
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, १३ बैशाख । आन्दोलनरत शिक्षकहरूलाई लक्षित गर्दै सरकारले डाकेको वार्ता आज बिहान ७ः३० बजे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा हुँदैछ। नवनियुक्त शिक्षा मन्त्री रघुजी पन्तको उपस्थितिमा वार्ता हुनेछ । मन्त्रालयले आइतबार साँझ नेपाल शिक्षक महासंघलाई पत्र पठाएर अध्यक्षसहित अन्य पदाधिकारीहरूलाई वार्तामा उपस्थित हुन आग्रह गरेको थियो। यसअघि मिति २०८२।१।१२ गतेका लागि तय गरिएको छलफल कुनै कारणवश हुन नसकेपछि आजका लागि सारिएको हो। सरकारले सम्मानित सर्वोच्च अदालतबाट प्राप्त आदेशलाई समेत ध्यानमा राख्दै आन्दोलनरत शिक्षकहरूका समस्याहरू वार्ता र संवादबाट समाधान गर्न कदम चालेको जनाएको छ। यस वार्ताबाट के निष्कर्ष निस्कन्छ भन्नेमा शिक्षकहरू र सरकार दुवै पक्षको चासो केन्द्रित छ। तत्काल नयाँ…
झापा, १३ बैशाख । मेचीनगर नगरपालिकाले स्थानीय बजार र सहकारीको अनुगमन तीव्र बनाएको छ । अनुगमनका क्रममा त्रुटी भेटिएका व्यवसायीलाई जरिवाना र सहकारीलाई सचेत गराइएको छ । नगरकी उपप्रमुख मीना उप्रेतीको नेतृत्वमा गरिएको बजार अनुगमनको क्रममा मेचीनगर–९ को पूजा फुड प्रोडक्सन उद्योगमा उपभोग्य मिति गुज्रिएको पास्ता, सुजी र मैदा भेटिएको थियो । उद्योगका सञ्चालक पुष्पा जैसवाल चौधरीलाई उपभोक्ताको हितमाथि खेलवाड गरेको अभियोगमा रु ५० हजार जरिवाना गरिएको मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले बताउनुभयो । जरिवाना तिरेपछि अबोप्रान्त लापर्वाही नगर्ने शर्तमा नगरपालिकाले अनुगमनको क्रममा उद्योगमा लगाएको ताला खोलिदिएको छ । नगरपालिकाका खाद्य विश्लेषक दिपेन्द्र कार्कीले मेचीनगर–१० स्थित नन्दा फुड…
झापा, १३ बैशाख । हाल नेपालमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका अधिकांश स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रम बढिरहेको अवस्था छ। साथै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हिमपातको पनि सम्भावना रहेको छ…
झापा, १२ बैशाख । नेपाल प्रहरीले ठगीमा संलग्न रहेको अभियोगमा पाँच जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । काठमाडौँ महानगरपालिका–९ कालिमाटीडो बस्ने बङ्गलादेशको चट्टोग्राम मोबारक गोना घर भएका ५० वर्षीय मोहम्मद मुस्तफिजुर रहमान, चाँदपुर तोरागर हाजिगञ्ज घर भएका ४१ वर्षीय मुहम्मद फरहाद हुसेन चौधरी र चाँदपुर हाजीगाउँ बाराकोल घर भएका ४६ वर्षीय अबु युसुफ एमडी हानिफ, काठमाडौँ–८ गौशाला बस्ने मागुरा मागुरासदर थाना बेरोइलग्राम घर भएका ४७ वर्षीय मिल्टन भन्नेकाजी शाहतब हुसेन र बागिरथ सदर थाना कान्दापरा घर भएका ४० वर्षीय अजिम मोलिकलाई पक्राउ गरी आज सार्वजनिक गरिएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी…
झापा, १२ बैशाख । ताप्लेजुङमा विद्युतीय तारमा अल्झिएर बोलेरो दुर्घटना भएको घटनाको छानबिन गर्न चार सदस्यीय छानबिन समिति गठन भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको निर्देशनमा बैशाख ८ गते ताप्लेजुङ सदरमुकामबाट प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरतर्फ जाँदै गरेको ना१ज ३०११ नम्बरको बलेरो ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० सेवारो चोकमा विद्युतीय तारमा अल्झिएर आगलागी हुँदा भएको घटनाबारे छानबिन गर्न चार सदस्यीय छानबिन समिति गठन गरिएको हो । विद्युत् विकास विभागका सुपरिटेन्डेन्ट इन्जिनियर नूतन प्रकाश शर्माको संयोजकत्वमा समिति गठन गरिएको ऊर्जा मन्त्रालयले जनाएको छ । समितिमा मन्त्रालयका दुई जना प्रतिनिधि र पुल्चोक इञ्जिनियरिङ क्याम्पसका एक जना प्रतिनिधि सदस्य रहेका छन् ।…
झापा, १२ बैशाख । झापा गाउँपालिकाका १३ जना अपाङ्गता भएका व्यक्तिहरुलाई आज ह्वील चियर वितरण गरिएको छ । रोटरी क्लब अफ डिल्ली बजार काठमाडौंको सहयोग तथा रोटरी क्लब अफ बिर्तामोडको समन्वयमा उनीहरुलाई ह्वील चियर वितरण गरिएको हो । ह्वील चियर वितरण कार्यक्रम झापा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलियाको अध्यक्षतामा भएको थियो । पालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई दिनुपर्ने सेवा धेरै भए पनि बजेट पर्याप्त नहुँदा दिन नसकिएको बताउनुभयो । रोटरी क्लबले गरेको सहयोगको उहाँले मुक्तकण्ठले प्रशंसा गर्नुहुँदै आगामी दिनमा समेत सहयोग र सहकार्य गर्न आग्रह गर्नुभयो । “अपाङ्गता भएकाहरुको उत्थानका लागि पालिकाको तर्फबाट हामीले काम गरिरहेका छौं”, अध्यक्ष थपलियाले भन्नुभयो, “रोटरीले…
बिर्तामोड, १२ बैशाख । बिर्तामोड नगरपालिका वडा नम्बर ४ स्थित मेघाबारी चोकदेखि संजिवनी हस्पिटल जाने सडक स्तरोन्नतिको लागि शिलान्यास गरिएको छ । आज एक औपचारिक कार्यक्रमका विच नगर प्रमुख पवित्रा महतारा प्रसाईले विधिपुर्वक ४ सय २६ मिटर सडकको शिलान्यास गर्नु भएको हो । सडक स्तरोन्नतिको लागि पाँचथरको क्यापिटल टेक्नोलोजी एण्ड मल्टिप्रपोज कन्ट्रक्सन कम्पनीले सघन शहरी तथा भवन निर्माण कार्यालयबाट ६९ लाख ७० हजार ८१५ रुपैयाँ ३५ पैसा (मुल्य अभिवृद्धिकर बाहेक) मा ठेक्का प्राप्त गरेको हो । सडकको १ सय ८५ मिटर दुवै साइडमा ढक्कन सहितको नाला, १ सय ३० मिटरमा प्लम निर्माण र ४ सय २६ मिटरमा १८ फुट गुणस्तर…
सन्तोष शर्माझापा, १२ बैशाख । झापामा कृषकले १० लाखदेखि ३ करोडसम्मको कृषि ऋणमा ब्याज अनुदान पाउने भएका छन् । कोशी प्रदेश सरकारले चालू आर्थिक वर्षदेखि सञ्चालनमा ल्याएको कृषि ऋणमा ब्याज अनुदान कार्यक्रम अन्तरगत जिल्लाका कृषकले बैंक तथा सहकारीबाट लिएको कृषि ऋणमा ब्याज अनुदान पाउने भएका हुन् । झापामा बैंक तथा सहकारी गरी एक सय ७६ वित्तीय संस्था ब्याज अनुदान कार्यक्रमका लागि सूचीकृत भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । कोशी प्रदेश सरकारले १४ वटै जिल्लाका व्यावसायिक कृषि क्षेत्रको प्रबद्र्धनका लागि चालू आर्थिक वर्ष २०८१÷०८२ मा ब्याज अनुदान कार्यक्रम अन्तरगत रू ४५ करोड बजेट विनियोजन गरेको छ…
झापा, १२ बैशाख । पर्साको वीरगञ्ज नाकासँग जोडिएको भारतको रक्सौलबाट ८ जना किशोरको उद्धार गरिएको छ । राम्रो तलबको प्रलोभन देखाई उनीहरूलाई एक नक्कली नेटवर्किङ कम्पनीमार्फत बन्धक बनाई तालिम दिइँदै गरेको अवस्थामा फेला पारेर उनीहरुको उद्धार गरिएको हो । भारतीय प्रहरीले गत मार्च २९ मा उक्त स्थानमा छापा मार्दा ८ जना किशोरसहित ५६८ जना व्यक्ति पक्राउ परेका थिए । उद्धार गरिएका किशोरहरूलाई रक्सौलस्थित दुई वटा निजी अपार्टमेन्टमा राखिएको थियो । वीनमेकर नामक नक्कली कम्पनीको नाममा उनीहरूलाई नेटवर्किङ व्यवसायको तालिम दिइँदै थियो। प्रारम्भिक अनुसन्धानबाट ती किशोरहरू सबै १८ वर्षभन्दा कम उमेरका रहेको र प्रलोभनमा परी भारत पुगेको पुष्टि भएको हो ।…
झापा, १२ बैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी र अस्ट्रेलियन डलर, कुबेती र बहराइन दिनार, युरो, पाउन्डसहितका धेरैजसो विदेशी मुद्राको मूल्य भने घटेको छ। आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ १२ पैसा र बिक्रीदर १३६ रुपैयाँ ७२ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ३८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९८ पैसा थियो। गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।…