
बहुप्रतिक्षित फिल्म ‘जारी २’ को प्रदर्शन मिति स्थगित गरिएको छ। आउँदो असोज ३ गतेको रिलिज हुने भएको यो फिल्म अब तोकिएको मितिमा रिलिज नहुने भएको हो।
जेनजी आन्दोलनले पारेको प्रभावका कारण फिल्मको रिलिज मिति सारिएको निर्माणटिमले जनाएको छ। निर्माण कम्पनी बाँसुरी फिल्मस्ले विज्ञप्ति निकाल्दै जेन(जी आन्दोलन र त्यसपछि सिर्जित असहज परिस्थितिलाई मध्यनजर गर्दै सबैखाले मनोरञ्जनात्मक गतिविधिहरू अनिश्चितकालका लागि स्थगित गरिएको उल्लेख गरेको छ। फिल्मको ट्रेलर रिलिज पनि अन्तिम समयमा रोकेको थियो।
निर्देशक तथा लेखक उपेन्द्र सुब्बा निर्देशित यो फिल्म हिट फिल्म ‘जारी’ को सिक्वेल हो। यस फिल्ममा दयाहाङ राई, मिरुना मगर र विजय बराल मुख्य भूमिकामा छन्।
जेनजी आन्दोलनका कारण देशभरिका केही हलहरूमा समेत क्षति पुगेको छ। आइतबारसम्म कुनै पनि सिनेमाहलहरू समेत सञ्चालनमा आउन सकेका छैनन्। हलहरू कहिले खोल्ने विषयमा नेपाल चलचित्र संघले छलफल गरिरहेको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

