
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ३ माघ । निर्वाचन आयोगले सभापति गगनकुमार थापा नेतृत्वलाई आधिकारिक नेपाली कांग्रेसको मान्यता दिएसँगै पार्टी पंक्तिमा उत्साह छाएको छ । पुस अन्तिम साता काठमाडौको भृकुटीमण्डपमा सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट सभापति निर्वाचित थापा नेतृत्वको कांग्रेसलाई आयोगले शुक्रबार साँझ आधिकारिकता दिएपछि कांग्रेस नेता, कार्यकर्ताले देशका विभिन्न भागमा दीपप्रज्वलन र शुभकामना आदानप्रदान गरिएको छ । यसैक्रममा उपसभापति विश्वप्रकाश शर्माको गृहनगर धुलाबारीमा दीपप्रज्वलन गरिएको छ । दीपप्रज्वलन पछि आयोजित कोणसभामा नेपाली कांग्रेस झापा १ का क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीले आयोगको निर्णयको स्वागत गर्दै विधिको पक्षमा आयोग उभिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कांग्रेस विधि, प्रक्रिया र पद्धतिबाट चल्ने पार्टीले हो, यो मान्यता आयोगको निर्णयले…
झापा, २ माघ । निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ । राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै आयोगले थापा पक्षलाई मान्यता दिने निर्णय गरेको हो । उक्त निर्णयसँगै विशेष महाधिवेशनले गरेका सबै निर्णयहरुले मान्यता पाउने भएको छ । विशेष महाधिवेशनले मान्यता पाउन नसक्ने भनी शेरबहादुर देउवा समूहले गरेको दावी स्वतः अस्वीकृत भएको हो । अब प्रत्यक्ष मनोनयनदेखि अरु काम कारबाहीमा गगन–विश्व समूहको निर्णय र काम कारबाही आधिकारिक मानिनेछ । विशेष महाधिवेशनले मान्यता पाएसँगै शेरबहादुर देउवाले नेतृत्व गरेको पुरानो कार्यसमिति पनि स्वतः अमान्य भएको छ । निर्वाचन आयोगको यो निर्णयपछि असन्तुष्ट पक्ष सर्वोच्च…
निशान निरौलाइलाम, २ माघ । मोरङकी निकिता राई पछिल्लो एक वर्षदेखि मोडलिङ तथा अभिनय क्षेत्रमा सक्रिय रहेकी छन् । छोटो समयमै दर्शकको ध्यान खिच्न सफल निकिताले ७–८ वटा म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् । उनी गायक चन्दन किशोर लिम्बूको चर्चित गीत ‘१६ वर्षे अल्लारे जोवन’ बाट विशेष चर्चामा आएकी हुन् । यसका साथै ‘मुटु रेटि’, ‘भुलेर टाढा’, ‘आधा बाटो’ जस्ता धेरै गीतहरूमा समेत उनले अभिनय गरिसकेकी छन् । म्युजिक भिडियोसँगै निकिता विभिन्न टेलिभिजन सिरियलहरूमा पनि देखिँदै आएकी छन् । आकर्षक प्रस्तुति, आत्मविश्वास र निरन्तर मेहनतका कारण निकिता मोडलिङ र अभिनय दुवै क्षेत्रमा सम्भावनायुक्त प्रतिभाका रूपमा उभिँदै गएकी छन् । भविष्यमा…
झापा, २ माघ । झापाको बिर्तामोड नगरपालिका–५ स्थित पूर्वपश्चिम लोकका मार्गमा ट्रक र मोटरसाइकल एकआपसमा ठोकिँदा श्रीमानको मृत्यु भएको छ भने श्रीमती गम्भीर घाइते भएकी छन् । गएराती बिर्तामोड–५ सिटी सेन्टर नजिकै ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किँदा बाह्रदशी गाउँपालिका–४ का ३२ वर्षीय खगेन्द्र मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिनुभयो । बिर्तामोडबाट बुट्टाबारीतर्फ जाँदै गरेको ना८ख २२९७ नम्बरको ट्रक र विपरीत दिशाबाट आएको नम्बर नखुलेको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक मगर र उनकी श्रीमती २५ वर्षीया सुखमाया तामाङ गम्भीर घाइते भएकी थिइन् । गम्भीर घाइते उनीहरूलाई उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी…
झापा, २ माघ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर र कुवेती दिनारको विनिमयदर स्थिर रहँदा बहराइन दिनार, अस्ट्रेलियन डलरसहितका मुद्रा महँगिएका छन्। तर युरो, पाउन्डसहितका मुद्राको मूल्य भने घटेको राष्ट्र बैंकले जनाएको छ। आज अमेरिकी डलर १ को खरिदर १४४ रुपैयाँ १८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७८ पैसा छ। हिजो र अस्ती पनि अमेरिकी डलरको विनिमयदर यही थियो। यही पुस २ गते अमेरिकी डलर १ को खरिदर १४५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९५ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो। …
झापा, २ माघ । आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिवस मनाउनुको उद्देश्य भूकम्पबारे चेतना फैलाउनु र तयारी बढाउनु हो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट जनधनको ठूलो क्षति भएको थियो । यस अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइने भएको छ ।
झापा, २ माघ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु लाग्नेछ । महाशाखाका अनुसार कोशी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक रूपमा बादल लाग्ने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । त्यसैगरी, आज राति तराई भू–भागका केही स्थानहरूमा हुस्सु लाग्नेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्ने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । महाशाखाले हुस्सुका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्यका साथै हवाई तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको…
झापा, २ माघ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटेको छ । यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर एक रुपैयाँले घटेको छ । निगमले तय गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर रु एक सय ५६ र डिजेल र मट्टितेल प्रतिलिटर रु एक सय ३६ कायम भएको छ । इन्डियन आयल कर्पोरेसनबाट माघ १ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार निगम सञ्चालक समितिले नयाँ मूल्यसूची निर्धारण गरेको हो ।
बिर्तामोड, १ माघ । झापाको बिर्तामोड नगरपालिका-१० स्थित भुतेनी खोलामा एक पुरुष मृत फेला परेका छन् । बिर्तामोड-१० समावेशीटोल स्थित भुतेनी खोलाको बाधमा तत्काल नामथर वतन नखुलेको करिब ५५ वर्षीय पुरुष पानीमा डुबी मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृतकको पहिचान तथा आफन्तको खोजतलास भईरहेको छ भने थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागी इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिएको छ ।
बिर्तामोड, १ माघ । झापा गोल्डकपका अध्यक्ष केदार गिरीसहितको टोलीले नेकपा एमालेका अध्यक्ष एव्म पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग आज भेटघाट गरेको छ । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा माघ २४ गतेदेखि हुन गइरहेको झापा गोल्ड कपको स्वर्गीय ‘बिनोद बस्नेत स्मृति’ सातौं संस्करण फुटबल प्रतियोगिताका सन्दर्भमा कुराकानी गर्न आज अध्यक्ष ओलीसँग भेटघाट गरिएको गोल्डकपका अध्यक्ष गिरीले जानकारी दिए । उहाँ झापाबासी, पूर्व प्रधानमन्त्री भएकाले प्रतियोगिता सफल बनाउन उहाँको सहयोग आवश्यक छ, अध्यक्ष गिरीले भने, ‘प्रतियोगिताको तयारीका बारेमा कुराकानी गरेर फर्किएका छौं ।’ पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गर्न झापा गोल्डकपका अध्यक्ष गिरी, पूर्वमन्त्री अग्नि खरेल, बरिष्ठ उपाध्यक्ष गजेन्द्र पौडेल, कार्यसमिति…