झापा, १९ कात्तिक । आज बिहान झापाको बिर्तामोड नगरपालिका वडा नं. ४ मेघाबारीमा एक दुःखद घटना घटेको छ । बिक्रम माझीका २ वर्ष ५ महिनाका छोरा दिवांश माझी खेल्ने क्रममा घर छेउमै रहेको अदुवा खोलामा डुबेका थिए ।
बालक डुबेको अवस्थामा हजुरबुबाले देखेपछि तत्कालै उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड पुर्याइएको थियो । अस्पतालमा डाक्टरले चेकजाँच गर्दा दिवांशलाई मृत घोषणा गरिएको थियो ।

घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी अधिकृतको टोली घटनास्थलमा खटिएको छ । शवलाई पोष्टमार्टमका लागि प्रादेशिक मेचि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

