
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौं, १० फागुन । “घोषणापत्र लेख्न धेरै लागत लाग्दैन, मन चाहे लेख्दा हुन्छ। कार्यान्वयन कसरी ? र वित्तीय स्रोत के ? निःशुल्क र निर्ब्याजी विश्वास नगर्नु होला। सम्भव छैन । सिधै लिने कि घुमाएर लिने, आज लिने कि भोलि लिने भन्नेमात्रै हो”, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा प्रकाशकुमार श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा लेखेकाे धारणा हो यो। लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत तथा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य सुशील भट्टले त्यही सञ्जालमा लेखेका छन्, “म सधैँ यस्तो घोषणापत्र हेर्न चाहन्छु, जसमा महत्वाकाङ्क्षी वाचामात्र गर्नेभन्दा पनि लागतको विस्तृत मूल्याङ्कन, वित्तीय रूपमा जिम्मेवार योजना, स्पष्ट रूपमा पहिचान गरिएका लगानीका स्रोत र कार्यान्वयनका विधिहरू समावेश…
उदयपुर, १० फागुन । उदयपुरमा भएको एन्फा महिला च्याम्पियनसिप–२०८२ को उपाधि सशस्त्र प्रहरी क्लब (एपीएफ) ले जितेको छ । शनिबार गाईघाटस्थित थरुहट रङ्गशालामा भएको रोमाञ्चक फाइनल खेलमा चिर प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै एपीएफले उपाधि आफ्नो नाममा लेखाएको हो । खेलको पहिलो हाफ दुवै टोलीले सन्तुलित प्रदर्शन गरे पनि गोलरहित बराबरीमा टुङ्गिएको थियो । दोस्रो हाफमा भने एपीएफले उत्कृष्ट पुनरागमन गर्दै खेलमा पकड जमायो । खेलको ५५औँ मिनेटमा जर्सी नम्बर १२ की गीता रानाले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाइन् । त्यसको १३ मिनेटपछि, ६८औँ मिनेटमा जर्सी नम्बर ७ की रेणुका नगरकोटीले अर्को गोल थप्दै एपीएफको…
झापा, १० फागुन । निर्वाचनलाई बढीभन्दा बढी सहभगितामूलक बनाउने र बदर प्रतिशत घटाउने उद्देश्यका साथ निर्वाचन आयोगले देशव्यापी रूपमा मतदाता शिक्षा कार्यक्रमलाई व्यापक रूपमा अगाडि बढाएको छ । आमनागरिकलाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले आयोगबाट स्वीकृत कार्यक्रम मतदाता शिक्षा कार्यक्रम अगाडि बढाइएको छ । आयोगले यही फागुन ३ देखि १७ गतेसम्म देशभरका ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालित भएको जनाएको छ । आममतदाताको बस्ती तथा घरदैलोमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाबारे मतदातालाई जानकारी गराउने कार्य खटिएका स्वयंसेवकबाट भइरहेको आयोगले उल्लेख गरेको छ । मतदाता शिक्षा…
झापा, १० फागुन । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागलगायत अन्य बाँकी हिमाली भूभागमा आंशिक बादल लागेको छ र बाँकी भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्नेछ । देशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ भने पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र बागमती प्रदेशका उच्च पहाडी र हिमाली भागका केही स्थान तथा बाँकी प्रदेशका उच्च पहाडी र…
बिर्तामोड, १० फागुन । नेकपा एमाले झापा क्षेत्र नम्बर २ निर्वाचन परिचालन कमिटीको कार्यक्रम अनुसार फागुन ९ गते बिहान ७ बजेदेखि १२:३० बजेसम्म बिर्तामोड वडा नं. ६ र दिउँसो १ बजेबाट बिर्तामोड वडा नं १ मा उम्मेदवारसहित घरदैलो गरिएको छ । क्षेत्रीय निर्वाचन परिचालन समितिका संयोजक एकराज कार्कीको नेतृत्वमा गरिएको टोलस्तरीय घरदैलोका क्रममा क्षेत्र नं। २ का उम्मेदवार, एमाले नेता तथा पूर्व सभामुख देवराज घिमिरेले उक्त भूगोलका मतदाताहरू समक्ष स्वयम् उपस्थित भएर मत माग्नु भएको हो । वडा नं। १ मा वडा कमिटीका अध्यक्ष सुनिल सिवाकोटी ले सहजीकरण गर्नुभएको उक्त टोलस्तरीय कोणसभामा सूर्यध्वजावाहक उम्मेदवार घिमिरेले जनअपेक्षा अनुसारका भौतिक विकास निर्माणका…
देवेन्द्र किशोर ढुङगानाविश्व राजनीति तीव्र गतिमा बदलिँदै छ। यो परिवर्तनको प्रमुख चालक शक्तिका रूपमा उभिएको छ—जेन जेड पुस्ता। डिजिटल युगमा हुर्किएको यो पुस्ता केवल प्रविधिको प्रयोगकर्ता मात्र होइन, प्रविधिलाई राजनीतिक अभिव्यक्तिको माध्यम बनाउने पुस्ता हो। सामाजिक सञ्जाल, अनलाइन अभियान, डिजिटल आन्दोलन र वैकल्पिक सञ्चार माध्यमहरूले उनीहरूलाई परम्परागत शक्ति संरचनाविरुद्ध प्रश्न उठाउने आत्मविश्वास दिएका छन्। जुलाई/अगस्त २०२४ मा बंगलादेशमा देखिएको जेन जेड–नेतृत्वको विद्रोह त्यसैको एउटा सशक्त उदाहरण हो। तर इतिहासले सिकाउँछ—आन्दोलन अन्तिम निष्कर्ष होइन, सुरुवात हो। वास्तविक परीक्षा आन्दोलनपछि सुरु हुन्छ।बंगलादेशमा भएको विद्रोहले शेख हसिनाको दीर्घकालीन सत्तालाई समाप्त गर्यो। विद्यार्थी र युवा वर्गको समर्थनमा नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम…
राजेश ढुंगाना नउदाउने सूर्यको आशामा मैले छट्पटाएर सिङ्गै एउटा अनिंदो रात कटाएको छु रातभरि जाग्राम बसेर मैले खोजेको बिहानको सूर्य नउदाउँदै किन यसरी अस्ताएको छ ? मेरो माटोमा सधैं अन्धकार छ मेरो देशमा सधैं महाप्रलय छ यो सत्य बिर्सदै म सूर्य उदाउने विश्वासमा छु के उदाउला त त्यो मेरो चम्किलो सूर्य ? म यतिबेला पनि त्यही आशामा जीवित बसेको छु – मरेर ।
सुनसरी, ९ फागुन । सुनसरीको भोक्राहा नरसिङ गाउँपालिका–४ मा नेपाली कांग्रेसको चुनावी कार्यक्रममा शनिबार झडप भएपछि प्रहरीले लाठीचार्ज गरेको छ। सुनसरी क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने भोक्राहामा उम्मेदवार ज्ञानेन्द्र कार्की आफ्नो चुनावी सभालाई सम्बोधन गर्न गइरहेका बेला बाटोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही युवासँग जम्काभेट भएपछि विवाद बढेर झडपको स्थिति बनेको थियो । जसका कारण परिस्थिति असामान्य बनेपछि दुवै पक्षका कार्यकर्तालाई तितरवितर गर्न लाठीचार्ज गरेको प्रहरीले जनाएको छ। कांग्रेसको भ्रातृसंगठन तरुण दलका कार्यकर्ता र रास्वपाका कार्यकर्तामाथि नियन्त्रणका लागि लाठीचार्ज गर्नुपरेको सुनसरीका प्रहरी नायब उपरीक्षक केशव थेवेले जानकारी दिए। अहिले स्थिति सामान्य बनिसकेको छ ।
दमक, ९ फागुन । निर्वाचनको दिन नजिकिँदै गर्दा झापाका सहर बजारमा चुनावी सरगर्मी बढेसँगै भक्काको व्यापार पनि बढेको छ । बिहान सबेरैदेखि सडकछेउ, खुला आकाशमुनि भक्का पकाउने र बेच्ने महिलाको भिड लाग्ने गर्छ । विशेष गरी दमक, बिर्तामोड, भद्रपुरलगायतका मुख्य चोक, बसपार्क र बजार आसपासका स्थानमा भक्का खान झुमिएकाको चुनावी छलफल र धारणा सुन्दा पनि उत्तिकै रोचक छ । काममा निस्कने मजदुर, बिहानै हिँड्ने व्यापारी, चुनावी भेटघाटमा जुटेका कार्यकर्ता सबैको पहिलो रोजाइ प्रायः भक्कै हुने गरेको छ । चुनावकै लागि बाहिरबाट घर फर्किएका युवा, गाउँटोलमा गफगाफ गर्न भेला हुने समूह र पार्टीका कार्यकर्तालाई बिहानैदेखि भक्काको तातो बाफ र स्वादिलो अचारले आकर्षित गरिरहेको हुन्छ । व्यवसायी…
काठमाडौँ, ९ फागुन । आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस हो । ‘बहुभाषिक शिक्षामा युवाको आवाज’ नाराका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदै छ । बहुभाषिकता र बहुसांस्कृतिकताको माध्यमबाट विविधतामा एकता र अन्तरराष्ट्रिय समझदारी प्रवद्र्धन गर्नु यो दिवसको उद्देश्य हो । यो दिवस सन् २०००देखि संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) महासभाको आह्वानमा हरेक वर्ष फेब्रुवरी २१ मा मनाइन्छ । सन् १९९९ मा बङ्गलादेशलको पहलमा युनेस्कोले मातृभाषा दिवस मनाउने प्रस्ताव अघि सारेको हो । यो प्रस्तावलाई राष्ट्रसङ्घीय महासभाले सन् २००८ अनुमोदन गर्दै यसलाई अन्तर्राष्ट्रिय भाषा वर्ष घोषणा गरेको थियो । यसैबीच, अन्तरराष्ट्रिय भाषा दिवसका अवसरमा यहाँस्थित बङ्गलादेशको राजदूतावासले सहिद…