jhapaonline add

काठमाडौँ, २५ पुस । आगामी वर्षदेखि कक्षा ९ मा मात्रै रजिस्ट्रेसन फाराम भर्नुपर्ने भएको छ । हाल कक्षा ९ र कक्षा ११ मा गरी विद्यालय तहमा दुई पटक रजिस्ट्रेसन फाराम भर्नुपर्ने बाध्यता छ । उक्त बाध्यताको अन्त्य गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी वर्षदेखि कक्षा ९ मा मात्रै रजिस्ट्रेसन फाराम भर्नुपर्ने व्यवस्था गर्न लागेको हो । शिक्षा पत्रकार सञ्जाल (इजोन) ले बिहीबार गरेको साक्षात्कार कार्यक्रममा बोल्दै शिक्षामन्त्री विद्या भट्टराईले दुई पटक रजिस्ट्रेसन फाराम भर्नुपर्ने बाध्यताको अन्त्य गरिएको बताएकी हुन् । त्यो पनि निःशुल्क रूपमा भर्ने व्यवस्था मिलाइएको उनको भनाई छ । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक प्रमाणपत्र बनाउँदा समेत शुल्क…

Read More

भोजपुर, २५ पुस । भोजपुरमा सडकको मर्मतसम्भारका लागि सडक हेरालु परिचालन गरिएका छन्। यहाँ विस्तार भएका पक्की तथा कच्ची सडकमा आवश्यक पर्ने मर्मतसम्भार र निगरानीका लागि सडक हेरालु परिचालन गरिएका हुन्। कोसी प्रदेश सरकारले प्रादेशिक सडकमा सूचीकृत गरेका सडकको मर्मतसम्भारका लागि सडक हेरालु राखिएका जनाइएको छ। पहिलो चरणमा जिल्लाको मुख्य सडकमार्गका रूपमा रहेको भोजपुर–टक्सार–कोटडाँडा–पिखुला–डढुवा सडकको २१ किलोमिटर क्षेत्रमा मर्मतसम्भारका लागि दश जना हेरालु राखिएको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ। हेरालुहरूलाई दश खण्डमा विभाजन गरेर सडक मर्मतसम्भारको काम सुरु गरेका पूर्वाधार कार्यालय प्रमुख राजनराज रेड्डीले जानकारी दिए। हेरालुले सानो असावधनीका कारण सडक बिग्रिएर हुने ठूलो क्षतिबाट रोक्न नियमित रूपमा सडकको…

Read More

झापा, २५ पुस । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध थप दुई वटा कसुरमा मुद्दा दर्ता भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानपछि सरकारी वकिल कार्यालयले उनीविरुद्ध अपराधिक लाभ र संगठित अपराधको कसुरमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो। यसअघि प्रसाईंविरुद्ध साइबर क्राइमको आरोपमा पनि मुद्दा दायर भएको थियो। उक्त कसुरमा ४० हजार रुपैयाँ धरौटीमा रिहा भएका प्रसाईंविरुद्ध लगतै अर्को मुद्दा अदालत पुगेको हो। प्रसाईसहित पाँचथर घर भई झापाको मेचीनगरस्थित चारआलीका ३६ वर्षीय नविन प्रधान भन्ने हरिचन्द्र फुयाल र तेह्रथुमको आठराई–६ घर भई झापाको बिर्तामोड बस्ने ४२ वर्षीय रामचन्द्र मैनालीलाई प्रतिवादी बनाइएको छ। यी मध्ये फुयाल हिरासतमा छन्। प्रसाई…

Read More

बनियानी, २५ पुस । गैंडाको खागजस्तो वस्तु र लागुऔषधसहित एक भारतीय नागरिकलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । झापा मेचीनगर नगरपालिका–६ काँकरभिट्टा स्थित हिमालय गेस्ट हाउसको कोठा नं. १०२ बुकिङ गरी बसेका भारत वेष्ट बंगाल उत्तर मेन्दाबारीका नारायण रामधामलाई गैंडाको खागजस्तो वस्तु र लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक मेहेगी ल्हामु तामाङले जानकारी दिनुभयो । ‘रामधामले होटलमा प्रतिबन्धित लागुऔषध ल्याएर राखेको छ’ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उनको कोठामा तलासी लिँदा काटुनभित्र सतह गोलाइ १८.६ इञ्च, उचाई ८.६ इञ्च र तौल १ केजी…

Read More

बनियानी, २५ पुस । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसलाई ८४ को नभई देशको चिन्ता रहेको बताउनुभएको छ । कांग्रेसको ‘कचनकवल–सगरमाथा जागरण अभियान–संगठन सुदृढीकरण, ऐतिहासिक खोज, सम्बृद्धिका आधार र जलवायु परिवर्तनका प्रभाव पहिचान’ कार्यक्रमको उद्घाटन समारोहलाई बुधबार सम्बोधन गर्नुहुँदै महामन्त्री शर्माले २०८४ को निर्वाचन भन्दा पनि देशको चिन्तामा पार्टी रहेको बताउनुभयो । “जलवायु परिवर्तनबाट हाम्रा हिमालहरुको रक्षा कसरी गर्ने, हिम नदीहरुको रक्षा कसरी गर्ने, सबै जीवजन्तुको रक्षा कसरी गर्ने, आज मुलुककै पुरानो पार्टीको हैसियतले नेपाली कांग्रेसले यी–यावत विषयमा चिन्ता गरिरहेको छ”, उहाँले भन्नुभयो, “जीवनसँग गाँसिएर, जगतसँग गाँसिएर दलहरुले कर्म गर्नुपर्छ ।” सामाजिक परिवर्तका पक्षमा कसरी काम गर्न सकिन्छ भन्ने विषयमा…

Read More

२०८१ पुस २५ गते बिहीबार मेष : हर्षसँगै दु:ख पनि आइलाग्नेछ। स्वास्थ्यप्रति सजग रहनु होला। प्रेम सम्बन्धमा बाधा पुग्न सक्छ। अधिकारको लडाइँ लड्नु पर्ला। सेयर बजारको कारोबारमा मन्दी आउनेछ। वृष : रमणीय र सुखद यात्राको योग छ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। स्वादिष्ट भोजनमा रमाइनेछ। पढाइ लेखाइमा प्रगति होला। प्रणय सम्बन्ध बढेर जानेछ। पुँजी बजार तथा सेयर बजारको क्षेत्रमा सफलता मिल्ला। मिथुन : नयाँ योजना बन्नेछ। रोकिएका काम फत्ते हुनेछन्। न्यायिक कार्यमा सफलता मिल्नेछ। आर्थिक क्षेत्रबाट सोचेजस्तै लाभ लिन सकिन्छ। अग्रजहरूको अनुभव अनुसार अवसर पहिल्याउन सकिनेछ। कर्कट : घरपरिवारसँग समय व्यतीत हुनेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। लामो समयदेखि…

Read More

झापा, २५ पुस । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। बिहीबार बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको मौसम आंशिक बदली छ। तराईका धेरै स्थानमा अहिले हुस्सु र कुहिरो लागेको छ। देशका बाँकी भूभागको मौसम मूख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले बिहीबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै तराई तथा उपत्यका क्षेत्रमा हुस्सु र कुहिरो लाग्ने भएकाले आवश्यक सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ। महाशाखाले भनेको छ, ‘बिहानको समयमा तराई तथा उपत्यका क्षेत्रका केही स्थानहरूमा हुस्सुरकुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा क्षणिकरआंशिक असर पर्न…

Read More

झापा, २४ पुस । झापामा गैंडाको खाग र लागुऔषधसहित एक जना पक्राउ परेका छन्। बुधबार दिउँसो साढे ३ बजे मेचीनगर नगरपालिका-६ काकडभिट्टाबाट एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले एउटा गेस्ट हाउसको कोठा नम्बर १०२ बाट भारतको पश्चिम बंगालका नारायण रामधामललाई पक्राउ गरेको हो। उनले लागुऔषध ल्याएर राखेको भन्ने सूचना प्रहरी पाएको थियो। सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट टोली खटिएको थियो। उक्त टोलीले कोठाभित्रबाट १८.६ इन्चको गोलाइ, ८.६ इन्चको उचाइ र एक किलो ७०० ग्रामको गैंडाको खाग बरामद गरेको हो। उनीबाट २.८ ग्राम ब्राउन सुगर, १८ पत्ता ट्याबलेट लागुऔषध, मोबाइल…

Read More

बिर्तामोड, २४ पुस । नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको अध्यक्षमा मनोज अग्रवाल सर्वसम्मत चयन हुनु भएको छ । उपशाखाको आगामी चारवर्षे नयाँ नेतृत्वका लागि अध्यक्ष अग्रवालसहित सिङ्गो कार्यसमिति सर्वसम्मत भएको निर्वाचन अधिकृत चन्द्रप्रसाद चुडालले जानकारी दिनुभयो । समितिको उपसभापतिमा शिला भट्टराई बराल, सचिवमा निरजकुमार ओली, कोषाध्यक्षमा याम कार्की, उपसचिवमा रंगलाल न्यौपाने, उपकोषाध्यक्षमा गोवेन धिमाल चयन हुनु भएको छ । त्यसैगरी सदस्यहरुमा रेजिना गौतम, राजेन्द्र चौंलागाँई, मिजास पोखरेल, ऋषभ बस्नेत र मनोजकुमार शाह निर्वाचित भएको निर्वाचन समिति सदस्य हेम खड्काले जानकारी दिनुभयो । उपशाखाको नयाँ नेतृत्वका लागि निर्वाचन समितिले तय गरेको निर्वाचन तालिका अनुसार सबै पदमा एक÷एकजनाको मात्रै उम्मेद्वारी परेसंगै सिङ्गो…

Read More