झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २१ भदौ । हरितालिका तिज पर्व आज वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरू मनाउँदै छन् । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने तीज आज देवादि देव महादेवको पूजा आराधना गरी मनाइरहेका हुन् । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसँग विवाह गरिदिन खोजेपछि साथीलाई आफ्नो समस्या सुनाइन् । सखी पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् । यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको…

Read More

झापा, २१ भदौ । बन्धु हित तथा उत्थानका लागि स्थापित काफ्ले समाज झापाले जिल्लाभर छरिएर बसोबास गर्ने काफ्ले परिवारको जनगणना गर्ने भएको छ । समाजको भाद्र १ गते सम्पन्न बैठकको निर्णयानुसार जनगणना तथा पारिवारिक विवरण संकलनका लागि फारम तथा घरधुरी सर्वेक्षण पहिचान गर्ने स्टिकर तयार भइसकेकोले अब जनगणना कार्य सुरु गर्न लागिएको आज प्रकाशित प्रेस विज्ञप्तिमा जनाइएको छ । काफ्ले समाज झापाका अध्यक्ष गोपाल काफ्लेले बिहीबार प्रेस विज्ञप्ति प्रकाशन गरेर ‘काफ्ले परिवारको लागि नितान्त नौलो अभ्यास तथा अन्य बन्धु समाजहरुका लागि पनि महत्वपूर्ण मानिएको जनगणना, पारिवारिक विवरण संकलन एवम् घरधुरी सर्वेक्षणबाट संकलन हुने तथ्याङ्कले निकै महत्व राख्ने विश्वास लिइएको’ उल्लेख…

Read More

झापा, २० भदौ । कोशी प्रदेश सरकारमा सहभागी हुन तयार भए पनि नेपाली कांग्रेसले मन्त्रीको अझै नाम दिन सकेको छैन । कांग्रेस कोशी प्रदेशका सभापतिसमेत रहेका संसदीय दलका नेता उद्धव थापा भने सरकारमा सहभागी हुने विषयमा आफूलाई केही थाहा नभएको बताउँछन् । मन्त्रीहरूको नाम टुङ्गो लगाउन काठमाडौँ गएका उनी बुधबार रित्तो हात विराटनगर फर्किएका छन् । कांग्रेसको संस्थापन पक्ष, सिटौला पक्ष र शेखर कोइराला पक्षबिच सहमति जुट्न नसकेको हो । कांग्रेस–एमालेबिच असार १७ गते भएको सहमति अनुसार संघ सरकार र अन्य ६ वटा प्रदेशका सरकार निर्माण भइसक्दा पनि कोशी प्रदेश सरकारमा कांग्रेस सहभागी हुन सकेको छैन । यसअघि साउन २३…

Read More

झापा, २० भदौ । काठमाडौँ महानगर पालिकाका मेयर बालेन्द्र शाह (बालेन) का समर्थकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक सञ्जाल फेसबुकमा ‘अनफलो’ गर्ने अभियान चलाएपछि ओलीले झण्डै ७७ हजार फलोअर्स गुमाएका छन् । ओलीका फलोअर्स घट्दा बालेनका भने करिब एक लाख फलोअर्स बढेका छन् । बालेन समर्थले मंगलबारदेखि सुरु गरेको यो अभियानको प्रभावस्वरुप दुईदिनमै एमाले अध्यक्षसमेत रहेका ओलीलाई ७७ हजारले अनफलो गरेका हुन्। मंगलबार र बुधबार धेरै फलोअर्स गुमाएका ओलीलाई आज भने अनफलो गर्ने क्रम घट्न थालेको छ । बालेनका समर्थकले ओलीविरुद्ध यो अभियान चलाउनुअघि सामाजिक सञ्जाल फेसबुकमा ओलीका फलोअर्स ६ लाख ६६ हजार थिए। बिहीबार बिहानसम्म उनका फलोअर्स ७७ हजार…

Read More

झापा, २० भदौ । नेपाली हिन्दु नारीले हरितालिका (तीज) व्रतको तयारीस्वरुप आज दर खाने तयारी गरेका छन् । दरखाने दिनसँगै चार दिने तिजपर्व आजदेखि सुरु हुँदैछ । विशेषगरी नेपाली हिन्दु नारीले मनाउने हरितालिका अर्थात् तिजको पहिलो दिनआज दर खाइन्छ । माइतीपक्षले चेलीबेटीलाई बोलाई दर खुवाउने परम्परा छ । दरका रूपमा विशेषगरी दूधबाट बनेका शुद्ध परिकार खाइन्छ । जसले व्रतका दिन आडिलो बनाउँछ । गहुँको रोटी र घिउ खाँदा बर्तालुका लागि अझ आडिलो हुने अनुभवीको भनाइ छ । तिजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज बर्तालुहरूले शक्ति प्राप्तिका लागि मीठा एवं आडिलो परिकार दरका रूपमा खाइ भोलिपल्टको व्रतका लागि पूर्व तयारी…

Read More

झापा, २० भदौ । यातायात व्यवस्था कार्यालय झापाले गत आर्थिक वर्ष २०८०–८१ मा रु ९३ करोड २१ लाख ६६ हजार आठ सय १३ राजस्व सङ्कलन गरेको छ । कार्यालयले आव २०७९–८० को तुलनामा रु पाँच करोड १४ लाख ७९ हजार पाँच सय ६६ बढी राजस्व सङ्कलन गरेको हो । यातायात व्यवस्था कार्यालय झापाका निमित्त प्रमुख गोपीचन्द्र बोहराका अनुसार आव २०७९–८० मा रु ८८ करोड छ लाख ८७ हजार दुई सय ४७ राजस्व सङ्कलन भएको थियो । गत आव २०८०–८१ मा २० हजार ६३ कूल सवारी दर्ता हुँदा १९ हजार नौ सय २० सवारी चालक अनुमतिपत्र वितरण भएको उनले बताए ।…

Read More

झापा, २० भदौ । नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले लोकतान्त्रिक व्यवस्थामा महिला अधिकार सुनिश्चित हुने धारणा राख्नुभएको छ । नेपाल महिला संघ भद्रपुर नगर समितिले बुधबार यहाँ आयोजना गरेको महिला सम्मान तथा तीज मिलन कार्यक्रममा नेता सिटौलाले रहेक क्षेत्रमा संघर्ष गरिरहेका नारीबाट लोकतन्त्रको संरक्षण भइरहेको बताउनुभयो । “जुन क्षेत्रमा रहेर पनि नारीले आफ्नो अस्तित्व र पहिचान बनाउन सक्छन्”, उहाँले भन्नुभयो, “त्यसका लागि लोकतान्त्रिक व्यवस्था अपरिहार्य छ ।” कार्यक्रममा भद्रपुर नगर क्षेत्र रहेर विभिन्न क्षेत्रबाट पहिचान बनाउनुभएका आठ जना महिलालाई सम्मान गरिएको थियो । कार्यक्रममा पूर्व शिक्षिका प्रभा घिमिरे, पूर्व प्राध्यापक कमला पोखरेल दाहाल, वाणिज्य बैंक भद्रपुरका पूर्व शाखा प्रमुख शान्ता…

Read More

झापा, २० भदौ । वर्षासँगै पहिरो खस्दा हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ । मकवानपुरको बकैया गाउँपालिका–११ लाम्राङमा आज पहिरो खस्दा सो सडकमा आवतजावत रोकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । सडक डिभिजन कार्यालयसँग समन्वय गरेर पहिरो हटाउने काम भइरहेको उहाँले बताउनुभयो । यसैबीच मकवानपुरको मनहरी गाउँपालिका–५ डिल्लिपुरस्थित राप्ती खोलाको बगरमा अलपत्र परेका चार जनालाई गएराति नेपाल प्रहरीले उद्धार गरेको छ । बगरमा घाँस काट्न गएका चारैजना राप्ती खोलामा आएको बाढीसँगै बगरको बीचमा अलपत्र परेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय नेवारपानी, इलका प्रहरी कार्यालय मनहरी, बागमती प्रदेश विपत् व्यवस्थापन गुल्म थानाभ¥याङ, सशस्त्र प्रहरी…

Read More

झापा, १९ भदौ । झापाको अर्जुनधारा नगरपालिकामा विभिन्न उद्योग स्थापनार्थ कोरियन व्यवसायीसँग बुधबार छलफल भएको छ । अर्जुनधारा नगरपालिकासँगको सहकार्यमा नगर क्षेत्रमा उद्योग स्थापनार्थ कोरियन व्यवसायी र नगरपालिकाका जनप्रतिनिधिहरुसँग छलफल भएको हो । नगरपालिकाको सहकार्यमा हाइब्रिड स्कुटर एसेम्बल उद्योग, शृङ्गार सामग्री उद्योग र कृषि मल उत्पादन उद्योग स्थापनाका लागि कोरियन व्यवसायीसँग छलफल भएको नगरप्रमुख बलदेव गोम्देनले बताउनुभयो । “अर्जुनधारामा कोरियन कम्पनी स्थापना गर्ने प्रयास गरेका हौं”, उहाँले भन्नुभयो, “त्यसका लागि कानूनी प्रक्रिया पूरा गर्ने काम भइरहेको छ ।” उद्योग स्थापना भए कोरियन उत्पादन सुलभ मूल्यमा पाइनुका साथै रोजगारी र पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने नगरप्रमुख गोम्देनको भनाइ छ । छलफलका…

Read More

झापा, २० भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको मौसम बुलेटिनअनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशको थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी, मधेस र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती, लुम्बिनी, कर्णाली र…

Read More