झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २३ भदौ । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिउनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् । तीजको व्रत एवं पूजाआजा महिला, पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषिपञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो । महिलामा रजस्वलाका समयमा छाइछुईलगायत कुनै त्रुटि भएको…

Read More

द्रोण अधिकारीभद्रपुर, २२ भदौ । दैनिक ज्यालादारी गरेर परिवार धानीरहेका झापा हल्दिवारी ४ ऐनावारी जलथलका २८ वर्षीय पुरनकुमार मेचे २ वर्षयता ओछ्यानको साहारामा बाँचिरहेका छन् । २०७९ असार ६ गते कामबाट फर्कने क्रममा अविरल वर्षादले राम्ररी बाटो देख्न नसक्दा मोटरसाइकल दुर्घटनामा परी गम्भिर घाइते भएका मेचेले रकम अभावमा उपचार गर्न नसकेपछि शरीरको दाइने पाटो नचलेर ओछ्यान परेका हुन् । झापाको दुवागढीमा ट्याक्टर चलाउँदै परिवार पालिरहेका मेचे साथीसित मोटरसाइकलमा घरफर्कने क्रममा गम्भिर घाइने भएका थिए । दुवै जना दैनिक ज्यालादारीमा ट्याक्टरमा काम गर्ने मजदुर भएका कारण विहान संगै जाने र बेलुका संगै फर्कने गर्थे तर त्यस दिन निकै ठूलो वर्षाद भइरहेका…

Read More

लक्ष्मीपुर, २२ भदौ । सामाजिक कार्यलाई निरन्तरता दिदै झापा अर्जुनधारा–५ का सामाजिक ब्यक्तित्व राजु गिरीले बुबाको मुख हेर्ने दिनको अवसर पारेर सामाजिक संस्थालाई टेलिभिजन प्रदान गरेका छन् । अर्जुनधारा–५ पानीकलमा रहेको बागेडाँगी सामुदायिक विकास केन्द्र अन्तरगतको ‘जेष्ठ नागरिक चौतारी उज्यालो कार्यक्रम’ लाई सहारा नेपालका लेखा अधिकृतसमेत रहेका गिरीले ३२ इन्चको स्मार्ट टेलिभिजन दिएका हुन् । गिरीले केहीदिन अगाबै बुवाको मुख हेर्ने दिनको अवसर पारेर प्रदान गरेको एउटा स्मार्ट टिभी आज (शनिवार) एक समारोहकाबिच जेष्ठ नागरिक चौतारी उज्यालो कार्यक्रमका अध्यक्ष मेघराज चौहानलाई हस्तान्तरण गरेका छन् । गिरीले ४ बर्षअघिदेखि आफ्नो, श्रीमती मिनादेबी, छोरा पंकज र छोरी प्रकृतिको जन्मोत्सव साथै आफ्नो बैवाहिक…

Read More

झापा, २२ भदौ । बिर्तामोड उद्योग बाणिज्य संघले स्थापना गरेको ब्यवसायी राहत कोषमा रकम जुट्ने क्रम जारी छ । आपत विपद्मा परेका व्यवसायीहरुलाई सहयोग पु¥याउने उद्देश्य सहित संघले एक करोड रुपैयाँ बरावरको व्यवसायी राहत कोष स्थापना गरेको थियो । सो कोषमा संघका कार्य समिति सदस्य युवराज कार्की‘पर्बत’ले आफ्नो जन्मोत्सववको अबसर पारेर आज एक लाख ११ हजार एक सय ११ रुपैयाँ सहयोग प्रदान गरेका छन् । कार्कीले बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेलाई सो रकम उपलब्ध गराएका थिए । यस अघि पनि संघमा आवद्ध व्यवसायीले आफ्नो जन्मोत्सवमा संघले स्थापना गरेको कोषमा रकम उपलब्ध गराउँदै आएका थिए । सोही क्रममा कार्कीले…

Read More

सुनसरी, २२ भदौ । सुनसरीको दुहबीमा ६१ किलोको लड्डु भोग लगाई सातौँ श्री गणेश चतुर्थी महोत्सव २०८१ सुरु भएको छ । दुहबी नगरपालिका–५ स्थित श्री गणेश पूजा समिति दुहबीको आयोजनामा दुहबी नगर प्रमुख वेदनारायण गच्छदार तथा उनकी धर्मपत्नी सङ्गीत गच्छदारले आज भगवान् श्री गणेशको बिधिवत पूजा अर्चना तथा आरती गरी गणेश चतुर्थी महोत्सवको शुभारम्भ गर्नुभयो । दुहबीमा सातौँ पटक भएको गणेश चतुर्थी महोत्सवमा भगवान् गणेशको ८ फिटको प्रतिमा स्थापन गरी ६१ किलोको लड्डु भोग लगाइएको पूजा समितिका मोनु साहले बताउनुभयो । आज बेलुकी स्थानीय तथा भारतीय कलाकार कोलकाताबाट प्रख्यात भजन गायिका रानी मन्जित कौर र प्रीति सोनीद्वारा सङ्गीत भजन कीर्तन…

Read More

झापा, २२ भदौ । रौतहटमा एक युवकको शव फेला परेको छ । शनिबार वृन्दावन नगरपालिका १ रमौली घाटस्थित बागमती नदीमा अन्दाजी ३०–३५ वर्षका युवकको शव फेला परेको हो । सशस्त्र प्रहरी बेस क्याम्प समनपुर र इलाका प्रहरी कार्यालय समनपुरबाट गएको संयुक्त टोलीले शनिवार दिउँसो उक्त शव निकालेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले बताए। भेटिएको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको सशस्त्र प्रहरीद्वारा जारी सूचनामा उल्लेख छ। बरामद शवको सनाखत भएको छैन । मृतकको पहिचान खुलाउनका लागि सबैले सहयोग गरिदिन जिल्ला प्रहरी कार्यालय रौतहटले आग्रह गरेको छ ।

Read More

कचनकवल, २२ भदौ । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) का दुई जना अग्रज नेताको निधन भएको छ । कचनकवल गाउँपालिकाका दुई प्रभावशाली नेता अघनलाल राजवंशी र मोहनचन्द्र गणेशको निधन भएको हो । शुक्रबार साँझ १० बजे कचनकवल–७ स्थित आफ्नै निवासमा ८९ वर्षीय अघनलाल राजवंशीको निधन भएको हो । उनी राप्रपा कचनकवलका संस्थापक सदस्य तथा तत्कालीन बालुबाडी पञ्चायत व्यवस्थापनका उपप्रधानसमेत थिए । राजवंशी लामो समयदेखि उच्च रक्तचाप र मृगौलासम्बन्धी रोगबाट पीडित थिए। उनको अन्त्येष्टि आजै दिपज्योति सामुदायिक वनमा गरिएको छ । त्यसैगरी, केचनाका पूर्व गाविस अध्यक्ष तथा राप्रपाका संस्थापक सदस्य मोहनचन्द्र गणेशको आज बिहान आफ्नै निवासमा निधन भएको छ। ७७ वर्षीय गणेश…

Read More

फुङ्लिङ, २२ भदौ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा बन्द र अवरोध निषेध गरिएको छ । पाथीभरा माताको दर्शन गर्न चाहने तीर्थयात्रीको सुविधालाई ध्यानमा राख्दै फुङलिङ नगरपालिकाले यातायात र शैक्षिक संस्थामा कुनै अवरोध नहोस् भन्दै बन्द अवरोध गर्न निषेध गर्ने निर्णय गरेको हो । नगरपालिकाको ४५ औँ कार्यपालिकाको बैठकले आज पाथीभरा दर्शनमा आउने तीर्थयात्रीको व्यवस्थापनलाई सहज बनाउन, यातायात र शैक्षिक संस्थामा कुनै बन्द वा अवरोध गर्न नपाउने निर्णय लिएको हो । नगरपालिकाका अनुसार निर्णय २०८१ साल भदौ २१ गतेदेखि लागू हुनेछ । नगरप्रमुख अमिर मादेनले पाथीभरा माताको दर्शनका लागि आउने भक्तजन र पर्यटकको मनोकांक्षा पूरा गर्न ढुक्कसँग यात्रा गर्न आग्रह गरे ।…

Read More

झापा, २२ भदौ । बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिले लामो पर्खाइपछि चिकित्सा शिक्षा आयोगबाट चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) मा ५० जना विद्यार्थी अध्यापन गराउने औपचारिक स्वीकृति पाएको छ । कलेजका जनसम्पर्क अधिकृत प्रमिश गिरीले आयोगबाट पहिलोपल्ट यसै शैक्षिक वर्षमा ५० जना विद्यार्थी पढाउन पाउनेगरी सिट निर्धारण भएको बताए। आयोगले शुक्रबार नै सिट निर्धारणबारेमा सार्वजनिक सूचना जारी गरिसकेको उनले जानकारी दिए। बिर्तामोड नगरपालिका वडा नं. ५ विर्तामोडमा चिकित्साशास्त्रको स्नातक तहमा अध्यापन गराउने उद्देश्यले विसं २०७१ फागुन १८ गतेदेखि ३०० शय्याको अस्पतालसहित बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालि सञ्चालनमा आएको थियो । नेपाल सरकारबाट विसं २०६४ सालमै मनसाय पत्र…

Read More

झापा, २१ भदौ । काठमाडौँ उपत्यकाबाट एउटै नम्बर प्लेट भएका पाँच वटा मोटरसाइकलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले शङ्कास्पद अवस्थामा से ७ प ८५६२ नम्बरको ३५० सिसीको बुलेट मोटरसाइकल चलाइरहेका अछाम घर भई कोटेश्वर बस्ने वर्ष २८ का हिमाल खत्रीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उक्त तथ्य खुलेको हो । खत्रीसँग बरामद भएको बुलेट मोटरसाइकल नेपालमा दर्ता नभएको जानकारी पश्चात् थप अनुसन्धान गर्दै जाँदा सोही नम्बरको अर्को मोटरसाइकल छ भन्ने पत्ता लागेको हो । मोटरसाइकलको खोजतलासमा निस्केको टोलीले मध्य वानेश्वरमा बस्दै आएका अछाम चौरपाटी गाउँपालिका–२ घर भएका २५ वर्षीय प्रमोद कुँवरलाई समेत से…

Read More