jhapaonline add

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण तथा लोककल्याणकारी विज्ञापन वितरण प्रणालीलाई पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउन सुधारको गृहकार्य अघि बढाउन निर्देशन दिनुभएको छ। सूचना तथा सञ्चार मन्त्रालयमा बिहीबार सूचना तथा प्रसारण विभाग र प्रेस काउन्सिल नेपालका अधिकारीसँग भएको छलफलमा एउटै व्यक्ति वा संस्थाको स्वामित्वमा रहेका धेरै पत्रपत्रिकाले लोककल्याणकारी विज्ञापन लिने, वास्तविकभन्दा बढी प्रकाशन सङ्ख्या देखाउने तथा काउन्सिलमा पेस गरिएको विवरण र वास्तविक प्रकाशन सङ्ख्याबीच फरक हुनेलगायतका समस्या उठाइएको थियो। अधिकारीहरूका अनुसार केही पत्रपत्रिकाले काउन्सिलमा पेस गरेको विवरणभन्दा कम सङ्ख्यामा प्रकाशन गर्ने गरेको पाइएको छ। नमुना छनोट गरी स्थलगत निरीक्षण गर्दा समेत कतिपय सञ्चारमाध्यमको पेस गरिएको विवरण…

Read More

झापा, ४ भदौ । झापामा गत साउनमा बाढी, पहिरो, आगलागी, चट्याङ तथा जङ्गली जनावरको आक्रमणलगायत २५ वटा विपद्का घटना भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार ती घटनाबाट रु ३४ लाख २४ हजार बराबरको भौतिक क्षति भएको छ। विपद्का घटनामा परी दुई जना घाइते भएका छन् भने तीन जनाको सकुशल उद्धार गरिएको प्रहरी नायब उपरीक्षक रञ्जन अवालेले जानकारी दिए। प्रहरीका अनुसार साउनमा सबैभन्दा बढी आगलागीका घटना भएका छन्। जिल्लाका विभिन्न स्थानमा भएका पाँच वटा आगलागीबाट रु १९ लाख ३० हजार बराबरको धनमाल क्षति भएको छ। त्यसैगरी, जङ्गली जनावरको आक्रमणका १७ वटा घटना दर्ता भएका छन्। ती घटनामा दुई जना घाइते भएका…

Read More

शिवसताक्षी, ४ भदौ । झापाको शिवसताक्षी नगरपालिकामा जनप्रतिनिधि तथा कर्मचारीका लागि आयोजित सार्वजनिक खरिद ऐन तथा नियमावलीसम्बन्धी चारदिने अभिमुखीकरण कार्यक्रम बिहीबार सम्पन्न भएको छ। नगरपालिकाको कार्यालयमा सोमबारदेखि सञ्चालन भएको कार्यक्रममा सार्वजनिक खरिद प्रक्रियालाई व्यवस्थित, पारदर्शी, कानुनसम्मत र प्रभावकारी बनाउने विषयमा प्रशिक्षण दिइएको थियो। कार्यक्रममा सार्वजनिक खरिदका प्रकार तथा विधि, खरिद समिति, इकाइ तथा शाखाको भूमिका, रणनीतिक खरिद योजना, प्राविधिक विवरण तथा लागत अनुमान तयार गर्ने प्रक्रिया, बोलपत्र आह्वान तथा मूल्याङ्कन, दरभाउपत्रलगायत विषयमा प्रशिक्षण दिइएको थियो। कार्यक्रमको समापनमा नगरप्रमुख मेगाहाङ्ग थोप्राले समयअनुसार ऐन, नियम तथा कार्यविधि संशोधन भइरहने भएकाले कर्मचारीको क्षमता अभिवृद्धि र सेवा प्रवाह प्रभावकारी बनाउन अभिमुखीकरण आयोजना गरिएको बताउनुभयो।…

Read More

गर्मी मौसम सुरु हुन् थाल्यो बजारमा बेच्न राखिएका खर्बुजा देख्ना साथ खाउँ खाउँ लाग्न थाल्छ । सामान्य तयातिर्खा मेटाउन र पानीको मात्रा शरीरमा सन्तुलित गर्न खाइने खर्बुजा प्रसस्त मात्रामा भिटामिन, खनिज, एन्टिअक्सीडेन्टहरु पाईन्छ । त्यसैले स्वास्थ्यका लागि अझ बढी लाभदायी हुन्छ । के केमा हुन्छ लाभ ? एक पटक हेरौँ ? १. दमबाट बचाउँछ स् खरबुजामा प्रसस्त मात्रामा पाईने भिटामिन सी ले तपार्इँलाई दमको रोगी बन्न दिदैन । २. रक्तचाप नियन्त्रण स् अमेरिकन जर्नल अफहाइपरटेन्सनमा प्रकाशित अध्ययनका अनुसार खर्बुजा खाने ब्यक्तिमा उच्च रक्तचाप तथा मुटु सम्बन्धी रोग लाग्न पाउँदैन । ३. क्यान्सर स् खर्बुजामा पाइने भिटामिन सी तथा अन्य एक्सिडेन्टले…

Read More

अभिनेता आकाश श्रेष्ठ फिल्मभन्दा ज्यादा प्रेम सम्बन्धका कारण चर्चामा रहन्छन् । जसले उनको कामलाई पनि ओझेलमा पार्ने गरेको छ । विगत एक दशकमा उनको केही अभिनेत्रीसँग नाम जोडिसकेको छ । एक अभिनेत्रीसँग उनी बिहेको योजनामा समेत थिए । तर, त्यो सम्बन्ध लामो समय टिक्न सकेन । विगत पाँच वर्षयता भने उनी अभिनेत्री तथा मोडल करुणा श्रेष्ठको प्रेममा छन् । केही वर्षअघिसम्म आकाशले करुणासँगको प्रेम सम्बन्ध नकार्दै आएका थिए । मिडियामा यो विषयको चर्चा हुँदा उनको एउटै जवाफ हुन्थ्यो− ‘हामी साथी मात्र हौँ ।’ तर, पछिल्लो समय उनले घुमाउरो ढंगले करुणासँगको प्रेम स्वीकार गर्दै आएका छन् । विशेषगरी करुणाको जन्मदिनमा उनले…

Read More

झापा, ४ साउन । नियमित गस्तीमा रहेको प्रहरी टोलीले झापा, , मोरङ, काठमाडौँ, सुनसरी, दाङ, कपिलवस्तु र भक्तपुरका विभिन्न स्थानबाट लागुऔषधसहित १५ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँको तारकेश्वर नगरपालिका–७ मनमैजुबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित सोही स्थानका ३६ वर्षीय उमेश मुखिया पक्राउ परेका हुन् । यसैगरी, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० सङ्गम टोलबाट सोही स्थानका २३ वर्षीय घनश्याम बस्नेत, झापाको हल्दीबारी गाउँपालिका–२ कदम चोकबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित भद्रपुर नगरपालिका–७ का २३ वर्षीय सुवास राजवंशी पक्राउ परेका छन् । सुनसरीको इटहरी उपमहानगरपालिकाबाट चार जना, दाङको तुलसीपुर उपमहानगरपालिका–९ सल्लेवनबाट दुई जना र लमही नगरपालिका–५ सुनखोलीबाट एक…

Read More

काठमाण्डौ, ४ साउन । आज विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने नाराका साथ चेतनामुलक कार्यक्रम गरेर मनाइँदैछ । लामखुट्टेको टोकाइबाट उत्पन्न हुने रोगबाट बच्न तथा यसबारे जनचेतना फैलाउन यो दिवस मनाइन्छ । लामखुट्टेको टोकाइबाट औलो, डेङ्गु, चिकन गुनिया, कालाजार, स्क्रब टाइफस, हात्तीपाइले, जापानिज इन्सेफलाइटिसजस्ता रोगहरू लाग्दछ नेपालमा अहिलेसम्म १६८ प्रजातिका लामखुट्टे भेटिएको पुष्टि भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभागका अनुसार नेपालमा गएको आर्थिक वर्षमा ती रोगबाट झण्डै १८ हजार ७१० जना प्रभावित भएका थिए । पछिल्लो समय जलवायु परिवर्तनका असरका कारण उच्च हिमाली भेगमासमेत लामखुट्टेको टोकाइबाट हुने रोगको जोखम उच्च हुँदै गएका…

Read More

फुङलिङ, ४ भदौ । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको खेल तालिका जिल्लाका पर्यटकीय स्थलबाट सार्वजनिक गरिएको छ। आगामी भदौ १२ गतेबाट सञ्चालन हुने चौथो संस्करणको प्रतियोगिताबाट पर्यटन प्रवर्धनका लागि ताप्लेजुङको पर्यटकीय क्षेत्रमार्फत खेल तालिका सार्वजनिक गरिएको हो। लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनका अनुसार फकताङलुङ गाउँपालिकाको ५ हजार ३ सय मिटरको उचाइमा रहेको स्याम्दो ताल, ४ हजार ७ सय मिटरको उचाइमा रहेको सिङजेमा ताल, ओलाङचुङगोलामा अवस्थित आठसय वर्ष पुरानो दिकिछ्योलिङ गुम्बा, मिक्वाखोला गाउँपालिकाको पर्यटकीय क्षेत्र लोदेन लगायतका क्षेत्रबाट एकसाथ खेल तालिका सार्वजनिक गरिएको हो। सार्वजनिक गरिएको तालिका अनुसार उद्‌घाटन खेलमा आयोजक ताप्लेजुङ ११ र जर्जियन युनाइटेड फुटबल क्लब भारतबिच प्रतिष्पर्धा हुने…

Read More

झापा, ४ साउन । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला रु ९ हजार ३०० र चाँदीको मूल्य रु २६० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु तीन लाख १३ हजार ४०० कायम भएको छ । असली चाँदीको मूल्य प्रतितोला रु चार हजार ८५५ निर्धारण भएको छ । हिजो छापावाल सुन प्रतितोला रु तीन लाख चार हजार १०० र असली चाँदी प्रतितोला रु चार हजार ५९५ मा कारोबार भएको थियो ।

Read More

गोपाल पोखरेलझापा, ४ भदौ । झापाको हल्दीबारी गाउँपालिकाका विभिन्न क्षेत्रमा जङ्गली हात्तीको प्रवेश बढेपछि स्थानीयवासी त्रसित भएका छन्। चार दिनयता रातिको समयमा बस्तीमा पस्ने हात्तीले घर, गोठ, पसल, मन्दिर तथा सार्वजनिक संरचनामा क्षति पुर्‍याउँदै आएको छ। आइतबार राति अर्जुन खड्काको गोठ र पसलमा प्रवेश गरेको हात्तीले अन्नबाली नष्ट गरेको थियो। सोमबार राति हल्दीबारी–३ स्थित श्री सुरेश्वर स्वर्गद्वारी शिव मन्दिर परिसरमा पुगेको हात्तीले त्यहाँका संरचनामा क्षति पुर्‍याएको स्थानीयले बताएका छन्। मंगलबार राति पाथीभरा सिंहकाली धार्मिक तथा पर्यटकीय स्थलमा पुगेको हात्तीको समूहले कम्पाउन्ड वाल भत्काएको थियो। बुधबार राति पनि हात्तीले बस्तीका घर तथा अन्य संरचनामा क्षति पुर्‍याएको छ। डिल्लीराम ढुङ्गेल र गिरिजा…

Read More