झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

शिवसताक्षी, १६ भदौ । झापा क्षेत्र नं. ४ का सांसद एलपी साँवा लिम्बूले शिवसताक्षी नगरपालिकाको दक्षिणी क्षेत्रमा भएका सडकहरु धेरै कालो पत्रे भएको बताएका छन् । यसअघि कालो पत्रे सडक हेर्न कै लागि पूर्व–पश्चिम लोकमार्ग जानु पर्ने बाध्यता रहेको उनको भनाइ छ । ‘कुनै बेला भन्ने गरिन्थ्यो पाँचगाछी भनेको हेपिएको ठाउँ हो, विकास नभएको ठाउँ हो । तर हाल संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले यहाँका बाटाहरु कालो पत्रे गरेका छन्’, उनले भने, ‘केही सामाजिक सञ्चालनहरुमा प्रयोजित तरिकाले विकास भएन, बदलिएन भन्ने भास्य निर्माण गरिँदै छ । यो जनतामा भम्र छर्ने काम मात्र हो ।’ रङ्याथानदेखि कनकाई पारी सुँगाबथान…

Read More

उद्धव पुरी बिर्तामोड, १६ भदौ । उनी नेपालमै जन्मिएर ७७ बर्षको उमेरसम्म पनि नागरिकता लिन सकेका छैनन् । उनका दाजुभाई, श्रीमती र छोराको नागरिकता छ तर, उनको छैन । उनकी श्रीमतीको माइतमै नागरिकता बनेको थियो । त्यसकै आधारमा छोराको पनि बन्यो । अहिले श्रीमती र छोरा सल्लाह गरेर नै अलग्गै बस्दै आएका छन् । उनी हुन् बिर्तामोड–५ मा बस्दै आएका प्रकाश थापा । परिवारका सवै सदस्यको नागरिकता भएपनि प्रकाश भने ७७ बर्षसम्म नागरिकता बिहिन छन् । नेपाली नागरिकले ७७ बर्षसम्मको उमेरमा पनि नागरिकता लिन पाएका छैनन् भन्दा धेरैलाई अचम्व पनि लाग्न सक्ला । तर, झापाको बिर्तामोडमा बि।स। २०१८ सालदेखि बस्दै…

Read More

भद्रपुर, १६ भदौ । झापा जिल्लाका १५ वटा स्थानीय तहको संस्थागत क्षमता मूल्यांकन अन्तर्गत गुणस्तर परीक्षणका ११ वटा शीर्षकमध्ये ‘न्यायिक कार्यसम्पादन’ र ‘सामाजिक समावेशीकरण’मा भद्रपुर नगरपालिका प्रथम भएको छ । स्थानीय तहहरूको कार्यप्रक्रिया र उपलब्धिको लेखाजोखाबाट यस्तो नतिजा आएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा भदौ ६ गते सार्वजनिक आ.व.२०७९–’८० को विस्तृत विवरणमा उल्लेख छ । नतिजामा मूल्यांकनका अन्य ९ वटा शीर्षकमध्ये भौतिक पूर्वाधार तर्फ ८.७५ अंक र वातावरण संरक्षण तथा विपद् व्यवस्थापन तर्फ ५.७५ अंकका साथ चौथो स्थानमा रहँदा सेवा प्रवाह तर्फ १२.२५ अंक पाएर पाँचौं, वित्तीय एवम् आर्थिक व्यवस्थापन तर्फ ८ अंक पाएर सातौं र शासकीय प्रबन्ध तर्फ…

Read More

झापा, १६ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी र बागमती प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहेको छ। बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। आज राति देशभर आंशिक देखि साधरणतया…

Read More

भद्रपुर, १६ भदौ । झापाको भद्रपुर नगरपालिका–६ भतियाबारीकी १८ वर्षीया रेखाकुमारी राजवंशी सात दिनदेखि बेपत्ता भएकी छन् । घरबाट विद्यालय जान्छु भनेर हिँडेकी उनी गत भदौ ९ गतेदेखि बेपत्ता भएकी हुन् । भद्रपुर सेकेण्डरी स्कूलमा कक्षा–१२ मा अध्ययनरत् किशोरी विद्यालय जान्छु भनेर हिँडे पनि हालसम्म घर नर्फिकएको उनका बुबा लवनसिंह राजवंशीले जानकारी दिए । किशोरी बेपत्ता भएलगत्तै जिल्ला प्रहरी कार्यालय झापामा खोजतलासका लागि निवेदन दिए पनि हालसम्म पत्ता लाग्न नसकेको जनाइएको छ । उचाई अन्दाजी पाँच फिट भएकी किशोरीले हराएको समयमा सेतो कुर्ता र कालो रंगको शुरुवाल लगाएको जनाइएको छ । नेपाली र राजवंशी भाषा बोल्न जान्ने उनी आफन्तकोमा समेत…

Read More

झापा, १६ भदौ । पूर्वीनाका काँकरभिट्टाबाट गत आर्थिक वर्ष २०८०-८१ मा रु १४ करोड ९३ लाख ६९ हजार बराबरको मोलास्सेस (खुदो) बङ्गलादेश निर्यात भएको छ । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काँकडभिट्टाका प्रमुख सुवास पाण्डेयका अनुसार गत आवमा नौ हजार सात सय ४१ दशमलव ६५ मेट्रिक टन खुदो बङ्गलादेश निर्यात भएको हो । “चालु आव २०८१–८२ को भदौ दोस्रो सातासम्म तीन हजार पाँच सय ५५ दशमलव ६ मेट्रिक टन अर्थात् रु पाँच करोड ३१ लाख ९७ हजार बराबरको खुदो बङ्गलादेश निर्यात भएको थियो । भारतले बङ्लादेशमा खुदो निर्यात गर्दा ५० प्रतिशत कर लगाएसँगै नेपालबाट यसको माग…

Read More

झापा, १६ भदौ । पूर्वपश्चिम राजमार्गस्थित बिर्तामोडमा बसको ठक्करबाट हिजो साँझ एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम माईनगरपालिका–४ की ३० वर्षीया तुलसा पाँचकोटी रहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । प्र १–०२–००२ ख ००३५ नंको यात्रुवाहक बसले बाटो क्रस गर्दै गरेको प्र १–०१–०१३ प ५७०० नंको मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट मोटरसाइकलको पछाडि बसेकी उनी घाइते भएपछि विर्तामोडमा रहेको बिएन्डसी अस्पतालमा उपचारका लागि पठाइएको थियो । उपचारका लागि अस्पताल लैजाँदै गर्दा उहाँको बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । बस चालक कन्काई नगरपालिका–३ बस्ने २९ वर्षीय हिमाल विश्वकर्मा र मोटरसाइकल चालक माईनगरपालिका–४ कै ठिरप्रसाद…

Read More

झापा, १६ भदौ । नयाँ आर्थिक वर्ष सुरुआत भएको डेढ महिना बितिसक्दा पनि झापाको स्थानीय तहले आर्थिक कारोबार गर्न सकेका छैनन् । स्थानीय तहले बैंक खाता सञ्चालन गर्न नसक्दा विकास निर्माणलगायत काम ठप्प भएका छन् । गाउँसभा तथा नगरसभाबाट पारित भएको नीति कार्यक्रम तथा बजेट कोष तथा लेखा नियन्त्रक कार्यालयमा नबुझाउँदा आर्थिक गतिविधि प्रभावित भएका हुन् । कार्यालयका प्रमुख कोष नियन्त्रक सूर्यबहादुर भण्डारीले भने, “नीति कार्यक्रम र बजेट गाउँ–नगरसभाबाट पारित भएको विवरण नआएकाले स्थानीय तहमा जाने रकम फुकुवा नभएको हो । गाउँसभा तथा नगरसभाबाट पारित भएको नीति कार्यक्रम तथा बजेट र गत आवको हिसाब मिलान भएको विवरण आउने वित्तिक्कै स्थानीय…

Read More

झापा, १६ भदौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आइतबार बिहानदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर रु दुई, डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु एक घटाएको हो । आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर रु पाँच र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर अमेरिकी डलर ३७ ले घटाइएको निगमले जनाएको छ । निगमले पेट्रोल पहिलो, दोस्रो र तेस्रो वर्गका क्षेत्रमा प्रतिलिटर क्रमशः रु एक सय ६०.५०, एक सय ६२ र एक सय ६३ तथा डिजेल र मट्टितेल प्रतिलिटर क्रमशः रु एक सय ५१.५०, एक सय ५३ र एक सय ५४ तोकेको छ । आन्तरिकतर्फको हवाई इन्धनको मूल्य समायोजन…

Read More

झापा, १५ भदौ । झापाको कनकाई नगरपालिका–८ स्थित शिव पञ्चायन मुक्तिधामको वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष लेखनाथ दाहालको अध्यक्षता तथा कनकाई–८ का अध्यक्ष लीलाबहादुर कटुवालको प्रमुख आतिथ्यमा आज साधारणसभा सम्पन्न भएको हो । कार्यक्रममा योगी लालबहादुर कार्की, भक्तबहादुर बिष्ट, चेता राईलाई सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष देवीबहादुर बस्नेतले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव टिका घिमिरेले गर्नुभएको थियो । साधारणसभामा प्रस्तुत प्रतिवेदनहरू सर्वसम्मत पारित भएको जेनिस दाहालले जानकारी दिनुभयो ।

Read More