
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
उर्लाबारी, १५ साउन । मोरङको उर्लाबारीमा मिनी दौड प्रतियोगिता सञ्चालन गरिने भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आगामी साउन २६ गते सो प्रतियोगिता सञ्चालन हुन लागेको हो । उर्लाबारी–६ स्थित सामुदायिक विकास मञ्चले सोमबार पत्रकार सम्मेलन गरी सो प्रतियोगिताका बारेमा जानकारी गराएको हो । ‘स्वास्थ्यका लागि दौड’ भन्ने मुख्य नाराका साथ आयोजना गरिने सो प्रतियोगितामा नगर क्षेत्रका युवाहरुको सहभागिता रहने आयोजकले जनाएको छ । महिला, पुरुष र भेट्रान गरी तीन तहमा दौड प्रतियोगिता सञ्चालन गरिने कार्यक्रम संयोजक प्रभू राईले जानकारी दिए । उर्लाबारी नगरपालिकाको सहयोगमा सञ्चालन गरिने सो प्रतियोगिताको ‘उर्लाबारी रन’ नामकरण गरिएको छ । राष्ट्रियस्तरमा उर्लाबारीको पहिचान गराउने…
सान नेपाल गौरादह, १५ साउन । स्थानीय सञ्चारमाध्यमले गौरादहमा भएका गतिविधलाई नसमेटेको स्थानीय युवाले गुनासो गरेका छन् । आफूहरुले विकास निर्माणको काममा भएको अवाञ्छित क्रियाकलापको विषयमा आवाज उठाए पनि स्थानीय सञ्चारमध्यमले त्यसलाई प्राथमिकता नदिएको उनीहरुको गुनासो छ । ‘हामीले सेवाग्राहीले दुःख पाएको, कर्मचारीद्वारा अनियमिता भएको, जनप्रतिनिधिले कुसलतापूर्वक कार्य गर्न नसकेको विषयमा पटकपटक आवाज उठायौँ’, गौरादह उद्योग वाणिज्य संघका सदस्य प्रकाश बास्कोटाले भने, ‘हामी दिएको दबाबका विषयमा कहीँ कतै समाचार आएन ।’ स्थानीयस्तरका भएका गतिविधलाई सञ्चारमाध्यमले प्राथमिकता दिनुपर्ने उनको भनाइ छ । गौरादह नगरपालिकामा अनियमितता रहेको तथा कर्मचारीद्वारा सेवाग्राही माथि अन्याय भइरहेको स्थानीय युवा इश्वर खत्रीले बताए । ‘यस्ता विषयमा सञ्चारमाध्यमले…
काठमाडौँ, १४ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शम्शेर जवराले मुलुकमा बढ्दै गएको महँगी र भ्रष्टाचारलाई सरकारले नियन्त्रण गर्न नसकेको आरोप लगाउनुभएको छ । पार्टीले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “बजार नियमन र अनुगमनलाई सरकारले तीव्रता दिन नसकेका कारण पछिल्लो समयमा दिनहुँजसो उपभोग्य वस्तुको मूल्य बढ्दै गएको छ ।” अध्यक्ष राणाले दुई तिहाइ बहुमतप्राप्त वर्तमान सरकारले अनियमितता गर्ने कर्मचारी, व्यापारी, राजनीतिज्ञ, समाजसेवी लगायतलाई दण्डित गर्नुपर्नेमा जोड दिँदै देश विकासका लागि भ्रष्टाचार बाधक रहेको बताउनुभयो । जनताको चाहना शान्त र समृद्ध नेपाल निर्माण रहेको उल्लेख गर्दै उहाँले मुलुकमा बढ्दै गएको वैदेशिक चासोले देशको हित नगर्ने बताउनुभयो…
उर्लाबारी, १४ साउन । मोरङको मिक्लाजुङ गाउँपालिका–१ स्थित भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । इलामको साक्फाराबाट कुच्चो र अदुवा बोकेर आउँदै गरेको मे१त ५४९९ नम्बरको ट्याक्टर आइतबार राति अनियन्त्रित भई अन्दाजी ४० फिट तल खसेको थियो । घटनास्थल बिकट क्षेत्र भएकाले घटनाबारे आज बिहान मात्र जानकारी आएको प्रहरीले जनाएको छ । दुर्घटनामा ट्याक्टरमा सवार मिक्लाजुङ–८ बस्ने १८ वर्षीय सुजन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । ट्याक्टरका चालक इलाम, चुलाचुली गाउँपालिका–६ बस्ने ३० वर्षीय किसान राई फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौँ, १४ साउन । घर बहालमा बस्नेका लागि अनिवार्य रुपमा सम्झौता गरी करको दायरामा ल्याइनुपर्नेमा जोड दिइएको छ । घरबहाल सरोकार महासंघ नेपालले आज यहाँ आयोजना गरेको सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा सो जोड दिइएको हो । बहालमा बस्नेमध्ये पाँचदेखि सात प्रतिशतसम्मले मात्र सम्झौता गरेको बताइएको छ । भदौ १ गतेदेखि लागू हुने मुलुकी देवानी संहिता ऐन २०७४ को दफा ३८६ (२) मा राष्ट्रपतिले प्रमाणीकरण गर्नुअघि रु १० हजारसम्मको बहालमा लिखत गर्नु नपर्ने भन्ने ठाउँमा रु २० हजार बनाइएको महासंघका महासचिव सीताराम खतिवडाले बताउनुभयो । राजधानी शहरमै घरभाडा सम्झौता नहुने, घरधनीले बहालकर नतिर्ने, वार्षिक २० प्रतिशतसम्म भाडा बढाइनेलगायत समस्या छन् । वार्षिक…
काठमाडौँ, १४ साउन । इन्डोनेसियामा आयोजना हुने १८ औँ एशियाली खेलकूद (एशियाड) को थप तयारीका लागि नेपाल गल्फ टोली आज थाइल्याण्ड प्रस्थान गरेको छ । आगामी भदौ २ गतेदेखि हुने उक्त प्रतियोगिता तयारीका लागि गल्फ सङ्घका अध्यक्ष टासी घलेसहित चार खेलाडी वैदेशिक प्रशिक्षणका लागि थाइल्याण्ड गएका हुन् । नेपाली गल्फ टोलीले एशियाडमा पुरुषतर्फ टिम इभेन्ट र एकलमा प्रतिस्पर्धा गर्नेछन् । नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठले नेपाली गल्फले पछिल्लो समय निकै मेहनत गरको भन्दै सफलताको शुभकामना दिनुभयो । खेलाडीमा टङ्कबहादुर कार्की, शुक्रबहादुर राई, पृथ्वी मल्ल र अजित विक छन् ।
बलिउडकी सेक्सी नायिका मल्लिका सेरावत उमेर बढेसँगै ओझेलमा परेकी छिन् । लामो समयदेखि उनले कुनै फिल्म पाएकी छैनन् । मल्लिकाले ‘मर्डर’बाट बलिउडमा डेब्यू गरेकी थिइन् । पहिलो फिल्ममा हट सिन दिएकी मल्लिकालाई त्यसपछि पनि यस्तै सिनका लागि अफर आउन थाले । उनले केही फिल्म गरिन् । त्यसपछि उनको छवि नै बिग्रियो । मल्लिकालाई फिल्ममा अफर गर्ने निर्माता निर्देशकले ठाडै सेक्स अफर गर्न थाले । अन्तरवार्ताका क्रममा मल्लिकाले भनेकी छिन्, ‘सेक्स अफर नमान्दा मैले धेरै फिल्म गुमाएकी छु ।’ निर्माता र निर्देशकले मात्र नभएर फिल्मका नायकाले समेत आफूसँग सेक्सको अफर गर्ने गरेको मल्लिकाको भनाइ छ । ‘फिल्ममा सेक्स सिन दिन सक्छौ…
दशैँमा रिलिज हुने भनिएको कमेडी फ्रान्चाइज फिल्म ‘छक्का पञ्जा ३’को पहिलो गीत रिलिज भएको छ। फिल्मको ‘पहिलो नम्बर’ मा बोलको लोकलयमा आधारित गीत रिलिज गरिएको हो। दीपक शर्माको संगीत तथा राजेन्द्र थापाको शब्दमा तयार भएको गीतमा डेभीड शंकर तथा बिन्दु परियारको स्वर रहेको छ। विवाहको परिदृश्यमा खिचिएको यस गीतका कोरियोग्राफर कविराज गहतराज हुने । दीपाश्री निरौला निर्देशित फिल्मको कथा तथा पटकथा दीपकराज गिरीले लेखेका हुन्। फिल्ममा अधिकाशं कलाकार अघिल्लै श्रृखंलाका छन् भने संजोग कोइराला तथा दीपिका प्रसाईं यस सिरिजमा थपिएका नयाँ कलाकार हुन्।
काठमाडौँ, १४ साउन । त्रिभुवन विश्वविद्यालयले आफू मातहतमा सञ्चालित वार्षिक परीक्षामा संलग्न शिक्षक, कर्मचारी तथा सुरक्षा कर्मचारीको पारिश्रमिकमा संशोधन गरेकोे छ । केन्द्रीय परीक्षा सञ्चालक समितिको सिफारिसअनुसार यही साउन २ गते सम्पन्न कार्यकारी परिषद्को बैठकले पारिश्रमिकमा नौ वर्षपछि संशोधन गरेको हो । संशोधित पारिश्रमिक साउन ६ गतेदेखि सञ्चालन भएको चारवर्षे स्नातक तह दोस्रो वर्षको परीक्षादेखि लागू भइसकेको त्रिविवि सूचना तथा जनसम्पर्क महाशाखाले आज विज्ञप्तिमार्फत् जनाएको छ । अब स्नातक तथा प्रवीणता प्रमाणपत्र तहको परीक्षामा केन्द्राध्यक्षको पारिश्रमिक रु ८०० पु¥याइएको छ । यसअधि रु ४५० रहेको थियो । सहायक केन्द्राध्यक्ष, निरीक्षकको दोब्बर अर्थात् क्रमशः रु ३०० बाट रु ६०० तथा २५०…
खुदुनाबारी, १४ साउन । केही दिनयताको वर्षाको कारण आएको बाढीले अर्जुनधारा–५ को एक घर जोखिममा परेको छ । अर्जुनधारा नगरपालिकाका अनुसार वर्षाका कारण विभिन्न नदी तथा खोलामा आएको बाढीका कारण उक्त अर्जुनधारा–५ स्थित फुलबारी निवासी अञ्जना उप्रेतीको घर जोखिममा परेका हो । त्यस्तै अर्जुनधारा–३ स्थित आइतबारे बजारमा पनि नदीनालामा पानीको बहाब बढेसँगै आशिक रुपमा बजार क्षेत्रमा पसेको छ । घर जोखिममा परेसँगै अर्जुनधारा नगरपालिकाका प्रमुख हरि कुमार रानाले उक्त क्षेत्रको स्थलगत अनुगमन गरेका छन् । उक्त घर संरक्षणका लागि प्लाष्टिक जाली लगाई बाँध तत्काल कसिने प्रमुख रानाले बताए । यता आइतबारे बजार क्षेत्रको व्यवस्थापनका लागि पनि नगरपालिकाको ध्यान केन्द्रित भएको…