झापा, १९ कात्तिक । नेपाली राजदूतावास, बैंककले म्यानमारको म्यावडीमा अलपत्र परेका १४ नेपालीलाई उद्धार गरी स्वदेश फर्काएको छ। उनीहरू विभिन्न प्रलोभनमा परी अवैध रूपमा सञ्चालन भएका अनलाइन स्क्याम केन्द्रहरूमा काम गर्न बाध्य भएका थिए।
थाइल्यान्डको टाक प्रान्तको मेसोट अध्यागमन कार्यालय हुँदै नेपाल एयरलाइन्सको उडान आरए ४०२ मार्फत उनीहरूलाई आज नेपाल ल्याइएको हो।

राजदूतावासले म्यानमारमा रहेका थप ११ नेपालीको पनि चाँडै उद्धारको तयारी भइरहेको जनाएको छ। साथै, भ्रमणको बहानामा वैदेशिक रोजगारीमा नजान र श्रम स्वीकृति लिएर मात्र विदेश जान आग्रह गरिएको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

