
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
इलाम, १० भदौ । आदिवासी लिम्बु जातिको लिपि ‘किरात सिरीजङ्गा वर्णमाला’ सार्वजनिक गरिएको छ । याक्थुङ युवा मञ्च नेपालको तेस्रो केन्द्रीय परिषद् बैठक उद्घाटनको अवसरमा मञ्चद्वारा प्रकाशित उक्त वर्णमाला आज सार्वजनिक गरिएको हो । याक्थुङ युवा मञ्चका केन्द्रीय अध्यक्ष राजेन्द्र इधिङ्गो, मञ्चका सल्लाहकार मधुराज केरुङ, चुम्लुङ प्रदेश सल्लाहकार याम योङ्हाङ, चुम्लुङ इलाम अध्यक्ष बुद्धमाया सोङ्मी, चुम्लुङ इलाम सल्लाहकार बखतबहादुर आङ्देम्बे लगायतले संयुक्तरुपमा वर्णमाला सार्वजनिक गर्नुभएको हो । वर्णमाला सार्वजनिक हुनु लिम्बु समुदायका लागि नयाँ इतिहास निर्माण भएको मञ्चका अध्यक्ष राजेन्द्र इधिङ्गोले बताउनुभयो । “किरात सिरीजङ्गा लिपिको उन्नयन र विकासका लागि हामीले पहिलोपटक वर्णमाला तयार गरेका छौँ,” अध्यक्ष इधिङ्गोले भन्नुभयो, “हामीले…
भद्रपुर, १० भदौ । लेखक खेमराज दाहालको दोश्रो कृति भद्रपुरको प्रतिबिम्ब चन्द्रगढीमा बिमोचन गरिएको छ । तथ्याङ्कमा भद्रपुर नगरपालिका, झापा जिल्ला र देशभित्रका महत्वपूर्ण क्षेत्र समेटेर तयार भएको पुस्तकको विमोचन भद्रपुर नगर प्रमुख गणेश पोखरेलले गरेका हुन् । डाइनामिक ग्रुपका अध्यक्ष अर्जुन खरेलको अध्यक्षता तथा प्रमुख अतिथि भद्रपुर नगर प्रमुख पोखरेलको रहेको थियो भने खगिन्दा खुसीले सञ्चालन गरेको कार्यक्रममा पुस्तकको समिक्षा हल्दिवारी गाउँपालिकाका अधिकृत तथा डाइनामिक ग्राुपका सल्लाहकार राजन न्यौपानेले गरेका थिए । कार्यक्रमको औचित्यमाथि प्रकाश ग्रुपका सचिव चन्द्रमणि पौडेलले प्रगरेको कार्यक्रममा स्वागत मन्तव्य डाइनामिकका सदस्य उमेश पाण्डेले गरेका थिए । प्राज्ञ हरि पौडेल, प्रा.डा. गंगा प्रसाद अधिकारी, समाजसेवी तथा…
पाँचथर, १० भदौ । यहाँको फिदिममा विपद् प्रतिकार्यमा प्रयोग हुने सहायता सामग्रीको खुलाकक्ष स्थापना भएको छ । फिदिम नगरपालिकाले फिदिम बजार क्षेत्रका तीन स्थानमा खुला कक्ष निर्माण गरी विपद् प्रतिकार्यमा प्रयोग हुने सामग्री राखेको हो । फिदिम बजारको गणतन्त्र चोक, पुरानो ट्राफिक कार्यालय र आहालगैरीमा विपद् प्रतिकार्यमा प्रयोग हुने सामग्री राखिएको नगरपालिकाले जनाएको छ । उक्त खुला कक्षमा आगलागी, बाढी पहिरोजस्ता विपत्तिका घटनाको प्रतिकार्य तथा उद्धारमा प्रयोग हुने विभिन्न प्रकारका सामग्री राखिएका छन् । उक्त विपद् सहायता सामग्री खुला कक्षको फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले आइतबार उद्घाटन गर्नुभयो । नगरप्रमुख काफ्लेले फिदिमका सार्वजनिकस्थलमा यस प्रकारका सामग्री राख्नाले आगलागी नियन्त्रण तथा…
भद्रपुर, १० भदौ । माओवादी केन्द्र भद्रपुर नगर कमिटीको विशेष अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । आठ पदाधिकारीमध्ये छ वटा पदमा सर्वसम्मत भएको थियो भने अध्यक्ष र खुला सहसचिव पदमा निर्वाचन प्रणालीबाट पदाधिकारी छनोट गरिएको छ । आइतबार राति सम्पन्न निर्वाचनबाट अध्यक्षमा हंशधर राजवंशी चयन भएका छन् भने सहसचिवमा तेजप्रसाद पौडेल विजयी भएका छन् । सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि अध्यक्षमा हंशधर र राजु दाहाल तथा सहसचिवमा तेजप्रसाद र पुष्पलाल राजवंशीले उम्मेदवारी दिएका थिए । निर्वाचनमा कूल मतदाता १९७ मध्ये १३१ मत खसेको निर्वाचन अधिकृत तारामणि सापकोटाले जानकारी दिनुभयो । जसमध्ये अध्यक्षमा १ मत र सहसचिवमा ९ बदर भएको…
झापा, १० भदौ । झापाको कमल गाउँपालिकाबाट प्रतिबन्धित औषधिसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आइबार साँझ इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको र प्रहरी चौकी महारानीझोडाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा कमल गाँउपालिका–७ एकता चोकका १९ वर्षीय मिलन बस्यालको घर कोठामा तलासी लिँदा प्रतिबन्धित औषधि एन्टिकफ ट्यावलेट २२५ पत्ता (२५० पिस), ट्रामाडोल ७० पत्ता (७०० पिस) फेला परेकोले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बुटवल, १० भदौ । पाल्पाको तानसेन–रानीमहल सडक खण्डमा आइतबार राति भएको सवारी दुर्घटनामा एक भारतीय नागरिकको मृत्यु भएको छ । पाल्पाको तानसेन नगरपालिका–१, नारनडाँडास्थित तानसेन–रानीमहल सडक खण्डमा भएको कार दुर्घटनामा भारतीय नागरिक उत्तर प्रदेश बस्ने २८ वर्षीय विकास पाठकको मृत्यु भएको प्रहरीले जनाएको हो । तानसेनबाट रानीमहलतर्फ जाँदै गर्दा भारतीय नम्बर प्लेटको यूपी १४ डीएन १०४ नम्बरको कार आफैँ अनियन्त्रित भई सडकबाट तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।
भद्रपुर, १० भदौ । भद्रपुरमा स्वतफुर्त रुपमा लाग्दै आएको धार्मिक मेला र रथयात्राको तयारी पूरा भएको छ । भद्रपुर–५ स्थित लक्ष्मीनारायण मन्दिर परिसरमा आज जन्माष्टमीको अवसरमा भव्य मेला लाग्दैछ । विगतका वर्षको तुलनामा यस वर्ष धूमधामका साथ श्रीकृष्ण जन्माष्टमी मनाउन लागिएको बुझिएको छ । भक्तजनहरूको सुरक्षा र भिडभाड नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीसँग समन्वय गरी स्वयंसेवक परिचालन गरिने आयोजक समितिले जनाएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा भोलि निकालिने २२ औं श्रीकृष्ण रथयात्राको तयारी पनि पूरा भइसकेको समितिले जनाएको छ । विभिन्न झाँकीसहित निकालिने रथयात्रा गौशाला, झापाचोक, संगमचोक, सगरमाथा चोक, लेखनाथ चोक, चन्द्रगढी बजार हुँदै एसपी मोड,…
झापा, १० भदौ । आज देशभर श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदैछ । यस पर्वमा भगवान कृष्णको बाल स्वरूपको पूजा गरिन्छ । यहाँ भगवान श्रीकृष्णलाई मनपर्ने पाँच रङका बारेमा चर्चा गर्न गरिँदैछ । भगवान् श्रीकृष्णलाई पहेँलो रङ सबैभन्दा बढी मनपर्छ । यसबाहेक उनलाई निलो, सुनौलो र गुलाबी रङ मन पर्छ। मयूरको प्वाँख बिना श्रीकृष्णलाई देखिँदैन । उनको मेकअप मयूरको प्वाँख बिना अधुरो छ। यो रङ उनको मनपर्ने पनि हो । भगवान कृष्ण भगवान विष्णुको आठौँ अवतार हुन्, जसले धर्मको स्थापना गर्न अवतार लिनुपरेको थियो । हिन्दु धर्ममा यो पर्व निकै विशेष छ । यस दिन श्रीकृष्णको मनपर्ने परिकार बनाइन्छ र माखनको भाँडो…
झापा, १० भदौ । झापा मेचीनगर नगरपालिका–१० धुलाबारी चोकबाट आइतबार साँझ प्रहरीले लागुऔषध ब्राउनसुगरसहित एक युवालाई पक्राउ गरेको छ । सो स्थानमा लागुऔषध कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारी र लागुऔषध नियन्त्रण व्यूरो काँकभिट्टाबाट खटिएको प्रहरी टोलीले सोही स्थाका २० वर्षीय सुमित सुनुवारलाई पक्राउ गरेको हो । उनीमाथि शंका लागेपछि चेकजाँच गर्दा प्लाष्टिकसहित ३ ग्राम ७१० मिलिग्राम र प्लाष्टिकबाहेक ३ ग्राम १८० मिलिग्राम ब्राउनसुगर प्रहरीले उनको साथबाट बरामद गरेको थियो । उनलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा, १० भदौ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाले २५ औं स्थापना दिवस (रजत वर्ष) मनाएको छ । फोनिज झापाले बिर्तामोडमा आइतबार झापाली पत्रकारितामा आदिवासी जनजाति पत्रकारहरुको अवस्था र पहुँच विषयक अन्तरक्रिया तथा शुभकामना आदानप्रदान गरेर २५ औं स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बिभिन्न पत्रकारका संगठनका प्रमुखहरुले व्यावहारिक समवेशिता पत्रकारितामा जोड दिएका थिए । फोनिज झापाकी अध्यक्ष भुमिका पियाक लिम्बुको अध्यक्षतामा भएको कार्यक्रममा फोनिजका संघीय उपाध्यक्ष कमन देवानको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा फोनिज झापाका संस्थापक अध्यक्ष दिपिन राईले प्रस्तुत गरेको संगठनको कार्यपत्रको टिप्पणी नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष तारामणि सापकोटाले…