झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, ४ भदौ । बिर्तामोड नगर अस्पतालमा नर्मल डेलीभरी (प्रसूति) गराउनेको संख्या ८३ पुगेको छ । अस्पतालप्रति सेवाग्राहीको विश्वसनियता बढेसंगै प्रसुती गराउनेको संख्या पनि थपहुँदै गएको हो । गत आर्थिक वर्ष २०८०÷८१ मा ७० जना र चालु आर्थिक वर्षको साउन यता १३ जना गरी ८३ जनाले नर्मल डेलिभरी सेवा लिएको अस्पतालकी सिनियर अनमी निरीक्षक दिपा श्रेष्ठले जानकारी दिनु भयो । उहाँका अनुसार साउनमा १० जना र भदौमा ३ जनाले सेवा लिएका हुन्। नगर अस्पतालमा प्रसुती हुनेहरुको लागि न्यानो झोलासमेत प्रदान गरिदै आएको छ । झोलामा वच्चाको भोटो, टोपी, दौरा सुरुवाल दुई दुई थान, युरिन म्याट र आमालाई लुगा ९म्याक्सी० एक…

Read More

पाँचथर, ४ भदौ । बालिका बलात्कार गरेको आरोपमा सिद्धदेवी माध्यमिक बिद्यालय पिपलबोटेका शिक्षक राजकुमार नेम्बाङ पक्राउ परेका छन् । फिदिम नगरपालिका १२ स्थित पिपलबोटेका शिक्षक नेम्वाङलाई पीडितको जाहेरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । फिदिम १३ स्थायी घर भएका नेम्बाङ माथि अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । नेम्बङमाथि १५ बर्षीया एक बालिकालाई बलात्कार गरेको आरोप छ । प्रहरीका अनुसार फिदिम बजारको सुन्तली चोकको एक घरमा पीडित बालिका उनका अभिभावकसहित बस्दै आएकी थिईन् । सोही घरमा नेम्बाङले आइतबार राति बालिकालाई बलात्कार गरेको आरोप छ । घटनाको बिषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरिक्षक रुपेस तामाङले जानकारी…

Read More

झापा, ४ भदौ । घरेलु टोली नेपाल र बङ्गलादेश एक खेल अगावै दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गरेका छन् । सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा मङ्गलवार बङ्गलादेशले श्रीलङ्कालाई २–० ले पराजित गरेसँगै समूह ‘ए’ बाट सेमिफाइनल पुग्ने टोलीको टुङ्गो लाग्यो । दुवै खेलमा पराजित श्रीलङ्का भने अङ्कविहीन हुँदै बाहिरिएको छ । पहिलो खेलमा श्रीलङ्का नेपालसँग १–० ले पराजित भएको थियो । अब बिहीबार हुने नेपाल र बङ्गलादेशबिचको खेलले समूह विजेताको टुङ्गो लगाउने छ । बङ्गलादेशलाई जित दिलाउन मिराजुल इस्लाम र पिएश अहमद नोभाले गोल गरे । खेलको १८औँ मिनेटमा इस्लामको गोलमार्फत बङ्गलादेशले अग्रता लिएको थियो । उनले…

Read More

बारा, ४ भदौ । बाराको कलैयामा मोटरसाइकल र टेम्पो एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । सोमबार राति कलैयाबाट धर्मनगर आउँदै गरेको ना ५४ प ४७४८ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट जाँदै गरेको ना २ ह ५३७२ नम्बरको ट्याम्पोमा ठोक्किएको थियो । दुर्घटनामा परी मोटरसाइकल चालक कलैया उपमहानगरपालिका–१२ धर्मनगरका २४ वर्षीय रामाकान्त पटेलको मृत्यु भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो । मोटरसाइकलमा सवार अन्य तीन जना सामान्य घाइते भएका छन् । चार जना सवार भई मोटरसाइकल चलाउँदा दुर्घटना भएको सापकोटाले बताउनुभयो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी…

Read More

इलाम, ४ भदौ । सूर्योदय नगरपालिका–१२ का रमेस गड्तौलाले यस वर्ष पाँच रोपनी जग्गामा काँक्रोखेती गर्नुभयो । “याम सकिनै लाग्यो । अन्तिम टिपाइ भइसक्यो, यसवर्ष राम्रैगरी काँक्रा बिक्री भए”, उहाँले भन्नुभयो, “झापाको चारआली र बिर्तामोड पुर्याउँदा कम्तीमा प्रतिगोटा रु ३० देखि ९० सम्ममा बिक्री हुन्छ । वरपर अरू किसानबाट जम्मा गरेर पनि त्यहीँ मूल्य हामीले दियौँ ।” काँक्रो लगाउँदा रु एक लाख ५० हजार खर्च भएको उहाँले बताउनुभयो । “रु छ–सात लाख आम्दानी भयो होला”, उहाँले भन्नुभयो, “हाम्रो गाउँमा धेरै किसानले काँक्रो लगाएका थिए । प्रायः सबैजसो किसानले कम्तीमा चार–पाँच सय काँक्रो बिक्री गरेका छन् ।” काँक्रोबाट आम्दानी राम्रो हुने…

Read More

इलाम, ४ भदौ । इलामको माङसेबुङ गाउँपालिका–३ र ५ मा निर्माणाधीन बृहत माङसेबुङ लिफ्ट खानेपानी आयोजना अन्तिम चरणमा पुगेको छ । विगत तीन वर्षदेखि निर्माण सुरु भएको आयोजनाको ८४ प्रतिशत काम सम्पन्न भएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलामका इञ्जिनियर सविन श्रेष्ठले जानकारी दिए । नेपाल सरकारको १३ करोड आठ लाख तीन हजार सात सय आठ रुपैयाँ लागतमा आयोजना निर्माण थालिएको हो । माङसेबुङका दुईवटा वडावासीलाई पर्याप्त खानेपानी वितरण गर्ने लक्ष्यसहित सुरु गरिएको आयोजना आगामी कात्तिकभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । अहिलेसम्म ‘कलेक्सन टेम्बर’, एक सय घनमिटर क्षमताको एउटा ‘रिजर्भ ट्याङ्की’, ५० घनमिटर क्षमताको दुई वटा ‘रिजर्भ ट्याङ्की’,…

Read More

झापा, ४ भदौ । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा रु एक अर्ब २९ करोड पाँच लाख ३९ हजार राजस्व सङ्कलन गरेको छ । गत आव २०८०–८१ को सोही अवधिको तुलनामा यो १५ दशमलव ९३ प्रतिशतले बढी हो । मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी गणपति कँडेलका अनुसार गत आवको साउनमा रु एक अर्ब ११ करोड ३२ लाख ३१ हजार राजस्व सङ्कलन भएको थियो । “मेची भन्सारबाट आयात १४ दशमलव ५४ प्रतिशतले बढ्दा निर्यात भने ३३ दशमलव ९८ प्रतिशतले घटेको छ”, उहाँले भन्नुभयो, “चालु आवको साउनमा रु तीन अर्ब ८९ करोड १० लाख ५८ हजार बराबरको मालबस्तु…

Read More

झापा, ४ भदौ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ। एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली…

Read More

झापा, ४ भदौ । हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्की (मुक्ति) को मृत्यु भएको छ । गाडी दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा राती दुई बजेतिर ३९ वर्षीय कार्कीको निधन भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । कार्की सोमबार दिउँसो सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको फोर्स गाडी दुर्घटनामा घाइते भएका थिए । भेरीगंगा नगरपालिका–५, एमाले मोडमा दुर्घटना भएको उक्त गाडीमा सवार २१ जना घाइते भएका थिए । घाइते सबैलाई भेरी अस्पताल लगिएको थियो । उनी कर्णाली प्रदेश सभा सदस्य जुम्कित लामा कार्कीका श्रीमान् हुन् । कार्की नेकपा माओवादी केन्द्रको प्रदेश समिति सचिवालय सदस्य हुन्…

Read More

झापा, ४ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ । मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । आज राती देशभर…

Read More