
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, १७ भदौ । छठ महिला मञ्च बिर्तामोडले तीज मिलन कार्यक्रम गरेको छ । बिर्तामोडको अतिथि सदनमा आइतबार मञ्चले तीज मनाएको हो । मञ्चको अध्यक्ष निशा शाह गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख डा. सुरुची महत्तो रहेकी थिइन् । मञ्चको सचिव पुनम चौधरीले स्वागत गरेको कार्यक्रमको औचित्यमाथि अध्यक्ष गुप्ताले प्रकाश पारेकी थिइन् । मञ्चको महासचिव रेनुका महत्तोले सञ्चालन गरेको कार्यक्रममा स्वागत नृत्य सुहानी, पिहु, रोहिताले गरेका थिए । कार्यक्रममा रजनीको समूहले आकर्षक नृत्य समेत प्रस्तुत गरेको थियो । उनीहरुलाई राजकुमार गुप्ता र अनिता गुप्ताले मायाको चिनो समेत प्रदान गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि डा. महत्तो, विशेष अतिथि बिर्तामोड उद्योग वाणिज्य…
झापा, १७ भदौ । झापाको कन्काई नगरपालिका–३ एकान्त टोलमा रहेको कुखुरा र बंगुर फर्ममा आगलागी भएको छ । शनिवार राति विद्युत सर्ट भई सूर्य चौलागाँईले सञ्चालन गरेको कुखुरा र बंगुर फर्ममा आगलागी भएको हो । आगलागीबाट काठको बेरा र टिनको छाना भएको फार्मको काठपात, कुखुराको दाना, दाना बनाउने दुईवटा मेशिन, १० वटा कुखुराको माउ र चल्ला गरी करिव ३ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
झापा, १७ भदौ । भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ ।…
बिर्तामोड, १६ भदौ । श्री कृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्य समिति झापाको अध्यक्षमा समर्पण खतिवडा निर्वाचित भएका छन् । बैगुन्धुरामा सम्पन्न युवा परिषदको ३४ औं साधारणसभा तथा १३ औं जिल्ला अधिवेशनबाट खतिवडा तीन बर्षे कार्यकालकालागि अध्यक्षमा सर्वसम्मत भएका हुन् । उनी यस अघि परिषदको उपाध्यक्ष थिए । त्यस्तै परिषदको अधिवेशनले उपाध्यक्षमा कुमार कार्की, उमेश मिश्र, सचिवमा बासु पाण्डे, सह–सचिवमा युवराज शिवाकोटी (मिलन), कोषाध्यक्षमा सुसन खतिवडा र सह–कोषाध्यक्षमा डिल्ली पाण्डेलाई सर्वसम्मत गरेको छ । त्यस्तै सदस्यहरुमा युवराज कट्टेल, कृष्ण थपलिया, सन्दिप पौडेल, ज्योति प्रसाद न्यौपाने, पुन्य प्रसाद दाहाल, मातृका भट्टराई, थिरेन्द्र भेटवाल, याम प्रसाद संग्रौला, मनोज रिजाल, प्रलाद खड्का…
झापा, १६ भदौ । आइसिसी विश्वकप लिग–२ को तयारीको लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज श्रीलङ्का प्रस्थान गरेको छ । भारतको नेसनल क्रिकेट एकेडेमी बेङ्गलोरमा दुई साता अभ्यास गरेर स्वदेश फर्किएको टोली आज श्रीलङ्का प्रस्थान गरेको हो । नेपाली टोलीले श्रीलङ्काको डेभ्लपमेन्ट टोलीसँग तीन एकदिवसीय खेल खेल्ने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । क्यानका अनुसार नेपालले यही भदौ १८, २० र २२ गते अभ्यास खेल खेल्ने तय भएको छ । टोलीमा कप्तान रोहितकुमार पौडेलसहित दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने आसिफ शेख, अनिल शाह, देव खनाल, भीम सार्की र आरिफ शेख छन् । यस्तै, कुशल मल्ल, सोमपाल कामी, करण केसी,…
झापा, १६ भदौ । बाँकेको नरैनापुरमा झाडा पाखाका कारण आज ४ जनाको मृत्यु भएको छ । नरैनापुर –३ गेगलीमा एक्कासि फैलिएको झाडापखालाबाट गाउँका १० जना बिरामी परेका छन् भने ४ जनाको मृत्यु भएको नरैनापुर ३ का वडा अध्यक्ष अजय मिश्राले जानकारी दिनुभयो । हरिराम पासीको श्रीमती, मोहन लाल पासीको श्रीमती, राम बिहारीको डेढ वर्षको छोरी र सखावत अलिको अन्दाजी १० वर्षको छोराको मृत्यु झाडापखालाकै कारण भएको हो । अत्यधिक गर्मी र खानेपानीमा केही गडबडी भएका कारण सो गाउँमा झाडा पखाला फैलिएको हुनसक्ने स्वतथ्यकर्मीको भनाई छ । फोहोर पानीका कारण उनीहरूमा झाडापखाला लागेको र मृत्यु भएको हुनसक्ने बताइएको छ ।
झापा, १६ भदौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सार्वजनिक बिदाको दिनमा पनि अस्पतालको बहिरङ्ग सेवा (ओपीडी) सञ्चालन गर्न निर्देशन दिएको छ । कार्यालयका सहसचिव हीरामणि शर्माले मन्त्रालयलाई केही दिनअघि पत्र लेख्दै सार्वजनिक बिदाको दिनमा अस्पतालले बहिरङ्ग सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्न निर्देशन दिनुभएको हो । गृह मन्त्रालयले जारी गरेको सूचना १ को सार्वजनिक बिदासम्बन्धी प्रकाशित राजपत्रको सूचनामा सार्वजनिक सेवा प्रवाहसम्बन्धी विशेष व्यवस्थाको उपप्रकरण १०.१ को खण्ड (न) मा भएको व्यवस्था अनुसार निर्देशन जारी गरिएको पत्रमा उल्लेख गर्नुभएको छ । सूचनामा सबै प्रकारका अस्पतालबाट प्रवाह हुने स्वास्थ्यसम्बन्धी सेवा (बहिरङ्ग सेवासमेत) सार्वजनिक बिदाको दिनमा सञ्चालन गर्नुपर्ने उल्लेख…
झापा, १६ भदौ । झापाको अर्जुनधारामा एक किशोरीले आत्महत्या गरेको तीन घण्टा नबित्दै छिमेकी पुरुषले पनि आत्महत्या गरेका छन् । महिलाले भिडियो कल गरेर आत्महत्या गरेपछि पुरुषले त्यसको केही समयपछि आत्महत्या गरेका हुन् । अर्जुनधारा नगरपालिका–६ लक्ष्मीटोलकी अन्दाजी २४ वर्षकी नम्रता पाठकले शुक्रबार सोही स्थानका कृष्ण ढुङ्गेललाई ह्वाट्सएपमा भिडियो कल गरेर आत्महत्या गरेकी थिइन् । पूजा कोठामा सलको पासो लगाएर उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ । ढोका खोलेर हेर्दा उनी झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । त्यसको केही समयपछि ढुङ्गेलले पनि घरमा कोही नभएको समयमा झुण्डिएर आत्महत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले उनीहरुबीच बिवाहेत्तर…
झापा, १६ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको मन जित्ने गरी काम गर्ने सामर्थ्य माओवादीसँग मात्रै रहेको बताउनुभएको छ । नेपालगञ्जमा आज कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले माओवादी पार्टी मात्र नभएर एउटा सिङ्गो राजनीतिक र सामाजिक आन्दोलन भएको उहाँले बताउनुभयो । कार्यकर्तालाई सङ्गठन निर्माण र विस्तारमा जुट्न आह्वान गर्नुहुँदै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘अब पार्टीलाई २०६४ सालकै अवस्थामा फर्काउने उद्घोष गर्छु ।’ आफ्नो नेतृत्वको सरकारले भ्रष्टाचार निवारण, सुशासन र सामाजिक न्याय तथा विकासका क्षेत्रमा थुप्रै काम गरेको अध्यक्ष प्रचण्डले बताउनुभयो । ‘२०६४ सालमा माओवादीलाई नेपाली जनताले ठूलो विश्वास गरेर समर्थन गरेको इतिहास साक्षी छ, पार्टीभित्र देखिएका…
झापा, १६ भदौ । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले असोज ५ गते महासंघको सबै तहको निर्वाचन एकैसाथ सम्पन्न गर्न निर्वाचन समितिलाई पत्राचार गरेका छन् । महासंघ आफैंमा एउटा स्वतन्त्र र छाता संस्था हुँदाहुँदै पनि यससँग सरोकार राख्ने पक्षको आवाजलाई सुन्ने र सम्बोधन गर्ने अभ्यास र दायित्वका कारण निर्वाचनमा केही ढिलाई हुन पुगेको पोख्रेलले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसअघि घोषित मितिमा निर्वाचन हुन नसक्नुका कारणहरू जे जस्ता भए पनि अध्यक्षका नाताले त्यसको नैतिक जिम्मेवारी ग्रहण गर्ने उनको भनाइ छ । उनले महासंघले यसबीचमा भोगेका सकारात्मक पक्षहरू अनुसरण गदै नकारात्मक पक्षहरूबाट शिक्षा लिँदै सच्चिनु पर्ने आवश्यकता महसुस गरेको…