
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ७ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। कोशी प्रदेशका केही स्थानहरूमा तथा मधेस र बागमती प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना…
भद्रपुर, ६ भदौ । जिल्ला प्रहरी कार्यलय झापामा रहेको शिशु स्याहार कक्षलाई लो वेड र कोक्रो प्रदान गरिएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढीले चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहले उपलब्ध गराएको एक÷एक थान लो बेड र कोक्रो जिल्ला प्रहरी कार्यालय झापालार्इ प्रदान गरिएको हो । वन समूहका अध्यक्ष दुर्गाप्रसाद भट्टराई, सेवाकेन्द्र अध्यक्ष दुर्गा पाठक लगायतले प्रहरी प्रमुख मिलन केशीलाई एक कार्यक्रमका बीच ती सामान हस्तान्तरण गर्नुभएको छ । सचिव खड्गबहादुर बुढाथोकीले सञ्चालन गर्नुभएको कार्यक्रममा सामाजिक व्यक्तित्व देवेन्द्र गौतम, नरेश सञ्जेल लगायतको उपस्थिति रहेको थियो ।
बिर्तामोड, ७ भदौ । चलचित्र वर एण्ड वधुले प्रमोशनल टुर झापाबाट शुरु गरेको छ । आउँदो भदौ १४ गतेदेखि देशव्यापी रुपमा प्रदर्शनमा आउन लागेको चलचित्रको आज बिर्तामोडमा पत्रकारहरुसँग अन्तरक्रिया गरिएको छ । पत्रकार अन्तरक्रियामा चलचित्रका कलकार आँचल शर्मा, किरण केसी र नवनायक विवेक कर्मचार्यसहित निर्देशक मिलन चाम्स र चलचित्रका निर्माता जानुका थापा लगायतको उपस्थिति रहेको थियो । चलचित्र वर एण्ड वधुलाई नेपालसँगै रोमानिया, इटाली र फ्रान्सको विभिन्न रमणीय स्थलमा छायाँकन गरिएको निर्देशक चाम्सले बताउनुभयो । आफुले निर्देशन गरेका चलचित्रहरु मध्ये लिलिबिलिपछि रिच क्यानभासमा तयार पारिएको आफ्नो दोस्रो चलचित्र वर एण्ड वधु रहेको चाम्सले पत्रकारहरुलाई जानकारी गराउनुभएको थियो । नवनायक कर्मचार्यले…
झापा, ६ भदौ । झापाको मेचीनगरमा नसर्ने रोग रोकथाम तथा व्यवस्थापन सम्बन्धित केएचडीसी स्वास्थ्य कार्यक्रमका लागि त्रिपक्षीय सम्झौता भएको छ । उक्त कार्यक्रमका लागि मेचीनगर नगरपालिका, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र केएचडीसी नेपाल बीच त्रिपक्षी सम्झौता भएको हो । सम्झौता पत्रमा नगरपालिकाका तर्फबाट नगरप्रमुख गोपाल चन्द्र बुढाथोकी, प्रतिष्ठानका तर्फबाट उपकुलपति डा. ज्ञानेन्द्र गिरी र केएचडीसी नेपालका तर्फबाट अध्यक्ष डा. राजेन्द्रप्रसाद पोखरेलले हस्ताक्षर गर्नुभएको छ । मेचीनगरभरिका ४० वर्ष भन्दा माथि उमेर समूह र नसर्ने रोगको जोखिम भएका नगरबासीको मृगौला, उच्च रक्तचाप, मधुमेह, मुटु तथा फोक्सो सम्बन्धी रोगहरुको जाँच तथा खोजपड्ताल गर्दै भविष्यमा हुन सक्ने स्वास्थ्य जोखिमतालाई न्यूनीकरण गर्नका लागि…
झापा, ६ भदौ । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध गराइने सुविधा थैलीअन्तर्गतका सेवाको परिमार्जित विवरण र दर कार्यान्वयन गरेको छ । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध गराइने सुविधा थैलीअन्तर्गतका सेवा सुविधा लागू गरिएको बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लले जानकारी दिनुभयो । बोर्डले परिमार्जन गरिएको सुविधा थैली गत साउन १ गतेदेखि लागू गर्ने भने पनि तयारी नपुगेको कारणले भदौदेखि लागू गरिएको हो । बोर्डले विज्ञहरुको सुझावअनुसार र बजारको अवस्थालाई हेरेर सुविधा थैलीको सेवा सुविधाको नयाँ दररेट कायम गरेको छ । नयाँ सुविधा थैलीमा स्वास्थ्य बीमाअन्तर्गत एक हजार दुई सय ९० प्रकारका औषधि छन् । अस्पताल टिकट रु ५० तोकिएको छ…
झापा, ६ भदौ । अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा बिर्तामोड युनाइटेड फुटबल क्लब झापा सेमिफाइनलमा पुगेको छ । लाखे जात्राको अवसरमा ताप्लेजुङमा भदौ ३ गतेदेखि सुरु भएको प्रतियोगिता अन्तरगत आज भएको अन्तिम क्वाटर फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३—० गोल अन्तरले पराजित गर्दै बिर्तामोड युनाइटेड फुटबल झापा सेमिफाइनलमा प्रवेश गरेको हो । योसँगै झापाले भदौ ८ गते हुने दोस्रो सेमिफाइनलमा सिराहाको सलहेश यूथ क्लबसँग फाइनलका लागि प्रतिस्पर्धा गर्ने छ । ताप्लेजुङ फुङलिङको भानुजन माविको खेल मैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा शुक्रवार हुने पहिलो सेमिफाइनलमा गृहटीम सङ्घर्ष स्पोर्टिङ क्लब र मोरङको सगरमाथा यूथ क्लब आमने सामने हुँदै छन्…
झापा, ७ भदौ । झापा र उदयपुरबाट लागुऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझ झापाको मेचीनगर नगरपालिका–६ मेचीपुल स्थितमा लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मोरङको उर्लाबारी नगरपालिका–२ का २४ वर्षीय खुमराज भण्डारीलाई ५ ग्राम ब्राउन सुगर र दमक नगरपालिका–११ का २४ वर्षीय निलजङ बस्नेतलाई २ ग्राम ४६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । यसैगरी, प्रहरी चौकी लालपत्ता उदयपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा स. ५ प ८०९९ नम्बरको मोटरसाइकल चालक त्रियुगा नगरपालिका– ८ का २६ वर्षीय दिनेश कटुवाल र सोही मोटरसाइकलमा पछाडि सवार २७ वर्षीय सन्देश कार्कीको साथबाट…
झापा, ६ भदौ । सुनसरी र उदयपुरको छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । हिजो दिउँसो फलाम लोड गरेर ल्याउँदै गरेको को. २ त ६३४९ नम्बरको ट्याक्टर उदयपुरको चौदण्डीगढी नगरपालिका–३ स्थितमा अनियन्त्रित भई पल्टिदा ट्याक्टर चालक इटहरी उपमहानगरपालिका–५ का ३० बर्षीय तिलकबहादुर राईको घटनास्थलमानै मृत्यु भएको थियो । दुर्घटनामा परी घाइते भएका सहचालक इटहरी–१५ का २२ वर्षीय सञ्जय ऋषिदेव र २२ वर्षीय प्रल्हाद ऋषिदेवको नगर अस्पताल बेल्टारमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । त्यसैगरी, सुनसरीको इनरुवा नगरपलिका–४ स्थितमा ना ३ ख १४५ नम्बरको ट्रकले को २२ प ४०८० नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा गम्भीर…
धरान, ६ भदौ । सुनसरीको धरान उप-महानगरपालिका–१३ साराङ्ग स्थितबाट ठुलो परिमाणमा ट्रकमा लोड गरेर ल्याउँदै गरेको गाँजा प्रहरीले बरामद गरेको छ । आज बिहान ९ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको को १ ख ४७३३ नम्बरको ट्रकलाई रोकेर चेकजाँच गर्दा ट्रकमा मुलाको बोरासँगै लोड गरिएको ४४ वटा सेतो बोरामा लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा १४ सय २० किलो लागुऔषध गाँजासहित मोरङको सुन्दर हरैचा नगरपलिका–७ गछियाका ३४ वर्षीय राजकुमार दाहाल र धनकुटाको सहिदभूमी गाउँपालिका–७ का ४१ वर्षीय भुपेन्द्र राईलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएको गाँजा, ट्रक र मानिसहरुको सम्बन्धमा इलाका प्रहरी…
इनरुवा, ६ भदौ । सुनसरी सदरमुकाम इनरुवा–४ बस चोकमा आज साँझ सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी भोक्राहा नरसिंह गाउँपालिका–२ का रमानन्द मेहताको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना३ख १४५ नम्बरको ट्रकले को२२प ४०८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार मेहताको घटनास्थलमै मृत्यु भएको हो । नोबेल अस्पतालमा उपचार गरी घर फर्कँदै गर्दा मेहता चढेको मोटरसाइकललाई ट्रेकले ठक्कर दिएको थियो । मेहताको शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ । ठक्कर दिने सवारी र चालक जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको छ ।