झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २९ साउन । बिर्तामोड उद्योग वाणिज्य संघको सल्लाहकार समितिमा पाँच जनालाई मनोनयन गरिएको छ । संघका पूर्ब अध्यक्ष राजेन्द्रकुमार थापासहित व्यवसायीहरु मोहनकुमार मित्तल, विनोद वस्नेत,मोहन पाहिम र कमला विश्वकर्मालाई मनोनयन गरिएको हो ।त्यस्तै युवराज कार्की ‘पर्वत’लाई कार्यसमिति सदस्यमा मनोनयन गरिएको संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिए । बिर्तामोड उद्योग वाणिज्य संघको विधान २०७३ को परिच्छेद ९ को दफा २९.१ को उपदफा ‘क’ मा व्यवस्था भए अनुरुप सल्लाहकार समिति ममोनयन गरिएको हो भने सोही विधानको परिच्छेद ५ को दफा १३ को उपदफा ‘घ’मा व्यवस्था भए अनुरुप कार्यसमिति सदस्यमा कार्कीलाई मनोनयन गरिएको हो । बिर्तामोड उद्योग वाणिज्य संघमा आयोजित कार्यक्रमका बीच…

Read More

झापा, २९ साउन । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका एक जना पैदलयात्रीको आज मृत्यु भएको छ । झापाको बाह्रदशी गाउँपालिका–२ जनता बजारस्थित भित्रि सडक खण्डमा सोमबार राति मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका बाह्रदशी–१ नयाँ बस्तिका ४२ वर्षीय च्याङ्वा तामाङको आज बिहान उपचारका क्रममा मृत्यु भएको हो । बाह्रदशी–२ जनता बजारस्थित भित्री सडक खण्डमा कुटिबाट राजगढतर्फ आउँदै गरेको मे ४ प ५१५६ नम्बरको मोटरसाइकलले तामाङलाई ठक्कर दिएको थियो । तामाङलाई उपचारका लागि बीएण्सी अस्पताल बिर्तामोड लगिएकोमा उपचारका क्रममा आज बिहान ११ः४५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिनुभयो । मोटरसाइकल पछाडि सवार कचनकवल गाँउपालिका–१ का १९…

Read More

झापा, २९ साउन । कोशी प्रदेशमा वृद्धिमुखी उद्यमशीलता र रोजगारी कार्यक्रम सुरु भएको छ । प्रदेशका ५ वटा पालिकामा ३ करोड ७५ लाख रुपैयाँको लगानीमा कार्यक्रम सुरु गरिएको हो । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पालिका, प्रदेश सरकार र दायित्व नाम संस्थाबीच त्रिपक्षीय सम्झौता भई कार्य प्रारम्भ भएको हो । झापाको गौरादह नगरपालिका, सुनसरीको रामधुनी नगरपालिका, खोटाङको ऐसेलुखर्क गाउँपालिका, भोजपुरको पौवादुङ्वा गाउँपालिका र इलामको फकफोकथुम गाउँपालिकामा कार्यक्रम सञ्चालन हुनेछ । प्रदेश को उद्योग कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत यो कार्यक्रम सुरु गरिएको हो । कार्यक्रममा प्रदेश सरकारले ४० लाख, पालिकाले २० लाख र दायित्वले १५ लाख रुपैयाँ यो कार्यक्रममा खर्च…

Read More

झापा, २९ साउन । सुनको मूल्यमा आजको वृद्धिपछि हालसम्मकै उच्च विन्दुमा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भएको वृद्धिसँगै स्थानीय बजार पनि त्यसको प्रभाव परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला एक लाख ५० हजार ८०० कायम भएको छ । सोमबार प्रतितोला छापावाल सुन एक लाख ४८ हजार ७०० मा कारोबार भएको थियो । चाँदीको मूल्य भने स्थिर छ । आज प्रतितोला चाँदी एक हजार सात सय ४० मा कारोबार भइरहेको महासङ्घले बताएको छ ।

Read More

मोरङ, २९ साउन । मोरङको बेलबारी–३ करमडाँडास्थित अन्दाजी तीनदेखि चार वर्षको हात्ती मृतावस्थामा भेटिएको छ । स्थानीयवासी अनिता थापा र रेखा थापाको निजी वनमा हात्तीको छावा आज विहान मृत फेलापरेको बेलबारी नगरपालिका–३ का वडाध्यक्ष योगेन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो । सबडिभिजन वन कार्यालय बेलबारी, इलाका प्रहरी कार्यालय बेलबारी र सशस्त्र प्रहरी बल बेसक्याम्प लक्षीमार्गकोे टोलीले घटनास्थल पुगेर मुचुल्का उठाउन सुरु गरेको डिभिजन वन कार्यालयका निमित्त प्रमुख हेमन्त पराजुलीले जानकारी दिनुभयो । छावाको मृत्युको कारण भने खुल्न नसकेको उहाँले बताउनुभयो । सुनसरीस्थित कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषको टोली पनि घटनास्थलमा आउने क्रममा रहेको जनाइएको छ ।

Read More

झापा, २९ साउन । वीरता लेडी जेसीजले विद्यार्थीहरूका लागि साइबर क्राइम सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेको छ । सोमबार बिर्तामोडस्थित न्युटन्स एकाडेमीमा लेडी जेसीजले सचेतना कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा कक्षा १२ मा अध्ययनरत व्यवस्थापन संकायका विद्यार्थी सहभागी भएको वीरता लेडी जेसीजकी अध्यक्ष मेनुका ओलीले बताइन् । विद्यार्थीलाई सचेत गराउने उद्देश्य राखेर कार्यक्रम आयोजना गरिएको अध्यक्ष ओलीले जानकारी दिइन् । प्लस टुका कोर्डिनेटर केवल सापकोटाको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा न्युटन्स एजुकेसन एकाडेमीका प्रिन्सिपल देवेन्द्र हुमागाई र इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश बिष्ट विशेष अतिथिका रुपमा सहभागी भएका छन् । सचेतना कार्यक्रममा सहभागी विद्यार्थीलाई प्रहरी…

Read More

भद्रपुर, २९ साउन । झापा भूमिगत जलसिँचाइ आयोजनाबाट जिल्लामा भूमिगत सिँचाइमार्फत सिञ्चित हुने क्षेत्रमा वृद्धि भएको छ । जिल्लामा सञ्चालित विभिन्न आयोजना मार्फत २०८०र८१ मा एक हजार दुई सय हेक्टर जमिनमा सिँचाइ सुविधा थप भएको छ । योसँगै झापामा छ सय हेक्टर जमिनमा किसानको पहुँच पुगेको हो । आयोजनाका सूचना अधिकारी ईश्वर थापाका अनुसार गत आवका लागि विनियोजित रु १० करोड ४५ लाखको वित्तीय प्रगति शतप्रतिशत हुनुका साथै भौतिक प्रगति एक सय ३४ दशमलव १७ प्रतिशत रहेको छ । गत आवमा विनियोजित बजेटमा आयोजनाले लिएको लक्ष्यभन्दा बढी काम भएकाले भौतिक प्रगति बढेको छ । गत आवमा कृषि उत्पादन बढाउन नदी…

Read More

झापा, २९ साउन । मंगल ग्रहमा पानी हुनसक्ने भन्दै लामो समयदेखि जारी वैज्ञानिक अनुसन्धानले मूर्त रुप पाएको छ । हालै मंगल ग्रहको चट्टानको गहिराइमा तरल पानीको भण्डार भेटिएको वैज्ञानिकहरुले पुष्टि गरेका छन् । मंगल ग्रहको चट्टानी बाहिरी क्रस्टको गहिराइमा वैज्ञानिकहरुले पानीको भण्डार फेला पारेका हुन् । सन् २०१८ मा मंगलग्रहबाट फर्किएको नासाको मार्स इनसाइट ल्याण्डरको डाटाको नयाँ विश्लेषणबाट वैज्ञानिकहरु यो निष्कर्षमा पुगेका हुन् । ल्यान्डरले सिस्मोमिटर बोकेको थियो । यसले मंगलग्रहको गहिराइबाट चार वर्षको कम्पन अर्थात् भूकम्पहरू रेकर्ड गरेको थियो । ती भूकम्पहरूको विश्लेषण र ग्रहको गति अनुसन्धानबाट तरल पानीको भूकम्पीय संकेतहरु भेटिएका हुन् । मंगल ग्रहको ध्रुवमा पानी जमेको…

Read More

बिर्तामोड, २९ साउन । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सोमबार रक्तदान कार्यक्रम गरिएको छ । बिएण्सी टिचिङ्ग अस्पताल र पूर्वाञ्चल क्यान्सर अस्पतालको आयोजनामा भएको रक्तदान कार्यक्रममा १२ महिलासहित ४८ जनाले रक्तदान गरेको अस्पतालका प्रवक्ता एवम् जनसम्पर्क अधिकृत प्रमिस गिरिले जानकारी दिनुभयो । झापामा रगतको अभावलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा सञ्चार कर्मी नेत्र बिक्रम बिमलीले ११६ औं पटक रक्तदान गर्नु भएको रक्तसञ्चार केन्द्र झापाका इन्चार्ज शिशिर दाहालले जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार झापाको प्राविधिक सहयोग रहेको उक्त कार्यक्रम अस्पतालका कर्मचारी एवं त्यहाँ पुगेका सर्वसाधारण समेत रक्तदान गरेका थिए ।

Read More

देवीका अधिकारीकचनकवल, २९ साउन । झापाको कचनकवल गाउँपालिकामा विश्व हात्ती दिवस २०८१ को अवसरमा मानव–हात्ती सहअस्तित्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको छ । कचनकवलको मोती मावि विद्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेषलाल राजवंशी, कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराई, विद्यालयका प्रधानाध्यापक छविलाल बस्नेत, फरेष्ट एक्सन नेपालका कार्यक्रम संयोजक डा. लिलानाथ शर्मा, डिभिजन वन कार्यालयका वन अधिकृत ऋषिराम पराजुली लगायत अन्य जनप्रतिनिधिहरू, शिक्षक, विद्यार्थी, र सरोकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रमको उद्देश्य विद्यार्थीहरूलाई हात्ती सम्बन्धी जानकारी दिनु रहेको प्रधानाध्यापक बस्नेतले बताए। कार्यक्रममा मानव(हात्ती द्वन्द्व र सहअस्तित्वका चुनौतीहरू तथा समाधानका उपायहरूबारे छलफल गरिएको थियो। अर्को कार्यक्रम स्थानीय महासंघ कचनकवलको आयोजनामा भएको थियो।…

Read More