झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १६ माघ । झापा, मोरङ र धनकुटा जिल्लाको विभिन्न स्थानहरुबाट लागुऔषध ब्राउनसुगर र गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ १५ गते इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका–३ भुटानी शरणार्थी सिविरका २८ वर्षिय अरुष दासको साथबाट १ ग्राम २७० मिलिग्राम लागु औषध ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको छ भने मोरङको इलाका प्रहरी कार्यालय रानी र लागु औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले बिराटनगर–१५ एक नंम्बर ढाट स्थितमा भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको पैदल यात्री माथी शंका लागि चेकजाँच गर्दा दमक–४का एलिस कार्कीको साथबाट ९ ग्राम ३५० मिलिग्राम लागु औषध ब्राउन…

Read More

झापा, १६ माघ ।आज सुनचाँदीको मूल्य घटेको छ। बिहीबारको तुलनामा दुवै धातुको मूल्य घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० र त्यति नै चाँदीको मोल रु सात हजार ६५ कायम भएको छ । बिहीबार एक तोला छापावाल सुनको मूल्य तीन लाख ३९ हजार ३०० र त्यति नै चाँदीको मोल रु सात हजार ५०५ कायम भएको थियो ।

Read More

झापा, १५ माघ । झापा र सुनसरीबाट लागूऔषध ब्राउनसुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको बिर्तामोड नगरपालिका २ स्थितमा लागूऔषध बेचबिखन भइरहेको भन्ने विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बाह्रदर्शी गाउँपालिका ६ घर भई हाल सोही स्थानमा डेरा बस्ने दीपक कार्कीको कोठाबाट १ ग्राम ७०० मिलिग्राम ब्राउनसुगर फेला पारी बेचबिखनमा संलग्न मनकुमार राजवंशीलाई मे १ ह ५५६२ नम्बरको अटोसहित नियन्त्रणमा लिएको हो । त्यस्तै धरान ८ बाट अस्थायी प्रहरी चौकी तीनकुनेले इटहरी ५ की सोनिका तामाङको साथबाट ३७० मिलिग्राम ब्राउनसुगर फेला पारेको छ ।यससँगै कारोबारमा संलग्न इटहरी ९ की…

Read More

मोरंग, १५ माघ । मोरंगको पथरीमा घरको आँगनमा खेलिरहेका पाँच वर्षे युसन तामाङको कानमा लगाइएको १ आना तौलको सुनको बेरुवा अज्ञात व्यक्तिले चुइङ्गम दिएर फकाई लुटेर फरार भएका छन्। घटना दिउँसो करिब ३ः३० बजे भएको हो। कालो कपडा र टोपी लगाएका लुटेराले सुन लिएपछि फरार हुँदा क्षेत्रमा त्रास फैलिएको छ। घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ।’

Read More

एक पटक सम्झनुस त तपाईँ पछिल्लो पटक कहिले मुस्कुराउनुभएको थियो ? सम्झनु भयो ??? कन्फ्युज हुनु भयो होला । किनकी तपाँई हाम्रो व्यस्तता यति बढ्यो की हामीले के गरेका थियौ र के गर्दै छौँ भन्ने पनि झट्ट सम्झन सक्दैनौँ । कतिखेर को संग मुस्कुराएका थियौँ वा थिएनौँ पत्तै पराउदैनौँ । ।।खैर केही छैन, तपाईँ सम्झनुस वा विर्सनुस त्यो ठूलो कुरा भएन तर मुस्कुराउन नछाड्नुस । जति व्यस्त भएपनि जति हतार भएपनि मुस्कुराउन भने नछाड्नुस, मुस्कुराउने प्रयत्न जारी राख्नुस । किनभने तपाईँको मुस्कानले तपाईँको व्यक्तित्वमा निखारता त ल्याउँछ नै त्यो भन्दा महत्वपूर्ण तपाईँको स्वास्थ्यमा समेत सकारात्मक फाइदा पुरयाउछ । अझ भनौ…

Read More

विराटनगर, १५ माघ । कोशी प्रदेश सरकारले प्रदेशसभाको आगामी हिउँदे अधिवेशन यही माघ २५ गतेका लागि आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी माघ २५ गते दिउँसो २ बजेदेखि प्रदेशसभाको बैठक बोलाउने गरी सिफारिस गरिएको आन्तरिक मामला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिनुभयो । बैठकका निर्णयहरूबारे जानकारी दिँदै मन्त्री पराजुलीले हाल प्रदेशसभाको आफ्नै भवन र सचिवालय निर्माणको क्रममा रहेकाले वैकल्पिक व्यवस्थास्वरूप विराटनगरस्थित वीरेन्द्र सभागृहमा अधिवेशन सञ्चालन गरिने जानकारी दिनुभयो । मासिक रु आठ लाख भाडा दिने गरी बैठक सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो । मन्त्रिपरिषद् बैठकले प्रदेशको विकास र कानुनी संरचनासँग सम्बन्धित…

Read More

काठमाडौं, १५ माघ । स्वास्थ्य बीमा बोर्डले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत सेवाप्रदायक स्वास्थ्य संस्थाका लागि तोकिएको खर्च मापदण्ड खारेज गरेको छ। बोर्ड गठन हुनुअघि सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले १० साउन २०७३ मा औषधि, उपकरण, जनशक्ति, प्रोत्साहन भत्ता र प्रशासनिक खर्चमा निश्चित प्रतिशत तोकेको थियो। तर पछिल्लो समय औषधि र उपचारभन्दा अन्य शीर्षकमा बढी खर्च भएको गुनासो बढेपछि बोर्डले उक्त मापदण्ड हटाउने निर्णय गरेको हो। बोर्डले २४ पुसमा निर्णय गरी १३ माघमा सेवा प्रदायक संस्थालाई परिपत्र गरेको हो। परिपत्रमा अब स्वास्थ्य बीमाबाट प्राप्त रकम प्रचलित ऐन, नियम र कानुनबमोजिम खर्च गर्नुपर्ने उल्लेख गरिएको छ। सूचना अधिकारी विकेश मल्लका अनुसार उक्त व्यवस्था…

Read More

जाडोको बेला होस या तर्सेको बेला हाम्रो शरीरको छालामा ससाना विमिरा देखिन्छ जसलाई हामीले काँडा उठेको भन्छौ । यस्तो काँडा किन उठ्ने गर्छ ? त्यो भने कमैलाई थाहा होला । वेलायतका एक सोधकर्ता डा डेनियल निडिसका अनुसार जब मानिसमा एक्कासी डर, खुशी वा आश्चर्य पैदा हुन्छ शरीरमा काडा उठन थाल्छ । चिसो वा जाडोको बेला पनि काँडा उठ्छ । त्यस्तै बढी तनाव वा उत्साहित हुँदा पनि काँडा देखापर्छ । डा डेनियल भन्छन, “जब मानिसमा एक्कासी डर, खुशी वा आश्चर्य पैदा हुन्छ शरीर भित्र रहेको एड्रिनालिन ग्रन्थीबाट एड्रिनालिन नामक हर्मोन निस्कन्छ । यसले रौँको फेदमा रहेको स साना मांसपेशी खुम्च्याईदिन्छ ।…

Read More

पछिल्लो समय फिल्म प्रचार प्रभावकारी बनाउन निर्माण युनिट साङ्गीतिक यात्रा गर्न थालेका छन् । यस्तै आगामी १६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘आ बाट आमा’ ले पनि साङ्गीतिक यात्रा सुरु गरेको छ । निर्माण युनिटले मङ्गलवार पोखरबाट साङ्गीतिक यात्रा सुरु गरेको हो । साँझ ५ बजेदेखि पोखराको लेकसाइडमा फिल्मको कन्सर्ट आयोजना भएको थियो । जहाँ फिल्मका मुख्य कलाकारहरू विपना थापा, प्रदीप रावत (भारतीय अभिनेता), पल शाह, साइग्रेस पोखरेल, उषा उप्रेती, सिम्रन पन्तसहित गायक करण परियारले विशेष प्रस्तुत दिए । पोखरापछि आज बुधबार फिल्म युनिटले चितवनमा कन्सर्ट गर्ने भने पनि मौसमको खराबीको कारण क्यान्सिल गरेको छ । माघ १५ गते (बिहीबार)…

Read More

झापा, १४ माघ । सुनचाँदीको भाउ आज पनि बढेको छ । सुन आज एकैदिन तोलामा ९ हजार ५ सय रुपैयाँले बढेर तोलाको ३ लाख १८ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाका ३ लाख ९ हजार ३ सय रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा ४ सय ३० रुपैयाँले बढेर तोलाको ७ हजार ३ सय रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ६ हजार ८ सय ७० रुपैयाँ थियो ।

Read More