झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

शिवसताक्षी, ११ भदौ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा शिवसताक्षीको शिवगञ्ज बजारमा पहिलो पल्ट रथ यात्रा निकालिएको छ ।आज शिवसताक्षी ६ शिवगञ्ज बजारमा अवस्थित हनुमान मन्दिरबाट रथ यात्रा निकाली पाथिभरा मन्दिर, कनकाई भगवती मन्दिर, शिव मन्दिरमा परिक्रमा गराई पुनः शिवगञ्ज बजारमा रथ यात्राको समापन गरिएको हो ।बैदिक सनातन धर्म संस्कार संस्कृति सम्वर्धन तथा सरक्षण गर्ने उद्देश्यले श्री सनातन धर्म सरंक्षण समिति शिवसताक्षीद्वारा रथ यात्राको आयोजना गरिएको हो । रथ यात्राको शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्कीले उद्घाटन गरेका हुन् । शिवगञ्ज बजारमा रथयात्रामा हजारौ धार्मालम्बी भक्तजनहरुको उपस्थिति रहेको आयोजक सनातन धर्म सरंक्षण समिति शिवसताक्षीले जनाएको छ । रथ यात्रा उद्घाटनका…

Read More

झापा, ११ भदौ । ब्राजिलको साउपाउलो विमानस्थलको ट्रान्जिट इलाकामा रहेका एक सय ७६ नेपाली नागरिक सकुशल रहेका र उनीहरूलाई आवश्यकताअनुसार मानवीय सहायता पुर्‍याउन तयारी अवस्थामा रहेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासले आज विज्ञप्तिमार्फत विमानस्थलको ट्रान्जिटमा नेपालीसहित करिब सात सय विदेशी रोकिएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै नेपाली नागरिकलाई मानवीय सहायता पुर्‍याउन तयारी अवस्थामा रहेको उल्लेख गरेको छ । दक्षिण अमेरिकाका ब्राजिललगायत मुलुक हुँदै अवैध रुपमा संयुक्त राज्य अमेरिका प्रवेश गर्ने उद्देश्यले विभिन्न स्थानबाट दक्षिण अमेरिकी मुलुकमा आउने प्रवृत्ति बढ्दो छ । सङ्गठित रुपमा सञ्चालित मानव तस्करको प्रलोभन र उक्साहटमा परी नेपालबाट युवा यस क्षेत्रमा आउने गरेको जानकारी बेलाबेलामा…

Read More

झापा, ११ भदौ । नेपाली राष्ट्रिय यु–२० टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले साफ यु–२० च्याम्पियनसिपको फाइनल एन्फा मैदानमा हुने भएकाले आफूहरूलाई सहज भएको प्रतिक्रिया दिनुभएको छ । मङ्गलवार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को प्रेस बक्समा आयोजित प्रि–फाइनल कन्फरेन्समा बोल्दै प्रशिक्षक श्रेष्ठले दशरथ रङ्गशालामा खेल नहुँदा टोलीलाई फाइदा पुग्ने प्रतिक्रिया दिनुभएको हो । दक्षिण एसियाली फुटबल महासङ्घ ९साफ० यु–२० च्याम्पियनसिपको छैटौँ संस्करणको फाइनलमा बुधबार नेपाल र बङ्गलादेश भिड्दै छन् । अगस्ट १७ देखि सुरु भएको प्रतियोगिता त्रिपुरेश्वरस्थित नेपालकै सबैभन्दा पुरानो रंगशाला, दशरथ रङ्गशालामा हुने तालिका थियो । तर, वर्षाका कारण मैदान हिलाम्य हुँदा एन्फाले प्रतियोगिता आफ्नै मुख्यालयमा सारेको थियो…

Read More

झापा, ११ भदौ । मोरङको विराटनगरमा विशाला श्री राधाकृष्ण रथयात्रा निकालिएको छ । विगतका वर्षमा झैं यो वर्ष पनि विराटनगरको तिन पैनी स्थित राधाकृष्णको मन्दिरबाट विशाल रथयात्रा निकालिएको हो । रथयात्राको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुभारम्भ गर्नुभएको थियो । मुख्यमन्त्री कार्कीले रथको विधिपूर्वक पूजाआजा गरेपछि विभिन्न समुदायको झाकी तथा भजन कीर्तनसहित भव्य रुपमा रथयात्रा निकालिएको हो । विगत ९३ वर्षदेखि विराटनगरमा रथयात्रा गरिँदै आएको छ । भारतको जगन्नाथपुरीमा निकालिने रथयात्रापछि विराटनगरमा आयोजना हुने राधाकृष्ण रथयात्रा दक्षिण एशियाकै दोस्रो ठुलो रथयात्रा रहेको आयोजक समितिको दाबी छ । आज निकालिएको रथयात्रामा हेलिकोप्टरले पुष्पवृष्टि गरेको थियो । राधाकृष्णको युगल जोडीको प्रतिमा राख्न…

Read More

कचनकवल, ११ भदौ । झापाको कचनकवल गाउँपालिका–६ स्थित शेरे चोकमा जीर्ण अवस्थामा रहेको पुरानो राष्ट्रिय झण्डाको ठाउँमा नयाँ राखिएको छ । आज स्थानीय समाजिक व्यक्तित्व रविचन्द्र ओझाको सौजन्यमा उक्त स्थानमा नयाँ झण्डा लगाइएको हो । ‘यो राष्ट्रिय झन्डा नेपालकै होचो ठाउँ कचनकवल स्तम्भ घुम्न आउने पर्यटकलाई आकर्षित गर्न राखिएको हो’, ओझाले भने, ‘यसले राष्ट्र र राष्ट्रियताप्रतिको हाम्रो माया र गर्वलाई दर्शाउँछ ।’ विगत केही समयदेखि उक्त झन्डा च्यातिएर छिन्नभिन्न भएको थियो । झण्डाका विषयमा सामाजिक सञ्जालमा कुरा आइरहेका थिए । यस क्रममा ओझाले पनि यस विषयमा आफ्नो ध्यानाकर्षण भएको र नयाँ झन्डा फेर्न पहल गरेको बताए । झन्डा फहराउने कार्यक्रममा…

Read More

उदयपुर, ११ भदौ । उदयपुरको त्रियुगा नगरपालिकामा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । त्रियुगा–१३ बरुवा बसपार्क नजिक सात वर्षीय रिचेस राईको सार्वजनिक जमिनको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजन चापागाईले जानकारी दिनुभयो । मृतक बालक सहित तीन जना बालकहरू पोखरीमा नुहाउन गएको बेला रिचेसको भने डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

Read More

भद्रपुर, ११ भदौ । नेपाली सेनाको वार्षिक कार्यक्रम अन्तरगत राष्ट्रिय सेवा दल (एनसीसी) को एक सय दिने प्रशिक्षणको इष्ट पोइन्ट इंग्लिस स्कूल भद्रपुर–४ मा अनुगमन गरिएको छ । किशोरवयका विद्यार्थीहरुलाई तिनको शारीरिक तन्दुरुस्तीसँगै मानसिक विकासका लागि त्यस्तो अतिरिक्त क्रियाकलाप सम्बन्धी तालिम दिइने गरेको प्रमुख अतिथि सहायक रथी युवधिरमानसिंह अधिकारीले प्रशिक्षणका सहभागी क्यारेटहरुलाई सम्बोधनका क्रममा बताए । उनले थप भने, ‘राष्ट्रलाई केन्द्रमा राखेर हामी नेपालीले अघि बढ्नुपर्छ । यो देशका कर्णधार आजका विद्यार्थी नै भएकाले अहिलेदेखि असल नागरिक बन्ने अभ्यास गरेर भोलि देशको सेवा गर्नेगरी पाइला चाल्नुपर्छ ।’ राष्ट्रिय सेवा दलको यस्तो प्रशिक्षण कार्यक्रमका लागि यस वर्ष झापा जिल्लाका आठ वटा…

Read More

भद्रपुर, ११ भदौ । जिल्लाका विभिन्न स्थानबाट प्रहरी लागुऔषध र प्रतिबन्धित औषधिसहित छ जनालाई पक्राउ गरेको छ । झापाको भद्रपुरबाट लागुऔषधि ब्राउनसुगरसहित दुई जना, प्रतिबन्धित औषधिसहित दमकबाट एक जना र शिवसताक्षीबाट दुई जनालाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । सोमबार साँझ भद्रपुर–५ मेची पुलस्थित अस्थायी प्रहरी बिट मेची पुलबाट र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे १०प ३२८७ नं. को मोटरसाइकलमा सवार भद्रपुर–८ हस्पिटल चोकका २७ वर्षीय मोहित साहलाई शंका लागि चेकजाँच गर्ने क्रममा उनले मलद्वारमा प्लाष्टिकले पोका पारी लुकाई छिपाइ ल्याउँदै गरेको प्लाष्टिकबाहेक…

Read More

द्रोण अधिकारीभद्रपुर, ११ भदौ । सामान्य आर्थिक गतिविधि भएको जिल्लाका रूपमा परिचित झापामा संकलन हुने राजश्व र खर्च हुने रकम बराबरी जस्तो देखिने गरेको छ । संघीय कोष तथा लेखा नियन्त्रण कार्यालय झापाको विवरण अनुसार संघीय सरकार मार्फत झापामा खर्च हुने वजेट र राजश्व संकलनको अवस्था मिल्दो जुल्दो देखिएको हो । ठूला तथा अधिक राजश्व तिर्ने करदाता कम रहेको झापामा भन्सार शुल्क तथा साना तथा मझौला करदाताले तिर्ने राजश्वनै प्रमुख आयश्रोत हुने गरेको छ । २१ अर्व १२ करोड ७४ लाख ३ हजार ४ सय ३७ रूपैया वार्षिक वजेटका रूपमा संघीय सरकारबाट आ व २०८०÷०८१ मा आएको झापामा ९१.५५ प्रतिशत…

Read More

झापा, ११ भदौ । अनुग्रह फिल्म्स प्रालिको ब्यानरमा बन्न लागेको लघु चलचित्र ‘लभ फरेवर’को सोमबार शुभमूहुर्त गरिएको छ । झापाको बुद्धशान्ति–६ स्थित इरौटार आधारभूत विद्यालयबाट चलचित्रको छायांकन सुरु गरिएको छ । राज लावतीको निर्देशनमा बन्न लागेको चलचित्रको कथा लेखन सौरभ तामाङको रहेको छ । पटकथा तथा संवाद एकराज प्रधानको रहेको चलचित्रमा क्रिएटिभ डिरेक्टसन प्रितम धमला ‘झापाली कान्छो’ले गरिरहेका छन् । सिनेमाटोग्राफी सुवास लिम्बूले सम्हालिरहेका छन् । शुभमुहूर्त गर्दै निर्देशक लावतीले भने, ‘माया सधैँभरि रहिरहन्छ भन्ने कन्सेप्टमा फिल्म बन्दैछ, जीवनमा प्रेमले कति महत्व राख्छ भन्ने कुरा फिल्ममा हुनेछ ।’ चलचित्रमा मुख्य अभिनय सौरभ तामाङको रहने निर्माण टिमले जनाएको छ । ‘लभ…

Read More