झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ११ मंसिर । झापाको कनकाई–३, टप्पुबस्ती पूर्वमा आज गाई काटिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति बाह्रदशी निवासी बुदोना आलम हुन् । जो घटनास्थल नजिकै भाडामा बस्दै आएका थिए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

कनकाई, ११ मंसिर । झापाको कनकाई–३ स्थित सुरुङ्गामा गाई काटेको विषयलाई लिएर गरिएको चक्का जाम खुलेको छ । मंगलबार बिहानको राति लैनो गाई काटेको विरोधमा आज साँझ नाराबाजीसहित सडक अवरुद्ध गरिएको थियो । गौहत्या गरेको बिषयलाई लिएर श्री शताक्षीधाम गोलोक गोवर्धन गौशालाका गुरुसहित हिन्दूधर्मालम्बीहरुले सुरुङ्गा बजारमा चक्काजाम गरेका थिए। उनीहरुले गौहत्या गर्नेलाई पक्राउ गरी कडा कारवाही गरिनु पर्ने मागसहित बिभिन्न नाराबाजी गर्दै सडक अवरुद्ध बनाएका थिए । धर्मगुरुको मागलाई सम्बोधन गर्दै कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले गौहत्या गर्नेलाई पक्राउ गरी कडा कारवाही गर्ने बिषयमा पहल गर्ने आश्वसन दिएसँगै हिन्दूवादी धर्मगुरुहरुले कनकाई माईमा बौदिक सनातन संकार अनुसार गाईको दाहसंस्कार गरेसँगै अवरोध…

Read More

कनकाई, ११ मंसिर । गौ हत्याको विरोधमा झापाको सुरुगा तनाव ग्रस्त बनेको छ । हत्याराको कार्वाहीको माग गर्दै गाईको शव ल्याएर केही समय सडकमा राखेर दाहसंस्कारका लागि कोटिहोम स्थित कनकाई माईमा ल्याउने काम भइरहेको छ। कनकाई नगरपालिका वडा नं. ३ स्थित लिला संग्रौलाले भाडामा लगाएको घरमा गाईको हत्या भएको आज विहान खुलेको थियो । भाडामा बसेका मुस्लिम थरका व्यक्तिले लगेर गाईको हत्या गरेको प्रहरीको अुनमान छ । कनकाई नगरपालिकाको हरिकुल स्कुलनजिकबाट दुर्गा सिलवालको सो लैनो गाई राति चोरेर लगी हत्या गरेको स्थानीयबासीले बताएका छन् । विहान दुहुन जाँदा गाई नदेखेपछि शिलवालले गाई चोरी भएको भन्दै इलाका प्रहरी कार्यालयलाइ खबर गरेका…

Read More

कनकाई, ११ मंसिर । झापाको कनकाई नगरपालिका–३ मा टप्पुमा गाई काटेको विरोधमा आज साँझ नाराबाजीसहित सडक अवरुद्ध गरिएको छ । गौहत्या गरेको विषयलाई लिएर श्री शताक्षी गोलोक गोवर्धन गौशालाका गुरुसहित हिन्दूधर्मालम्बीहरुले सुरुङ्गा सडक अवरुद्ध गरेका हुन् । उनीहरुले गौहत्या गर्नेलाई पक्राउ गरी कडा कारवाही गरिनु पर्ने मागसहित बिभिन्न नाराबाजी गर्दै सडक अवरुद्ध बनाइरहेका छन् ।

Read More

धुलाबारी, ११ मंसिर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर १० स्थित धुलाबारीमा सडक अतिक्रमण गरेर बनाइएका घर टहराहरु भत्काउन शुरु गरिएको छ । धुलाबारी बजार भित्र रहेका सडक अतिक्रमण गरेर बनाईएका घर टहराहरु मेचीनगर नगरपालिकाको डोजरले भत्काउन शुरु गरेको हो । आज बिहान ११ बजेदेखि वडाध्यक्षलगायत जनप्रतिनिधिहरु तथा नगर प्रहरी समेतको उपस्थितिमा घर तथा टहरा भत्काउन शुरु गरिएको छ । विश्व बैंकको सहयोगमा धुलाबारीबाट शान्तिनगर जोड्ने सडक फराकिलो रुपमा कालोपत्रे बन्न लागेकाले अतिक्रमित संरचनाहरु हटाउन थालिएको हो । हालसम्म करिब २०० मिटर क्षेत्र क्लिएर गरिएको र कसैले विवाद नगरेको बुझिएको छ ।

Read More

चन्द्र बस्नेतकनकाई, ११ मंसिर । झापामा फेरि गौहत्या भएको छ । कनकाई नगरपालिका–३ टप्पुबस्ती पूर्वमा आज गौ हत्या भएको हो । लीला संग्रौलाको इँटाको गारो र टीनको छानो भएको घर भाडा लिएर बसेका व्यक्तिले आफू बसेको घरमा लगेर गाई काटेका हुन् । स्थानीय पूर्णप्रसाद फुँयालको गोठमा बाँधिएको लीलाप्रसाद सिलवालको लैनो गाई राति चोरेर लगेको बताइएको छ । राति नै सो गाई काटेको अनुमान गरिएको छ । गाई बिहान दुहुना जाँदा हराएपछि खोजी गर्दा लीला संग्रौलाको घरभित्र काटिएको अवस्थामा फेला परेको हो । ती मुस्लिम फरार भएका छन् । घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको जनाइएको छ । केही महिनाअघि दमकमा…

Read More

इटहरी, ११ मंसिर । सुनसरीको इटहरी उपमहानगरपालिका–२० पानीपिया जंगल स्थित कोशी लोकमार्गमा लागुऔषध गाँजा बोकेको स्कारपियो गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । मंसिर ११ गते साँझ साढे ७ बजे विशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा इलाका प्रहरी कार्यालय धरान र इटहरीबाट परिचालन भएको प्रहरी टोलीले चेक जाँचको क्रममा इटहरी–२० पानीपिया जंगल स्थित सडक साईडमा रोकी राखेको को. १ च ७६८९ नम्वरको स्कारपियो गाडी भित्र तयारी गाँजा ३ सय ९ किलोग्राम बरामद गरेको हो । उक्त स्कारपियो र गाँजा प्रहरीले नियन्त्रणमा लिई सवारी चालकको खोजतलास गरिरहेको छ भने इलाका प्रहरी कार्यालय इटहरीबाट आवश्यक अनुसन्धान तथा कानुनी कारवाही भइरहेको…

Read More

झापा, ११ मंसिर । सुनको मूल्य दुई दिनमा चार हजार एक सय नौ घटेको छ । सोमबार प्रतितोला १५ हजार ९ सय रुपैयाँ घटेको सुन आज मंगलबार २ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ थियो । यसअघि कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो । त्यस्तै चाँदीको भाउ प्रतितोला २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८४५ रुपैयाँ रहेको चाँदी…

Read More

सुनसरी, ११ मंसिर । सुनसरीको कोशी गाउँपालिका–१ स्थित लौकही बजारबाट नक्कली नोटसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत बिहारका ३१ वर्षीय रामनाथ राय र सुन्दरहरैचा मोरङका २० वर्षीय सन्देश उराव रहेका छन । पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले नेपाली रुपैयाँको नक्कली नोट १ हजार दरको ४ थान बरामद गरेको छ । मंसिर १० गते राती साढे ८ बजे लौकही बजारमा रहेको मनिष किराना पसलमा उनिहरुले सामान किनमेल गरी १ हजारको नोट दिएकोमा उक्त नोट नक्कली रहेको संका लागी पसल धनीले तत्काल प्रहरीलाई खवर गर्नासाथ इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।…

Read More

झापा, ११ मंसिर । झापा, मोरङ र सुनसरीबाट प्रतिबन्धित औषधीसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार विशेष सूचनाको आधारमा झापाको इलाका प्रहरी कार्यालय दमक र अस्थायी प्रहरी पोष्ट बाह्रघरेबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका–७ का ३८ बर्षीय सन्देश बस्नेतलाई उनकै घरबाट ट्रामाडोल ४ हजार ९ सय ३० क्याप्सुल, स्पास्पेन ५ हजार २६ क्यापसुल डिकोलिक ४ सय २० क्याप्सुल सहित पक्राउ गरेको छ भने प्रहरी चौकी कुन्जिबारीको गस्ती टोलीले गौरीगञ्ज गाउँपालिका–१ का २१ बर्षीय उत्तम राजबंशी, १९ बर्षीय गोबिन्द राजबंशी र किरण कोच समेतलाई ९०० मिलिग्राम ब्राउन सुगर, नाइट्राक्रस ८० ट्याव्लेट सहित नियन्त्रणमा लिएको छ । यसैगरी सोमबार नै…

Read More