झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

सुनसरी, २१ भदौ । चन्द्रमाको आराधना दर्शन गरेर अर्ग दिई गणेश चतुर्थी अर्थात् (चौरचन पर्व) समापन भएको छ । साँझ उदाउँदै गरेको चन्द्रमालाई अर्ग दिई चौरचन पर्व समापन भएको हो । घर मूली महिला दिनभरि निराहार व्रत बसी साँझ चन्द्र दर्शन गरेर अर्ग दिई समापन भएको दुहबी ६ कि व्रतालु सरिता यादवले बताउनुभयो । चन्द्रमाको आराधना गरिने चौरचन पर्वमा दाल र चामलको पिठोबाट बनाइने पुरी, मिष्ठान्न परिकार खाजा, पिरुकीया र खिर, माटोको छ्याँचीमा जमाइएको दही, पाकेको केराको घरीसहित अन्य फलफूल र वस्त्रआभूषण चढाइने परम्परा छ । पर्वमा घर मूली महिला ब्रतालुले एक दिन पूर्व नै व्रत सङ्कल्प गरेर चोखोनितो भई…

Read More

कटारी, २१ भदौ । यहाँको कटारी नगरपालिका–१० स्थित सोरुङ छविसेमा आमा–छोरा हत्या घटनाको अनुसन्धानमा प्रहरी खटिएको छ । घटना घटेको २४ घण्टा बितिसक्दा पनि परिवारको तर्फबाट प्रहरीमा जाहेरी दरखास्त दर्ता भएको छैन । बिहीबार बिहान ४० वर्षीय निर्मला थापा र उनकी ६ वर्षीय छोरा आरुस थापा हत्या गरी मृत्यु भएको अवस्थामा फेलापरेका थिए । घटनाबारे स्थानीयले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कटारीको टोली घटनास्थल पुगेका थिए । मृतकहरूको शव सर्जमिन मुचुल्का गरी शव परीक्षणका लागि कटारी अस्पताल ल्याइएको इलाका प्रहरी कार्यालय कटारीका निमित्त प्रमुख प्रहरी निरीक्षक उमेश महतोले जानकारी दिए । बिहीबार बेलुकीसम्म पीडितको तर्फबाट कसैले जाहेरी दरखास्त प्रहरीमा नदिएको…

Read More

भद्रपुर, २१ भदौ । भद्रपुर-१० स्थित चन्द्रगढी सेवा समाजले तीजको अवसर पारेर विविध कार्यक्रम सम्पन्न गरेको छ । समाजका अध्यक्ष नयाँनाथ पाण्डेको अध्यक्षता तथा भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीको प्रमुख आतिथ्यमा विविध साँस्कृतिक गायन तथा नृत्य प्रतियोगिता लगायत कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा महिलाहरूले संगिनी नृत्य तथा पुरूषहरूले बालन र खैंजडी नृत्य प्रस्तुत गरेका थिए भने आठ वटा समूह तथा व्यक्तिले गायन र नृत्यमा प्रतिष्पर्धा समेत गरेका थिए । प्रतिष्पर्धामा भद्रपुर जुनियर जेसीज समूह प्रथम, गरिमा कोइराला द्वितीय र मातृ भजन समूह भद्रपुर १० तृतीय भएका थिए । संस्थाकी बरिष्ठ उपाध्यक्ष देवीमाया अधिकारीले सञ्चालन गरेको कार्यक्रममा टोल विकास संस्थाको…

Read More

झापा, २१ भदौ । झापा, इलाम र भोजपुरबाट लागुऔषध ब्राउनसुगरसहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा झापाको मेचीनगर नगरपालिका–६ स्थितबाट भारत वेष्टबंगालका २२ बर्षीय मनोज शर्मालाई १ ग्राम, मोरङ बेलबारी नगरपालिका–४ का २८ बर्षीय बिरेन लोवालाई १० ग्राम, दमक नगरपालिका–९ का २४ बर्षीय तिलक मग्रातीलाई १ ग्राम र सप्तरी सुरुङ्गा नगरपालिका–१ का २२ बर्षीय एलन बिष्टलाई ६ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसैगरी, भोजपुरको प्रहरी चौकी प्याउलीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भोजपुर नगरपालिका–९ का ३१ वर्षीय जसिन राईलाई ३ ग्राम ७६ मिलिग्राम ब्राउनसुगरसहित र…

Read More

झापा, २१ भदौ । गत भदौ १८ गते झापा अर्जुनधारा नगरपालिका–११ गिरीबन्धु टि–स्टेट स्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा घाइते दुई जनामध्ये एक जनाको मृत्यु भएको छ । बिर्तामोडको मुक्ति चोकबाट काँकरभिट्टा तर्फ जाँदै गरेको मे १० प ३५४४ नम्बरको मोटरसाइकल र धुलाबारीबाट मुक्ति चोकतर्फ आउँदै गरेको ना ५ ख ९१२२ नं. को ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक इलाम सूर्योदय–५ का २४ वर्षीय दिवाङकर राई र पछाडि सवार मोरङ सुन्दरहरैंचा नगरपालिका–१० का २८ वर्षीय सुबोद बस्नेत घाइते भएका थिए । उनीहरुको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेकोमा मोटरसाइकल चालक राईको आज बिहान ८ः४५ बजे मृत्यु भएको हो…

Read More

झापा, २१ भदौ । झापाको मेचीनगर नगरपालिकाबाट लागुऔषध खैरो हेरोइनसहित एक युवा पक्राउ परेका छन् । बिहीबार राति ८ बजे मेचीनगर–६ पुरानो मेचीपुल स्थितमा लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट सिटी सफारीमा चढेर नेपालतर्फ आउँदै गरेको सप्तरीको सुरुङ्गा नगरपालिका–१ सिसुवारीका २२ वर्षीय एलन बिष्टलाई खैरो हेरोइनसहित पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट प्लाष्टिक सहित ७ ग्राम तथा प्लाष्टिक बाहेक ६ ग्राम फेला खैरो हेरोइन बरामद गरेको थियो भने उनलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

झापा, २१ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। देशका पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र बाँकी भूभागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा…

Read More

बनियानी, २१ भदौ । झापाको बिर्तामोड नगरपालिकामा सात वटा योजनाको आज एकै पटक शिलान्यास गरिएको छ । नगरपालिका छ वटा सडक र एउटा सामुदायिक वनको पार्क निर्माणका लागि आज एकै पटक शिलान्यास गरिएको हो । बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतारा प्रसाईंले ती योजनाको शिलान्यास गर्नु भएको हो । शहरी विकास मन्त्रालयले महिला जनप्रतिनिधिले नेतृत्व गरिरहेका मुलुकभरिका १३ वटा स्थानीय तहलाई नमुना शहर अन्तर्गत पूर्वाधार निर्माणका लागि उपलब्ध गराएको बजेटबाट ती योजनाको निर्माण कार्य शुरु भएको हो । मन्त्रालयले बिर्तामोड नगरपालिकालाई रू १३ करोड बजेट उपलब्ध गराएको शहरी विकास कार्यालय झापा इन्जिनियर सुरेशकुमार चौधरीले बताउनुभयो । सात वटै योजनाको एकीकृत रुपमा…

Read More

झापा, २१ भदौ । झापाको मेचीनगर नगरपालिका–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह विट नं. २ हाताभित्र दुना–टपरी उद्योग स्थापना गरिएको छ । सालको पातबाट दुना–टपरी बनाउने मेसिनका खरीदका लागि डिभिजन वन कार्यालय झापाले अनुदानका उपलब्ध गराएपछि उद्योग स्थापना भएको हो । कार्यालय प्रमुख मेघराज राईले सामुदायिक वनलाई उद्यमसँग जोड्का लागि अनुदान उपलब्ध गराइएको बताउनुभयो । “स्थानीय कच्चा पदार्थको प्रयोगसँगै वातावरण संरक्षणमा यसले सहयोग मिल्छ”, उहाँले भन्नुभयो, “वनमा काठ दाउरा मात्र होइन, अन्य उद्यम पनि गर्न आवश्यक छ ।” प्लास्टिक मुक्त स्थानीय तह बनाउन सके दुना–पटरीको बजारीकरण सहजै हुने उहाँको भनाइ छ । सालको पातबाट दुना–टपरी बनाउने उक्त मेसिनको मूल्य…

Read More

झापा, २१ भदौ । झापाको कनकाई नगरपालिकामा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएको छ । बिहीबार बेलुका कनकाई–५ चप्परमारीस्थित भित्री सडक खण्डमा सुरुङ्गाबाट झापाबजार तर्फ जाँदै गरेको प्र १–०१–०१७ प ४३७० नं. को मोरटसाइकलले बाटो क्रस गर्दै गरेको पैदलयात्री सोही स्थानका सुन्तली टुडुका छोरा करिब ४ वर्षीय आर्यन टुडुलाई ठक्कर दिएको थियो । घाइते बालकलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगि सामान्य उपचार पश्चात थप उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड लगेकोमा अस्पताल पुर्याउना साथ चिकित्सकले मृत्यु भइसकेको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ठक्कर दिने मोटरसाइकल र चालक झापा गाउँपालिका–२ का २४ वर्षीय बसन्त मुखियालाई प्रहरीले नियन्त्रणमा लिई…

Read More