झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १२ भदौ । तनहुँमा ६ वटा गाडी एकपछि अर्को गर्दै ठोक्किएको छ । बन्दिपुर गाउँपालिका–१ रिमाल्नीस्थित पृथ्बीराजमार्ग सडक खण्डमा आज दिउँसो यात्रुबाहक बसको ब्रेक फेल हुँदा भएको उक्त दुर्घटनामा चार जना घाइते भएका छन् । दमौलीतर्फबाट डुम्रेतर्फ जाँदै गरेको ना ५ ख २०३४ नम्बरको बसको ब्रेक फेल हुँदा सो बस सुरुमा सोही दिशातर्फ जाँदै गरेको ग३ख १३९० नम्बरको ट्रकमा ठोक्किएको थियो । ट्रकमा ठोक्किएपछि अनियन्त्रित भएको बसले फेरि सोही दिशामा जाँदै गरेको ग३च ८३९० नम्बरको बलेरोलाई ठक्कर दियो भने उक्त बलेरो गाडी फेरि सोही दिशामा जाँदै गरेको ग१ख ९५६१ नम्बरको बसमा ठोक्किएको हो । यस्तै उक्त बसले फेरि ना१च…

Read More

झापा, १२ भदौ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिपको उपाधि रक्षा गर्न नेपाल चुकेको छ । घरेलु टोली नेपाललाई ४–१ ले पराजित गर्दै बङ्गलादेशले च्याम्पियनसिपको उपाधि जितेको छ । सातदोबाटोस्थित एन्फा मैदानमा आज भएको फाइनलमा खेलमा नेपाललाई ४–१ गोलले पराजित गर्दै बङ्गलादेशले उपाधि जितेको हो । उमेर समूहको प्रतियोगितामा बङ्गलादेशले जितेको यो पहिलो उपाधि हो । सन् २०१५ र २०१७ मा उपाधि जितेको नेपाल भने तेस्रोपटक उपाधि जित्न चुकेको छ । प्रतियोगितामा नेपाल, बङ्गलादेश, भारत, भुटान, श्रीलङ्का र माल्दिभ्सको सहभागिता थियो ।

Read More

झापा, १२ भदौ । महिला राष्ट्रिय लिग प्रतियोगितामा भाग लिने कोशी प्रदेशका महिला खेलाडीलाई आज बिदाइ तथा शुभकामना दिइएको छ । मुख्यमन्त्री कार्यालयमा आए एक कार्यक्रमका बीच प्रदेश खेलकुद विकास बोर्डद्वारा यही भदौ १६ गतेदेखि काडमाडौंमा हुने महिला राष्ट्रिय लिग प्रतियोगितामा भाग लिने कोशी प्रदेशका महिला खेलाडीलाई बिदाइ गरिएको हो । कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले खेलकुदको विकासमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । मुख्यमन्त्री कार्कीले कोशी प्रदेशले सुपर लीगमा प्रथम स्थान हासिल गरेमा प्रत्येक खेलाडी, प्रशिक्षकलाई न्यूनतम एक–एक लाख नगद प्रोत्साहन दिने घोषणा गर्दै कोशी प्रदेशका खेलाडीले प्रतियोगितामा सहजै विजयी प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । सामाजिक…

Read More

झापा, १२ भदौ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा एक कार्यक्रमको आयोजना गरी आव २०८१–०८२ को वार्षिक कार्य सम्पादन सम्झौतामा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ । संगठन प्रमुख प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्रकुवेर खापुङ बीच आव २०८१–०८२ का लागि कार्य सम्पादन सम्झौता भएको र सोही सम्झौताको बुँदामा आधारित रही प्रदेश प्रहरी प्रमुख खापुङ तथा कोशी प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी प्रमुखहरु बीच कार्य सम्पादन सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम भएको हो । भाद्र १२ गते भएको कार्य सम्पादन सम्झौता हस्ताक्षर कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका माहाशाखा प्रमुखहरु, कोशी प्रदेश प्रहरी तालिम केन्द्र…

Read More

शनिश्चरे, १२ भदौ। योङ कम्युनिष्ट लिग (वाइसिएल) अर्जुनधारा नगर कमिटीको नयाँ नेतृत्व चयन भएको छ । शनिश्चरेमा आज (बुधवार) भएको वाइसिएलको दोस्रो सम्मेलनबाट अर्जुन लिम्बु निङलेखुको अध्यक्षतामा ५१ सदस्य नगर कमिटी सर्वसम्मत चयन भएको हो । कमिटीको उपाध्यक्षमा पृथ्बी लिम्बु, सचिवमा दीपक गहतराज, सह–सचिवमा कमल अधिकारी र कोषाध्यक्षमा श्रेया लावती सर्वसम्मत चयन भएका हुन् । वाइसिएल अर्जुनधारा नगर कमिटी अध्यक्ष विपिन चौहानको अध्यक्षतामा भएको सम्मेलनमा नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य रन्जित तामाङको प्रमुख आतिथ्य तथा केन्द्रिय सदस्य हरिकुमार रानाको बिशिष्ठ आतिथ्य रहेको थियो । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि तामाङले आगामी निर्वाचनमा माओवादी देशकै सवै भन्दा ठूलो पार्टी हुने…

Read More

झापा, १२ भदौ । सुनकोशी नदीमा जिप खस्दा बेपत्ता भएका तीन जना युवा अझै फेला परेका छैनन् । गत शनिबार भक्तपुरका चार युवा सवार जिप सुनकोशीमा खसेको थियो । घटना लगत्तैदेखि निरन्तर खोजी गरिरहे पनि उनीहरुलाई फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले जानकारी दिए । बेपत्ता युवाको खोजीमा प्रहरीको गोताखोर टोली, जनपद प्रहरी र स्थानीयबासी खटिएका छन्। उनीहरु खोटाङको हलेसी महादेव मन्दिरको दर्शन गरेर काठमाडौँ फर्किंदै गरेका थिए । चार युवा सवार प्रदेश ३ ख ०२३ च ६३६६ नम्बरको हाइलक्स गाडी सिन्धुलीको गोलान्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोसी नदीमा खसेको थियो । गाडीलाई आइतबार बिहान अढाई बजे सुनकोसीबाट…

Read More

झापा, १२ भदौ । नेपाली सेनाको नयाँ प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन्। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सिग्देललाई भदौ २४ बाट लागू हुने गरी सिग्देललाई प्रधानसेनापति नियुक्त गरेका हुन्। साउन २४ बाटै बिदामा बसेपनि प्रधानसेनापति प्रभुराम शर्माको कार्यकाल भदौ २४ गतेमात्रै सकिँदैछ। शर्माको अवकाशसँगै सिग्देलले प्रधानसेनापतिको जिम्मेवारी पूर्ण रुपमा सम्हाल्नेछन्।

Read More

झापा, १२ भदौ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले वर्तमान केपी शर्मा ओलीको सरकार नाङ्गिसकेको बताएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले बादशाह नाङ्गिएको कथा सुनाउँदै अहिलेको सरकार पनि सोही अवस्थामा पुगिसकेको आरोप लगाए । ‘सरकारको कमजोरी औँल्याउँदा हनिमुन मनाउन दिएन भन्छन् । परिस्थिति हेर्दा हनिमुन मनाउने छूट छैन‚’ उनले भने‚ ‘सरकारको मन पोल्दैन भने राष्ट्रघाती र जनघाती काम गरेर हैन नगरेर हनिमुन मनाउनुपर्‍यो ।’ उनले जादुमयी ढङ्गबाट बनेको सरकार जन्मँदै आफ्नै कारणले धेरै प्रश्न जन्मिएको र यसले जनतामा आक्रोश बढाएको उल्लेख गरे ।

Read More

झापा, १२ भदौ । झापाको दमक दुर्घटना गरी फरार भएका एक सिटी सफारी चालकलाई प्रहरीले पक्राउ गरेको छ । सिटीको ठक्करबाट एक बालकको मृत्यु भएको थियो । गत असार १४ गते दमक–१ बरगाछीको भित्री सडक खण्डमा मे १ ह ६४०९ नम्बरको सिटी सफारीले पैदलयात्री काठमाडौं दक्षिणकालीका–१ घर भई दमक–१ मा बस्दै आएकी सर्मिला नेम्बाङ र निजको छोरी बर्ष २ की आरोशी मगरलाई ठक्कर दिएको थियो । घाइतेमध्ये ओरोशीको उपचारका क्रममा लाइफलाइन अस्पताल दमकमा सोही मृत्यु भएको थियो । दुर्घटनापछि सिटी चालक फिलिप भन्ने लछुमन लिम्बू फरार भएका थिए । तेह्रथुम थोक्लाङ–१ घर भइ हाल दमक–९ बस्दै आएका ५५ लिम्बूलाई खोजतलास…

Read More

बनियानी, १२ भदौ । झापाको कचनकवल गाउँपालिका वडा नं. ३ का वडा सदस्य मेघलाल राजवंशीको निधन भएको छ । राजवंशीको गएराति १ः३० बजे आफ्नै निवासमा निधन भएको हो । ६० वर्षीय वडा सदस्य राजवंशी लामो समयदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । राजवंशी अघिल्लो स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँको आज जातीय परम्परा अनुसार स्थानीय आमबाडी घाटमा दाहसंस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ । यता, कचनकवल गाउँपालिकाले वडा सदस्य राजवंशीप्रति दुःख व्यक्त गर्दै शोक बिदा दिएको गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसादसिंह राजवंशीले जानकारी दिनुभयो । गाउँपालिकाले एउटा असल जनप्रतिनिधि गुमाएकाले शोक बिदा दिइएको उहाँले बताउनुभयो ।

Read More