, १३ असोज । बिर्तामोड नगरपालिका क्षेत्रभित्र कै एकमात्र उपभोक्ता सहकारी संस्था भएकाले विराट–अर्जुनका अघिल्तिर अथाह अवसर रहेको झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले बताएका छन् । उपभोक्ता सहकारीको व्यानरमा स्थापित भएका जिल्लाका अधिकांश सहकारी संस्थाहरु या त निस्क्रिय छन् वा त सानो आकारमा सञ्चालनमा रहेको अवस्थामा विराट–अर्जुनलाई भूगोलसमेतले साथ दिएकाले उसका अगाडि अवसरका चाङ रहेको अध्यक्ष ढकालको भनाई छ । बिर्तामोड नगरपालिकामा सञ्चालित सयभन्दा बढी संस्थाका सबै सदस्यहरु विराट–अर्जुन उपभोक्ता सहकारी संस्थामा आवद्ध हुन सक्ने अवसरले पनि यसको भविष्य उज्जवल रहेको अध्यक्ष ढकालको भनाई छ । आज संस्थाको नवौं वार्षिक साधारणसभामा प्रमुख अतिथि रहेका जिल्ला अध्यक्ष ढकालले विराट–अर्जुनले…

Read More

काठमाडौँ, १३ असोज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार एकैदिन पाँचवटा शव आइपुगे। चारवटा मलेसियाबाट आएका थिए भने एउटाचाहिँ कतारबाट। वैदेशिक रोजगारीमा गएका तर कफिनमा फर्किएका यी पाँचमध्ये एक थिए, आइतसिंह गोले। मलेसियामा विषाक्त रक्सी सेवनले असोज ९ मा मृत्यु भएका ६ मध्ये आइतसिंह एक थिए। आठ वर्षअघि मलेसिया गएका पति नफर्किएपछि पत्नी डोल्मामाया आफैँ चार वर्षअघि त्यहाँ गएकी थिइन्। सर्लाही हिरापुर–९ का आइसिंह अवैध कामदारका रूपमा बसेका थिए। डोल्मा वैध रूपमा बसेकी थिइन्। केहीअघि नेपाल फर्किएकी उनी पुनः एक महिनाअघि मलेसिया पुगेकी थिइन्। गोले दम्पतीका १७ र १५ वर्षका छोरी र १० वर्षका छोरा छन् छन्। शव सर्लाही लगेर अन्त्येष्टि…

Read More

लहान, १३ असोज । हतियार देखाएर सिर्जना सामुदायिक सहकारी संस्थाका कर्मचारीको रकम लुटपाटमा संलग्न भएको आरोपमा एक भारतीय नागरिकसहित सात जनालाई पक्राउ गरी सिरहा प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाले शुक्रबार साँझ पत्रकार सम्मेलन गरी पक्राउ परेका सातै जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा भारत मधुवनी जिल्ला ग्रामपञ्चायत छतौना–२ निवासी २७ वर्षीय किशोरकुमार शर्मा, धनुषा विदेह नगरपालिका–१ निवासी २० वर्षीय नरेशकुमार ठाकुर, १९ वर्षीय रवीन्द्र ठाकुर, ठाडी झिझाका श्यामसुन्दर ठाकुर, कमला नगरपालिका–६ हतमुण्डाका १९ वर्षीय रमेशकुमार महतो, कमला नगरपालिका–८ हरिणे निवासी २७ वर्षीय शत्रुधन ठाकुर र धनुषाकै तारापट्टी गाउँपालिका–१ पुर्वारी टोल निवासी २२ वर्षीय चन्द्रशेखर यादव…

Read More

सान नेपाल गौरादह, १३ असोज । धान पोटाउने समयमा युरिया मल नपाउँदा किसानहरु समस्यामा परेका छन् । धान रोप्ने समयमा डि.ए.पी. मल नपाएर समस्यामा परेका किसानहरु अहिले युरिया नपाउँदा थप समस्यमा परेका हुन् । किसानहरुले खेती गर्ने समयमा पटक–पटक मलको समस्या खेप्तै आएका छन् । मुलुक भित्र वसोवास गर्ने अधिकांस मानिसहरुको प्रमुख पेसा कृषी नै हो । अन्य आम्दानीको श्रोत नभए पछी गाउँघरमा वसेर खेती किसानी गर्ने गरेका छन् । कृषी प्रधान देश भनिएता पनि किसानहरुले कृषीमा कुनै प्रकारको राहात पाएका छैनन् । धान रोप्ने समयमा डि.ए.पी. नपाँउदा मलको हाहाकार मच्चिएको थियो भने, अहिले युरिया मल नपाउँदा किसानहरु निरास भएका…

Read More

काठमाडौँ, १३ असोज । बालकै देखिन्छिन् उनी । शरीरले किशोरावस्थाको आकार समेत लिइसकेको छैन । गहुँगोरो वर्ण, होचो कद र पातलो शरीर ! गामबेसी गर्दाको पहिरन ! फुंग उडेको मुहार ! बैंसालु उमेरमा आउनुपर्ने चमक छैन । माइती इन्डियाकी इन्चार्ज इन्दिरा पाण्डे र नेपाली जनसम्पर्क समिति, भारतका अध्यक्ष बालकृष्ण पाण्डेको पहलमा कान्छी (नाम परिवर्तन) भारतको नयाँ दिल्लीस्थित जिबीरोडबाट हवाई मार्ग भएर नेपाल फर्काइँदै थिइन्। असोज ६ गते दिउँसो नेपाल एयरलाइन्सबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रँदा उनका वृद्धावस्थाका बाबु पनि सँगै थिए । बाबुछोरीका मनभित्रका असन्तुष्टि मुहारमा झल्कन्थ्यो। उतै बसेर अझ पैसा कमाउने महत्वाकांक्षाले नछाडेकाले भनिन्, ‘फर्काएर के भो म फेरि गइहाल्छु…

Read More

सुरुङ्गा, १३ असोज । झापाको सुरुङ्गामा जारी प्रथम टिभिएस टि–ट्वान्टीको उपाधि युथ एकाडेमी राजविराजले हासिल गरेको छ । शुक्रवार भएको फाइनल खेलका विराटनगरको क्रिकेट क्लबलाई २ विकेटलले हराउँदै नगद ५१ हजार सहितको उपाधि राजविराजले हात पारेको हो । उपविजयी भएको विराटनगरले ३१ हजार नगद सहित ट्रफी हात पारेको छ । पहिलो टच जितेर राजविराजले विराटनगरलाई ब्याटिङ्गको निम्तो दिएको थियो । जसमा विराटनगरले आफ्नो ९ विकेटको क्षतिमा १ सय ३२ रनको मध्यम स्तरको स्कोर बनाएको थियो । विराटनगरका तर्फबाट राष्ट्रिय टिमका सदस्यसमेत रहनुभएका सिद्धान्त लोहनीले सर्वाधिक ३३ रन जोड्नुभयो भने अमर राउटेलाले २५ रन जोड्नुभयो । राजविराजका तर्फबाट फिरदोज अन्सारीले ३…

Read More

काठमाडौँ, १३ असोज । विषाक्त मदिरा सेवनका कारण मलेसियामा मृत्यु भएका नेपाली कामदारको शव नेपाल ल्याइँदै छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार सर्लाहीका आइतसिं गोलेको शवको बिहीबार नै नेपाल ल्याई परिवारजनको जिम्मा लगाइएको छ । सुनसरीका संजय उराव र इलामका बलबहादुर कुलुङको शव परिवारको पहलमा नेपाल ल्याइसकिएको बताइएको छ । रुपन्देहीका रामकुमार यादवको शव आज राति नेपाल ल्याइँदैछ । थाई एयरलाइन्सको नियमित उडानबाट यादवको शव नेपाल ल्याइने बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै सर्लाहीका शेरबहादुर ठकुरीको शव शनिबार नेपाल ल्याइने बोर्डले जनाएको छ । बोर्डका अनुसार यही असोज १४ गते भीमबहादुर घले, १६ गते विशाल बुढाथोकी,…

Read More

काठमाडौँ, १२ असोज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संसद्को वर्षे अधिवेशनबाट चिकित्सा शिक्षा विधेयक पारित नभए पनि सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । शिक्षा पत्रकार सञ्जाल ९इजोन० को आठौँ वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले चिकित्सा विधेयक आउँदो दशैँपछि शुरु हुने हिउँदे अधिवेशनमा पारित गरिने बताउनुभयो । “अहिले हामी संविधानमा उल्लेख गरिएका मौलिक हकसम्बन्धी ऐन बनाउनका लागि व्यस्त भयाँै”, उहाँले भन्नुभयो, ‘‘जसले गर्दा चिकित्सा विधेयक पारित हुन सकेन । अब अर्को अधिवेशनमा पारित गराउँछौँ ।” मन्त्री पोखरेलले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन समाजवादोन्मुख भएको पनि बताउनुभयो । उहाँले सार्वजनिक शिक्षा सबलीकरणका लागि निजी…

Read More