झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ५ भदौ । गत अक्टोबर–७ मा गाजा पट्टीमा इजरायली आक्रमण सुरु भएदेखि शहीद भएका पत्रकारहरूको सङ्ख्या १७० पुगेको छ । गाजाको सरकारी मिडिया कार्यालयले जारी गरेको विज्ञप्तिमा गाजा सहरको मुस्तफा हफेज विद्यालयलाई निशाना बनाई गरिएको आक्रमणमा पत्रकार हम्जा अब्दुल रहमान मुर्तजाको शहादतपछि मृत्यु भएका पत्रकारहरूको सङ्ख्या १७० पुगेको उल्लेख छ । विज्ञप्तिमा विश्वव्यापी पत्रकारिताको क्षेत्रमा अन्तर्राष्ट्रिय इजरायली कब्जालाई रोकी अपराधका लागि अन्तर्राष्ट्रिय अदालतमा मुद्दा चलाउन र पत्रकारको हत्या र अपराध रोक्न दबाब दिन आह्वान गरिएको छ । इजरायली कब्जामा रहेको विमानले मङ्लबार गाजामा सयौँ विस्थापितलाई आश्रय दिँदै एक विद्यालयमा बम प्रहार गरेको थियो । जसमा अधिकांश महिला तथा बालबालिकासहित…

Read More

झापा, ५ भदौ । झापाका १५ मध्ये १२ वटा पालिकाले न्यूनतम १५ शय्याको अस्पताल सञ्चालनमा ल्याएका छन् । पालिका आफैले सञ्चालन गरेका अस्पतालमा आपतकालीन, प्रसुति, प्रयोगशाला र अल्ट्रासाउन्डलगायतका सेवा उपलब्ध छन् । मेचीनगर, कनकाई र गौरादह नगरपालिकामा नगर अस्पताल सञ्चालन भइरहेका छन् भने बुद्धशान्ति, हल्दिबारी, कमल, बाह्रदशी, झापा र गौरीगञ्ज गाउँपालिकामा आधारभूत अस्पतालमार्फत पालिकाबासीले स्वास्थ्योपचार सेवा पाइरहेको स्वास्थ्य कार्यालय झापाका सूचना अधिकारी चुडामणि लुइँटेलले बताउनुभयो । दमक, विर्तामोड र अर्जुनधारामा नगरक्षेत्रभन्दा बाहिर समेत सेवा दिनेगरी बढी क्षमताको अस्पताल सञ्चालनमा छन् । कचनकबल गाउँपालिका र शिवसताक्षी नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा छन् । ती पालिकाले आधारभूत अस्पताल सञ्चालनका लागि तयारी गरिरहेको…

Read More

झापा, ५ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना…

Read More

भोजपुर, ५ भदौ । पर्यटकीय क्षेत्रको विकाससँगै स्थानीयको आयस्तर सुधार गर्ने लक्ष्यले भोजपुरको आमचोक गाउँपालिकाले चियाखेती थालेको छ । चियाखेतीको प्रशस्त सम्भवना बोेकेका यहाँका खाली पाखापखेरालाई हरियाली बनाउँदै आयस्तर वृद्धिसँगै रोजगारी सृजना गर्न गाउँपालिकाले चियाखेती थालेको हो । गाउँपालिकाले आफ्नै लगानीमा यहाँको करिब एक हजार चार सय रोपनीमा चियाखेती गरेको छ । खाली जमिनको सदुपयोग गर्दै पर्यटीय क्षेत्रको रुपमा स्थापित गराउने सोचका साथ गाउँपालिकाले आर्थिक वर्ष २०७४-७५ देखि योजनाबद्ध रुपमा चियाखेती गरिरहेको छ । हालसम्म चियाखेतीका लागि गाउँपालिकाले रु चार करोड ५० लाख लगानी गरिसकेको गाउँपालिका अध्यक्ष अशोक राईले बताए । उक्त पालिकाका वडा नं १ २, ३ र ६…

Read More

झापा, ५ भदौ । कोशीमा सङ्कटापन्न सूचीमा रहेको माछाको एक प्रजाति भेटिएको छ । कोशी नदीमा भेटिएको र आसपासका नदीमा पाइन सक्ने यो माछा नेपालका लागि नयाँ प्रजाति भएको पनि जनाइएको छ ।्क्याटफिस समूहमा पर्ने एमब्लिसेम्पस् अरुणाचलेन्स् वैज्ञानिक नाम रहेको सो माछालाई विश्व संरक्षण सङ्घ ९आयुसिएन० ले पृथ्वीबाटै सङ्कटापन्नको सूचीमा राखेको छ । जसको तत्काल संरक्षण नगरे लोप हुने उल्लेख गरिएको छ । अनुसन्धानकर्ताका अनुसार भारतमा मात्र पाइने विश्वास गरिएको अरुणाचलेन्स् माछा नेपालमा भेटिएको हो । अनुसन्धानकर्ता जसहाङ लिम्बू, दीपक राजवंशी, लक्ष्मण खनाल, रामचन्द्र अधिकारी, सुनिता थापालगायतले उक्त माछा नेपालमा भेटिएको पुष्टि गरे । पाँच जनानेपाली र तीन चिनियाँ अनुसन्धानकर्ताहरु…

Read More

झापा, ५ भदौ । झापाको अर्जुनधारा नगरपालिकाबाट कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । झापा अर्जुनधारा–४ दहिझोडाका ६२ वर्षीय इन्द्रबहादुर आङ्देम्बेले घरमा अवैध रुपमा हातहतियार लुकाई छिपाई राखेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनको घर परिसरमा तलासी लिँदा घरकरिब ५ मिटर दक्षिणमा रहेको कुखुराको खोरको कासको छानो भित्र पहेलो प्लास्टिकमा पोका पारी लुकाई छिपाई राखेको अवस्थामा एक थान कटुवा पेस्तोल फेला परेकोले बरामद गरिएको हो । हतियारसहित उनलाई नियन्त्रणमा लिएर इलाका इलाका प्रहरी कार्यालय अनारमनी राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

झापा, ५ भदौ । झापाको मध्य भागबाट नियमित रुपमा प्रकाशित कनकाई साप्ताहिक १० औ बर्षमा प्रवेश गरेको छ । छापा तथा अनलाईन संकरणका रुपमा प्रकाशित कनकाई साप्ताहिक कनकाईको पहिलो समाचारमुलक अखबार समेत हो । पत्रिका १० औ बर्षमा प्रवेश गरेको अवशरमा पत्रिकाका सम्पादक÷प्रकाशक लीलाराज झापालीले पत्रिकाले अनेकन आरोह अपरोह खेपेर कोरोना कहरको कहानीलाग्दो अवस्थालाई समेत छिचोलेर यहाँसम्म आइपुग्नमा समस्त पाठक, विज्ञापनदाता तथा कर्मचारी वर्गको सामुहिक प्रयासबाट समेत सम्भव भएको भन्दै यस्तै साथ र सहयोग आगामी दिनमा समेत रहने विश्वास लिनुभएको छ । झापालीले पत्रिका १० औ बर्षमा प्रवेश गरेको अवशरमा अनलाईन संकरणलाई थप सशक्त बनाइएको र पाठकको रुचिका क्षेत्रलाई अनलाईन…

Read More

झापा, ४ भदौ । झापाको शिवसताक्षी नगरपालिकामा श्रीमानको खुकुरी प्रहारबाट श्रीमतीको घटनास्थलमै मृत्यु भएको छ । आज बेलुका शिवसताक्षी–८ शिवालय टोलका ४७ वर्षीय ओमप्रकाश अधिकारीले घरयासी विवादको कारण आफ्नै श्रीमती ५३ वर्षीया रञ्जना गौतम अधिकारीलाई धारिलो हतियारले खुकुरी प्रहार गरेका थिए । उनलाई घाँटीमा प्रहार गर्दा घटनास्थलमा नै मृत्यु भएको थियो । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले खुकुरीसहित ओमप्रकाशलाई नियन्त्रणमा लिएको छ ।

Read More

झापा, ४ भदौ । झापाको मेचीनगर नगरपालिकामा आज बेलुका बाबुको दाउ प्रहारबाट छोरा घाइते भएका छन् । मेचीनगर नगरपालिका–३ दोकानडाँडाका ५७ वर्षीय पुण्यप्रसाद दाहालले आफ्नै छोरा ३० वर्षीय को डिल्लीराम दाहालमाथि दाउ प्रहार गरेका हुन् । खाना खाने विषयलाई लिएर विवाद हुँदा पुण्यप्रसादले एक्कासी धारिलो हतियारले दाउ डिल्लीराम माथि प्रहार गरेका थिए । डिल्लीरामको टाउकोको पछाडी भागमा चोट लागेको छ । घाइते उनको स्थानीय मेडिकल दोकानडाँडामा उपचार भइरहेको छ भने अवस्था सामान्य रहेको छ । प्रहरीले दाउसहित पुण्यप्रसादलाई नियन्त्रणमा लिएको छ ।

Read More

झापा, ४ भदौ । झापा बुद्धशान्ति गाउँपालिका–३ की ५५ वर्षीया सुशिला उप्रेती तिवारीले मेची–महाकाली बुलेट यात्रा गर्ने भएकी छिन् । छोरी–बुहारीले पनि समाजमा केही गर्न सक्षम छन् भन्ने प्रमाणित गर्न तिवारीले बुलेट बाइकमा मेची–महाकाली बुलेट यात्रा गर्ने भएकी हुन् । विश्व शान्तिको कामना गर्दै आयोजना गरिएको बुलेट बाइक यात्रा भदौ ५ गतेबाट शुरु भएर १५ गते समापन हुने जनाइएको छ । तिवारीको यात्रा बुद्धशान्ति गाउँपालिका–३ स्थित राम जानकी मन्दिरबाट नौमती बाजासहित शुरु भएर जगतगुरु जन्मस्थल हुँदै पूर्वी नाका काँकडभिट्टाबाट बिहान १० बजे सुरु हुने उनका नाति मनिस मैनालीले बताए । यात्रामा तिवारीका नाति मैनालीले पनि उनलाई साथ दिँदैछन् । सो…

Read More