झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, १८ भदौ । नेपाली कांग्रेस झापाले नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको १११ औं जन्मजयन्ती समारोह गाउँ नगरस्तरमा मनाउने निर्णय गरेको छ । नेपाली कांग्रेस झापाका कार्यबाहक सभापति केशवराज पाण्डेको अध्यक्षतामा आज जिल्ला पार्टी कार्यालयमा आयोजित बैठकले झापाका १५ वटै गाउँ÷नगर समितिको आयोजनामा रचनात्मक कार्यक्रमका साथ १११ औं विपी जयन्ती मनाउने निर्णय गरेको हो । वीपीले प्रतिपादन गर्नुभएको प्रजातान्त्रिक समाजवादी दर्शनमाथि चर्चा–परिचर्चा, रक्तदान, वृक्षरोपण, प्रजातान्त्रिक अगुवाहरुको सम्मान, वक्तृत्वकला, हाजिरीजवाफ, विचार गोष्ठी, सरसफाई लगायतका विविध रचनात्मक गतिविधि गर्न गराउन पनि बैठकले आग्रह गरेको छ ।

Read More

झापा, १८ भदौ । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । धर्मदेवी नगरपालिका(८ बैरेनी टोल बस्ने ४७ वर्षीय हरि बहादुर श्रेष्ठलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । श्रेष्ठले ती बालिकालाई सोमबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी चौकी केवाबेशीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Read More

झापा, १८ भदौ । नेपाल प्रहरीका ५ सय ८७ प्रहरी निरीक्षक (इन्स्पेक्टर) को एकसाथ सरुवा गरिएको छ।  प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले भदौ १७ गते गरेको निर्णयअनुसार उनीहरूको सरुवा गरिएको हो । प्रहरी प्रभाग बूढानीलकण्ठमा सुरेश खत्री, जिल्ला ट्राफिक कार्यालय धादिङमा सुरज श्रेष्ठ र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा गायत्रीराज शर्मालाई सरुवा गरिएको छ । कपिलवस्तुस्थित वडा प्रहरी कार्यालय चन्द्रौटामा सुजन शाह, रुपन्देहीको इलाका प्रहरी कार्यालय मझगाउँमा सन्तोष बस्याल र सिराहा स्थित इलाका प्रहरी कार्यालय मिर्चैयामा सन्तोष कुमार बुढाथोकीलाई पठाइएको छ । शोभा पाण्डेयलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा सरुवा गरिएको छ । विशाल सापकोटालाई इलाका पहरी कार्यालय मनहरि मकवानपुर र बाङगेल लामालाई…

Read More

इलाम, १८ भदौ । जिल्लाको सन्दकपुर गाउँपालिकाका किसानले ग्राफ्टिङ गरेर नयाँ जातका किबी उत्पादन गर्न थालेका छन् । एकपटक रोपिएको बोटलाई ग्राफ्टिङ गरेर किसानले विभिन्न नयाँ जातका किबी उत्पादन गर्न सुरु गरेका हुन् । सन्दकपुरका किसान रुद्र खतिवडाले रातो (रेड) सँगै सुनौलो ९गोल्डेन० किबी फलाउन थालेको बताउनुभयो । “रेडसँगै अहिले गोल्डेन जातको उत्पादन सुरु भएको छ”, उहाँले भन्नुभयो, “यसलाई जिल्लास्थित कृषि विकास कार्यालयले पनि अहिलेसम्मकै अब्बल जातको किबी भनेको छ ।” “पहिला दसैँपछि मात्र टिप्न पाइन्थ्यो । केही वर्षअघिदेखि भने वर्षामा पनि खान पाइएको छ”, किसान ठाकुर खतिवडाले भन्नुभयो । नयाँ प्रविधिको प्रयोगगरी खेती गर्दा बेमौसममा पनि उत्पादन लिएर प्रशस्त…

Read More

झापा, १८ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी, मधेस, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका थोरै तथा बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना…

Read More

झापा, १७ भदौ । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउनमा रु एक अर्ब ८० करोड ८२ लाख ९९ हजार बराबरको माल वस्तु निर्यात गरेको छ । जुन गत आव २०८०­र८१ को सोही अवधिको तुलनामा ३३ दशमलव ९८ प्रतिशत अर्थात् रु ९३ करोड सात लाख ३५ हजारले घटेको हो । कार्यालयका सूचना अधिकारी गणपति कँडेलका अनुसार गत आवको साउन महिनामा रु दुई अर्ब ७३ करोड ९० लाख ३४ हजार बराबरको माल वस्तु निर्यात भएको थियो । यहाँबाट चिया, प्लाइउड, फलाम तथा फलामका सामग्री, अलैँची, अदुवा, अम्रिसो, भेनियर सीट, छुर्पी, मोलासिस, काउली, बन्दागोभी, ब्रोकाउली लगायतका माल वस्तु निर्यात हुने गरेका छन्…

Read More

झापा, १७ भदौ । झापाको हल्दिबारीमा ‘स्थानीय तह–प्रहरी–विद्यालय सम्पर्क कार्यक्रम पुस्तक–२०८०” पठनपाठनका लागि सम्झौता भएको छ । समुदाय–प्रहरी साझेदारी अन्तर्गत नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागले तयार गरेको उक्त पुस्तक विद्यालयको पाठ्यक्रममा समावेश गरी अनिवार्य रूपमा पठनपाठन गराउने उद्देश्यले त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको हो । गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसी, सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राई, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय झापाका उप अनुसन्धान निर्देशक कुलचन्द्र नेपाल, हल्दिबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र), पालिकाका ५…

Read More

कनकाई, १७ भदौ । कुशे औंसीको अवसरमा झापाको कनकाई नगरपालिका–८ मा कविता प्रतियोगिता आयोजना गरिएको छ । माउन्ट अन्नपू‌र्ण बाल क्लबको आयोजना कविता प्रतियोगिता भएको हो । उक्त प्रतियोगितामा निकिशा निरौला प्रथम, अङ्किता बस्नेत द्वितीय र सलिना उप्रेती तृतीय भएका छन् । बाल क्लबका अध्यक्ष जेनिश दाहाल र सचिव‌ प्रतीक्षा मैनालीद्वारा कुशे औंसीको अवसरमा कविता प्रतियोगिता आयोजना गरिएको उक्त कार्यक्रमको अध्यक्षता करुणा चौलागाईंले गरेकी थिइन् भने प्रमुख अतिथि हसिना अधिकारी रहेका थिए । प्रतियोगितामा बीपी पोख्रेल, लक्ष्मी खनाल र विनोद न्यौपाने निर्णयकको भूमिका निर्वाह गरेका थिए ।

Read More

बिर्तामोड, १७ भदौ । बिर्तामोडको शनिश्चरे रोडदेखि अतिथिसदन जाने सडकको स्तरोन्नति कार्य सुरु भएको छ । बिर्तामोड नगरपालिका र सडक वोर्डको संयुक्त लगानीमा सडक स्तरोन्नति (कालोपत्रे) सुरु गरीएको हो । अतिथिसदन अदुवा खोला पुलसम्मको ३ सय ३० मिटरसंगै वानस्टप महलदेखि अतिथि सदन रोडसम्म २ सय १० मिटर र शनिस्चरे रोड मण्डला होटलदेखि कृष्ण हलसम्मको १ सय ३९ मिटर सडकपनि संगसंगै स्तरोन्नति (कालोपत्रे) गरीने बिर्तामोड नगरपालिकाले जनाएको छ । ६ सय ७९ मिटर कालो पत्रे हुने सडकको विभिन्न स्थानमा ६ देखि ९ मिटरसम्म चौडाई छ । कालोपत्रे निर्माणको ठेक्का उदयपुरको कौशल्या बिल्डर्सले पाएको छ । सडक स्तरोन्नतिका लागि २०८१ जेठ २१…

Read More

शिवसताक्षी, १७ भदौ । झापाको शिवसताक्षीमा कञ्चनजंघा बहुुद्देश्यीय सहकारी संस्थाले २४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कञ्चजंघाले शिवसताक्षी–८ डुडाँमारीमा इकाईगत साधारण सभा सम्पन्न गरेको हो । झापाको दमक मुख्य कार्यालय रहेको सहकारीले झापा र इलाम कार्य क्षेत्र बनाई मा ७ ओटा सेवा केन्द्र विस्तार गरिसकेको छ । साधारण सभामा संस्थाका अध्यक्ष मणिकुमार भण्डारीले सञ्चालक समितिको प्रतिवेदन बाचन गर्र्दै आ.व. २०८०÷०८१ संस्थाले ८४ लाख २९ हजार ६५० खुद नाफा कमाएको बताए । कार्यक्रममा शिवसताक्षी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष सन्त फेउदिनले वि.स. २०१० सालबाट सहकारी विभाग हुँदै २०१३ सालमा सहकारी संस्थाको रुपमा सञ्चालन भई हाल सम्ममा सहकारीले…

Read More