
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
मेचीनगर, २ भदौ । झापाको मेचीनगरबाट प्रहरीले अवैध सामान बरामद गरेको छ। शनिबार राति इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले १ लाख ६३ हजार बराबरको अवैध सामान बरामद गरेको हो। प्रहरीले मेचीनगर नगरपालिका वडा नं. ६ गैरीगाँउ स्थित हुँदै नेपालबाट भारततर्फ अबैध रुपमा भन्सार छली लुकाई छिपाई लैजादैं गरेको १५० केजी लसुन र मेचीनगर-६ स्थित बसपार्क हुदैं भारतदेखी नेपालतर्फ ल्याउदै गरेको ७८१ प्याकेट पापर र झुल १०८ पिस गरी करीब १ लाख ६३ हजार ३१० रुपैयाँ बरावरको सामानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी भइरहेको जनाइएको छ।
भद्रपुर, २ भदौ । मारवाडी महिला मञ्च भद्रपुरले रक्षा बन्धन मनाएको छ । भोलि भदौ ३ गते परेको रक्षाबन्धन (राखी) को अवसरमा मञ्चले शनिबार भद्रपुर–८ स्थित सशस्त्र प्रहरी बल गण नम्बर २ झापामा पुगेर प्रहरी कर्मचारीलाई राखी बाँधेर पर्व मनाएको हो । मञ्चकी अध्यक्ष निलम गोयलको अध्यक्षता तथा नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उनीहरुले सशस्त्र प्रहरीका एसपी कविन्द्र राई, नगर प्रमुख पोखरेल, वडा अध्यक्ष मनोज सुब्बा, सशस्त्रका डिएसपी सुमन पोखरेल लगायतलार्इ राखी बाँधेका थिए । मञ्चकी सचिव रिता सरावगीले सञ्चालन गरेको कार्यक्रममा विभिन्न सांस्कृतिक नृत्य समेत प्रस्तुत गरिएको थियो । मञ्चले प्रत्येक वर्ष विभिन्न क्षेत्रमा पुगेर रक्षाबन्धन…
झापा, २ भदौ । झापाको बिर्तामोडसहित देशका विभिन्न स्थानमा ८ जना मृत फेला परेको प्रहरीले जानकारी दिएको छ । झापाको बिर्तामोड–५ सूर्यदय टोल सुक्कुमबासी लाइन बस्ने ५५ वर्षीय राई माइला भनी चिनिने पुरुष आफ्नै घरभित्र शनिबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै, कैलाली टीकापुर–२ मिलन चोकस्थित बिष्टपाटी कुलोमा सोही नगरपालिका बिजयनगर बस्ने ३५ वर्षीया बालकुमारी चौधरी, गोरखा सिरानचोक गाउँपालिका–७ साढीमुरेस्थित कच्ची सडकमा सोही ठाउँ बस्ने ४३ वर्षीय पदमराज ढकाल, सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–१२ सिपाघाटस्थित इन्द्रावती खोलामा मेलम्ची नगरपालिका–८ किउरेनी बस्ने ५० वर्षीय काइँला तामाङ, सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–३ दावीस्थित भोटेकोशी नदीको किनारमा सोही गाउँपालिका–३ जात्राथली बस्ने ५५ वर्षीय मानबहादुर बस्नेत मृत…
भद्रपुर, २ भदौ । भद्रपुर–६ स्थित देवकोटा स्मृति भवनको प्राङ्गणमा नवनिर्मित खुला व्यायामशालामा भ्रष्टाचार भएको उजुरी उपर छानबिन शुरु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले साउन ३० गते स्थलगत अनुगमन गरेको छ । स्थानीयबासीले निर्माण कमसल भएको भन्दै अख्तियारमा उजुरी गरेपछि आयोगको टोलीले आकस्मिक अनुगमन गरेको हो । टोलीले निर्माण कार्यबारे स्थानीयबासी र सरोकारवालाहरुसँग सोधपुछ गरी मुचुल्का उठाएर लगेको रोहवरमा उपस्थित वडा नं. ६ का वडाध्यक्ष रतिया राजवंशीले बताए । भद्रपुर नगरपालिकाले गत आर्थिक वर्ष २०८०/२०८१ मा देवकोटा भवनको प्राङ्गणमा रहेको खाली जग्गामा खुला व्यायामशाला निर्माणका लागि १० लाख रुपैयाँ बजेट छुट्याएको थियो ।देवकोटा स्मृति भवनकै कार्यसमितिले नगरपालिकाका इन्जिनियरको प्राविधिक रेखदेख र निदेर्शनमा…
झापा, २ भदौ । वैदेशिक रोजगारीका लागि छ वर्षअघि ओमान गएकी मेचीनगर नगरपालिका–१० की ४५ वर्षीया बिनादेवी कवर डेढ वर्षदेखि त्यहीको एक अस्पतालमा अचेत अवस्थामा छिन् । राजधानी मस्कटबाट एक हजार किलोमिटर टाढा सलाहस्थित सुल्तान काबुस अस्पतालमा उनी डेढ वर्षदेखि अचेत अवस्थामा रहेको छोरा सञ्जय कवरले बताए । “आमा ओमानको अस्पतालमा बेहोस अवस्थामा हुनुहुन्छ भनेर खबर पाएका छौँ”, छोरा सञ्जय कवरले भने, “नेपाल ल्याउन रु १३ लाख खर्च लाग्छ रे । हामीले त्यत्रो पैसा कहाँबाट जुटाउनु रु” उनले आमालाई नेपाल ल्याउन सहयोगका लागि अपिल गरेका छन् । विपन्न परिवारकी विनादेवी कवर २०७५ सालमा भारतको बाटो भएर घरेलु कामदारका लागि ओमान…
भद्रपुर, २ भदौ । भद्रपुर ६ स्थित मोरान मेमोरियल स्कुलले सामाजिक उत्तरदायित्व अन्र्तगत सञ्चालन गरेको निशुल्क स्वास्थ्य शिविरमा ३१४ जनाले सेवा लिएका छन् । भद्रपुर, हल्दिवारी तथा कचनकवलका सिमान्तकृत विपन्न नागरिकका लागि लक्षित गरेर सञ्चालन गरेको स्वास्थ्य शिविरमा बाल रोग, फिजिसियन, आँखा, नाक, कान, घाँटी र दन्त रोगको उपचार सेवा निशुल्क प्रदान गरिएको हो । नेपाल डटर्स अफ दि क्रस भद्रपुर–६ को तत्वाधानमा नेपाल जेसुईट संस्थाको प्रायोजन र ओम साई पाथिभरा अस्पताल भद्रपुर एवं मेची नेत्रालय काकरभिट्टाको प्राविधिक सहयोगमा मोरेन मेमोरियल स्कुल भद्रपुर–६ को परिसरमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको समन्वयकर्ता गोविन्द कोइरालाले जानकारी दिए । उनका अनुसार…
भद्रपुर, २ भदौ । झापाको भद्रपुर–७ स्थित भृकुटी दुःखी टोल विकास संस्थाको अध्यक्षमा खेमराज दाहाल निर्विरोध निर्वाचित भएका छन् । नवदुर्गा मन्दिरको सभाहलमा सम्पन्न भेलाले उपाध्यक्ष भक्तबहादुर थापा, सचिव देवीमाया पेखरेल नेपाल, सह–सचिव सेकेन्द्र राजवंशी र कोषाध्यक्षमा प्रमिला भट्टराईलाई निर्विरोध चयन गरेको हो । यस्तै, सदस्यहरूमा क्रमशः अम्बिका आचार्य, रेखा पौडेल, केशव कोईराला, तेजराज तिम्सिना र मनोनित सदस्य लिला भट्टराईलाई निर्विरोध निर्वाचित गरिएको छ । टोल विकास संस्थाका निर्वतमान अध्यक्ष टंकप्रसाद ओलीको अध्यक्षता तथा भद्रपुर ७ का वडाध्यक्ष अभिषेक ढुंगानाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको थियो ।
झापा, १ भदौ । भारत सिलिगुडीको खेलकुद सामग्री उत्पादन कम्पनी सिल्को ग्रुप अफ कम्पनीले दुईजना अन्तर्राष्ट्रिय फुटबल खेलाडीलाई सम्मान गरेको छ । आज झापाको भद्रपुरमा आयोजित कार्यक्रमका बीच सिल्कोले भद्रपुर झापा गोल्डकपको समन्वयमा फुटबलर रेजिन सुब्बा र रोहित सुब्बालाई सम्मान गरेको हो । रेजिन सन् २०१९ मा १३ औँ साफ च्याम्पियनसिप, सहिद स्मारक ए डिभिजन लिग, सन् २०१८ मा भुटानमा भएको यु–१८ साफ च्याम्पियनसिपका स्वर्णधारी खेलाडी हुन् । त्यस्तै, रोहित यु–१५ र यु–२० साफ च्याम्पियसिपका टोली सदस्य हुन् । त्यस्तै, भद्रपुर झापा गोल्डकपका महिला फुटबल खेलाडी तथा प्रशिक्षकलाई एकसेट जर्सी र फुटबल प्रदान गरिएको थियो । यसैबीच, सिल्को ग्रुप अफ…
झापा, १ भदौ । क्यानडाको ओटावास्थित नेपाली राजदूतावासले नेपालबाट अध्ययनका लागि क्यानडा जाने विद्यार्थी र अभिभावकका लागि सात बुँदे जानकारी प्रस्तुत गरेको छ । दूतावासले विज्ञप्ति जारी गर्दै क्यानडाको नयाँ नीतिनियम तथा त्यहाँ रहँदा नेपाली विद्यार्थीहरूले पालना गर्नुपर्ने विभिन्न नियमहरूबारे पनि जानकारी गराएको हो । निकट भविष्यमै नयाँ शैक्षिक सत्रको सुरुवात हुन लागेकोले अध्ययनका लागि जान चाहेको कलेज, विश्वविद्यालयहरूको राम्रो अनुसन्धान गरेर मात्रै आवश्यक प्रक्रिया चाल्न आग्रह गरिएको छ । दूतावासको ७ बुँदे सुझाव१. विद्यार्थीहरूका लागि यस दूतावासबाट यस अघि२०८१ वैशाख १७ मा जारी गरिएको जानकारी मूलक सूचना राम्ररी अध्ययन गरी क्यानडा आउने तयारी गर्न उचित हुन्छ। उक्त सूचना नेपाली…
झापा, १ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको उत्तरतर्फ तथा पश्चिम तर्फ सरदर स्थानको आसपास रहेको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ भने बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूर पश्चिम प्रदेशका एक वा दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको । आज दिउँसो देशभर साधरणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज राति देशभर आंशिक देखि साधरणतया बदली रहने छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको…