झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर, २४ भदौ । नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले विश्वेश्वरप्रसाद कोइराला (वीपी)ले २००७ सालमा देख्नुभएको जनचाहना अनुरुपको संविधानको सपना पूरा हुने क्रममा रहेको बताउनुभएको छ । कांग्रेस झापा क्षेत्र नं. ३ क्षेत्रीय समितिले आज १११ औं वीपी जयन्तीको अवसरमा आयोजना गरेको क्षेत्रीय भेला तथा सम्मान कार्यक्रममा मन्तव्य राख्नुहुँदै नेता सिटौलाले २००७ सालमा वीपीले पहिलो पटक संविधानको विचार उठान गर्नुभएको बताउनुभयो । “जनताको साझा संविधानको विषय वीपीले पहिला कुरा उठाउनुभएको थियो”, नेता सिटौलाले भन्नुभयो, “त्यो सपना साकार भएको छ, यो एउटा ठूलो उपलब्धि हो, कांग्रेसका लागि गर्वको विषय हो ।” तथापि, नयाँ संविधान निर्माणमा सबै दलको उत्तिकै महत्वपूर्ण समेत रहेको उहाँले…

Read More

बिर्तामोड, २४ भदौ । मेची ट्रान्सपोर्ट एशोसिएशन झापाको अध्यक्षमा मोहन कुमार ढकाल सर्वसम्मत हुनु भएको छ । आज बिर्तामोडमा सम्पन्न संस्थाको १६ औँ वार्षिक साधारण सभा तथा पाचौँ अधिवेशनबाट ढकाल सर्वसम्मत हुनु भएको हो । अधिवेशनले संस्थाको १५ सदस्यीय कार्य समितिनै सर्वसम्मत गरेको छ। नव निर्मित समितिको उपाध्यक्षमा पदम बहादुर तामाङ, महासचिवमा श्याम प्रसाई, सचिबमा पदम श्रेष्ठ, सह(सचिवमा भुवन आचार्य, कोषाध्यक्षमा निर्मलराज खत्री र सहकोषाध्यक्षमा महेश हमाल सर्वसम्मत हुनु भएको छ । यस्तै समितिको सदस्यहरुमा हेमराज अधिकारी, सोम प्रसाद आचार्य, निर्मलकुमार श्रेष्ठ, प्रेमप्रसाद लम्साल, डिल्ली चोङ्बाङ, विवेककुमार गुप्ता, नविन दंगाल, रुपक थापा रहनु भएको छ । ढुवानी व्यवसायी महासंघका केन्द्रिय…

Read More

बिर्तामोड, २४ भदौ । बिर्तामोडको भद्रपुर सडक खण्डमा वृक्षारोपण गरिएको छ । बिर्तामोड नगरपालिकाको आयोजनामा आज ९सोमबार० सडकको दुवै तर्फ फूलका विरुवा रोपिएको हो । बिर्तामोडलाई हरित नगर बनाउने उदेश्यकासाथ आयोजना गरिएको वृक्षारोपण कार्यक्रममा ४ सय फुलका विरुवा तारजालीसहित व्यवस्थित तवरले रोपिएको छ। बिर्तामोड नगरपालिका र वडाहरुको सक्रियतामा यस अघि पनि भद्रपुर रोड, बिर्ताबजार लगायत आसपासका क्षेत्रमा वृक्षारोपण गरीएको थियो । सडकको बिच भागमा रहेको डिभाइडर लगायत कतिपय स्थानमा रोपेका फूलका विरुवाहरु भने हुर्कीसकेका छन् । नगर प्रमुख पवित्रा महतारा प्रसाईले आ(आफ्नो टोल, क्षेत्रमा विरुवा रोप्न सबैलाई आग्रह गर्नु भयो । उहाँले शहरी सौन्दर्यताका साथै वातावरण सन्तुलन कायम राख्नको लागि…

Read More

झापा, २४ भदौ । झापाको झापा गाउँपालिकाबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित एक युवालाई पक्राउ गरेको छ । आइतबार साँझ झापा–४ स्थितमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले शिवसताक्षी नगरपालिका–१ धरमपुरका पाण्डे भन्ने २१ वर्षीय थरेन्द्र गुरुङ्गलाई पक्राउ गरेको हो । प्र १–०१–०१७ प १७९८ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा शंका लागेर चेकजाँच गर्दा उनको साथबाट ब्राउनसुगर प्लाष्टिकसहित ३ ग्राम ६३ मिलीग्राम (प्लाष्टिक बाहेक २ ग्राम ५९ मिलीग्राम) फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

झापा, २४ भदौ । नेपाली कांग्रेसका संस्थापक नेता महामानव विश्वेश्वरप्रसाद कोइरालाको १११ औं जन्मजयन्ती विविध कार्यक्रमका साथ झापामा मनाइएको छ । नेपाली कांग्रेस गाउँ÷नगर समितिको आयोजनामा पालिका तहमा विपी जयन्ती मनाइएको छ । साहित्य गोष्ठी, विचार गोष्ठी, बृक्षरोपण, अग्रज ब्यक्तित्व एवम् जेष्ठ नागरिक सम्मान, एवं सामाजिक सेवामूलक कार्यक्रम गरी विपी जयन्ती मनाइएको हो । नेपाली कांग्रेस भद्रपुर नगर समितिको आयोजनामा झापाको भद्रपुर–१० स्थित वीपीको पूर्णकदको शालिकमा माल्यार्पण गरिएको छ । पार्टीका केन्द्रीय सदस्य गोमा भट्टराई, कार्यबाहक जिल्ला सभापति केशवराज पाण्डे, नेपाल महिला संघ झापा अध्यक्ष टिका सिटौला मैनाली लगायत नेता–कार्यकर्ताहरुको टोलीले शालिकमा माल्र्यार्पण एवं विचार गोष्ठी सम्पन्न भएको हो ।…

Read More

द्रोण अधिकारीभद्रपुर, २४ भदौ । भद्रपुरको कृषि उपजको उन्नतिमा एउटा इटा बन्न सक्ने कोल्ड स्टोरेज (भद्रपुर शीतभण्डार) निर्माण थालिएको १४ वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । कुशल नेतृत्वको अभाव झेलिरहेको भद्रपुर नगरमा भौतिक उन्नतिका लागि अब्बल संरचनाको काम गर्न सक्ने शीतभण्डार निर्माण पूरा हुन नसकेको हो । नेपालस्थित भारतीय दूतावासमार्फत झापाको पहिलो नगर भद्रपुरमा कोल्ड स्टोरेज बनाउनका लागि २०६७ सालमा बजेट निकासा गरी १५ महिनामा सम्पन्न गर्ने गरी काम सुरू भएको थियो । भारतीय दूतावासले अनुदान स्वरूप वजेट निकासा गरेपछि नगरपालिकाले टेण्डर आव्हान गर्दै ठेक्का प्रक्रियामार्फत कोल्ड स्टोरेज निर्माण कार्य सुरु गरेको पनि डेढ दशक लागिसकेको छ ।…

Read More

विराटनगर, २४ भदौ । माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) मोरङको १६ औं जिल्ला सम्मेलनबाट सरोज राई अध्यक्षमा निर्वाचित भएका छन् । मोरङको सुन्दरहरैंचामा भदौ १९ गते उद्घाटन भएको सम्मेलनबाट राई अध्यक्षमा चयन भएका हुन् । राईले ८१ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धि शशी यादवले ५३ मत पाए । यस्तै उपाध्यक्ष पदमा दिपेश परियार, पुष्कर भट्टराई र आयुद अछामी निर्वाचित भएका छन् भने सचिवमा सतिश कार्की सर्वसम्मत चयन भएका छन् । उपाध्यक्ष पदका प्रत्याशी अनिल अधिकारी र रोशन यादव भने पराजित बने । यस्तै सहसचिव पदमा अनिश कार्की र अनिष पौडेल निर्वाचित भएका छन् । उक्त पदमा प्रतिस्पर्धामा रहेका दिपेन्द्र राई,…

Read More

भोजपुर, २४ भदौ । भोजपुरको अरुण गाउँपालिका–७ सिक्रेटारका स्थानीयवासीले श्रमदान गरेर सडक मर्मत गरेका छन् । वर्षात्का कारण सडक हिलाम्मे भएर आवतजावतमा समस्या भएपछि उनीहरूले श्रमदानमार्फत सडक मर्मत गरेका हुन् । वडा कार्यालयको अगुवाइमा भइरहेको यो अभियानमा गाउँले भेला भएर यहाँका विकास निर्माणका क्षेत्रमा काम गरिरहेका छन् । सडक अवरुद्ध भएपछि स्थानीयवासीको सक्रियतामा श्रमदान गरेर बाटो मर्मत गर्ने, हिलो भएको स्थानमा ढुङ्गा बिछ्याउने, सडकको नाली कटाउनेलगायत काम गरिएको वडासचिव अशोक अधिकारीले जानकारी दिनुभयो । वडा कार्यालयको अनुरोध तथा स्थानीयवासीको सक्रियतामा सिक्रेटार बजारबाट लुङछुङसम्मको बाटो मर्मत गरिएको अरुण गाउँपालिका–७ सिक्रेटारका वडाध्यक्ष कुमार थापाले बताउनुभयो । श्रमदानमार्फत विभिन्न सडक मर्मतसँगै सरसफाइको काम…

Read More

झापा, २४ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। भोलि मंगलबार पनि देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन…

Read More

झापा, २४ भदौ । नेपालको राजनीति र साहित्यमा महत्त्वपूर्ण योगदान दिएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १११औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशमशेरलाई ‘पार्सल’ गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो । जहानियाँ राणा शासनको अन्त्य गर्न विसं २००३ मा बीपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भयो । प्रजातन्त्र स्थापना नै मुख्य लक्ष्य लिएर सुवर्ण शमशेरको नेतृत्वमा २००६ सालमा स्थापना भएको नेपाल प्रजातन्त्र…

Read More