
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
गौतमबुद्ध वज्राचार्य काठमाडौँ, १९ भदौ । तत्कालीन नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन सहजकर्ताको भूमिका निर्वाह गरेका पद्मरत्न तुलाधरलाई सम्मान गर्न एकमहीने कार्यक्रम नै चलेको छ। मानवअधिकार, नेपाल भाषा, पत्रकारिता, साहित्य तथा नाटक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेका तुलाधरको ज्याःजंक्व९भीमरथारोहण०को एकमहीने कार्यक्रमअन्तर्गत यही भदौ ३० गते उहाँलाई नागरिक अभिनन्दन गरिँदैछ। यही भदौ १६ गते वामपन्थी नेता तुलाधरलाई नेवारी परम्परानुसार ७७ वर्ष सात महीना सात दिन ७ घडी तथा ७ पलाको साइतमा भीमरथारोहण पनि गरिसकिएको छ। तुलाधर नागरिक अभिनन्दन समारोह समितिले भदौ १ गते देखि भदौ ३० गतेसम्म १२ कार्यक्रम गरी उनको सम्मान गरेको छ। अभिनन्दन समारोह समितिका अध्यक्ष शान्तदास मानन्धरले नेवार…
काठमाडौँ, १९ भदौ । मलेसियामा जारी एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग तीन विकेटले पराजित भएको छ । राजधानी क्वालालम्पुरस्थित वाङ्गी क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले हङकङसामु ९६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रेको हङकङले ३२ दशमलव तीन ओभरमा सात विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो । यस हारसँगै एशिया कप क्रिकेट खेल्ने नेपालको सपना चक्नाचुर भएको छ । छनोट प्रतियोगितामा खराब प्रदर्शन गरेको नेपाल शुरुवाती दुई खेलमा ओमन र युएइसँग पराजित भएको थियो । हङकङको जितमा कप्तान अंशुमन राथले अर्धशतकीय पारी खेले । उनले ८२ बल…
स्वस्थ बच्चाको जन्म होस् भन्ने चाहना हरेक गर्भवतीलाई हुन्छ । यसका लागि गर्भावस्थाका दौरान पर्याप्त मात्रामा पौष्टिक आहारा लिनुपर्छ । गर्भको शिशुको विकास आमाको सही डाइट प्लानमा निर्भर हुन्छ । आहार विशेषज्ञका अनसार एक सामान्य महिलाका लागि डाइटमा १८०० क्यालोरी आवश्यक हुन्छ । तर गर्भावस्थाका दौरान यतिले मात्र पुग्दैन । फुड एण्ड न्युटिसन विशेषज्ञका अनुसार गर्भावस्थामा महिलालाई ३५० अतिरिक्त क्यालोरी आवश्यक हुन्छ । अर्थात् गर्भवतीले आफ्नो खानाबाट २३०० सम्म क्यालोरी प्राप्त गर्नुपर्छ । पर्याप्त मात्रामा भिटामिन, खनिज, फाइबर, आइरन, जिंक र क्याल्सियम लिनुपर्छ । गर्भावस्थाको सुरुवाती महिना गर्भावस्थाको पहिलो तीन महिनामा फोलिक एसिडयुक्त खाद्यपदार्थ सेवन गर्नुपर्छ । यसका साथै आइरनयुक्त…
काठमाडौँ, १९ भदौ । पुनर्गठित माओवादी केन्द्रका अध्यक्ष गोपाल किराँतीले गृहमन्त्री रामबहादुर थापा बादललाई बिद्रोह गर्न सुझाव दिएका छन् । किराँतीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा अोलीविरुद्ध विद्रोह गर्न उक्साएका हुन् । नेता किराँतीले प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष प्रचण्डले गृहमन्त्री थापाका जनपक्षीय काममा अवरोध गरेको भन्दै बादलले नेकपाबाट विद्रोह गर्नुपर्ने बताएका छन् । ‘उहाँ (गृहमन्त्री बादल)लाई जनपक्षीय काम गर्नबाट रोक्न थालियो । अब उहाँलाई गृहमन्त्रीबाट अपदस्थ गर्न सक्छन् । त्यस अगाडि नै उहाँले विद्रोह गर्नुपर्छ र जनताको मुद्दामा संघर्ष गर्ने आँट गर्नुपर्छ’, किराँतीले भने, ‘त्यसो भएनभने उहाँकै राजनीतिक अवसान हुन्छ ।’ पछिल्लो पटक केही…
विगत लामो समयदेखि नेपाली कला क्षेत्रमा संघर्ष गरिरहेका गायक, संगीतकार, क्यामेरा मेन, सम्पादक निर्देशक आदि बहु प्रतिभाको धनि पेन्जी योङले पि.वाइ म्युजिक मार्फत आफ्नो ूप्रेम कहानीू बोल गीतको भिडियो लिएर श्रोता दर्शकमाझ आएका छन् । गीत रचना स्वयं गायक पेन्जी योङ कै रहेको छ। पि.वाइ म्युजिकबाट यस भन्दा पहिले पनि धेरै भिडियोहरू सार्वजनिक भइसकेको छ। अहिले सार्वजनिक ूप्रेम कहानीू बोलको गीतको भिडियोमा अहिलेका कोरियामा जल्दाबल्दा चर्चित मोडेल रोजेन सुन्दासको दमदार अभिनय रहेको छ जसमा मोडेल श्रद्धा लिम्बुले साथ दिएकी छिन् । मोडेल द्वय रोजेन सुन्दास र श्रद्धा लिम्बुले अन्य विभिन्न भिडियोहरूमा पनि अभिनय पस्किसकेमा छन्। म्युजिक भिडियोको कोरियाको विभिन्न रमणीय…
चीनमा एउटा कम्पनीले आफ्ना उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई यस्तो बोनस दिएको छ कि, त्यो सुन्दैमा आश्चर्यको सीमा रहनेछैन । कामकाजी कर्मचारीलाई आफूले काम गर्ने ठाउँबाट बोनस तथा बढुवाको आश सधैं नै भइरहन्छ । यस्तो लोभमा कर्मचारीले मरिमेटेर काम पनि गरेको हुन्छ । कम्पनीहरुले पनि कर्मचारीमा उत्प्रेरणा जगाउन अनेकन उपायहरु अपनाइरहेका हुन्छन् । आम रुपमा कम्पनीहरुले कर्मचारीलाई बोनसका रुपमा नगद, शेयर, उपहार तथा टूर प्याकेज आदि दिने गर्दछन् । तर चीनमा एउटा कम्पनीले आफ्ना उत्कृष्ट कर्मचारीलाई निकै फरक खालको बोनस प्रदान गरेको छ । कम्पनीले उत्कृष्ट कर्मचारीलाई पोर्न स्टारसँग रात बिताउने मौका प्रदान गरेको छ । कम्पनीको वार्षिकोत्सवको अवसरमा आयोजित पार्टीका…
कुमार चौलागाई काठमाडौँ, १९ भदौ । साफ च्याम्पियनसिप फुटबलको १२ औँ संस्करण आजदेखि बङ्गलादेशको ढाकामा शुरु हुँदैछ । नेपालले दुई वर्षअघि ‘बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप’को उपाधि जितेको ढाकास्थित बङ्गबन्धु रङ्गशालामा पाकिस्तानविरुद्ध आज प्रतिस्पर्धा गर्दैछ । खेल दिउँसो ३ः४५ बजे शुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । दुवै टोली अहिलेसम्म साफमा उपाधिविहीन छन् । साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध नेपालले हालसम्म खेलेका छ खेलमध्ये दुईमा जित, तीनमा बराबरी र एकमा पराजय भएको थियो । उक्त प्रतियोगितामा नेपाल र पाकिस्तानबीच सन् १९९३ जुलाई १६ मा पाकिस्तानमा भएको पहिलो खेल १–१ गोलको बराबरीमा सकिएको थियो । सन् १९९५ मार्च २९ मा श्रीलङ्कामा भएको…
बिहेको तयारीमा रहेकी बलिउड नायिका प्रियंका चोपडाका लागि नराम्रो खबर आएको छ । उनका हुनेवाला ससुरा पल जोनस आर्थिकरुपमा टाट पल्टिन आँटेका छन् । न्यूजर्सीमा रहेको कन्ट्रक्सन र रियल स्टेट कम्पनीका मालिक हुन् पल । समाचार अनुसार पलको यस कम्पनी ऋणमा डुबेको छ । यसले १० लाख डलरभन्दा बढि ऋण तथा २ लाख ६८ हजार डलर जरिवाना तिर्न सकेको छैन । यो ऋणबाट छुट्कारा पाउनका लागि पलले आफ्नो कम्पनीसहित भएभरको सम्पत्ति बेच्ने तयारी गरेका छन् । पलका तीन छोरा गायक हुन् । यदि उनीहरुले चाहे भने बाबुलाई उद्दार गर्न सक्छन् । सेलिब्रिटी नेट वर्थको एक रिपोर्टअनुसार उनका छोरा तथा प्रियंकाका…
तनहुँ, १९ भदौ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यक्तिलाई होइन संगठनका कामलाई प्राथमिकता दिएर पार्टीलाई बलियो र सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ । रिपोटर्स क्लब नेपालले आज दमौलीमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले पार्टी सभापतिको लागि आफ्नो कसैसँग तालमेल भएको छैन भन्नुभयो । “ म व्यक्तिलाई होइन पार्टी र संगठनका कामलाई प्राथमिकता दिन्छु, संगठन बलियो भए मात्र पार्टीमा सबैको हित हुन्छ,” वरिष्ठ नेता पौडेलले भन्नुभयो । उहाँले लोकतन्त्र संस्थागत गर्न जनताका आधारभूत आवश्यकता पुरा गरेर विकासका कामलाई प्राथमिकतामा राखी काम गनुपर्नेमा जोड दिँदै उहाँले विकासका योजनालाई केन्द्रीकरण होइन सङ्घीयता सृदृढ बनाउनेतर्फ केन्द्रीत गर्नुपर्छ भन्नुभयो । मुलुकी…
काठमाडौँ, १९ भदौ । मलेसियामा जारी एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्र्तगत नेपालले समूह चरणको अन्तिम खेलमा हङकङसामु ९६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । मलेशियाको राजधानी क्वालालम्पुरस्थित वाङ्गी क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ३७।५ ओभरमा सबै विकेट गुमाउँदै ९५ रन मात्र बनाउन सक्यो । अनिलकुमार साहले १५, अरिफ शेषले १८ र कप्तान पारस खड्काले १४ रन बनाउनुबाहेक अन्य नेपाली खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् । हङकङका इहशान खानले चार तथा तनवीर अफजल र मोहमद खानले समान दुई÷दुई विकेट लिए । चार खेलमा दुई जित र दुई हारका साथ नेपाल अङ्क तालीकामा चौथो स्थानमा छ ।…