
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १९ भदौ । हरेक वर्ष दसैँका लागि नयाँ नोट बाँड्दै आएको नेपाल राष्ट्र बैङ्कले यस पटक सुकिला नोटले काम चलाउने भएको छ ।दसैँतिहारलक्षित नयाँ नोट सटही सुविधा प्रदान गर्दै आएको राष्ट्र बैङ्कले खर्चको व्यवस्थापन गर्न नयाँ नोटलाई बन्द गरेको हो । खर्चको व्यवस्थापन गर्न राष्ट्र बैङ्कले केही वर्षअघिदेखि नयाँ नोटको सट्टा सुकिला नोट दिने अभ्यासलाई अघि बढाउने योजना बनाए पनि अगाडि बढेको थिएन । राष्ट्र बैङ्कका सहायक प्रवक्ता डा। डिल्लीराम पोखरेलले पुराना सुकिला नोट सटही गरिदिने तर नयाँ नोट नदिने जानकारी दिनुभयो । यस पटक दसैँमा नयाँ नोट वितरण नहुने भन्दै पोखरेलले आवश्यक हुनेलाई बजारबाट फिर्ता आएकामध्येबाट सुकिला नोट…
झापा, १९ भदौ । अमेरिकाको टेक्सस राज्यको ह्युसटनमा २१ वर्षीय नेपाली विद्यार्थी मुना पाण्डेका हत्याका आरोपी बबि सिंह शाहलाई धरौटीमा छाड्न अदालतले अस्वीकार गरेको छ । शाहलाई मंगलबार ह्युस्टन अदालतमा पेस गरिएको थियो । स्थानीय पत्रिका क्लिकह्युस्टनका अनुसार अदालतका कागजातहरूमा हत्याका अभियुक्त ५१ वर्षीय शाह र २१ पाण्डेबीचको सम्बन्धबारे नयाँ विवरण पत्ता लागेको छ । अदालतको अभिलेख अनुसार एक वर्षअघि पाण्डेले काम गर्ने चमेना गृहमा शाह पटक–पटक आउने गरेको पत्रिकाले जनाएको छ । प्रारम्भिक बयानका क्रममा शाहका वकिलले आफ्ना ग्राहक शतप्रतिशत निर्दोष रहेको र आफूलाई निर्दोष साबित गर्न उत्साहित रहेको बताएका थिए । ुहामी कानुनको अदालतमा उनको निर्दोषता प्रमाणित गर्न…
बिर्तामोड, १९ भदौ । सर्वोच्च अदालतको फैसलापछि अर्जुनधारा –११ स्थित ‘नयाँ बसपार्क’को जग्गा किनबेच र सट्टा भर्नामा रोक लागेको छ । गिरीबन्धु टी–इस्टेट प्रालिको ३४३ विगाह जग्गा सट्टा भर्नाका विषयमा सर्बाेच्च अदालतले फैसलासहितको पूर्ण पाठ सार्वजनिक गरेको थियो । अदालतको फैसलापछि बसपार्क क्षेत्रको ५१ बिगाह सहितको जग्गा रोक्का भएसंगै स्थानीय आन्दोलित बनेका छन् । हाल बसपार्क भएको जग्गा गिरीबन्धु टी–इस्टेटको नाममा नरहेको र उक्त जग्गा नाज टी–इस्टेटको भएको दावी गर्दै त्यहाँका स्थानीय र झापाका जनप्रतिनिधि दलका शीर्ष नेता सहित प्रधानमन्त्रीको ध्यानाकर्षणका लागि काठमाडौं केन्द्रीत छन् । विगत तीन महिनादेखि समस्या समाधान र जग्गा फुकुवाको माग गर्दै स्थानीयले प्रधानमन्त्री केपी शर्मा…
झापा, १९ भदौ । वैदेशिक रोजगारीमा मलेसिया गएका एक नेपालीको हत्या भएको छ । मलेसियन प्रहरीका अनुसार सिराहाका रुपेश यादवको हत्या भएको हो । उनकै साथी मिलन गुरुङले सोमबार राति चक्कु प्रहार गरी रुपेशको हत्या गरेका हुन् । रुपेश सुपरमार्केटमा काम गर्दै आएका थिए । साथीको हत्या गरेपछि भागेका मिलनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापा, १९ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, मधेस, गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। आज राति कोशी, मधेस, बागमती, गण्डकी…
झापा, १८ भदौ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यु–२० च्याम्पियनसिपमा उपविजेता भएको राष्ट्रिय टोलीका खेलाडीलाई जनही ५० हजार रुपैयाँ पुरस्कार दिने भएको छ । अगस्ट १८ देखि २८ सम्म सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको प्रतियोगिताको फाइनलमा नेपाल बङ्गलादेशसँग ४–१ ले पराजित भएको थियो । एन्फाले खेलाडी र म्याच अफिसियल दुवैलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो । यस्तै, कुल टिकट बिक्रीको २० प्रतिशत खेलाडीलाई दिने निर्णय गरेको एन्फाले जनाएको छ । जसले कुल आम्दानीको २० प्रतिशत अर्थात् १५ हजार ४० रुपैयाँ थप खेलाडीले प्राप्त गर्नेछन् । प्रशिक्षक उर्जन श्रेष्ठले ५० हजार, सहायक प्रशिक्षक ससेन्द्र धिमाल र राजु…
झापा, १८ भदौ । झापाका महिला उद्यमीहरुले हरितालिका तीज पर्वको अवसर पारेर बिर्तामोडमा ‘तीज विषेश कार्यक्रम’ सम्पन्न गरेका छन् । बिर्तामोड उद्योग बाणिज्य संघ अन्तरगत रहेको महिला उद्यमी समूहले अतिथि सदनमा ‘तीज विशेष कार्यक्रम’ सम्पन्न गरेका हुन् । झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको प्रमुख आतिथ्य तथा महिला उद्यमी समूहकी अध्यक्ष राधिका चुडाल हुँमागाईको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रमको अवसर पारेर महिला अधिकारकर्मीसहित महिला उद्यमीलाई सम्मान गरिएको छ । अधिवक्ता लक्ष्मी खनाल कोइराला (नारी सम्मान) र महिला उद्यमी शर्मिला अधिकारी (युवा महिला प्रोत्साहन पुरस्कार) प्रदान गरिएको थियो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी बास्तोला, विशेष अतिथि बिर्तामोड…
शिवसताक्षी, १८ भदौ । झापाको शिवसताक्षीमा रहेको सतासी महिला मौरीपालन सहकारी संस्थाले १८ औं वार्षिक साधारण सभा भएको छ ।संस्थाले आज नौमति बाजासहित र्याली गर्दै वार्षिक साधारण सभा सम्पन्न गरेको हो । साधारण सभा उद्घाटन हुनु पुर्व निकालिएको र्यालीले दूधे बजार परिक्रममा गरेको थियो । शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले उद्घाटन गरेर सुरु गरिएको साधारण सभा संस्था सदस्यहरुले तीज मिलन कार्यक्रम गर्दै सम्पन्न गरिएको छ । साधारण सभामा संस्थाका अध्यक्ष धनमाया थापाले सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । उनले संस्थाको वर्तमान अवस्था र भावी योजनाको बारेमा जानकारी दिइन् । संस्था केही समयमा कोरोना र पछिल्लो समय देशैभरी आएको वित्तीय…
बिर्तामोड, १८ भदौ । झापाको अर्जुनधारा नगरपालिका–११ गिरीबन्धु टि–स्टेटस्थित मुख्य राजमार्गमा भएको सवारी दुर्घटनामा दुई जना घाइते भएको छन् । आज साँझ पूर्व–पश्चिम राजमार्गमा मुक्ति चोकबाट काँकरभिट्टातर्फ जादै गरेको मे १० प ३५४४ नम्बरको मोटरसाईकल र धुलाबारीबाट मुक्ति चोकतर्फ आउदै गरेको ना ५ ख ९१२२ नम्बरको ट्रक एक–आपसमा ठक्कीदा दुर्घटना भएको हो । दुर्घटनमा मोटरसाइकलमा सवार इलाम सुर्योदय नगरपालिका वडा नम्बर ५ का बर्ष २६ बर्षिय रुपेश बुढाथोकीको टाउको, दाहिने खुट्टामा चोट र सोही स्थानका २४ बर्षिय दिवाङकर राईको टाउको, दाहिने खुट्टामा चोट लागेर घाईते भएका छन् । उनीहरु दुवै जनाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भईरहेको छ । उनीहरुको अवस्था…
कनकाई, १८ भदौ । झापाको कनकाई बिहानी क्लबले जेष्ठ नागरिकलाई सम्मान गरेको छ । क्लवले तीन जना जेष्ठ नागरिकलाई सम्मान गरेको हो । सम्मान हुनेहरुमा कनकाई–१ का ९२ वर्षिय गुरुप्रसाद शिवाकोटी, ९० वर्षिय खड्गप्रसाद बारकोटी र क्लबका सल्लाकार समिति सदस्य समेत रहेका ८८ वर्षीय बलबहादुर भुजेल छन् । कुशे औंशीको अवसर पारेर सोमबार क्लबले उनीहरुलाई सम्मान गरेको छ । क्लबका अध्यक्ष लोकनाथ उप्रेती, सस्थापक अध्यक्ष मनोज बस्नेत, सल्लाहकार संयोजक अनिरुद्र ओली, सदस्य चुडामणि ढकाललगायत सम्पूर्ण क्लबका पदाधिकारी तथा सदस्यहरुको सहभागीता उनीहरुलाई सम्मान गरिएको थियो । उनीहरुलाई दोसल्ला, खदा, खाद्यन्न र फलफूलसहित प्रदान गर्दै सम्मान गरिएको थियो । सम्मानित जेष्ठ नागरिकहरु…