झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

सरोज भट्टराईशिवसताक्षी, १७ भदौ । झापाको शिवसताक्षीको दूधेमा रहेको राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका शिक्षकलाई सम्मान साथ घरसम्म स्कटिङ्ग गरेर विदाई गरिएको छ । आजबाट शिक्षण पेशाबाट सेवा निबृत्त हुनु भएका शिक्षक श्रीप्रसाद खरेललाई विद्यार्थीहरुले गाडीमा राखी बजार परिक्रममा गराई घरसम्म स्कटिङ्ग गरेर पुर्याएका हुन् । शिक्षक खरेल वि.सं. २०४१ आश्विन २४ गतेबाट आफु जलेर अरुलाई प्रकाश छर्ने शिक्षण पेशमा शिवसताक्षी दुधे कै सतासी प्राथमिक विद्यालयबाट शिक्षण पेशामा प्रवेश गरेका थिए । २०४८ साल मंसिर १ गतेदेखि प्रावि तहमा स्थायी र २०५७ साल चैत्र १ गतेदेखि राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा सरुवा भएर आउनु भएको थियो । २०६१ साल बैसाख…

Read More

बनियानी, १७ भदौ । कोशी प्रदेशमा आम सञ्चार माध्यमलाई व्यवस्थापन गर्न बनेको विधेयकको मस्यौदाका लागि झापाबाट सुझाव संकलन शुरु भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशको आयोजना तथा नेपाल पत्रकार महासंघ झापा शाखाका संयोजनमा आज यहाँ सुझाव संकलन गरेको हो । छलफल तथा सुझाव संकलन कार्यक्रममा मन्त्रालयका उपसचिव विश्वदीप बेस्राले हाल निर्माण गरिएको प्रारम्भिक विधेयकको मस्यौदाका मुख्य–मुख्य विषयमा जानकारी दिनुभएको थियो । मन्त्रालयले हाल निर्माण गरेको ६५ बुँदे मस्यौदामा न्यू मिडिया, युट्युब, विज्ञापन एजेन्सी लगायतलाई समेटिएको छ । कार्यक्रममा पत्रकार महासंघ झापा शाखाका पूर्व अध्यक्ष तारामणि सापकोटाले विधेयकलाई समावेशी बनाउनुपर्नेमा जोड दिनुभयो । विधितालाई सम्बोधन गर्न सक्ने…

Read More

सुनसरी, १७ भदौ । सुनसरीको बराहक्षेत्र नगरपालिका ६ चिलियाटापु स्थितमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । हिजो साँझ स्थानीय ४५ बर्षीय गंगाराम यादवलाई आफ्नै घरको पानि खाने कलमा जडान भएको मोटरको तार जोड्ने क्रममा अचानक करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो भने घटनास्थलको सम्पुर्ण कानूनी प्रकृयाको लागी इलाका प्रहरी कार्यालय महेन्द्रनगरको प्रहरी टोली खटिएको थियो ।

Read More

झापा, १७ भदौ । झापाको गौरादह नगरपालिका ३ स्थितबाट लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो राती ८ बजे इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरी टोलीले गौरिगंजबाट दमकबाट तर्फ आउदै गरेको को।२७ प ३५४९ नम्बरको मोटरसाईकललाई रोकेर चेकजाँच गर्ने क्रममा कमल गाउँपालिका(५ का २१ बर्षीय दिपेन्द्र ताजपुरीयाको साथबाट ९ ग्राम ९ मिलिग्राम लागुऔषध ब्राउनसुगर फेला पारी उनलाई नियन्त्रणमा लिएको हो । लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका ताजपुरीयाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।

Read More

बिर्तामोड, १७ भाद्र । बिर्तामोडस्थित तारा नमस्ते बालआश्रमका बालबालिकालाई ६ हजार मूल्य बराबरको खाद्यान्न सामग्री र हस्तान्तरण गर्दै नेपाल महिला संघ बिर्तामोड ५ नम्बर वडा समितिले तीज विशेष कार्यक्रम सप्पन्न गरेको छ । बाल आश्रम परिसरमा आयोजित कार्यक्रमका बीच त्यहा आश्रय लिएर बिद्यालयमा अध्ययनरत बालबालिकालाइ दाल, चामल लगायतका खाद्यान्न सामग्री बितरण गरिएको हो । नेपाल महिला संघ बिर्तामोड ५ नम्बर वडा समितिका अध्यक्ष पार्बता बस्नेतको सभापतितब र नेपाली काङ्ग्रेस महासमिति सदस्य सीता पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा महासमिति सदस्य राधा सुब्बा, नेपाल महिला सङ झापा अध्यक्ष टीका सिटौला मैनाली, जिल्ला सदस्य धनमाया चुडाल सापकोटा, एबिसी नेपाल अध्यक्ष कन्चना ढकाल सिटौला,…

Read More

बिर्तामोड, १७ भदौ । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) झापा आउने भएका छन् । भदौ तेस्रो साता उनी झापा आउन लागेका हुन् । अगुवा कार्यकतासँग भेटघाट गर्न अध्यक्ष प्रचण्ड झापा आउन लागेको नेकपा माओवादी केन्द्र झापाका संयोजक राजु आचार्य (अग्नी)ले जानकारी दिए । करिब ६ बर्षपछि प्रचण्ड झापा आउन लागेको खबरले झापाली नेता कार्यकर्ता उत्साहित भएका छन् । नेकपा एमालेसँगको सहकार्य टुटेसँगै प्रमुख प्रतिपक्षी दलको रुपमा रहेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमाले अध्यक्ष ओलीको जिल्ला आउन लागेको बिषयलाई चासोका साथ हेरिएको छ । ‘पूर्वेली जनसंगठन सुदृढीकरण अभियान’ अन्तर्गत पार्टीले चलाएको अभियानले झापा माओवादीमा पुनः प्राण…

Read More

झापा, १७ भदौ । अमेरिकाको मेरील्यान्डमा नेपाली युवक मृत भेटिएका छन् । पर्वत घर भई अमेरिकाको मेरिल्याण्ड राज्यमा बस्दै आएका ४७ वर्षी शान्तलाल प्रधान मृत भेटिएका हुन् । गत अगस्त २७ उनी मृत फेला परेका हुन् । गणित शिक्षक रहेका प्रधान सन् २०१५ मा अमेरिका पुगेका थिए । उनी सन् २०२२ मा मेरिल्याण्ड ब्यापार गर्न पुगेका थिए । प्रधानका पत्नीका साथै एक छोरी र एक छोरा रहेका छन् । उनको शव नेपाल फर्काउने तयारी गरिएको बताइएको छ । यसअघि अमेरिकाको ह्युष्टनमा २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डेको हत्या भएको थियो । पाण्डेमाथि गोली हानी हत्या गरेको आरोपमा ५१ वर्षीय बबीसिंह…

Read More

झापा, १७ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित छ। आज बिहान देशभरको मौसम आंशिकदेखि साधारणतया बदली छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा अहिले हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा दिउँसो भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको…

Read More

झापा, १७ भदौ । चितवनमा डेङ्गी सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचारका क्रममा भरतपुर महानगरपालिका–२ का ६३ वर्षीय पुरुषको गत शनिबार मृत्यु भएको जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विमल पटेलले जनाकारी दिनुभयो । उहाँका अनुसार ती बिरामी ज्वरो आएर शुक्रबार मेडिकल कलेजमा भर्ना भएका थिए । जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये सात सय २७ जनामा डेङ्गीको सङ्क्रमण देखिएको छ । तीन हजार ४४ जनाको परीक्षणका क्रममा उनीहरूमा यो रोगको सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमितमध्ये पाँच सय ३२ जना चितवनका र अन्य जिल्लाका छन् ।

Read More

झापा, १७ भदौ । बिर्ताामोड नगरपालिका –३ सैनिकमोड पश्चिम करेलाबारीका स्थानीयवासीले आफूहरुलाई भू–माफियाले उठिबास लगाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । विगत केही वर्षदेखि भू–माफियाले आफूहरु बसोवास गरिरहेको जमिनको जग्गा धनीपूर्जा लिएर नापजाँचका लागि आउने गरेको र आफूहरुलाई घर खाली गर्न भन्दै धम्क्याउँदै आएको बताए । २०३८ सालदेखि सो क्षेत्रमा बसोवास गर्दै आएको बताउने स्थानीय कल्टु राजवंशीले भू–माफियाले आफूहरुलाई घरवार विहीन बनाउन खोजेको गुनासो गरे । यो जमिन हाम्रो हो भन्दै पटक–पटक भूमाफियाको टोली घर खाली गराउन आउँछन् – उनले भने – भूमाफियाले करेलावारीमा आँखा लगाउँदा म मात्र होइन ४८ परिवारको उठिबास लाग्ने अवस्था छ । बिर्तामोड–३ को करेलावारी टोल…

Read More