
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ९ भदौ । झापाको गौरीगञ्ज गाउँपालिकामा एक जना बृद्धको शव फेला परेको छ । शव कुहिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । गौरीगञ्ज गाउँपालिका– ३ स्थित कृपाल टोल निवासी राजेश सरवरिया मण्डलको घरमा बस्दै आएका अन्दाजी ७० वर्षीय दयानन्द सरवरिया मण्डलको शव शनिबार बिहान कुहिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार घरको पूर्वपट्टि कदमको रुखमुनि रहेको ट्युबवेलमा उनको शव फेला परेको थियो । शवको अवस्था हेर्दा ४–५ दिन अगाडी मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । मृतक दिनहुँ जाँडरक्सी खाएर हिँड्ने गरेको स्थानीयको भनाइ छ ।
झापा, ९ भदौ । झापाको अर्जुनधारा नगरपालिकामा किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार जना पक्राउ गरेको छ । अर्जुनधारा–५ की १६ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । युवतीको बयानका आधारमा प्रहरीले अर्जुनधारा नगरपालिका–७ का सुनिल राजवंशी, केशवकुमार मगर, सरोज राई र अनिश लिम्बूलाई पक्राउ गरेको छ ।प्रहरीका अनुसार घटनामा संलग्न भएको आरोप लागेका उनीहरूलाई शनिबार बिहान घरबाटै पक्राउ गरिएको हो । घटनामा संलग्न थप तीन जनाको खोजी भइरहेको जनाइएको छ । पीडित परिवारका अनुसार पीडकमध्येका दुई…
झापा, ९ भदौ । पार्टीलाई जनमुखी बनाएर सङ्गठन विस्तार गर्नुपर्ने, एकीकृत कार्य योजनाका साथ जनपरिचालनको योजना बनाउन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेताहरूले पार्टी नेतृत्वलाई सुझाव दिएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको परामर्श बैठकमा सहभागी भएका नेताहरूले सरकारमा रहँदा भए ÷गरेका सकारात्मक कामकारबाहीलाई लिएर जनतामा जानुपर्ने, सुशासन समृद्धिको योजनामा भएको प्रगतिका बारेमा आम रूपमा जानकारी गराउनुपर्ने धारणा राख्नुभएको थियो । पार्टीभित्र आन्तरिक एकतालाई सबल बनाउनुपर्ने, नेताहरू एकीकृत रूपमा परिचालित हुनुपर्ने तथा कुनै पनि विवाद र द्वेष राख्न नहुनेमा जोड दिँदै नेताहरूले वर्गतर्फ…
झापा, ९ भदौ । मध्यपहाडी लोकमार्ग अन्तरगत सुनकोशी नदीमा गाडी खस्दा ३ जना बेपत्ता भएका छन् । हिजो साँझ खोटाङबाट भक्तपुर गइरहेको हाइलेक्स सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ कुडुलेमा अनियन्त्रित भएर नदीमा खस्दा तीन जना बेपत्ता भएका हुन् । नम्बर नखुलेको हाइलेक्स गाडी चालक सूर्यविनायक नगरपालिकाका ३२ वर्षीय अबिन बके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभयो । गाडीमा सवार चार जनामध्ये सोही ठाउँ २७ वर्षीय सुशान्त कक्षपतिको स्थानीय शुभजीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको छ । नदीमा खसेर बेपत्ता भएको गाडीसहित सवार यात्रीको खोजी कार्यका लागि घटनास्थलमा…
झापा, ९ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका सबै भागमा आंशिकदेखि साधरणतया बदली रहेको बताएको छ । हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर साधरणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी,…
झापा, ९ भदौ । भारतको उत्तराखण्ड राज्यमा पर्ने रुद्रप्रयाग जिल्लामा गएको पहिरोमा परी मृत्यु भएका चितवन माडीका तीन जनाको शव ल्याइँदै छ । शव आज रातिसम्म घर ल्याइपुर्याइने माडी नगरपालिकाकी प्रमुख ताराकुमारीकाजी महतोले बताइन् । नगरप्रमुख महतोका अनुसार शवको शुक्रबार बेलुका परीक्षण सकिएपछि आज दिउँसो गड्डाचौकीनाका हुँदै नेपाल ल्याइएको छ । शव बोकेको एम्बुलेन्स बाटोमा रहेकाले आज रातिसम्म शव माडी आइपुग्ने उनले जानकारी दिइन् । बद्रीनाथबाट केदारनाथ जाने सडकमा पर्ने फाटा क्षेत्रमा बिहीबार मध्यराति खसेको पहिरोमा परी चितवन माडीका तीनजना र दैलेखका एकजना मजदुरको मृत्यु भएको थियो । उनीहरू सुतेको अवस्थामा पहिरो गएको थियो । नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार…
बिर्तामोड, ८ भदौ । अहिले युवा पुस्तामा १२ कक्षा सक्ने वित्तिकै विदेश जाने लहर छ । तर, झापा गाउँपालिका–६, झाँटी घर भएका एक जना युवाले भने विदेश छाडेर आफ्नै ठाउँमा व्यवसाय गर्ने जमर्को गरेका छन् । २३ वर्षीय मञ्जील पोखरेल वैदेशिक रोजगारीका लागि दूबई गए । साथीहरुसँग मिलेर त्यहीँ आईटी कम्पनी खोले र त्यहीँबाट अमेरिका जाने प्रक्रिया समेत सुरु गरे । ‘साथीहरु मिलेर कम्पनी चलाइरहेका थियौं, पछिल्लो समय दूबईबाटै अमेरिका लागि एप्लाई गरिरहेका थियौं’, उनी सम्झन्छन्, ‘विजनेश गरिरहेकाले कम्पनीको ट्रान्जेक्सन अनुसार अमेरिका जानलाई गाह्रो पनि रहेनछ, केही साथीहरु त्यसैगरी गइसकेका थिए ।’ सबैको उद्देश्य विजनेस भिसामा अमेरिका छिर्ने र त्यतै…
ताप्लेजुङ, ८ भदौ । सिराहको सलहेश फुटबल क्लब अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । लाखे जात्राको अवसरमा ताप्लेजुङमा भदौ ३ गतेदेखि सुरु भएको फुटबल प्रतियोगितामा झापाको विर्तामोड युनाइटेड फुटबल क्लबलाई पेनाल्टी सुट आउटमा ४–२ को गोलअन्तरले पराजित गर्दै सिराहा फाइनलमा प्रवेश गरेको हो । शनिबार भएको खेलमा निर्धारित ९० मिनेटको समयावधिमा एक–एक गोल बराबरी खेलेका दुवै टोली थपिएको १५ मिनेटको अतिरिक्त समयमा गोलरहित भएपछि खेल पेनाल्टी सुट आउटमा धकेलिएको थियो । सिराहाले अब सोमबार हुने फाइनलमा सगरमाथा युथ क्लब मोरङसँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ । प्रतियोगिताका विजेताले नगद ५ लाख, उपविजेताले २ लाख…
बिर्तामोड, ८ भदौ । चार दिनअघि उपचारमा गएको बेला हत्कडी फुस्काई फरार भएका इलाका प्रहरी कार्यालय बिर्तामोडका थुनुवा विशाल राई शनिबार पक्राउ परेका छन् । अर्जुनधारा–११ स्थित नयाँ बसपार्कमा रहेको घिसिङ मोटरसाइकल ग्यारेज छेउको चिया पसलको भित्रपट्टि चुरोट खाई बसिरहेको अवस्थामा उनलाई बिहान ११ बजेतिर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताउनुभयो । गत मंगलबार दिउँसो उपचारका लागि बिर्तासिटी अस्पताल लगिएका थुनुवा २५ वर्षीय विशाल राई हतकडी फुस्काई फरार भएका थिए । दिउँसो ४ बजे पेट दुख्ने बिरामी भई बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा बेड भर्ना भई उपचार भइरहेका दमक नगरपालिका वडा नं.३ भुटानी शरणार्थी सेक्टर जी थ्री भई हाल न.१ मा…
झापा, ८ भदौ । नेकपा (माओवादी केन्द्र) भद्रपुर नगर समितिले जनयुद्धताका आश्रय प्रदान गर्ने २१ जना आश्रयदातालाई सम्मान गरेको छ । नगर समितिले आज विशेष अधिवेशनको अवसरमा भद्रपुर नगर क्षेत्रका २१ ज्ना आश्रयदाताहरुलाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य एवम् पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले उनीहरुलाई सम्मान–पत्र हस्तान्तरण गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्वमन्त्री किरातीले भ्रष्टाचार सुशासनको प्रमुख शत्रु भएको बताउनुभयो । “भ्रष्टाचारको अन्त्य नभएसम्म मुलुकको विकास सम्भव छैन”, उहाँले भन्नुभयो, “भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा काम गर्दा माओवादी नेतृत्वको सरकार ढल्यो ।” २०४६ को आन्दोलन र जनयुद्ध मात्र मुलुक र पार्टी बन्न…