
झापा, १६ साउन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। समायोजनअनुसार पेट्रोलको मूल्य प्रतिलिटर रु १ ले घटाइएको छ भने डिजल र मट्टितेलको मूल्य प्रतिलिटर रु २ ले बढेको छ।
निगमका अनुसार आन्तरिक हवाई इन्धनमा प्रतिलिटर रु ३ वृद्धि गरिएको छ। अन्तरराष्ट्रिय उडानका लागि प्रयोग हुने हवाई इन्धनको मूल्य प्रतिलिटर अमेरिकी डलर २१ ले बढाइएको छ।

नयाँ दरअनुसार:
पेट्रोल : रु १५९ प्रतिलिटर
डिजल र मट्टितेल : रु १५० प्रतिलिटर
हवाई इन्धन (आन्तरिक) : रु १२८ प्रतिलिटर
खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत रहेको छ। संशोधित मूल्यसूची गएराति १२ बजेदेखि लागू भएको निगमले जनाएको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

