
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, १९ भदौ । आउँदै गरेको हरितालिका (तीज) को अवसरमा कालीमन्दिर टोल विकास संस्था भद्रपुर ७ ले तीज विषेश कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष हुतराज (उत्तम) नेपालको सभापतित्व एवम नगर उपप्रमुख राधा कार्कीको प्रमुख आतिथ्यमा बुधबार पात्तालकाली मन्दिर पसिरमा सम्पन्न भएको हो । प्रमुख अतिथि कार्कीले ब्यानर वाचन गर्दै सामूहिक नृत्य गरेर कार्यक्रमको उदघाटन गरिएको थियो । उनले कार्यक्रममा सवै महिला एकजुट हुन आव्हन गरेकी थिइन् । सोही कार्यक्रममा हरितालिका तीजको महिमाका बारेमा बालव्यास पण्डित कमलनयन निरौलाले चर्चा गरेका थिए । सहसचिव हिमा न्यौपानेले स्वागत र सचिव जीवनमणि लम्सालले सञ्चालन गरेको कार्यक्रममा वडा नम्बर ७ का वडाध्यक्ष अभिषेक…
बिर्तामोड, १९ भदौ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) झापाको नयाँ नेतृत्व चयन भएको छ । बुधबार बिर्तामोडमा सम्पन्न १८औँ जिल्ला सम्मेलनले विवेक दाहालको नेतृत्वमा ५३ सदस्यीय नयाँ समिति चयन गरेको हो । समितिका उपाध्यक्षहरुमा शेखर भट्टराई, पर्वत सुवेदी, गंगा बस्नेत, देविका थापा, सुजन दाहाल, सुसन लम्साल र नविन पौडेल रहेका छन् । सचिवमा गगन चापागाई, सहसचिवमा विरेन्द्र बस्नेत, भिष्म सम्बाहाम्फे, जानकी भट्टराई र जीवन भुजेल चयन भएका छन् । समितिको कोषाध्यक्षमा सिसमपा गुरुङ चयन भएकीछन् । सम्पूर्ण नेतृत्व सर्वसम्मत चयन भएका हुन् । कार्यक्रममा अनेम संघ (क्रान्तिकारी) झापा अध्यक्ष तारा श्रेष्ठ, नेकपा माओवादी केन्द्र झापा संयोजक राजु…
झापा, १९ भदौ । झापाको मेचीनगरबाट आज तीन लाख बढीको अवैध सामान प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–६ टोकला बगान गेट हुँदै भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली लुकाई छिपाई ल्याउदै गरेको करिब २ लाख ७५ हजार ५०० बराबरको २७० पिस पर्दा र मेचीनगर–१० धुलाबारी पेट्रोलपम्प स्थितमा भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छलि ल्याउदैं गरेको करिब ४८ हजार बराबरको जुत्ता गरी ३ लाख २३ हजार ५०० बराबरको सामान नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
नकुल काजी बाँझिन लागेकाे झापाभूमिलाई केही जाँगरिला कलमीहरूले पुनः ऊर्बर तुल्याउन थालेका सुखद आभास हुन थालेकाे छ । साहित्य लेखनका विभिन्न बिधा-फाँटमा गत एक वर्षयता केही पठनीय र समय-अपेक्षित सन्देशप्रदायी पुस्तकहरू प्रकाशमा आएका छन् । तीमध्ये निराेज कट्टेलकाे ‘२०२८ : झापा विद्राेहकाे अन्तर्कथा’, देशकाे भावी कर्णधार किशाेर-किशाेरी र युवा-युवतीका ‘प्राकृत नेपाली सुमति’-मा डढेलाे लगाइरहेकाे ‘लागू पदार्थ’-काे विनाशकारी व्यसन बिरुद्ध चेतना नेपाल नामक संस्था नै स्थापित गरी अथक अभियान चलाइरहनु भएका अभियन्ता इन्द्रप्रसाद ओलीकाे ‘दिव्य दृष्टि’ तथा श्रमशील पत्रकार एवम् सूचना-सेवा (सञ्चार)-का सारभूत सिद्धान्तका अनुपूरक विषय उठान र विश्लेषणमा केही दशकदेखि उदित तारामणि सापकाेटाकाे ‘आमसञ्चार र समावेशी पत्रकारिता’ जस्ता झापाली कलमकर्मीका पुस्तकहरू २०८०-‘८१ सालका उल्लेख्य झापाली पुस्तकाकार उत्सर्जन…
भद्रपुर, १९ भदौ । तीज पर्वको अवसर पारेर नेपाल महिला संघ भद्रपुर नगर समितिले विभिन्न क्षेत्रमा योगदान दिने संघर्षशील महिलाको पहिचान बनाएकाहरूलाई सम्मान गरेको छ । संघकी भद्रपुर नगर सभापति प्रमिला कोइरालाको अध्यक्षता तथा नेपाली काँग्रेस राष्ट्रिय सभाका संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा श्रमिक महिला, शिक्षक, प्राध्यापक लगायत क्षेत्रमा संघर्ष गरी पहिचान बनाएका महिलाहरूलाई सम्मान गरिएको हो । यसरी सम्मानित हुने महिलाहरूमा विभिन्न क्षेत्रबाट पहिचान बनाएका प्रभा घिमिरे पूर्व प्र.अ., कमला पोखरेल दाहाल पूर्व प्राध्यापक, शान्ता वराल, वाणिज्य बैंककी पूर्व प्रमुख, रीमा पाण्डे पूर्व नर्स, सुधा खड्का भद्रपुर नगरपालिकाकी पूर्व प्रशासकी अधिकृत, रञ्जु शर्मा सामाजिक अभियान्ता, लक्ष्मी घिमिरे…
शिवसताक्षी, १९ भदौ । झापाको शिवसताक्षीको सामुदायिक विद्यालयमा नेपाल रेडक्रस सोसाइटी उपशाखा शिवसताक्षीले अन्तरक्रिया तथा गोष्ठी कार्यक्रम गरेको छ । शिवसताक्षीको दूधेमा रहेको राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा ४ ओटा सामुदायिक विद्यालयका जुनियर रडक्रस सर्कलका विद्यार्थीहरुलाई सहभागिता गराई अन्तरक्रिया तथा गोष्ठी कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उपशाखा शिवसताक्षीका अध्यक्ष गोविन्द काफ्लले औचित्य माथि प्रकाश पार्दै नेपाल रेडक्रसले गरेका कामहरुको चर्चा गरेका थिए । उनले मानव जीवनका लागि अतिआवश्यक बल्लड संकलन, आपतकालिन अवस्थमा सहयोग गर्ने, राहत जुटाउनले लगायत विभिन्न क्षेत्रमा सक्रिय संस्थाको रुपमा नेपाल रेडक्रस रहेको जानकारी दिए । विश्वका कुनै पनि देशले मानव जीवन बचाउनका लागि…
झापाको बिर्तामोडस्थित शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले बचत तथा ऋणको कारोबारसँगै पूर्वप्राथमिक विद्यालय सञ्चालन गरेर बहुउद्देश्यीय प्रकृतिको संस्थाको परिचयलाई सार्थकता दिएको छ । संस्थाले लिएको लक्ष्य प्राप्तिका लागि क्रमशः यसलाई अघि बढाइरहेको र शिक्षा सिकोप निकेतन भनेर पूर्वप्राथमिक तहको विद्यालय सञ्चालन गरिरहेको छ । क्रमशः माथिल्ला कक्षाहरु थप्दै लैजाने तयारीमा संस्था छ ।एक दशक लामो सहकारिताको अनुभवलाई कार्यरुप दिँदै शिक्षा बहुउद्देश्यीय सहकारीले आजको अक्करिलो परिस्थितिमा पनि सदस्यहरुले जम्मा गरेको बचत फिर्ता गर्न सक्नु र ऋणको अपेक्षा लिएर आउने सदस्यलाई आवश्यकता सम्बोधन गर्नसक्नु संस्थाको दिगोपनाको संकेत गर्दछ । शिक्षा बहुउद्देश्यीय सहकारी संस्था र सहकारी अभियान केन्द्रित रहेर संस्थाका अध्यक्ष सुब्रत न्यौपानेसँग गरिएको…
झापा, १९ भदौ । कोशी प्रदेश सरकारले कडा रोगका विरामीलाई पाँच करोड आर्थिक सहायता वितरण गरेको छ । विगत एक वर्षमा पाँच सय बिरामीले उक्त सहायता लिएका छन् । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा रविन्द्र निरौलाका अनुसार आर्थिक वर्ष २०८०–८१ मा सहायताका लागि दुई हजार सात सय जना विरामीले मन्त्रालयमा निवेदन दर्ता गराएका थिए । जसमध्ये बजेट अभावमा क्यान्सर, मृगौला, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इञ्जुरी, हेड इञ्जुरी र सिकलसेन एनिमियालगायतका पाँच सय जना विरामीलाई रु एक लाखका दरले आर्थिक सहायता वितरण गरेको उहाँले जानकारी दिनुभयो । “निवेदन धेरै परेको थियो, बजेट थोरै थियो”, उहाँले भन्नुभयो, “सुरुमा निवेदन दिनेले पाउनुभयो,…
दमक, १९ भदौ । झापाको दमक नगरपालिकामा गाई चोरी गरी हत्या गरिएको छ । गाईको हत्या भएपछि घटनाको तथ्य खोजी गर्न प्रहरीलाई दबाबसमेत बढेको छ । दमक–१ स्थित खानेपानी ट्याङ्की टोल उत्तरको प्लटिङ क्षेत्रमा मंगलबार राति गाईको हत्या भएको हो । अज्ञात समूहले स्थानीय गङ्गाराम कोइरालाको गाई गोठबाट एउटा माउ गाई चोरी गरेर करिब २ सय मिटर नजिकै प्लटिङको खाली जमिनमा गाईको हत्या गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय दमकले जनाएको छ । गाईको हत्या गरेर केही मासु समेत लगेपछि स्थानीयबासी आक्रोशित भएका छन् । प्रहरीलाई समेत घटनामा संलग्नको खोजी गर्न दबाब बढेको छ ।
झापा, १९ भदौ । श्रीमानसँग विवादपछि दुई नाबालिका छोरी लिएर बेत्तपा भएकी मोरङको सुन्दरहरैंचा–७ की अस्मिता पौडेल सिकिस्त अवस्थामा फेला परेकी छन् । गत शुक्रबार बेपत्ता भएकी उनको छोरी शनिबार स्थानीय केरा बगानमा मृत फेला परेका थिए । प्रहरीले अस्मितालाई बुधबार बिहान बिर्तामोडमा फेला पारेको हो । उनको अवस्था नाजुक भएकाले उपचारका लागि कोशी अस्पताल विराटनगरमा भर्ना गरिएको छ । मृत फेला परेका दुई नाबालिका छोरीहरूको शव पोष्टमार्टमपछि अस्मिताका श्रीमान् अर्जुन कार्कीले सदगद् गरिसकेका छन् । नाबालिकाको हत्यामा अस्मिताकै संलग्न रहेको अनुमान प्रहरीको छ । शव भेटिएको ठाउँ नजिकै अस्मिताको मोबाइल फेला परेको थियो । बिर्तामोड बजारमा केही स्थानीयले उनलाई…