
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
शिवसताक्षी, १५ भदौ । झापाको कनकाई निवासी एक दम्पत्तीले आफ्नो जन्मदिनको अवसरमा शिवसताक्षीका नवजात शिशुका लागि न्यानो कपडा प्रदान गरेका छन् । आज शिवसताक्षीको वडा नं. ४ स्थित रङ्याथान बजारमा आयोजित तीज कार्यक्रममा ५० हजार बराबरको न्यानो कपडाका वडाध्यक्ष विष्णुप्रसाद प्रसाईलाई हस्तान्तरण गरे । कनकाई गार्मेन्ट सुरुगाका सञ्चालक भरत शिवाकोटी र उनकी श्रीमती मेनुका शिवाकोटी घिमिरेको जन्मदिन एकै दिन परेको थियो । शिवसताक्षी नगरपालिका–४ का नवजात शिशुका ७० सेट न्यानो कपडा वितरण गरेका हुन् । जसमा भोटो, दौरा, काने टोपी, म्याट गरेर एक प्याकेटमा २ सेट (८ ओटा कपडा) रहेका छन् । नेपालको स्वास्थ्य क्षेत्रमा हेर्दा प्रतिहजार जन्म भएका नवजात…
शिवसताक्षी, १५ भदौ । झापाको शिवसताक्षी वडा नं. ४ का दिदीबहिनीहरुले तीज मनाएका छन् । शिवसताक्षी नगरपालिका वडा न ४ को आयोजनामा रंगेयाथन बजारमा आज भव्य रुपमा तीज कार्यक्रम गरिएको हो । तीज कार्यक्रमको उद्घाटन झापा क्षेत्र नं. ४ का संघीय सांसद एलपी साँवा लिम्बुले गरेका छन् । उद्घाटनका क्रममा बोल्दै सांसद साँवाले नेपाल सांस्कृतिक धार्मिक पर्वहरुको धनी रहेको बताए । हरितालिका तीजलाई मौलिक पर्वको रुपमा विकास गर्दै आफ्नो गच्छे अनुसार मनाउन सांसद साँवाले सबैलाई शुभकामना दिएका थिए । यो पर्व एउटा संस्कृतिसँग जोडिएको छ । अहिले पहिलेको जस्तो दुःख छैन । उनले भने, त्यसैले त यस्ता सांस्कृतिक पर्वहरु सहज…
भद्रपुर, १५ भदौ । झापाको सदरमुकाम चन्द्रगढीमा रहेर साहित्य, कला, पत्रकारिता क्षेत्रका सकृय रहेको वर्तमान साहित्य प्रतिष्ठान झापाले स्थापनाको २५ औं वर्ष पूरा गरेको उपलक्ष्यमा विविध कार्यक्रम सम्पन्न गरेको छ । प्रतिष्ठानका अध्यक्ष डिल्लीरमण नेपालको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा चन्द्रगढीमा कविता वाचन, गीत गायन तथा विगत वर्तमान झल्कने डकुमेन्ट्री प्रदर्शन गरिएको हो । कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै प्रतिष्ठानका पूर्व अध्यक्ष कृष्ण अनमोलले झापा सदरमुकाममा सुस्ताउँदै गएको कला, साहित्यको उत्थानमा प्रतिष्ठान लागिरहेको जानकारी दिए । प्रतिष्ठानका उपाध्यक्ष फणिन्द्र पोखरेलले स्वागत गरेको कार्यक्रममा भद्रपुर साहित्य कला प्रतिष्ठानका अध्यक्ष चिन्तामणि दाहाल, प्राज्ञ सभा सदस्य हरिप्रसाद पौडेल, साहित्यकार भवानी…
भद्रपुर, १५ भदौ । दिवङ्गत राष्ट्र सेवक प्रमोद तामाङको स्मृतिमा स्थापित प्रमोद तामाङ स्मृति सुशासन पत्रकारिता पुरस्कारबाट प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदाल सम्मानित भएका छन् । नेपाल निजामती कर्मचारी संगठन झापा तथा राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुरले स्थापना गरेको १४ औं पुरस्कारबाट उत्कृष्ट राष्ट्र सेवक सम्मान भद्रपुर नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक मनोज भट्टराई र कोष तथा लेखा नियन्त्रण कार्यालय झापाका अधिकृत कृष्णप्रसाद शर्मालाई सम्मान गरिएको थियो । सम्मानित व्यक्तिहरुलाई प्रमुख अतिथि प्रदेश सभा सदस्य छविलाल चुडाल, संगठन झापा अध्यक्ष केदार पोखरेल, सहकारी अध्यक्ष वशिष्ठ अधिकारी लगायतले नगद सहित प्रशंसा पत्र प्रदान गरेर सम्मान गरेका…
द्रोण अधिकारीभद्रपुर, १५ भदौ । रूढीवाद र अन्ध विश्वासका प्रतिनिधि पात्र भनेर हेपिने गरेका धामी झाँक्री तथा वैद्यहरूले समाजमा विविध चेतना सहित परम्परागत रूपमा रहेका प्राचीन ओखती पहिचान समेत गराइरहेका छन् । हरेक वर्ष झापामा रहेका धामी झाँक्री तथा वैद्यहरू एक ठाउँ भेला भएर विविध कला प्रदर्शन गर्दै मनषादेवी विषहरी विष खेल मार्फत रम्परागत रूपमा रहेका प्राचीन ओखती पहिचान समेत गराइरहेका हुन् । नेपाल राष्ट्रिय धामी वैद्य संघ झापाको आयोजनामा भद्रपुरमा झापा, मोरङ लगायत भारतको पश्चिम बंगाल तथा विहारबाट भेला भएका धामी झाँक्री र वैद्यहरूले आ– आफ्नो कला प्रदर्शन गर्दै धामी झाँक्री तथा वैद्यहरूले समाजमा विविध चेतना फैलाउने काम ७…
बिर्तामोड, १५ भदौ । गुणस्तर तथा नापतौल कार्यालय झापाको प्राविधिक सहयोगमा बिर्तामोडका व्यवसायीहरुका ढक तराजुको चेक जाँच तथा नवीकरण शुरु गरिएको छ । बिर्तामोड उद्योग वाणिज्य संघले संघको कार्यालयमा आजदेखिबाट तीन दिनसम्म ढक तराजुको चेकजाँच तथा नबीकरण कार्य शुरु गरिएको संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिए । गुणस्तर तथा नापतौल कार्यालय झापाका प्रमुख सुनिल कुमार यादवको प्रमुख आतिथ्य तथा संघका अध्यक्ष न्यौपानेको अध्यक्षतामा आयोजित कार्यक्रमकाबीच ढक तराजुको नापजाँच शुरु गरिएको हो । गुणस्तर तथा नापतौल कार्यालय झापाका प्रमुख यादवले मापदण्ड अनुसार नभएको ढक तराजु अनुगमनका क्रममा भेटिए २५ हजार रुपैयाँसम्म जरिवाना हुने बताए । संघका वाणिज्य उपाध्यक्ष जीवन खड्काले स्वागत…
हल्दिबारी, १५ भदौ । साउदी अरबमा ज्यान गुमाएका झापा हल्दिबारी–३ ढडुवाका बिनोद गिरीको शव छ महिनापछि नेपाल आइपुगेको छ । गिरीको शव शुक्रबार दिउँसो ३ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परिवारले बुझेका छन् । १८ मार्च २०२४ मा उनी आफ्नै सुत्ने कोठामा मृत अवस्थामा फेला परेका थिए । हत्या आशंकामा साउदी प्रहरीले अनुसन्धान अघि बढाए पनि उनको मृत्यु स्वाभाविक भएको निष्कर्ष निकालेको थियो । मृतक गिरीका एक छोरा एक छोरी र श्रीमती छ्न् । उनी रोजगारीका सिलसिलामा मृत्यु हुनुअघि झण्डै नौ महिना अगाडि साउदी पुगेका थिए ।
सन्तोष शर्मा बनियानी, १४ भदौ । झापामा जहिल्यै रगतको अभाव हुने गरेको छ । जिल्लामा अहिल्यै रगतको अभाव हुने गरेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले बताउनुभयो । मिर्गौला रोगीको संख्या बढ्नुका साथै क्यान्सर अस्पताल सञ्चालन आएपछि जिल्लामा रगतमा थप बृद्धि भएको उहाँले बताउनुभयो । “मिर्गौला बिग्रएर डायलासिस गर्नुपर्ने बिरामी एक सयको हाराहारीमा छन्”, उहाँले भन्नुभयो, “बिर्तामोडमा क्यान्सर अस्पताल सञ्चालन आएपछि रगत माग थप बढेको छ ।” दैनिकजसो हुने सवारी दुर्घटनाका कारण पनि रगतको माग बढ्दै गएको छ । झापाको सीमावर्ती क्षेत्रबाट समेत भारतीय नागरिक रगत लिन यहाँ आउने गरेको उहाँ बताउनुहुन्छ । काठमाडौं, मोरङ, सुनसरी लगायत अन्य जिल्लाका…
भद्रपुर, १५ भदौ । झापाको भद्रपुर नगरपालिकाले प्राविधिक विषय अध्ययन गर्नेहरुलाई छात्रवृत्ति वितरण गर्ने भएको छ । नगरपालिकाले सूचना जारी गर्दै छात्रवृत्तिका लागि आवेदन दिन आह्वान गरेको छ । आव २०८१÷०८२ को स्वीकृत छात्रवृत्ति कार्यक्रम अन्र्तगत नगरपालिका भित्र स्थायी बसोबास रही कृषि, पशु, वन विज्ञान, स्वास्थ्य तथा इञ्जिनियरिङ्ग जस्ता प्राविधिक विषयमा अध्ययन गर्न चाहने विद्यार्थीहरुले छात्रवृत्ति वितरण गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले जानकारी दिनुभयो । नगरपालिकाको छात्रवृत्तिमा प्राविधिक शिक्षा उपलब्ध गराउन बनाइएको कार्यविधि, २०७९ बमोजिम विभिन्न क्षेत्र र वर्गमा छात्रवृत्ति वितरण गरिने उहाँले बताउनुभयो । गत भदौ ९ गते सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र फाराम भरेर…
भद्रपुर, १५ भदौ । झापामा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगद्वारा निवेदन माग भएपछि ९८ उजुरी दर्ता भएका छन । जिल्ला प्रशासन कार्यालय झापामा दर्ता भएका उक्त उजुरीहरुमध्ये एउटामा सहमति र दुईवटा उजुरी फिर्ता भएको सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले जानकारी दिए । उनका अनुसार आयोगले प्रथम पटक सूचना सार्वजनिक गरेको जेठ ११ गतेदेखि साउन ४ गतेसम्ममा उक्त उजुरी परेका हुन् । झापामा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय र जिल्ला सरकारी वकिल कार्यालयको प्रतिनिधि रहेको संयन्त्र गठन भएको छ । जसलाई आयोगले सूचना आह्वान गरेपछि परेका उजुरी उपर आवश्यक छलफल तथा फछ्र्योट गर्ने अधिकार रहेको सहायक…