झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ४ भदौ । झापाको मेचीनगरबाट प्रहरीले अवैध सुपारी बरामद गरेको छ । सोमबार राति इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–६ पिङकीठ्याक हुँदै नेपालबाट भारततर्फ अवैध रुपमा लुकाई छिपाई लैजाँदै गरेको तीन सय केजी सुपारी बरामद गरेको हो । करिब २ लाख ७० हजार रुपैयाँ बराबरको उक्त सुपारी नियन्त्रणमा लिइ आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

चन्द्र बस्नेतकनकाई, ४ भदौ । बाँसको लिङ्गो, केराको खम्बा ! नुहाउन आयौँ देउताको धाममा !! जै हर हर, जै हर हर ! रक्षा गर, क्षमा गर !!पानफूल दियौँ, पानफूल खाउ है ! सयौँ वर्षको आयुत्रा देउ है !!सै राजा सै सै, सै रानी सै सै…यही भाका तथा बोलको गीत र ढोल, झ्याम्टा एवं ढ्याङ्ग्रोको तालमा धार्मिक तथा पर्यटकीयस्थल झापाको सताक्षीधाममा ढोलेतालेसहित धामीझाँक्री हरुको र्याली सहितको भेला सोमबार सम्पन्न भएको छ। साउन लागेसँगै गुप्तवास बसेका धामीझाँक्री श्रावण शुक्ल पूर्णिमाको दिन सोमबार धार्मिकस्थल झापाको झिलझिलेमा रहेको प्रवेशद्वार बाट सताक्षीधाममा गएर नुहाउनाका साथै पूजाआजा गरेर बिद्धे (ज्ञान) प्राप्तिका लागि प्रार्थना समेत गरिएको तन्त्र…

Read More

बिर्तामोड, ३ भदौ । प्रेस सेन्टर नेपाल झापाले स्थापना गरेको अक्षयकोषलाई युवा उद्यमी तथा समाजसेवी राजन चिमरियाले नगद सहयोग गरेका छन् । सेन्टरको डी. कौडिण्य स्मृति पत्रकारिता अक्षयकोषलाई चिमिरयाले ३१ हजार नगद सहयोग गरेका हुन् । जनपक्षीय पत्रकार देवकुमार आचार्य (डी. कौडिण्य)को नाममा प्रेस सेन्टरले स्थापना गरेको अक्षयकोषलाई झापा मेचीनगर १२ धाइजनमा रहेको रितिका डेरी उद्योग प्रालिको तर्फबाट सञ्चालक चिमरियाले सो सहयोग गरेका हुन् । आचार्य एक कुशल पत्रकार, शिक्षक र साहित्यकार समेत रहेको स्मरण गर्दै उनको नाममा स्थापित कोषमा सहयोग गर्न पाउँदा खुशी लागेको चिमरियाले बताए ।उनले प्रेस सेन्टर झापाका अध्यक्ष राजु पाठक, उपाध्यक्ष होमप्रकाश अधिकारी र पुष्प खड्कालाई…

Read More

द्रोण अधिकारी गुयेलीझापा जिल्लाको राजधानी चन्द्रगढीसित विर्तामोड १३ किलोमिटर दुरीमा रहेको छ । झापाको व्यस्त शहर विर्तामोडले व्यस्तता पाउन सदरमुकामको सहयोग पनि उत्तिकै छ । कामका लागि सदरमुकाम चन्द्रगढी आउने धेरैजसो विर्तामोडमा बास बस्ने पर्यटक हुने गरेका छन् । काठमाण्डौबाट विर्तामोड बस्न पुग्ने जो सुकै व्यक्ति चन्द्रगढी विमानस्थलबाटै ओर्लिएर विर्तामोडतिर लाग्छन् । तर दशकयता झापा सदरमुकाम चन्द्रगढी चौकबाट सिधै विर्तामोड यात्रा गर्ने हिम्मत कसैले गर्दैनन् । हिउँदमा धुलो र वर्खामा हिलो तथा खाल्डाखुल्डीका कारण यात्रा जोखिम रहेको यस सडकबाट हिड्न कठिनाइ छ । नेपाली राजनीतिका उच्च तहका नेता यही झापाकै रहेका कारण वर्षमा कयौं पटक उनीहरू चन्द्रगढी विमानस्थलबाट विर्तामोड आवतजावत…

Read More

झापा, ३ भदौ । सुनसरीको गढी गाउँपालिका-६ का ५० वर्षीया ज्ञानसन ऋषिदेवको घाँटी काटेर हत्या गरेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको छ । आज विहान गढी गाउँपालिका २ थलाहामा ऋषिदेवको टाउको काटेर हत्या गरेको अवस्थामा शव भेटिएको थियो । उनको घाँटीदेखि मुनिको भाग एक ठाउँमा र टाउँको अर्को ठाउँमा भेटिएको छ ।प्रहरीले सुरुमा घाँटीदेखिको मुनिको भाग मात्र भेटेको थियो । अनुसन्धान गर्दै गएपछि घाँटीदेखि मुनिको भाग भेटिएको स्थानदेखि करिब ५० मिटर उत्तर पश्चिममा गढी २ गुजाइटोकीमा टाउँको भेटिएको सुनसरी प्रहरीका प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीले जानकारी दिए । ऋषिदेव रिङ बनाउने काम गर्दछन् । उनले रिङ बनाउने ठाउँमा शव भेटिएको हो ।…

Read More

बिर्तामोड, ३ भदौ । झापाको बिर्तामोड नगरपालिका १ स्थित पश्चिम बसपार्कबाट प्रहरीले एकजनालाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ। आइतबार राति बिर्तामोड नगरपालिका वडा नं. १ पश्चिम बसपार्कबाट इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका वडा नं.३ भुटानी शरणार्थी सेक्टर G-3 घर भई हाल बिर्तामोड नगरपालिका वडा नम्बर १ स्थित डेरा गरी बस्ने वर्ष २५ को बिशाल राईलाई ब्राउन सुगर सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। उनीमाथि शङ्का लागेर चेकजाँच गर्दा प्लाष्टिकबाहेक १९० मिलिग्राम ब्राउन सुगर बरामद भएको हो । लागुऔषधसहित पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान कार्य भइरहेको छ ।

Read More

झापा, ३ भदौ । म्याग्दीको मालिका गाउँपालिका–३ डाँडागाउँमा एक महिलाको हत्या भएको छ । डाँडागाउँको गलकोटमा गए राति ३५ वर्षीय दलवीर श्रीपालीले धारिलो हतियार प्रहार गरी सोही ठाउँकी ४३ वर्षीया बिनाकुमारी विकको हत्या गरेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हत्यामा संलग्न दलवीरलाई इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको टोलीले खतेन गाउँबाट राति नै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन रायमाझीले बताउनुभयो । घटनास्थलमा बन्चरो, दाउ र हँसिया फेलापरेको छ । मृतकको टाउकोमा चोट लागेको छ । वडाध्यक्ष मोतिप्रसाद बुढाका अनुसार नाताले दिदीभाइ पर्ने उनीहरूबीच केही समयअघि जग्गा किनबेचको विवाद थियो । थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रायमाझीले बताउनुभयो…

Read More

झापा, ३ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा मधेस प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सबै प्रदेशको एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । मंगलबार देशभर आंशिक देखि साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सबै प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ…

Read More

झापा, ३ भदौ । खैरहनी नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा इलाका प्रहरी कार्यालय मनहरीमा कार्यरत प्रहरी वरिष्ठ हवल्दारको मृत्यु भएको छ । खैरहनी–८ बाबा पेट्रोलपम्पस्थित पूर्वपश्चिम राजमार्गमा मनहरिबाट खोलेसिमलतर्फ जाँदै गरेको बागती प्रदेश०३–००३प ६३७ नम्बरको मोटरसाइकल आज विहान दुर्घटनाहुँदा लमजुङ राइनस नगरपालिका–६ धमेलीकुवाका रत्ननगर नगरपालिका–१५ खोलेसिमलका ४३ वर्षीय हेमन्तकुमार श्रेष्ठ गम्भीर घाइते भएका थिए । गम्भीर घाइते श्रेष्ठको चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालले जानकारी दिए । मोटरसाइकल दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

झापा, ३ भदौ । जनैपूर्णिमामा भद्रा भएकाले रक्षाबन्धन गर्न दोष लाग्छ कि लाग्दैन भन्ने बहस चलिरहेका बेला भद्राको दोष नलाग्ने ज्योतिष शास्त्रका विद्वानहरुले तर्क पेस गर्नुभएको छ । नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको वाल्मीकि विद्यापीठमा बसेको ज्योतिषाचार्य एवं संहिता शास्त्रको बैठकले भद्राको दोष जनैपूर्णिमा, रक्षाबन्धनका निमित्त सर्वसाधारणलाई नलाग्ने निष्कर्ष निकालेको हो । यो दोष राजाहरुलाई मात्रै लाग्ने संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोलाले जानकारी दिनुभयो । “कन्या, धनु, तुला र मकर राशिमा चन्द्रमा हुँदा, भद्रा पाताल लोकमा हुने हुँदा भद्राको दोष पातालवासीलाई मात्रै लाग्छ पृथ्वीवासीलाई लाग्दैन, राजा महाराजालाई समेत दोष नलाग्ने कुराको शास्त्रीय प्रमाण छ”, उहाँले भन्नुभयो । ज्योतिष शास्त्रको ग्रन्थ बृहत्संहितामा भनिएको छ–कुंम्भकर्कद्वये मत्र्येकब्जे…

Read More