
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १९ भदौ । मेचीनगरबाट चोरीको रकमसहित प्रहरीले सोमबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर–६ का २५ वर्षीय मिलन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । श्रेष्ठले मेचीनगर–६ स्थित एसेस लाउण्डा मिनी क्यासिनोबाट गत भदौ ९ गते दराज फुटाएर रु ११ लाख ९३ हजार चोरी गरेका थिए । क्यासिनोमै काम गर्ने कर्मचारीको टिप्स राख्ने दराज फुटाएर उनले चोरी गरेका थिए । श्रेष्ठ सोही क्यासिनोका कर्मचारी हुन् । उनलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान भइरहेको छ ।
झापा, १९ भदौ । झापामा १४ बर्षीया किशोरी सामुहिक बलात्कारमा परेकी छन् । गत साउन २९ गते दमकस्थित गेस्टहाउसमा लगेर तीन युवकले प्रतिकारबीच सामुहकि बलात्कार गरेको डीएसपी श्यामकुमार सुब्बाले बताए । पीडक पक्षको दबाबले घटना ढिलो सार्वजनिक भएको हो । दबाबकै कारण कक्षा ९ मा पढ्ने किशोरी विद्यालय जान पाईरहेकी छैनन् । उनी माइती नेपाल काँकडभिट्टाको संरक्षणमा छिन् । बलात्कारका आरोपीहरु दमक नगरपालिका १ का सुमन राई, समीर श्रेष्ठ र कमल गाउँपालिका ५ का किरण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ, १८ भदौ । सर्वोच्च अदालतले गैरकानूनी रुपमा मदिराजन्य पदार्थको बिक्रीवितरण गर्ने कार्यलाई रोक्न सरकारको नाममा आदेश जारी गरेको छ । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र तेजबहादुर केसीको संयुक्त इजलासले आज गैरकानूनी रुपमा मदिराजन्य पदार्थको उत्पादन तथा बिक्रीवितरण रोक्न सरकारका नाममा आदेश जारी गरेको हो । मदिरा ऐनअनुसार निश्चित समय, उमेर समूह, स्थान र बिक्री स्थलसमेत तोक्ने भनिएअनुसार ऐनको प्रभावकारी कार्यान्वयन गर्न आदेशमा भनिएको छ । आदेशमा महिला हिंसाको मुख्य कारकका रुपमा मदिरा रहेको र मदिराको विज्ञापनमा समेत महिलाको प्रयोग हुने कार्य रोक्न भनिएको छ । जुरी नेपालका तर्फबाट अधिवक्ता विष्णुप्रसाद पोखरेलले दायर गर्नुभएको रिट निवेदनमाथिको सुनुवाइपछि अदालतले सो आदेश जारी…
काठमाडौँ, १८ भदौ । यस वर्षको युवा वर्ष मोतीराम भट्ट पुरस्कार साहित्यकार केशव सिग्देल र चन्द्र रनहँछालाई संयुक्तरुपमा प्रदान गरिने भएको छ । राष्ट्रिय युवा सेवा कोषद्वारा स्थापित उक्त पुरस्का र छनोट समितिका अध्यक्ष कालीप्रसाद रिजालको अध्यक्षतामा आज बसेको बैठकले सिग्देल र रनहँछालाई दिने निर्णय गरेको कोषका कार्यालय सचिव भरत राईले जानकारी दिनुभयो । उहाँहरु दुवैलाई नेपाली भाषा, साहित्यको उत्थान र मोतीराम भट्टको क्रियाकलापको अनुसरण गर्दैै योगदान पु¥याएबापत पुरस्कार प्रदान गरिन थालिएको हो । ५० हजारको उक्त पुरस्कार यही भदौ २४ गते १५३औँ मोती जयन्तीका अवसरमा प्रदान गरिनेछ । विसं २०४२ बाट प्रदान गरिन थालेको उक्त पुरस्कार अहिलेसम्म ६७ जनाले…
विराटनगर, १८ भदौ । भगवान् श्री राधाकृष्ण रथयात्राको प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आज यहाँ शुभारम्भ गर्नुभएको छ । विशेष पूजापाठ गरी उल्लासमय वातावरणमा नगर परिक्रमाका लागि निस्किएको सो रथ विराटनगर–१ को पानीट्याङ्कीस्थित राधाकृष्ण मन्दिरको परिसरबाट युगल मूर्तिलाई रथमा राखी सो स्थलबाट अपराह्न ४ बजे रथयात्रा शुरु भएको हो । रथयात्रा नगरको तीनपैनी, गोल्छामोड, ट्राफिकचोक, महेन्द्रचोकबाट बरगाछीचोक हुँदै करीब आठ किलोमिटरको दूरी तय गरी सोही मन्दिरको परिसरमा पुगेर रथयात्रा सम्पन्न हुने कार्यक्रम छ । सो अवधिमा रथलाई ४४ स्थानमा विश्राम गराइएने मूल समारोह समितिले जनाएको छ । रथयात्राको मार्गमा पर्ने सडकको दुबै पेटीमा हजारौँ श्रद्धालुका साथै भवनको छत…
बिर्तामोड, १८ भदौ । सामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढी मेची अञ्चल अस्पताल भद्रपुरका बिरामीलाई सिरानी प्रदान गरेको छ । अस्पतालमा आउने बिरामीहरुलाई आराम गर्न सहज होस भन्ने उद्देश्यले १२० थान सिरानी हस्तान्तरण गरिएको केन्द्रले जनाएको छ । सिरानी हस्तान्तरण कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्षा दुर्गाप्रसाद पाठक तथा पदाधिकारी, मेची अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट पिताम्बर ठाकुर, सामुदायिक प्ररही सेवा केन्द्रका प्रहरी कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।
उदयपुर, १८ भदौ । त्रियुगा नगरपालिका–३ बगाहाका राष्ट्रिय उच्चमाविका शिक्षक वीरेन्द्र बस्नेतलाई आफ्नै विद्यार्थीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बस्नेतले यही भदौ १० गते रातको समयमा आफ्नै विद्यालयका कक्षा ७ मा अध्ययन गर्ने १३ वर्षीया छात्राको घरमा गएर कोठामा प्रवेश गरी यौन दुव्र्यवहार गरेका थिए । छात्रा कोठामा चिच्याएपछि बस्नेत फरार भएका थिए । छात्राका आफन्तले प्रहरीमा जाहेरी दिएपनि फरार रहँदै आएका बस्नेत गत शनिबार पक्राउ परेका थिए । पक्राउ गरिएका बस्नेतलाई बालिका यौन दुव्र्यवहारसम्बन्धी मुद्दा दर्ता गरेको जिप्रका उदयपुरका प्रमुख चन्द्रदेव राईले बताउनुभयो ।
उदयपुर, १८ भदौ । जिल्ला अदालत उदयपुरले सुनसरीको बराह क्षेत्र–८ घर भई उदयपुरको बेलुका नगरपालिका–३ मा व्यापार गर्दै आएका ६२ वर्षीय सुढीलाल चौधरीलाई स्थानीय १४ वर्षीया बालिका जबर्जस्ती करणी गरेको अभियोगमा सात वर्षको जेल सजायको फैसला गरेको छ । न्यायाधीश तीर्थराज केसीको इजालासले चौधरीलाई बालिका जबर्जस्ती करणी गरेको अभियोगमा सात वर्ष जेल सजाय र रु ३० हजार जरिवाना गर्ने फैसला गरेको स्रेस्तेदार रीतबहादुर मगरले बताउनुभयो । २०७४ फागुन २५ गते बेलुका नगरपालिका–३ की १४ वर्षीया बालिकालाई घर जाँदै गरेको बेला चौधरीले जबर्जस्ती पक्रेर घारीमा लगी बलात्कार गरेको अभियोगमा प्रहरीले चौधरीलाई पक्राउ गरेर मुद्दा चलाएको थियो ।
पेशाले मोडेल रहेकी बुल्गेरियाकी क्रिस्टिन कामेनोवा रातारात चर्चित बनेकी छिन् । उनको लोकप्रियता अचानक यतिधेरै बढेको छ कि इस्टाग्रामका फलोअर्स हजारौँ पुगेका छन् । अन्तर्राष्ट्रिय मिडियाहरुमा पनि उनी छाउन सफल भएकी छिन् । यस्तो चर्चा पाउनुको कारक तत्व चाहीँ उनका नक्कली स्तनहरु हुन् । आफ्नो नक्कली वक्षस्थलका कारण उनले यस्तो उपाधि जितिन् कि दुनियालाई छक्कै बनाइन् । एउटा सुन्दरी प्रतियोगितामा उनले मिस सिलिकन स्टारको उपाधि जितेपछि एकाएक उनको चर्चा चुलिएको हो । स्तन प्रत्यारोपण गरी वक्षस्थलमा सिलिकन कोचेर भिमकाय बनाएकी उनले सुन्दरी प्रतियोगितामा पनि मिस सिलिकन स्टारको उपाधि पाइन् ।नक्कली वक्षस्थलका कारण ब्युटी टाइटल प्राप्त गरेपछि मानिसहरुले उनका बारेमा सोसल…
टोक्यो, १८ भदौ । जापानका प्रमुख तेल आयातकर्ताले अक्टोबरमा इरानबाट कच्चा तेलको आयात स्थगन गर्ने तयारी गरेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । अमेरिकाले इरानी कच्चा तेल आयात गर्ने मुलुकमाथि नै प्रतिबन्ध लगाउने धम्की दिएलगत्तै यस्तो तयारी गरेको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्पन्न सन् २०१५को आणविक सम्झौताबाट अमेरिका बाहिरिने र इरानसँग व्यापार गर्नबाट अरु मुलुकलाई पनि रोक्ने गरी गत महिना नयाँ प्रतिबन्ध घोषणा गर्नुभएको थियो । इरानको कच्चा तेल उद्योग र बैंकिङ क्षेत्रमाथि लक्षित गरी दोस्रो चरणका प्रतिबन्ध आगामी नोभेम्बर ५ देखि कार्यान्वयन गर्ने अमेरिकी भनाइ छ । जापानले इरानी तेल आयातलाई निरन्तरता दिने योजना अघि…