
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २४ भदौ । झापामा डेंगुबाट गत साउनदेखि हालसम्म दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका डेंगु फोकल पर्सन वीरेन्द्र दासका अनुसार झापामा डेंगुबाट मृत्यु हुनेमा हल्दिबारी–३ की ४२ वर्षीया विमला दाहाल पौडेल र विर्तामोड–४ का आठ वर्षीय आलोकजङ्ग बस्नेत रहेका छन् । झापामा साउन १ गतेयता सङ्क्रमितको सङ्ख्या एक सय २८ पुगिसकेको छ । झापामा साउन १ गतेयता सबैभन्दा धेरै विर्तामोडमा ८१ जनामा डेंगुको सङ्क्रमण भेटिएको छ । त्यसपछि दमकमा २२ जनामा सङ्क्रमण पुष्टि भयो भने हल्दिबारीमा सातजना र भद्रपुरमा पाँच जनामा डेंगुको सङ्क्रमण भेटिएको छ । कोशी प्रदेशमा भने एक हजार ६५ जना सङ्क्रमित भएका छन् ।…
झापा, २३ भदौ । पत्रकारिता छोडेर राजनीतिमा आएका बुद्धशान्ति गाउँपालिका–१ का वडाध्यक्ष अनिल वाग्ले आफ्नो कार्यकाल सफल बनाउन लागि परेका छन् । आफूलाई नागरिकको सेवक ठान्ने वडाध्यक्ष वाग्ले आफ्नो मुख्य लक्ष्य दीर्घकालीन योजना कार्यान्वयन गराउनु रहेको बताउँछन् । कार्यकाल सकिए पनि आफ्नो पालामा के–के काम भए भन्ने पछिसम्म देखिनुपर्छ भन्दै उनले आफू दीर्घकालीन योजनामा केन्द्रित भएको बताए । वडा नम्बर–१ मा देखिने किसिमका तथा दीर्घकालीन कामहरु प्रशस्तै भएको स्थानीय बताउँछन् । वडाले बजेट विनियोजन तथा बजेट माग गर्दा दिगो विकास लक्ष्यलाई पछ्याउँदै माग गर्ने गरिएको र धेरै कामहरु भएको उनको भनाइ छ । तटबन्धन, झोलुङ्गे पुल, सडक कालोपत्रे, शिक्षा, स्वास्थ्य,…
झापा, २३ भदौ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले ‘बैङ्किङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक, २०८०’ माथि परेका संशोधन प्रस्ताव र दफावार छलफलपछि चेक अनादर (चेक बाउन्स) सम्बन्धी मुद्दामा तीन महिनादेखि दुई वर्षसम्मको कैद सजाय हुने व्यवस्था विधेयकमा राखेको छ । अर्थ समितिको आजको छलफलका क्रममा समितिका सभापति सन्तोष चालिसेले चेक बाउन्सका मुद्दामा रु १५ लाखसम्मको बिगो भए एक महिना कैद, रु १५ लाखदेखि रु ५० लाखसम्मको बिगो भए एक महिनादेखि तीन महिनासम्म कैद, रु ५० लाखदेखि रु एक करोडसम्म बिगो भएमा तीन महिनादेखि एक वर्षसम्म कैद र रु एक करोडभन्दा माथिको बिगो भए दुई वर्षसम्म…
झापा, २३ भदौ । पर्साको मसिहानीस्थित सिर्सिया खोलामा डुबेर आज अपराह्न दुई बालकको मृत्यु भएको छ । पर्साको जगरनाथपुर गाउँपालिका–५ मसिहानीस्थित सिर्सिया खोलामा ऋषिपञ्चमीको अवसरमा नुहाउन गएका स्थानीय रञ्जिता देवी पटेल र गान्धी देवी ठाकुरको साथमा गएका रञ्जिताका ८ वर्षीय छोरा अभिषेक पटेल र गान्धीको १० वर्षीय छोरा गुल्सन ठाकुरको खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीयले खोलामा डुबेर मृत्यु भएका दुवै बालकहरूको शव ३ः४० बजे खोलाबाट निकालेको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक राजन ढकालले बताउनुभयो । भारतको बिहार बन्कटवा घर भएकी रञ्जिता देवी पटेलले छोरा अभिषेक पटेल लिएर तिज मनाउन माइत आएकी थिइन । भारत विहार…
बिर्तामोड, २३ भदौ । नेपालीको महान पर्व दशैं–तिहारलाई लक्षित गरेर झापाको बिर्तामोडमा एक महिने दशैं–तिहार महोत्सव तथा जुत्ता मेला आयोजना हुने भएको छ । ‘नेपाली उत्पादनको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुख्य नारासहित आगामी भदौं २५ गतेदेखि असोज २४ गतेसम्म बिर्तामोडस्थित सिटी सेन्टरमा मेला आयोजना गर्न लागिएको हो । आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी सिटी सेन्टर बिर्तामोडको आयोजना तथा बिर्तामोड नेपाली जुत्ता घरको सह–आयोजनामा जुत्ता मेला आयोजना बारे जानकारी दिइएको छ । बडा दशैंलाई लक्षित गरेर महोत्सवको आयोजना गरिएको आयोजक संस्थाका दिपेन्द्र राउतले जानकारी दिनुभयो । स्वदेशमा उत्पादित जुत्ता चप्पल आम उपभोक्तामाझ पुर्याई स्वदेशी वस्तु नै प्रयोग गर्ने भावनाको विकास गराउनु…
भद्रपुर, २३ भदौ । झापाको मेचीनगर नगरपालिका–६ स्थित भन्सार प्रवेशद्वार पछाडिबाट अवैध सामानसहित तीन वटा भारतीय कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार साँझ भारतबाट नेपालतर्फ आउँदै गरेको भारतीय नम्बरको कार डब्लूबी७४एन६८७८, डब्लूबी७४पी७७९९ र डब्लूबी७४एन बाट करिब रू तीन लाख ९९ हजार एक सय बराबरको अवैध सामान बरामद भएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । चेकजाँच गर्दा उक्त कारहरुबाट भन्सार छलेर अवैध रुपमा नेपाल ल्याउँदै गरेको पुरुष टाउजर एक सय १० पिस, लेडिज टाउजर ४२ पिस, रुमाल एक हजार दुई सय ५० पिस, लेडिज सर्ट २२ पिस, कुर्था ३२ पिस, भेष्ट…
झापा, २३ भदौ । झापाको दमकमा गौहत्यामा संलग्न तीन भुटानी शरणार्थीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले दमक–२ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविर क्याम्प नं. २ छाप्रो नम्बर ३३२ का ४४ वर्षीय प्रेमबहादुर बिष्ट, दमक–३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविर क्याम्प नं. ३ छाप्रो नम्बर ए३–२०८ का ३८ वर्षीय खगेन्द्र दुलाल, सोही शिविरका छाप्रो नं. ए२–१२० का ३२ वर्षीय विधान थापा र दमक–४ की ४५ वर्षीया गीता श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । गत शुक्रबार पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको हो । उनीहरुले भदौ १८ गते राति दमक–२ का…
कनकाई, २३ भदौ । झापाको दमकमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारणसभा अन्तरगत इकाइगत साधारणसभा सुरु भएको छ । संस्थाको इकाइ १ अन्तर्गत सुरुङ्गामा १५ औं साधारणसभा भएको हो । संस्थाका अध्यक्ष बुद्धिसागर बरालले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।संस्थाका अध्यक्ष बरालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि वडा नं. ३ का कार्यवाहक वडाध्यक्ष कृष्णमाया भुजेल, अतिथि कनकाई नगरपालिकाका सहकारी शाखा प्रमुख हरिप्रसाद पौडेल, दोमुखा बहुउद्देश्यीय सहकारी संस्थाका सचिव खगेन्द्रप्रसाद खनाल, कनकाई उद्योग वाणिज संघका कोषाध्यक्ष राजकुमार शाह, कनकाई–३ का पूर्व वडाध्यक्ष रुद्रप्रसाद चिमरिया लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियोे । संस्थाको चार वटा सेवा…
झापा, २३ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। आज देशभरको मौसम आंशिकदेखि साधारणतया बदली छ। गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा अहिले हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने…
झापा, २३ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रान्तिका हर्कतहरु भइरहेको उल्लेख गर्दै यसविरुद्ध फेरि एउटा सङ्घर्ष आवश्यक भएको बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित सहिदद्वय सुरेश वाग्ले ‘वासु’ र भीमसेन पोख्रेल ‘वैरागी’को २५ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै उनले जनताको बलिदान र अधिकारविरुद्ध भइरहेको प्रतिक्रान्तिका प्रयासका विरुद्ध सङ्घर्ष गर्नुपर्ने स्थिति आएको बताए । क्रान्तिका उपलब्धिलाई उल्ट्याउन निकै कसर भइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अहिले क्रान्तिकै बलमा स्थापित व्यवस्थाको उपभोग गरेकाहरूले नै बढी क्रान्ति र क्रान्तिकारी आन्दोलनको अपमान गर्ने प्रयास गरिरहेको बताए । अध्यक्ष प्रचण्डले भने– ‘हामीले जनयुद्धमा हुँदा र १२ बुँदे समझदारी गर्दा नै…