पाँचथर, १७ कार्तिक । पाँचथरको हिलिहाङ गाउँपालिका-१ फेदापका ६९ बर्षीय युबराज राईको हत्यामा संलग्न उनकै छोरा ३१ बर्षीय सन्देश राईलाई प्रहरीले पक्राउ गरेको छ ।
कार्तिक १६ गते बिहान साढे १० बजे वाद विवादको क्रममा रिसको आवेशमा सन्देशले काठको मुग्रोले आफ्नै बाबुको शरीरको बिभिन्न भागमा प्रहार गर्दा घटना स्थलमा नै मृत्यु भएको थियो ।

घटनाको जानकारी पाउना साथ जिल्ला प्रहरी कार्यालय पाँचथर र इलाका प्रहरी कार्यालय अमरपुरबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न सन्देश राईलाई घटना स्थलबाटै पक्राउ गरेको थियो भने मृतक लाशलाई पोष्टमार्टमको लागी जिल्ल्ला अस्पताल पाँचथर पठाएको छ । हत्यामा संलग्न राईको आवश्यक कानूनी कारवाही तथा थप अनुसन्धान भई रहेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

