झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २५ भदौ । झापाको मेचीनगरबाट जंगली हात्तीको अंग सहित एक जना पकाउ परेका छन् । मेचिनगर ९ का  खगेन्द्र चापागाई संरक्षित वन्यजन्तु हात्तिको अंग सहित पकाउ परेका हुन। उनलाई सोमबार लामो समयको सुराक पश्चात   डिभिजन वन कार्यलय झापा,  सव डिभिजन वन कार्यलय  धाईजन र इप्रका धुलाबारीको संयुक्त टोलीले   हात्तीको अंग सहित पक्राउ गरिएको डिभिजन वन कार्यलय झापाका सिनियर वन अधिकृत जिवन पाठकले जानकारी दिए ।  वन अधिकृत पाठकका अनुसार पक्राउ परेका चापागाईका साथबाट ८ केजी बढी बङ्गारा, दाँत , पुच्छर ,खुर, नङ्ग्रा लगायतका शरिरका विभिन्न अँग बरामद गरिएको छ। उनले भणडारण गरेर राखेको कोठाबाट अंगहरू वन कर्मचारी…

Read More

बिर्तामोड नगरपालिकाको निःशुल्क जग्गा उपलब्ध गराउने सम्बन्धी ३५ दिने सूचना ।

Read More

बिर्तामोड, २५ भदौ । केटीको विषयमा बिर्तामोडको किरात चोकमा दुई समूहबीच ग्याङ फाइट भएको छ । झडपमा एकजना घाइते भएका छन् भने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । बिर्तामोड नगरपालिकाको किरात चोकमा दुई अपरिचित पक्षबीच झडप भएको हो । केटीको विषयमा अन्दाजी १०÷१२ जना युवाबीच ग्याङ फाइट भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । प्रहरीका अनुसार बिर्तामोड–६ बस्ने ३७ वर्षीय जागिर हुसेन घाइते भएका छन् । उनलाई उपचारको लागि मनमोहन अस्पताल लगिएको छ । त्यस्तै, बिर्तामोड नगरपालिका–५ का १८ वर्षीय अरुण राई, सोही स्थानका १७ वर्षीय सबिन तामाङ र बिर्तामोड–४ का १३ वर्षीय राकिब आलमलाई प्रहरीले पक्राउ गरेको छ…

Read More

झापा, २५ भदौ । इजरायलले सोमबार सिरियाका धेरै सैन्य लक्ष्यमा हवाई हमला गरेको छ। सिरियाको सरकारी समाचार एजेन्सी सानाका अनुसार १६ जनाको ज्यान गएको छ। सिरियाको सरकारी समाचार एजेन्सी सानाले स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै ३६ जना घाइते भएको जानकारी दिएको छ। जसमध्ये ६ जना गम्भीर घाइते छन्। बीबीसीका अनुसार इजरायली सेनाले विदेशी सञ्चारमाध्यमका रिपोर्टबारे कुनै प्रतिक्रिया नदिने बताएको छ। सिरियाको विदेश मन्त्रालयले आक्रमणको निन्दा गरेको छ। इरानको विदेश मन्त्रालयले यसलाई आपराधिक हमला भनेको छ। इजरायलले पछिल्ला केही वर्षमा सिरियामा आक्रमण गरेको कुरा धेरैपटक स्वीकार गरेको छ।

Read More

झापा, २५ भदौ । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले सोमबार पदबाट राजीनामा दिएका छन् । अब हुने निर्वाचनप्रति सर्वस्वीकार्यता हुन सक्ने अवस्था नरहेको र यसमा आफ्नो पनि कमजोरी रहेको स्विकार्दै उनले वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई सम्बोधन गरेर राजीनामा दिएका हुन् । ‘बाह्य सरोकारवाला पक्षहरूले समेत सदस्यतासूची आफूलाई देखाएर मात्र अघिबढ्नु पर्ने अपेक्षा अझै पनि कायम राखिराख्दा मन खिन्न हुन गएको छ । यस्तो अवस्थाबाट ममा निर्मित मनोविज्ञान बोकेर यो निर्वाचनलाई सम्पन्न गर्न म समर्थ छैन’, उनको राजीनामा पत्रमा उल्लेख छ । उनले अहिलेको सबै अवस्था आउनुमा आफ्नो कमजोरीलाई स्वीकार गर्दै सबै कुराको नैतिक जिम्मेवारी लिने समेत बताएका छन् ।…

Read More

झापा, २४ भदौ । झापाका विभिन्न स्थानबाट २८ जना बेसहारा नागरिकको उद्धार गरिएको छ । जिल्लाका विभिन्न स्थानबाट उनीहरुको उद्धार गरिएको मानव सेवा आश्रमका झापा संयोजक खगेन्द्र विश्वकर्माले जानकारी दिनुभयो । उनीहरु हाल मेचीनगरस्थित आश्रममा आश्रय लिएर बसिरहेका छन् । सोमबार मात्रै झापाको बिर्तामोड नगरपालिका क्षेत्रबाट एक बृद्धसहित तीन जना बेसाहारा नागरिकको उद्धार गरिएको उहाँले बताउनुभयो । मानव सेवा आश्रमका प्रतिनिधि, बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, नगर प्रहरी लगायतको टोलीले उनीहरुको उद्धार गरिएको हो । बिर्तामोड–४ बाट ९० वर्षीय छबिलाल तिम्सिना, बिर्तामोड–३ बाट १८ वर्षीय उजित सिं र बिर्तामोड–६ बाट २२ वर्षीया विनिशा गौतमको उद्धार गरिएको छ । बृद्ध…

Read More

झापा, २५ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भूभाग लगायत कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधरणतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ। बागमती र कर्णाली प्रदेशका एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको…

Read More

बनियानी, २४ भदौ । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित कन्काई माईखोलामा पौडी खेल्ने क्रममा डुबेर आज एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–५ का १७ वर्षीय फिरोज खान रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । त्यस्तै, बिर्तामोड नगरपालिका–२ का १८ वर्षीय उज्वल राई बेपत्ता भएका छन् । खान र राईसहित चार जना दोमुखा घुम्न आएकोमा माईखोलामा नुहाउने क्रममा खान र राई खोलामा डुबेर बेपत्ता भएका थिए । घटनाको जानकारी पाएपछि खटिएको प्रहरी टोलीले खानको शव घटनास्थलबाट एक सय मिटर दक्षिणमा ढुङ्गामा अड्किएको अवस्थामा फेला पारेको…

Read More

बिर्तामोड, २४ भदौ । झापाको बिर्तामोडबाट तीन जना बेसाहारा नागरिकको उद्दार गरिएको छ । मानव सेवा आश्रमको सहयोगमा एक जना बृद्धासहित तीन जनाको उद्दार गरीएको हो । मानव सेवा आश्रमका प्रतिनिधि, नगर प्रहरीसहित नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाको टोलीले आज दिउँसो उनीहरुको उद्दार गरेको हो । बिर्तामोड–४ बाट ९० वर्षीय छबिलाल तिम्सिना, बिर्तामोड–३ बाट १८ वर्षीय उजित सिं र बिर्तामोड–६ बाट २२ वर्षीया विनिशा गौतमको उद्दार गरिएको हो । बृद्ध तिम्सिनालाई विगत धेरै दिनदेखि बिरामी रहेको र कटेरोमा सुतेको अवस्थामा उद्दार गरिएको हो । उनको आफन्त यहाँ कोहि नभएकोले स्थानीयले उनलाई खानपिन गराउँदै आएका थिए । यस्तै सिं सैनिकमोडको एउटा…

Read More