jhapaonline add

बिर्तामोड, १६ मंसीर । गायक किरण विमलीको सुमधुर स्वरमा नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । झापाली गायक विमलीको ‘उधुमै राम्री’ बोलको म्युजिक भिडियो सोमबार ओएसआर डिजिटल युटुव च्यानलमार्फत सार्वजनिक भएको हो । गायक विमलीले यसअघि पनि दशैं तिहार, उकाली बाटो, आउ बस म्युजिक भिडियो दर्शकमा माझ ल्याएका थिए । उनका ती म्युजिक भिडियोहरुले दर्शकको मन खिचेको थियो । गायक बिमलीको स्वरमा सजिएको ‘उधुमै राम्री’ बोलको गीत अहिले बजारमा चर्चामा छ । जसको लेखक डिपी खनाल, संगीत देवेन्द्र बराल, एरेन्ज विश्व अधिकारी, मिक्स÷मास्टर किशोर थापा, रेकोडिक्स राजेश श्रेष्ठ छन् । गीतको रेकडिङ एवान म्युजिशियन स्टुडियोमा गरिएको छ । मेकअफ आर्टिस…

Read More

बिर्तामोड, १५ मंसीर । झापाको पाँचौँ निर्वाचन क्षेत्रमा एमालेले निर्वाचनबाट प्रतिनिधि छनोट गरेको छ । सोमबार साँझ झापा २ को परिणाम सार्वजनिक भएसँगै जिल्लाको सबै क्षेत्रको प्रतिनिधि छनोट सम्पन्न भएको हो । झापा क्षेत्र नं. २ बाट एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा एक मन्त्री, दुई मेयरसहित ९ जना निर्वाचित भएका छन् । खुला ५, महिला ३ र एक जना युवा प्रतिनिधिका लागि क्षेत्र नं. २ मा निर्वाचन भएको थियो । निर्वाचनमा २७ जना उम्मेदवार बनेका थिए । कोशी प्रदेशका खानेपानी तथा सिँचाई मन्त्री एकराज कार्की १७१६ सर्वाधिक मतसहित निर्वाचित भएका हुन् । यस्तै, नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरी…

Read More

झापा, १५ मंसीर । संयुक्त अरब इमिरेट्स ९युएई० मा सम्पन्न एसिसी पुरुष यु–१९ प्रिमियर कप क्रिकेटको उपाधि जित्न नेपाल चुकेको छ । नेपाललाई २७ रनले पराजित गरेर आयोजक युएईले उपाधि चुमेको हो । फाइनलमा युएईले दिएको १४८ रनको लक्ष्य पछ्याएको नेपाल ३३ दशमलव दुई ओभरमा १२० रनमा समेटियो । नेपालका लागि कप्तान अशोक धामीले सर्वाधिक ३४, आशिष लुहार र रोशन विश्वकर्माले समान २५र५ रनको योगदान गरे पनि जिताउन सकेनन् । युएईका युग जै शर्मा र अली असगर शम्सले तीन÷तीन विकेट हात पारे । यसअघि अजमानस्थित करवान मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको आयोजक युएई ४५ दशमलव पाँच ओभरमा १४७ रनमा…

Read More

जापान, १५ मंसीर । जापानमा सन् २०२४ मा कामको सिलसिलामा घाइते हुने र ज्यान गुमाउने विदेशी कामदारको सङ्ख्या ६ हजार नाघेको छ । जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार ६ हजार २४४ जना विदेशी कामदार गम्भीर घाइते भएका थिए । घाइतेमध्ये ३९ जनाको मृत्यु भएको थियो । वृद्ध जनसङ्ख्याका कारण श्रम अभाव पूर्तिका लागि जापान विदेशी कामदारमा निर्भर हुँदै गएको बेला यो तथ्याङ्क सार्वजनिक भएको हो । अपर्याप्त सुरक्षा तालिम र भाषिक सञ्चारको कमीलाई यसको मुख्य कारण मानिएको छ । जसले विशेषगरी प्राविधिक प्रशिक्षार्थी तथा सीपयुक्त कामदारहरू जोखिममा परेको देखाउँछ । दुर्घटनामा पर्नेमध्ये भियतनामी १ हजार ५९४, फिलिपिनो ८…

Read More

भद्रपुर, १५ मंसीर । ३८ औँ विश्व एड्स दिवसको अवसरमा झापाको भद्रपुरमा आज सोमबार रक्तदान कार्यक्रम आयोजना गरिएको छ । पछिल्लो समय झापामा देखिएको रगत अभावलाई कम गर्ने उद्देश्यले झापा उद्योग वाणिज्य संघले भद्रपुर–८ स्थित सगरमाथाचोकमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । संघका वरिष्ठ उपाध्यक्ष राजकुमार राईको अध्यक्षतामा आयोजित कार्यक्रममा ६ महिला र ३८ पुरुष गरी ४४ जनाले रक्तदान गरेको संघका कार्यालय सचिव दुर्गाप्रसाद खतिवडाले जानकारी दिए । संघका वरिष्ठ उपाध्यक्ष राजकुमार राई, विशिष्ट सदस्य खड्क लिम्बू, महासचिव सुमन मैनालीले रक्तदान गरेर शुभारम्भ गरिएको कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल २ नं गण हेडक्वार्टर, भद्रपुरका डीएसपी रोहितकुमार घिमिरेलगायत सशस्त्र प्रहरी, नेपाल…

Read More

सुरुङ्गा, १५ मंसीर । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० को राष्ट्रिय महाधिवेशनका लागि भएको निर्वाचनमा झापाका चार निर्वाचन क्षेत्रमा महाधिवेशन प्रतिनिधि चुनिएका छन् । झापा क्षेत्र नं–२ बाहेक १, ३, ४ र ५ नम्बर निर्वाचन क्षेत्रको मत परिणामसमेत सार्वजनिक भएको हो । झापा क्षेत्र नं–१ मा खुलाबाट राजु पोखरेल, असारु राजवंशी र लक्ष्मी राई, महिलातर्फ रमा भण्डारी र जानुका ओली तथा युवा क्लस्टरबाट दीपक बराल छनोट भएका छन् । झापा क्षेत्र नं–३ मा खुलातर्फ छविलाल चुँडाल, त्रिलोचन सापकोटा र बसन्त बानियाँ, महिलातर्फ कल्पना रेग्मी र शान्तादेवी खरेल तथा युवा क्लस्टरबाट अग्निप्रसाद सापकोटा प्रतिनिधि बनेका छन् । झापा क्षेत्र नं–४ मा खुलातर्फ…

Read More

झापा, १५ मंसीर । झापाको मेचीनगर नगरपालिका–२ बौद्धमोडबाट दुई वटा दुर्लभ प्रजातिको कछुवाको आइतबार उद्धार गरी ती कछुवालाई बाहुनडाँगी प्रहरी चौकीमा सुरक्षित राखिएको छ । स्थानीय सुरेन्द्रकुमार महतले फेला पारेका ती फरक दुई प्रजातिका कछुवा आफ्नै घरमा राख्दै आएका थिए । वन्यजन्तु संरक्षणकर्मी शंकर लुइँटेलले दुर्लभ प्रजातिको कछुवाको संरक्षण आवश्यक रहेको बताउँदै महतको घरबाट ती कछुवा उद्धार गरेका हुन् । संरक्षणकर्मी लुइँटेलले डिभिजन वन कार्यालय झापालाई कछुवा उद्धार गरिएको बताए । उद्धार गरिएका कछुवालाई डिभिजन वन कार्यालयमार्फत अर्जुनधारामा रहेको कछुवा प्रजनन तथा संरक्षण केन्द्रमा राखिने उनले जानकारी दिए ।

Read More

झापा, १५ मंसीर । ‘दित्वा’ चक्रवातका कारण श्रीलंकामा भारी वर्षापछि आएको बाढी र पहिरोमा परी मृत्यु भएकाको संख्या ३३० पुगेको छ । श्रीलंकाको विपद् व्यवस्थापन केन्द्रका अनुसार २०० भन्दा बढी व्यक्ति बेपत्ता छन् भने झन्डै २० हजार घर ध्वस्त भएका छन् । अनि एक लाखभन्दा बढी मानिस आश्रय लिन बाध्य भएका छन् । बाढी–पहिरोका कारण देशको झन्डै एकतिहाइ भाग बिजुली र पानी आपूर्तिबाट वञ्चित भएको श्रीलंकाली अधिकारीहरूले जनाएका छन् । चक्रवात दित्वाले गरेको विनाशका कारण श्रीलंकामा आपत्‌कालीन अवस्था घोषणा गरिएको छ । राष्ट्रपति अनुरा कुमार दिसानायकेले यो देशको इतिहासको सबैभन्दा चुनौतीपूर्ण प्राकृतिक प्रकोप भएको बताएका छन् । श्रीलंका सरकारले विदेशमा…

Read More

झापा, १५ मंसीर । नेपालमा दक्षिण–पश्चिम बंगालको खाडीमा विकसित चक्रवात ‘दित्वा’को आंशिक प्रभाव जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण अहिले कोसी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशमा मौसम आंशिक बदली रहेको महाशाखाले आज सोमबार बिहान ८ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ । देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा छ। तर तराईका केही भूभागमा हुस्सु लागेको छ । मौसम महाशाखाका अनुसार दिउँसो कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । यस्तै, राति कोसी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही…

Read More

झापा, १५ मंसीर । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग नेपाल भिड्दैछ । उपाधि भिडन्त आज बिहान १०ः३० बजे अजमानस्थित करवान मैदानमा हुनेछ । नेपालले मलेसियालाई ९ विकेटले हराएर उपाधिनजिक पुगेको हो । युएईले भने ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा सुरक्षित भएको हो । नेपाल र युएई एसिया कप खेल्नका लागि भने छनोट भइसकेका छन् । प्रतियोगिताको फाइनलमा पुग्ने दुबै टोली सिधैँ एसिया कपमा छनोट हुने प्रावधान छ । सेमिफाइनलमा पराजित हुने टोलीबीच तेस्रो स्थानका लागि खेल हुने र तेस्रो स्थान हासिल गर्ने टोली पनि एसिया कपमा…

Read More