
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, ३० मंसिर । कस्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान भद्रपुर नगर समितिको तेस्रो अधिवेशनले देवीप्रसाद अधिकारीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ । सर्वसम्मत गठित समितिको उपाध्यक्षमा बलिभद्र अधिकारी, सचिव भीम अधिकारी र कोषाध्यक्षमा देवीमाया अधिकारीलाई सर्वसम्मत चयन गरिएको हो ।समितिको सदस्यहरूमा क्रमशः कृष्णकुमारी अधिकारी, पदमबहादुर अधिकारी, दशरथ अधिकारी, माधव अधिकारी, राजनकुमार अधिकारी, शान्तिराम अधिकारी, टिका अधिकारी, डिल्लीराम अधिकारी, अम्बर बहादुर अधिकारी, नारायण अधिकारी र राजकुमार अधिकारी चयन भएका छन् । सभाले जिल्ला परिषद सदस्यमा यमनाथ अधिकारी तथा तोयानाथ अधिकारीलाइृ जिम्मेवारी दिएको छ भने पर्यवेक्षकमा चुडामणि अधिकारी र तिलक अधिकारीलाई छनौट गरेको छ । देवीप्रसाद अधिकारीको अध्यक्षता…
सरोज भट्टराईशिवसताक्षी, ३० मंसिर । झापाको शिवसताक्षीमा कोशी प्रदेश कै ठूलो चासोक तङ्नाम (न्वागी पर्व) धूमधामसँग मनाइएको छ । लिम्बू समुदायले आफ्नो महान् पर्वका रूपमा यो पर्व मनाएका हुन् । किराँत लिम्बू समुदायले विविध मौलिक सांस्कृतिक गतिविधिसहित चासोक तङ्नाम मनाएका छन् । नयाँ अन्नबाली भित्र्याउने र उपभोग गर्न (खान थाल्ने) सुरु गर्ने समयको रूपमा चासोक तङ्नाम मनाएको लिम्बू समुदायले जनाएका छन् । लिम्बू भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङ्नाम’ को अर्थ चाड वा पर्व हुन्छ । महान् चाड चासोक तङ्नाम पूर्वको १४ जिल्लाका लिम्बू समुदायले नयाँ बाली भित्र्याएको खुसीयालीमा चासोक तङ्नाम धूमधामसँग मनाएका छन् । झापा शिवसताक्षीको दूधेमा इलाम,…
इलाम, ३० मंसिर । इलामको सन्दकपुर गाउँपालिका–४ सायाङ्बा स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मंसिर २९ गते साँझ विद्युतको पोल माथि तार जडान गर्ने क्रममा ज्यालामा काम गर्ने स्थानीय ३० वर्षीय गोपाल राईलाई एक्कासी करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका उनलाई उपचारकोलागी जिल्ला अस्पताल इलाम लैजादै गर्दा बाटैमा मृत्यु भएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान तथा कानूनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
झापा, ३० मंसिर । सवारी दुर्घटनामा परी घाइते भएका सिटी सफारी चालकको मृत्यु भएको छ । शनिवार झापाको कमल गाउँपालिका–५ ज्योति चोकस्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनमा सफारी चालकको मृत्यु भएको हो । दमकबाट केर्खातर्फ जाँदै गरेको प्रदेश न.१–०२–००१ख ९७०६ नम्बरको यात्रु बाहक बसले सोहि दिशातर्फ जाँदै गरेको प्रदेश न.१–०१–००२ च. ८४० नम्बरको कारलाई पछाडीबाट ठक्कर दिदा उक्त कार बाटो देखि तल झरेको र सोहि बसले बिर्तामोडबाट दमकतर्फ आउँदै गरेकोWB74AX2829 नम्बरको कार र सोहि दिशा तर्फबाट आउँदै गरेको प्रदेश न.१–०१–०२ ह.९०१ नम्बरको सिटी सफारीलाईसमेत ठक्कर दिएको थियो । उक्त दुर्घटना सिटी चालक दमक नगरपालिका–९ का ५० बर्षिय राम गुरागाँई घाइते…
बिर्तामोड, ३० मंसिर । झापाका उपप्रमुख–उपाध्यक्ष सञ्जालको भेलाले कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईलाई सर्वसम्मत रूपमा सञ्जालको संयोजक चयन गरेको छ। झापाको बिर्तामोडमा भएको भेलाले यस अघि सो जिम्मेवारी गौरीगञ्ज गाउँपालिकाकी उपाध्यक्ष पूजन न्यौपाने कुँवरले सम्हालिरहनुभएको थियो। भेलाले नयाँ कार्यकालका लागि भट्टराईलाई चयन गर्दै सञ्जालको आगामी कार्यक्रम र उद्देश्यलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ। उपप्रमुख–उपाध्यक्ष सञ्जाल झापाका स्थानीय तहका उपप्रमुख र उपाध्यक्षहरूको साझा मञ्च हो। सञ्जालले स्थानीय तहहरूबीच सहकार्य, साझेदारी, अनुभव आदान–प्रदान र विकासका प्रयासहरूलाई सुदृढ बनाउँदै आएको छ। भेलामा झापाका विभिन्न स्थानीय तहका उपप्रमुख र उपाध्यक्षहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा स्थानीय विकासका रणनीति, चुनौतीहरू र भविष्यका प्राथमिकताहरूलाई लिएर गहन…
कचनकवल, ३० मंसिर । राष्ट्रिय युवा संघ नेपाल कचनकवलले आर्थिक अभावका कारण उपचारबाट बञ्चित एक बिरामीलाई आर्थिक सहयोग प्रदान गरेको छ । युवा संघले कचनकवल गाउँपालिका–६ निवासी कलेजो रोगबाट पीडित सुमन चौधरीको उपचारका लागि आर्थिक सहयोग गरेको हो । कलेजो प्रत्यारोपण गर्नुपर्ने डाक्टरको सल्लाहपछि संघले अभियान सञ्चालन गरी रकम संकलन गरेको थियो । युवा संघ कचनकवलका अध्यक्ष नवराज ढुंगानाको नेतृत्वमा चौधरीको घरमै पुगेर आइतबार ३९ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ । सहयोग रकम कोशी प्रदेशका पूर्व सांसद बसन्त बानियाँले उनका बुवा देवु चौधरीलाई हस्तान्तरण गरिएको थियो । “चौधरी लिभरको समस्याबाट पीडित हुनुहुन्छ। डाक्टरको सल्लाहअनुसार लिभर ट्रान्सप्लान्ट गर्नुपर्ने भएपछि हामीले…
झापा, ३० मंसीर । बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यावसायिक राहत कोषका लागि रकम जम्मा हुने क्रम जारी छ । सामाजिक क्षेत्रका अगुवा तथा व्यवसायीहरुले विभिन्न अवसर परेर संघले स्थापना गरेको कोष बृद्धिका लागि सहयोग गर्दै आएका छन् । व्यवसायीलाई विपद् पर्दा सहयोग पु¥याउने उद्देश्यले स्थापना गरिएको कोषका लागि बिर्तामोडका युवा व्यवसायी नारायणप्रसाद चिमरियाले शनिवार २१ हजार रुपैयाँ सहयोग गरेका हुन् । उनले आफ्नो जन्म दिनको अवसर परेर संघका अध्यक्ष राजु न्यौपानेलाई उक्त रकम प्रदान गरेका हुन् । चिमरिया संघको पूर्व वाणिज्य उपाध्यक्ष तथा च्याङथापु स्टोरका सञ्चालक हुन् । उनी नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रिय महासचिव समेत रहेका छन्…
मेष राशीकार्यक्षेत्रमा सहयोगीहरुको सहयोग मिल्छ। रोकिएका काम पनि सम्पन्न हुनेछन्। नोकरी वा पेशामा नयाँ पद प्रतिष्ठा मिल्नेछ। विद्यार्थीहरुलाई संगीत वा कलाको क्षेत्रमा विशेष सफलता मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ। वृष राशीनोकरी वा पेशामा प्रतिभाको उचित मुल्यांकन हुनेछ। राजनीतिमा प्रभाव बढ्नेछ। कार्यक्षेत्रमा पदोन्नतिको योग छ। भौतिक संसाधन वा वाहन जोड्न सकिनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ। मिथुन राशीवैदिक उच्च शिक्षालाई लिएर गरेका निर्णयहरु सफल रहनेछन्। धार्मिक मनोवृत्ति बढ्नेछ। अरुलाई सोध्नुभन्दा धेरै सल्लाह नदिनुहोला। कार्यक्षेत्रमा आकस्मिक यात्रा गर्नुपर्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ४ रहेको छ।…
सिरहा, ३० मंसिर । पूर्वपश्चिम राजमार्गअन्तर्गत धनगढीमाई नगपालिका–१० जिरोमाइलमा शनिबार दुर्घटना भएको कारबाट प्रहरीले एकसय ३० किलो गाँजा फेला पारेको छ । सिरहा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार पूर्वबाट पश्चिमतर्फ गइरहेको ना३ख ७५९१ नम्बरको ट्रकले उत्तरतिरबाट आएको बा८च ९९६३ नम्बरको कारलाई राजमार्ग पार गर्ने क्रममा ठक्कर दिएको थियो । प्रहरीले खोजतलासका कारमा गाँजा फेला पारेको हो । कारका चालक फरार छन्भने ठक्कर दिने ट्रकका चालकलाई हिरासतमा लिइएको छ ।
झापा, ३० मंसिर । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको मूल्यअनुसार आज अधिकांश विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार आइतबारका लागि अमेरिकी डलर एकको खरिदर एक सय ३५ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ९७ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ०२ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ६५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ०४ पैसा, स्वीस फ्रयाङ्क…