
झापा, १५ साउन । झापामा महिलाले महिलालाई नै लाखौँ रकम ठगी गरेको अर्को घटना सार्वजनिक भएको छ । ४५ लाखभन्दा बढी रकम ठगी गर्ने बिर्तामोड ५ की ४२ वर्षीया टिकामाया लिम्बू (मादेन) लाई प्रहरीले पक्राउ गरेको हो । काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका वडा नं ७ बाट उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी विजय श्रेष्ठले बताए ।
बिर्तामोड ५ बस्ने बोलीकुमारी नेम्बाङले ४५ लाख ३३ हजार ७५० रुपैयाँको बिगोसहित लिम्बूविरुद्ध ठगीसम्बन्धी जाहेरी दिएकी थिइन् । झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान तथा कारबाही भइरहेको डीएसपी श्रेष्ठले जानकारी दिएका छन् ।

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

