झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, १६ पुस । झापाको बिर्तामोड नगरपालिका–७ स्थित मियाबाडीमा आज बिहान ३ः३० बजे विद्युत सर्ट हुँदा धान मिलमा आगलागी भएको छ। मिलको आगो गाईगोठमा सल्किएपछि बाँधिएका गाई, बाछा, र बाख्रा जलेर मृत्यु भएको छ। साथै, मिलमा प्रयोग हुने उपकरणहरू, धान र अन्य सामग्रीहरू जलेर पूर्ण रूपमा नष्ट भएका छन्। बिर्तामोड–७ का अध्यक्ष अविरल कृष्ण खरेलका अनुसार आगलागीबाट करिब २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ। बिर्तामोड नगरपालिकाको दमकल, प्रहरी र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो ।

Read More

चन्द्र बस्नेतकनकाई, १५ पुस । दोमुखाबहुउद्देश्यीय सहकारी संस्थाको २५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । झापाको कनकाई–३ सुरुङ्गामा मुख्य कार्यालय रहेको संस्थाले सोमबार कनकाई–२ मा स्थित धनुषकोटीमा साधारणसभा सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष भरतकुमार थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघ झापाकी उपाध्यक्ष चम्पा खानाल (सुवेदी)को प्रमुख आतिथ्य रहेको थियो । स्वागत संस्थाका सदस्य रामजी देवी गौतमले गरेको कार्यक्रममा प्रमुख अतिथि खनाल भगवती बचत तथा ऋण सहकारी सस्थाका उपाध्यक्ष तोमप्रसाद बारकोटी ,कार्यपालिका सदस्य कृष्णमाया भुजेल, भिमसेन बचत तथा ऋण सहकारी सस्थाका व्यवस्थापक खगेन्द्र श्रेष्ठ ,कनकाई सुरुङ्गा सहकारी सस्थाका सचीव श्याम प्रसाद पौडेल, कनकाई सामुदायिक वन उपभोक्ता समितिकी सचिव…

Read More

नरेश गुरुङबिर्तामोड, १५ पुस । गुरुङ समुदायको महान चाड तमु ल्होसार झापामा हर्षोल्लासका साथ मनाइएको छ । जिल्लाका विभिन्न स्थानमा गुरुङ समुदायले विविध कार्यक्रमको आयोजना गरी हर्षोल्लासका साथ तमु ल्होसार मनाएका हुन् । यसैबीच, बिर्तामोड नगरपालिका वडा नं–१० सैनिकस्थित बौद्ध धर्म चक्र गुम्बामा तमु ल्होसार मनाइएको हो । तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद बिर्तामोड नगर समितिको आयोजनामा ल्होसारको शुभकामना आदानप्रदान सहित विविधि कार्यक्रमको आयोजना गरी तमु ल्होसार मनाइएको छ । सांस्कृतिक कार्यक्रमसहित डोरी तान्ने, छेलो, म्युजिकल चियर लगायतका प्रतियोगितात्मक कार्यक्रम गरेर ल्होसार मनाइएको नगर अध्यक्ष कुमार गुरुङले बताउनुभयो । आफ्नो भेषभुषा, भाषा, संस्कृति लगायतको सम्बद्र्धन गर्ने उद्देश्यले हरेक…

Read More

बिर्तामोड, १५ पुस । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री खड्गप्रसाद ओलीको निर्वाचन क्षेत्रबाट सयौँ मानिस नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । विभिन्न पार्टी परित्याग गरेका झापा निर्वाचन क्षेत्र नम्बर ५ का ७८९ जनालाई सोमबार माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टीमा स्वागत गरेका हुन् । माओवादी केन्द्र गौरीगञ्ज गाउँ सम्मेलन तथा खबरदारी सभाको अवसरमा उनीहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल सद्भावना पार्टी, मधेसी जनाधिकार फोरम, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी परित्याग गरी उनीहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । नेपाली कांग्रेसका क्षेत्रीय सदस्य कमलेशकुमार राजवंशीले भ्रष्टाचार विरुद्धको आन्दोलन र सुशासनका निमित्त…

Read More

झापा, १५ पुस । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गिरिबन्धु टि–स्टेट घोटालाको फाइल खोलेरै छाड्ने दोहोर्‍याएका छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापा पुगेर उनले गिरिबन्धु, यति, ओम्नी, वाइडबडी लगायतका फाइल खोलेर छाड्ने प्रतिबद्धता जनाएका हुन् । ‘मलाई जबरजस्ती तानाशाही तरिकाले प्रधानमन्त्रीबाट हटाइएको छ । गिरिबन्धु, यति, ओम्नी, वाइडबडी घोटालाको फाइल खोलेर नै छाड्छु भनेको छु । मेरो सुई गिरिबन्धुतिर जाँदै थियो । त्यहाँ जाने भनेको ओलीतिर जाने भनेको हो । बेचन झा गिरफ्तार भइसकेपछि सुई अर्कोतिर पनि सोझियो । त्यही भएर आतंक भएको हो तपाईँले ढुक्कसँग बुझे हुन्छ । फाइल खोलेरै छाडिन्छ’, उनले भने । नेकपा माओवादी केन्द्रका…

Read More

झापा, १५ पुस । घेसङ्क्रान्तिको अवसर पारेर मेचीनगर नगरपालिका–४, बाहुनडाँगीमा पुस २९ गतेदेखि माघ १ गतेसम्म ‘तरुल उत्सव’ हुने भएको छ। मानव–हात्ती द्वन्द्वको सामना गर्दै आएका स्थानीयले नोक्सानी नगर्ने बालीका रूपमा तरुलखेती सुरु गरेपछि तरुलको संरक्षण र प्रवर्द्धन गर्न यो उत्सव आयोजना हुँदै आएको छ। वडाध्यक्ष अर्जुन कार्कीका अनुसार, उत्सवले पर्यावरणमैत्री अर्गानिक खेतीलाई प्रोत्साहन गर्नुका साथै ग्रामीण पर्यटन प्रवर्द्धनमा योगदान गर्दै आएको छ। यस वर्ष उत्सवमा तरुलका विभिन्न प्रजातिको प्रदर्शनी, मानव–हात्ती द्वन्द्व न्यूनीकरणबारे छलफल, र कोशी प्रदेश तथा भारतका आगन्तुकहरूको सहभागिता हुने अपेक्षा गरिएको छ। स्वास्थ्यवद्र्धक फाइबरले भरिपूर्ण तरुलले पाचन समस्याको समाधानमा औषधिजन्य भूमिका खेल्ने भएकाले यसको महत्व बढ्दै गएको…

Read More

चारपाने, १५ पुस । दशनामीको बाहुल्यता रहेको ऊँ नमःशिवाय बचत तथा ऋण सहकारी संस्थााको १२ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ झापा बिर्तामोड–५ मा मुख्य कार्यालय रहेको साकोसले आज (सोमबार) बिर्तामोड–२ स्थित पर्शुराम पार्टी प्यालेसमा साधारणसभा सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष भरतलाल गिरीको अध्यक्षता भएको कार्यक्रममा संस्थाका जेष्ठ सदस्य गोबर्धन गिरीलाई प्रमुख अतिथि बनाइएको थियो । स्वागत संस्थाका उपाध्यक्ष खिलबहादुर गिरी (राजु) ले गरेको कार्यकममा लेखा सुपरिवेक्षण समितिको प्रतिबेदन लेखा संयोजक इन्द्रमणि पौडेलले प्रस्तुत गरेका थिए । साथै कोषाध्यक्षको खड्ग गिरीले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका थिए । आर्थिक बर्ष २०८०÷०८१ असार मसान्तसम्म एक करोड ९० लाख ६१…

Read More

मङ्गलबारे, १५ पुस । हरेक वर्षको पुस १५ गतेलाई गुरुङ समुदायले तमु ल्होसारसँगै नयाँ वर्षका रूपमा मनाउने गर्दछन् । गुरुङ समुदायले तमु ल्होसार, नयाँ वर्षसँगै उत्पादन गरेको नयाँ अन्नलाई सामूहिक रूपमा न्वागी चखाउने पर्वका रूपमा समेत मनाउने गरेको गुरुङ समुदायका अगुवाहरूको भनाइ छ । विभिन्न गते, तिथि बारले यस नयाँ वर्षलाई असर पुर्‍याउँदैन। हरेक पुस १५ मा नै नयाँ वर्ष मनाउने प्रचलन रहेको गुरुङ समुदायका अगुवा हरि गुरुङले बताउनुभयो । उहाँका अनुसार वर्षको नाम समेत वर्ग छुट्याएर जनावरको नामबाट राख्ने गरिएको छ । आज पुस १५ गतेदेखि गुरुङ समुदायले सर्प ९सप्रि(ल्हो० वर्षलाई स्वागत गरिएको उहाँले बताउनुभयो । गरुड वर्षलाई बिदाइ…

Read More

झापा, १५ पुस । झापाको मेचीनगर नगरपालिका ६ स्थितमा लागुऔषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा झापा वुद्धशान्ती गाउँपालिका ४ का २१ बर्षीय पुर्शुराम राईलाई २ ग्राम ३८० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी, सुनसरीको बराहक्षेत्र नगरपालिका २ स्थितमा इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले भोजपुर हतुवागढी ३ का २२ बर्षीय निकश राईलाई १ किलो ४०० ग्राम गाँजा सहित र धनकुटाको शहिदभूमी ६ का २४ बर्षीय मिलन राईलाई १ किलोग्राम गाँजा, निषेधित औषधी ९ पिस सहित इलाका प्रहरी कार्यलाय छिन्ताङले पक्राउ गरेको छ ।

Read More

झापा, १५ पुस । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। जसको प्रभाव स्वरुप यतिबेला ९सोमबार बिहान० देशका पहाडी भूभागको मौसम आंशिक बदली छ। तराईका थोरै स्थानमा अहिले हुस्सु र कुहिरो लागिरहेको छ। त्यसैगरी देशका उपत्यका क्षेत्रका केही स्थानमा पनि हाल हुस्सुस लागेको छ। देशका बाँकी भूभागको मौसम मूख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। हुस्सु र कुहिरोको कारण दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले सबैमा अनुरोध गरेको छ।

Read More