पोखरा, १९ कात्तिक । पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा ८८ करोड ७० लाख रुपैयाँ हिनामिना गरेको आरोपमा अध्यक्ष सुरेन्द्रबहादुर गोदारसहित सात जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीले बुधबार बिहान उनीहरूलाई पोखराबाट नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा सहकारीका कोषाध्यक्ष हिरामणि दाहाल, सचिव दिलबहादुर केसी, सदस्य दोर्जे तामाङ, व्यवस्थापक भीष्मप्रसाद गुरुङ, सुपरभाइजर मार्केट प्रमुख बेदी प्रसाद सुवेदी र सञ्चालक इन्द्रप्रसाद दुवा रहनु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतले बताउनु भयो ।

प्रारम्भिक अनुसन्धानमा बिनाधितो ऋण, नक्कली खाता र अवैध लगानीमार्फत रकम दुरुपयोग भएको खुलेको छ। जिल्ला अदालत कास्कीबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

