झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ३१ साउन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज बसेको निगम सञ्चालक समितिको बैठकले शुक्रबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो । निगमले पेट्रोलको मूल्य प्रतिलिटर रु पाँच तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु तीन घटाएको जनाएको छ । निगमका अनुसार पहिलो वर्गमा पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ६७ रहेकामा रु एक सय ६२ कायम भएको छ । दोस्रो वर्गका लागि प्रतिलिटर रु एक सय ६९ रहेकामा रु एक सय ६४ र तेस्रो वर्गका लागि प्रतिलिटर रु एक सय ७० रहेकामा रु एक सय ६५ कायम गरिएको छ ।…

Read More

झापा, ३१ साउन । कोशी प्रदेश सरकारले बिहीबारदेखि जनताको गुनासो सुन्नका लागि हेल्लो सिएम सुरु गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा हेल्लो सिएम सेवाको सुरुवात गर्नुभएको हो । गुनासो व्यवस्थापनको लागि २४सै घण्टा जनताको गुनासो सुन्न सकिने गरी व्यवस्थापन सुरुवात गरिएको छ । प्रदेश सुशासन ऐन २०७६ अनुसार यो हेल्लो सिएम सुरु गरिएको हो । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यो सुरुवातले शासकीय सुधारमा सहयोग पुग्ने बताउनुभयो । उहाँले सरकारका विभिन्न सेवा र निकायका काम कारबाहीलाई प्रभावकारी बनाउन हेल्लो सिएम महत्वपूर्ण हुने बताउनुभयो । सुशासनबाट नै जनतालाई राहत दिन सकिने भएकाले यसलाई प्रभावकारी सञ्चालन गर्न कर्मचारीलाई मुख्यमन्त्री कार्कीले…

Read More

झापा, ३१ साउन । स्थानीय प्रशासनले भन्सार छलेर भित्र्याइएका रु सात लाख ६७ हजार बराबरका मोबाइल सेट, जुत्ता, चप्पललगायतका समान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बरामद गरिएका समान मेची भन्सार कार्यालयलाई बुझाइएको बताउनुभयो । बुधबार बेलुका बिर्तामोडको अदुवा खोलास्थित भारतमा दर्ता भएको गाडी जाँच गर्दा एप्पल कम्पनीका विभिन्न मोडलका प्रयोग भइसकेका विलविजक नभएका १२ थान मोबाइल बरामद गरिएको हो । गैरकानुनी काममा प्रयोग भएको गाडी र त्यसका चालक मेचीनगर नगरपालिका– १० का सुर मुखियालाई पनि भन्सार कार्यालय पठाएको छ । यसैगरी, बुधबार नै मेचीनगर नगरपालिका–६ काँकडभिट्टा हुँदै भन्सार छलेर ल्याइएका तामाका जग, बालबालिकाका…

Read More

झापा, ३२ साउन । झापाको बिर्तामोड–२ चारपाने निवासी तिलकचन राजवंशीको यतिबेला भोकप्यास हराएको छ । अरुको विश्वास गरेर साझेदारीमा व्यवसाय गर्दा तिलचनको यो हालत भएको छ । चालू अवस्थामा रहेको हार्डवेयर सम्बन्धी व्यवसाय आफू पनि साझेदारी गर्ने सोचका साथ उनी पनि लागे । तर, ५० लाख शेयर हाल्ने भनेर व्यवसायमा हात हालेका उनी अहिले अढाइ करोड भन्दा बढीका ऋणमा डुबेका छन् । पीडित राजवंशीका अनुसार यस्तो छ घटना क्रमबिर्तामोड–२ चारपानेका युनिस भेटवाल र बिर्तामोडका लब मैनाली संयुक्त रुपमा तीन वर्षअघि चारपानेमा ओम शिवम् ट्रेडर्स (हार्डवेयर होलसेल पसल) सञ्चालनमा ल्याएका थिए । मैनालीले टे«डर्स छोडेपछि तिलकचन र बिर्तामोडका धर्मप्रसाद संग्रौला जोडिए…

Read More

बिर्तामोड, ३१ साउन । झापाको बिर्तामोडमा यो बर्ष पनि श्रीकृष्ण रथयात्रा हुने भएको छ । श्री बालाजी मन्दिर समिति बिर्तामोड र श्री कृष्ण प्रणामी मन्दिर सतगुरु श्री देवचन्द्र सदन बिर्तामोडको संयुक्त आयोजनामा अघिल्लो वर्ष बिर्तामोडमा पहिलो पटक श्रीकृष्ण रथयात्रा निकालिएको थियो । तर, यस पटक यी दुवैको आयोजनामा बृहत रुपमा रथयात्रा निकालिने श्री बालाजी मन्दिर समितिका अध्यक्ष नवीन गोयलले जानकारी दिए । श्री कृष्ण जन्माष्टमीको भोलिपल्ट आगामी भदौ ११ गते नन्द उत्सवको अवसर पारेर बिर्तामोडमा श्री कृष्ण रथयात्रा को आयोजना गर्न लागिएको बुधबार सांझ बालाजि मन्दिर परिसरमा आयोजित सरोकारवालासंगको छलफल तथा पत्रकार भेटघाटमा जानकारी दिइएको हो । धार्मिक परम्परा अनुसार…

Read More

बिर्तामोड, ३१ साउन । बिर्तामोड‌मा सौर्य उर्जामा आधारित विद्युतीय तारवार निर्माणको काम शुरु भएको छ। हात्ती नियन्त्रणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषले बिर्तामोडको वडा नम्बर ६,७ र ८ मा सोलार ईलेक्ट्रिक फेन्सिङ वाल निर्माणको काम शुरु गरेको हो । वडा नम्बर ६ को देउनिया पुलदेखि वडा नम्बर ८ स्थित किसनभिट्टासम्मको ९ किलोमिटर क्षेत्रमा तारबार निर्माण हुन लागेको कोषले जनाएको छ । तारबार निर्माण कार्यको नगर प्रमुख पवित्रा महतारा प्रसाईले आज ९बिहीबार० शिलान्यास गरिन् । शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले हात्ती नियन्त्रणका लागि विद्युतीय तारवार प्रभावकारी हुने बताइन् । उनले बढ्दो मानविय क्षति कम गर्नका लागि विद्युतिय तारबार फलदायी हुने…

Read More

बिर्तामोड, ३१ साउन । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर यसबर्ष पनि झापाको बिर्तामोडमा श्रीकृष्ण रथ यात्रा निकालिने भएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा आगामी भदौं ११ गते बिर्तामोडमा भब्य रथयात्रा निकालिने भएको हो । सोही अवसरमा भदौं १० गते साँझदेखि भब्य श्रृगार, श्री कृष्ण जन्म, श्री कृष्ण लीला, शिव ताण्डप, श्री गणेशजी झाँकी, राधा रानी झाँकीलगायतका कार्यक्रम गरिने बताइएको छ । बिर्तामोडमा बुधवार अग्रसेन भवन अन्तरगतको श्री बालाजी धाम बिर्तामोड र श्री कृष्ण प्रणामी मन्दिर सतगुरु देवचन्द्र सदन बिर्तामोड युवा परिषदले संयुक्त रुपमा रथयात्रा आयोजना गर्ने बिषयमा बिषयमा छलफल भएको थियो । छलफलमा स्थानीय धार्मिक तथा सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको…

Read More

एजेन्सी, ३१ साउन । दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीचको दोस्रो टेष्ट क्रिकेट आज शुरु हुँदैछ । यो खेल गुयनाको प्रोभिडेन्स मैदानमा बेलुका पौने ८ बजे शुरु हुनेछ । यसअघि भएको पहिलो टेष्ट क्रिकेट बराबरीमा सकिएको थियो । यो खेल जित्ने टोलीले श्रृङ्खला नै जित्नेछ । टेस्टपछि यही अगस्टको २३ तारिखदेखि तीन खेलको टी–२० श्रृङ्खला शुरु हुनेछ ।

Read More

झापा, ३१ साउन । १३ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । झापाको शिवसताक्षी नगरपालिका–२ बस्ने २१ वर्षीय रामकृष्ण श्रेष्ठलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । रामकृष्णले ती बालिकालाई ललाई फकाई प्रलोभन देखाई मंगलबार राति आफ्नै घरभित्र लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Read More

शिवसताक्षी, ३१ श्रावण । झापा शिवसताक्षी नगरपालिका वडा नं. ४ ले विपन्न परिवारलाई वायोसेण्ड फिल्टर वितरण गरेको छ । वडा नं. ४ ले उक्त फिल्टर दुई चरणमा वितरण गरेको जनाएको छ ।वडाबासी विपन्न परिवारको स्वास्थ्यलाई मध्यनजर गर्र्दै वडाले फिल्टर वितरण गरेको वडाध्यक्ष विष्णु प्रसाईले जानकारी दिए । वडाध्यक्षका अनुसार १९ वटा फिल्टर आषाढ महिना भित्र र १९ ओटा श्रावणको अन्तिममा वितरण गरिएको छ । उनले आषाढमा एक लाख बराबरको गरिबसँग विशेश्वर कार्यक्रम मार्फत वितरण गरिएको हो भने, हाल एक लाख बराबरको वडाको सिलिङ्ग बजेटबाट वितरण गरिएको बताए । फिल्टर आषाढ महिना मै निर्माण गरी रकम निकाशा भएको उनको भनाई छ…

Read More