झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ३२ साउन । झापा, मोरङ, सुनसरी र धनकुटाबाट लागुऔषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका मोरङको कानेपोखरी गाउँपालिका–३ स्थितमा इलाका प्रहरी कार्यालय पथरीबाट बिषेश सुचनाको आधारमा खटिएको प्रहरी टोलीले द्यच् घडीढघण्ढ नम्बरको भारतीय मोटरसाइकल चालक २४ वर्षीय मिथलेसकुमार मण्डल, मोटरसाइकल पछाडि सवार रहेका २६ वर्षीय भस्कर कुमार शर्मा र २५ वर्षीय सौरवकुमार पासवानको साथबाट १० ग्राम ७०० मिलीग्राम ब्राउन सुगर फेला पारी तीनै जनालाई नियन्त्रणमा लिएको हो । त्यसैगरी, प्रहरी चौकी तोपगाछी झापाबाट खटिएको प्रहरी टोलीले कमल गाँउपालिका–२ का ३८ वर्षीय जगत धिमाल र कमल गाउँपालिका–३ का ३५ वर्षीय कमल गुरुङलाई १ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर,…

Read More

येकातेरिनबर्ग (रुस), ३२ साउन । अमेरिका र रुसको दोहोरो नागरिकता भएकी केन्सिया खवानालाई बिहीबार एक रुसी अदालतमा देशद्रोहको आरोपमा दोषी ठहर गरिएको छ । युक्रेनलाई सहयोग गर्ने एक परोपकारी संस्थालाई ५१ डलर चन्दा दिएको आरोपमा उनलाई १२ वर्षको जेल सजाय सुनाइएको छ । रुसी अधिकारीहरूले केन्सिया क्यारेलिना नामले चिनिने खवानालाई फेब्रअरीमा येकातेरिनबर्गको युराल पर्वतीय सहरमा पक्राउ गरेको र गत साता बन्द परीक्षणमा दोषी ठहर गरिएको बताइएको छ । पूर्व ब्याले डान्सर ३३ वर्षीय खवानाले कथित रूपमा एक अमेरिकीसँग विवाह गरेर लस एन्जलस गएपछि अमेरिकी नागरिकता प्राप्त गरेकी थिइन् । उनी आफ्ना परिवारसँग भेट्न रुस आएकी थिइन् । रुसको सङ्घीय सुरक्षा…

Read More

आजको राशीफल (२०८१ साउन ३२ गते) मेष : सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। गरेको काममा प्रशंसा, बढुवा वा उन्नतिको प्रयास सफल हुनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। कृषि कार्यमा सफलता मिल्नेछ। प्रणय सम्बन्ध प्रगाढ हुनेछ। भाग्यशाली रङ पर्पल हो भने अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६५, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने। वृष : झै-झमेलाको अवस्था आउला। घरको वातावरणमा केही असामान्यता देखिन सक्छ। भाग्य कमजोर हुनाले चिताएको कार्यमा सोचे जस्तो…

Read More

झापा, ३२ साउन । भक्तपुरको गट्ठाघरमा बिहीबार दिउँसो भएको सवारी दुर्घटनामा ज्यान गुमाउने व्यक्ति महिला नभएर पुरुष भएको खुलेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक राजन कार्कीले विज्ञप्ति जारी गरेर स्कुटर चालक महिला नभएर पुरुष भएको पुष्टि गरेका हुन्। यसअघि दोलखाको मेलुङ गाउँपालिका ४ का शम्भु नेपालीले प्रहरी कार्यालयमा पुगेर दुर्घटनामा ज्यान गुमाउने आफ्नी बहिनी भएको जानकारी दिएपछि प्रहरीले सुरुमा त्यही विवरण सार्वजनिक गरेको थियो। तर उनले गलत जानकारी दिएको खुलेपछि प्रहरीले सनाखतको लागि थप प्रयास गरेको थियो। मृतक झण्डै ४०–४५ वर्षको पुरुष भएको परिसरले जनाएको छ। तर, उनको सनाखत भने हुन सकेको छैन। ‘साउन ३१ गते १३…

Read More

झापा, ३२ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज राति देशभर साधरणतया बदली रहने छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका…

Read More

झापा, ३२ साउन । पूर्वी नाका काँकडभिट्टाबाट तेस्रो मुलुकका लागि आवागमन खुल्ला गरेसँगै पर्यटक आउने क्रम बढेको छ । अध्यागमन कार्यालयका अनुसार तेस्रो मुलुकका लागि नाका खुलेको १५ दिनभित्रमा यो नाका भएर दुई सय २५ पर्यटकको आवागमन भएको छ । सोही अवधिमा एक सय २३ जना विभिन्न मुलुकबाट स्थलमार्ग हुँदै प्रवेश गरेको देखिन्छ भने एक सय दुई जना बर्हिगमन भएका छन् । कार्यालयका प्रमुख मोहन पनेरुले बङ्गलादेशमा भएको आन्दोलनको असरका कारण पर्यटक सोचे जति आउन नसकेको बताए । उनले नाका खुलेसँगै पर्यटक आगमन अब बढ्ने बताए । “धेरै यो नाकाबाट आउने पर्यटक बंगलादेशी हुन्छन्”, उनले भने, “आन्दोलनका कारण उहाँहरुलाई नेपाल…

Read More

नकुल काजीनिकै दिन अघि नै, पहिलेका मेरा सहकर्मी भाइ, पर्वत पोर्तेलले, उनी मेरो घरमै भेट्न आएका बेला, उपलब्ध गराएका भए पनि मैले भने दुई दिन निरन्तर पढेर अस्ति (२०८१ साउन २८ गते) दिउँसो मात्र पढिसिध्याएँ । यस्ता शक्तिशाली नयाँ कलमीले पनि ‘झापाको अक्षर–खेत’ ऊर्बर छ भन्ने थाहा नपाउँदो म, सो पुस्तक पढिसकेर सबभन्दा पहिला आफैलाई धिक्कार्दाे भएँ र पुस्तकको अन्तिम पृष्ठमा, लेखकको फोटो छापिएको तल्तिर खाली ठाउँमा लेख्तो भएँ – “पढिसकें । यसको प्रभाव ममा धेरै दिन रहनेछ । समग्रमा, २०२८ – ०३० सम्मको व्यक्ति–हत्याका आतङ्की घटनावलीका सन्दर्भमा मैले विगतमा दर्जनौं लेखादि छापामा ल्याएकामध्ये कतिपय चाहिँ गलत सूचना वा सूचना–स्रोतहरूमा…

Read More

बिर्तामोड, ३१ साउन । रेडियो भिजनको सञ्चालक समितिको अध्यक्षमा नेपाल उद्योग वाणिज्य महासंघका सदस्य रेडियो सञ्चालक उमेश डालमिया दोस्रो पटक निर्वाचित हुनु भएको छ । आज विहीबार बिर्तामोडस्थित रेडियो भिजनको सभाहलमा भएको वार्षिक साधारण सभाले डालमियाको अध्यक्षतामा कार्यसमिति पुनर्गठन गरेको हो । साधारण सभाले झापा उद्योग संघका बरिष्ठ उपाध्यक्ष तथा भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाललाई सञ्चालक समितिको उपाध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ भने सचिवमा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य गणेश पोखरेल र कोषाध्यक्षमा आदिवासी जनजाति पत्रकार महासंघका पूर्व अध्यक्ष चूडामणि लिम्बू (विशाल नेम्वाङ) सर्वसम्मत निर्वाचित हुनु भएको छ । त्यसैगरी, सदस्यहरुमा माधव विद्रोही, सुब्रत न्यौपाने र लक्ष्मीप्रसाद सापकोटा…

Read More

बनियानी, ३१ साउन । झापाको कचनकवल गाउँपालिकाको न्यायिक समितिमा परेको अधिकांश उजुरी फस्र्यौट भएका छन् । गत आर्थिक वर्षमा परेका एक सय ३० वटा उजुरीमध्ये एक सय छ वटा फस्र्यौट भएका हुन् । न्यायिक प्रक्रियालाई सहज, सर्वसुलभ र छिटोछरितो बनाउन विभिन्न योजना तथा कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकका उपाध्यक्ष एवम् न्यायिक समिति संयोजक नवराज भट्टाईले बताउनुभयो । स्थानीयस्तरमै उजुरी गर्न सकिने भएपछि न्यायको पहुँच पुग्न नसकेका विपन्न र पिछडिएका वर्गमा न्यायको पहुँच पुगेको उहाँले बताउनुभयो । “न्याय समितिप्रति आमनागरिकको बुझाइ सकारात्मक बन्दै गएको छ”, उहाँले भन्नुभयो । वडा मेलमिलाप केन्द्रलाई थप व्यवस्थित बनाउन क्षमता अभिबृद्धिका कार्यक्रमहरू सञ्चालन गरिएको र वडास्तरमा रहेका…

Read More

झापा, ३१ साउन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समिति बैठकले आगामी असोज पहिलो साता केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज सम्पन्न स्थायी समिति बैठकले आगामी भदौ महिनाभित्र प्रदेश, जनवर्गीय सङ्गठन, मोर्चा, सल्लाहकार समिति र आयोगको परामर्श बैठक सम्पन्न गरी असोज पहिलो साता केन्द्रीय समिति बैठक राख्ने निर्णय गरेको हो । बैठकले सबै प्रदेशमा केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीबीच संयुक्त परामर्श बैठक राख्ने निर्णय गरेको पार्टी उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सबै पदाधिकारी सबै प्रदेशका बैठकमा सहभागी हुने निर्णय भएको उहाँको भनाइ छ ।…

Read More