झापा, १९ कात्तिक । झापा बिर्तामोड नगरपालिका–६ स्थित सुगम शान्ति टोलको तोरीवारी नजिक सिमल तरुलको झाडीमा वेवारिसे अवस्थामा इन्सास हतियार फेला परेको छ ।
आज साँझ इन्सास थान–१, म्याग्जिन थान–१, १९ राउण्ड सावुत र २ राउण्ड वेसावुत गोली फेला परेको हो । उक्त हतियार भदौ २४ गते जेन–जी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएको थियो ।

Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

